09 December 2008

निर्दोशिको छाति।।।।

निर्दोशिको छाति पड्कियो, कुन दोशिको बमले ?
जिम्मेवार हरु रमाइरहेछन्, कतै अर्कै रमझमले !
केहि लछारेन हेर्नुस्, आन्दोलन्-२ को दमले,
बिग्रियो मुलुक झनै, तपाइ हाम्रै अहमले ।
येता, मेरो ज्यान् थाक्छ, साहुको कामले,
कहिलै नपुग्ने कमयेर, यो दरिद्र दामले,
त्यसैले त बनबास, रोजेका रहेछन् रामले,
तर, भुडि कराऔछ, बोलायो होला मामले,
निर्दोशिको छाति।।।।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼