Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

07 July 2012

त्यो नभए'सी !

आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए'सी,
कथाहरू लेखिन्छन्, कबिताहरू कोरिन्छन्,
बबिताहरू रिसाउंछन्, त्यो नभए'सी ।
ताप्के सुक्छ, कराइ डढ्छ, कसौडीको के हाल ?
चामल पनि भुसुन हुन्छ, त्यो नभए'सी,
चाहहरू मर्दारहेछन्, सपनाहरु झर्दारहेछन्,
हेला सबले गर्दारहेछन्, त्यो नभए'सी ।
सुन पित्तल हुंदोरैछ, सम्झि मन रुदोंरैछ,
बचनले छुदोंरैछ, यहां त्यो नभए'सी ।
झुपडी चुहिंदोरैछ, खुपडी नि कुहिंदोरहेछ,
आशाहरू तुहिंदोरहेछ, त्यो नभए'सी !
आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए'सी  ।

Read more >>

25 June 2012

एक टुक्रा

निस्कपट अंधेरी रातमा निद्राको प्रबाह नगरि
शितल जुनलाई पर्खिबसेको छु म ।
बाटो वरपर चराको चिर्बिर चिर्बिर बिच
एउटा कोइली एकतमासले रोइरहेकी छ,
उसको पिडाको रोदन सहन नसकी
संगितको धुनलाई पर्खीबसेको छु म ।
अनकन्टार मरुभुमी परदेशको ठाउंमा
छिचोलेल्ला भन्छु रात एक्लै टोलाउंदै,
यो आंतलाई कसैगरी नसकेसी बुझाउन
प्रभुको सगुनलाई पर्खिबसेको छु म ।

Read more >>

09 March 2012

एक टुक्रा

कर गरि मरिहत्ते बस्छु भन्दा मैले 'गो' भनिन,
रहर गरि मनले तिनका देखाउंदा 'भो' भनिन ।
पोल्टाभरी दिन्छु लिने भए भन्दा 'नो' भनिन,
तिम्रै हुं भनि कसम खांदा सदा तिमी 'को' भनिन ।
Read more >>

05 November 2009

एउटा परदेशबाट :


सम्झना छ जलेको मुलुकलाई, ढलेको सगरमाथालाई
एउटा परदेशबाट !
सदैब दिन मात्र सक्ने, लिन कदापी नजान्ने आमालाई
सम्झना, एउटा परदेशबाट !

आमाको शरिरमा रातोदिन बलत्कार गर्नेहरुलाई
धिक्कार छ, एउटा परदेशबाट ।
आउने केही बांकी नहुंदा'नी, लाम्टो लुछिरहनेहरुलाई
पुछिदैं नपुछिने आशुंहरुलाई हर रात पुछिरहनेहरुलाई
सम्झना छ, एउटा परदेशबाट !


आफ्नै बस्तिमा अगुल्टो सल्काउनेहरुलाइ,
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !
आफ्नै घरमा शत्रु पल्काउनेहरुलाई
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !
Read more >>

02 September 2009

मेरो देश बन्द :


निमुखाको मुख सदा बन्द
गरीबको गांसै बन्द,
रुकुम जाने बाटो बन्द
जाजरकोटमा जीबन जल बन्द ।

पाइपबाट आउने पानी बन्द
सुन पग्लने खानि बन्द,
खुन बग्ने शरीर किन हुँदैंन, मर्न बन्द ?
हामी केबल जन्मेका हौं र आमाको मुख, गर्न बन्द ?

झापामा चामलको डिपो बन्द
कुलेखानिको मुहानै बन्द,
अस्पताल बन्द,
मेलम्चिको आश अब बन्द,
त्यो गाउं बन्द, यो गाउं बन्द
सतिले सरापेको बुद्धभुमी बन्द !

यो युद्धभुमी सधैं हुने भो बन्द
यो रणभुमी नखुल्ने गरी हुने भो बन्द,
मेरो आँखाको आंशु नहुने भो बन्द
आशाको श्वास बरु हुने भो बन्द ।

हामीलाई ठग्नेहरुको काम नहुने भो बन्द
चुस्नेहरुको अभिलाषा पनि नहुने भो बन्द,
सिमामा गोरुले चर्न नगर्ने भो बन्द
राष्ट्रघातीले आश्वासन छर्न नगर्ने भो बन्द !!

त्यो ढोका बन्द, उनको गोठै बन्द,
बोल्नेको मुख बन्द, नबोल्नेको आस्था बन्द,
गांस बन्द, कपास बन्द, म बन्द, तिमी बन्द,
मेरो घर बन्द, गांउ बन्द, शहर बन्द
गरीबका ति कठोर रहर बन्द ।
सब चिज बन्द अनी सबथोक बन्द
कहीं नभएको मेरो मात्र देश किन बन्द ?
मेरो देश सधैं बन्द,
मेरो देश बन्द ।
Read more >>

25 April 2009

आमालाई सम्झदै दुई हरफ

आमा, म तपाईंको अनुहार हेर्न आएको चार बर्ष बितिसकेछ,
मैले तपाईंको सम्झनामा त्यो कबिता लेखेको ।
परदेश आखिर परदेशै रहेछ आमा,
त्यसैले म तपाईंलाई भेट्न यो अबसर पारेर आएको ।
तर, अझै पनि किन, किन तपाईंका आँखामा आशु, आमा ?
त्यो दश बर्षको प्रसब बेदनाले तपाईंले छुट्कारा पाउनुभेको छैन अझै ?
प्रचन्ड ठुल्दाइले ज्ञानेन्द्र माइलादाइलाई निकालेको सुनेको थिए,
के साचो हो आमा ?
ठुल्दाइले खुबै फुर्ती लगाएर मलाई चिट्ठी पठाका'थे त,
कुनी के के हो गर्छु भनेर,
मैले पढ्न नभ्याएर आमाको अगाडि पढ्न ल्या'को छु आमा ।
तर, मैले जडान गरेको बिजुलिको तारमा त धमिरा लागेछ,
बिजुली के भयो आमा, हाम्रो मुलुकमा ?
त्यो चिम पनि त ध्वासो लागेछ ।
बिजुली बल्न छोड्यो ?
गत महिना, उत्तमले पठा'को चिट्ठीमा लेखेका'थे आमा,
धमला सान्दाइलाई पनि प्रचन्ड ठुल्दाइले छुटाका रे,
आज क्लबमा कार्यक्रमको लागि बोलाका'थे आमा, ॠषि दाइले ।
तर मलाई जान मन लागेन आमा,
किनभने,
अनन्त काका र कटुवाल ठुलो बुवाको झगडा चलेको छ रे,
बाटामा अनाहकमा झगडामा परियो भने !
हैन आमा ?
फेरी, शर्मा काकालाई पनि त अस्ती मोसो दलेछन, हुल्याहा हरुले !!
हाम्रो देशमा के हुन लागेको आमा यो उपद्रव ?
आमा, तपाईं त नाजवाफ हुनुहुन्छ किन ?
आशु मात्रै किन तपाईंका आँखामा आमा ?
भैगो आमा, अहिले लाई सुतौ,
भोली बिहान आमा छोरा धित पुग्ने गरी कुरा गरौला ।
Read more >>

07 January 2009

पछी !!!

वाल्ल परेर टोलाउनु सिबाये के छ र ?
गर्नेले नहुने काम गरे पछी ।
मुटुमै छुरा रोपे पनि सहनै पर्ने
नामर्द भई आँफै मरे पछी ।

मन बिसाउला भन्दै जुनी बित्यो
गर्न केही नहुने कोही पर सरे पछी ।
खोज्दा हराएको चीज कहाँ पाइने
त्यही चिज कसैले हरे पछी ।

बस्न नपाईने भो अब, अनेक नाममा
कसैले खाली ठाउँ भरे पछी ।
डर पो लाग्दो रहेछ, पाइला चाल्न
अनाहकमा पिर्लिक्क आँखा तरे पछी ।
Read more >>

16 December 2008

छ कि छैन !!!

छ कि छैन !!!

आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन,
चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के
नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन,
उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के
जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन,
कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के
शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन,
हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के
निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन,
रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के
आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन !

आज अखबारमा के-के पढियो, सुनियो के-के
तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!!

बोस्टन, १६ डिसेम्बर ०८
Read more >>

09 December 2008

के रे !!!

सङ्लो पानी बगेको खोलिमा, रगतको भेल चल्ने भयो रे
नयाँ नेपाल बनाउने मेसोमा, पशुपती मन्दिर ढल्ने भयो रे,
शिर नझुक्ने तिमी स्वाभिमानिको, सगरमाथा गल्ने भयो रे
बाकी रहेको चुरेको जङल पनि, अब छिट्टै बल्ने भयो रे,
सतिले सरापेको देशमा, निमुखाका लाश अरु जल्ने भयो रे ।
के रे !!!
Read more >>

आमाको दु:ख । । ।

कति निर्दोश शाहीद भए, अलौकिक सहदात दिएर
नेता भनौदा सधैं मोटाए, जनताको पसिना पिएर,
००७ साल गयो, ०४६ गयो, र गयो ०६३ साल
जुन साल आए-गए पनि, भ्रश्ट हरु नै माला-माल,
खुमे छुट्यो, गोविन्दे चोखिए, अब कस्को हो कुनी पालो
जती चोटि लेखिए पनि,त्यो संबिधान सधैं कालो,
१४ हजार नेपाली मरे,अनौठो क्रान्तिको नाम मा
ति क्रान्तिकारीहरु नै बिक्दै छन्,दलालको काम मा,
एउटै जाती नेपाली मर्यो, गोर्खा, रुकुम अनि रौतहट मा
दलालका चाकर हरु ब्यस्त, अझै सत्ताको आफ्नै हठ मा,
के दु:ख पाएउ आमा तिमीले, सरापेर सतिले
तिम्रा, सन्ततिले दु:ख पाए, खै कस्को मतिले?
कति निर्दोश । । ।
Read more >>

म र मेरो !!!

झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,
निप भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखती
चोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?
पुरानो थाल, घुन लागेको दाल, मधेसी चामल
गाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?
माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?
बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानो
यो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
Read more >>

छौ'कि ???

तिम्रो लागि सु-योग्य बर त हुन सकिन
तरै पनि मनको त्यो डोलिमा अन्मिन आ-उछौ'की ?
यो जुनिको तिम्रो प्रखर शत्रु म भए पनि
अर्को जुनिमा मेरै अर्धाङिनि हुन जन्मिन पाउछौ'कि ?
सपनाको ताना बुना त तेस्तै भै गयो हगि नानु,
तेहि "शत्रु" पाउ भनि पुकारि शिव मन्दिर धाउछौ'कि ?
छोप्न त के बाकि होला र पबित्र त्यो शरिरमा
नाङ्गिसकेको त्यो अङ्ग ढाक्न कुनै बस्त्र फेरि लाउछौ'कि ?
कुनै सन्सारमा नसुनिएको पिरतिको तिम्रो बिरानो भाखा
सबैले सुन्ने बेइज्जत्तिको यो देशमा "बिरहि"को गीत गाउछौ'कि ???
तिम्रो लागि !!!
Read more >>

तिमी आफुलाइ । । ।

तिमी आफुलाइ अति सुगन्धित फूल न-सम्झ
त्यस माथि धेरै भमराहरुले र-जाइ गरेका'नी हुन सक्छन्
तिमी आफुलाइ टलक्क टल्कने हिरा पनि न-सम्झ
फुटेको ऐनाले पनि त्यस्तो प्रकाश दिलाउछ,
आफुलाइ कलिलो तामाको मुना पनि न-सम्झ
भोली त्यो बांस को कप्टेरामा नै बद - लिन सक्छ,
अनि, आफुलाइ कदपी नझुक्ने पहाड पनि न-सम्झ
त्यो कृष्ण-भिर जस्तै निरन्तर पहिरिरहन पनि सक्छ । । ।
Read more >>

बैराग । । ।

नझारु भन्छु आँखाको आशु, अनयाँसै झर्छ नि
सम्झदैन यो दुखी मन सम्झाउदनी, जागरै मर्छ नि,
आमाको यादमा रुदा त झन्, मुटु नै ठाउँ सर्छ नि
जता गयो ठक्करै मात्रै आखिर, बाँच्न त मैले नै पर्छ नि।
मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि।
Read more >>

माया !!!

कोपिला नझरे पनि बास्ना झरे ति फूलहरुको
भावना नमरे पनि माया मरे तिम्रा भूलहरुको,
मायाले पनि लाटो-बुङो बनायो खै कसरी मलाई
तिमीले पनि भिखारि बनाएउ सारा हृदय जलाइ ।
अब त के भर भयो र, तर्न नसक इने पूलहरुको
डोरी पनि चुडी भ्याएइएछ बाचा छेक्ने झूलहरुको ।
Read more >>

निर्दोशिको छाति।।।।

निर्दोशिको छाति पड्कियो, कुन दोशिको बमले ?
जिम्मेवार हरु रमाइरहेछन्, कतै अर्कै रमझमले !
केहि लछारेन हेर्नुस्, आन्दोलन्-२ को दमले,
बिग्रियो मुलुक झनै, तपाइ हाम्रै अहमले ।
येता, मेरो ज्यान् थाक्छ, साहुको कामले,
कहिलै नपुग्ने कमयेर, यो दरिद्र दामले,
त्यसैले त बनबास, रोजेका रहेछन् रामले,
तर, भुडि कराऔछ, बोलायो होला मामले,
निर्दोशिको छाति।।।।
Read more >>

03 December 2008

के का लागि हो ???

{Edit} {Delete}
आफ्नै आमाको छातीमा ब्वाङ्-ब्वाङ लात बजारदै छौ हामी
आखिर कुन समयको पापको उत्तरको लागि हो ?
सुन्दर झुपडिमा झन्-झन आगो झोस्दै छौ हामी
फेरी को सँग बास मागी जिउनको लागि हो ?
भर्खरै फुटेको पानीको मूल पनि सुकाउदै छौ हामी
कुन स्रोतबाट आएको पानी पिउनको लागि हो ?
सम्पदा का सारा मन्दिरहरु धमाधम भात्काउदै छौ हामी
कुन लोकको तेत्तिस कोटी भगवानलाई पुज्नको लागि हो ?
कस्टले बना'को गाउ-गाउको पूलहरु एक्-एक भात्काउदै छौ हामी
नबुझिने देसभाक्तिको कुन कथालाई मजाले बुझ्नको लागि हो ?
शाहीदको योगदानले आएको "लोकतन्त्र" पनि बेच्दै छौ अब हामी
तानशाहले झम्-झम बर्षाएको गोलिमा निथ्रुक्क रुझ्नको लागि हो ?
आमाको आत्मा सुखले हास्ने कुनै प्रथा बसाउन सक्दैनौ हामी ?
तेही नेपाली आमाको छोरा भनी गर्ब गरेको के का लागि हो ?
गोर्खालिको सपुत भनी जताततै चिनिएको के का लागि हो ???
Read more >>

देउ !!!!!

Saturday, October 06, 2007

गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देउ
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देउ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देउ
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
टुट्यो मात्रै, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासी देउ
गल्यो मन, फाटेको हो धाजा भने, निस्ठुरी बन, दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ,,,,!!!!
Read more >>

27 November 2008

भनेर !!!

हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
मलाई चाँही पीर लाग्छ त्यो माल तिमीले खाएनौ कि खायौ भनेर ।
सपनिमा निदरिले बताएको थियो माल अरुलाई दीइ फर्की तिमी आयौ भनेर,
मलाई पनि विश्वाश लागि आयो मालको लागि तिमीले निर्वस्त्र के-के लायौ भनेर । ।
बजारको हल्लाले हल्लाउदै थियो सबैको मनमा तिमी माल भै छायौ भनेर,
मैले पनि तिमीसँग भोग्दा भनेकै हो हुने नहुने ठाउमा कुन मालको लागि धायौ भनेर । । ।
हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
Read more >>