Showing posts with label अनौपचारिक. Show all posts
Showing posts with label अनौपचारिक. Show all posts

10 March 2013

हा हा मेरो देश !


लोडशेडिङको झिपिक्क अन्धकारमा नयाँ सिंगापुर बन्ने धोकोको साथ अझै पनि नेताहरूको झुटा बातमा नतमतस्क छ, नेपाल । एयरपोर्ट देखि गाऊंका गल्ली-गल्लीमा चेलीहरू बलत्कार भएका घटनाहरू छिपेका छन् । भ्रस्टाचार, घुसखोरी र अत्याचारले सिमा नाघेको छ भन्ने थेगो त सिन्को नभांच्ने नेता भनाउंदाहरूले अलाप्ने मन्त्र भैहाल्यो र पनि सत्यतामा देश घनघोर आपत्तीमा पारेको कुरा नकार्न सकिदैंन । खोला र नदीहरुका पानीमा संसारको दोस्रो धनी मुलुक दिनदिनै निभ्दै गएको छ । कुनै गुहिय खोलाबाट गाउंको धारामा पानी खस्दैन । टुकीमा बाल्ने मट्टितेल, चुलोमा बसाउने कसौंडी, कराईमा पकाउने बिखय, तिहुनमा मिसाउने मसला, चियामा राख्ने चिनीहरुका बात गर्न थालियो भने सम्झन मन लाग्छ, जनताका करले पालिएका ती देश बनाउनेहरुका समाजबाद, नौलो जनवाद, क्रान्तिकारिता, नयाँ नेपाल, गणतन्त्र र सिंगापुर बनाउने दस्तावेजहरू । अनी भन्न मन लाग्छ, हा हा मेरो देश ।

राम्रो भए आहा भन्ने न हो । दुनियाँ हसाउंने चैतेहरूको चालाले सतीले सरापेको आफ्नै मुलुकलाई 'हा हा' भन्नु परेको छ । आज बिनोद चौधरी संसारका अरवपतिमा नामाङ्कन भएकोमा त्यसै त ठुलो नाक झनै ठुलो बनाएर कखरे ऋशी धमलाहरुका क्यामेरा अगाडी धनको धमास लगाउंदै छन् । चन्दा दिन थाकेर कुनै न कुनै राजनैतिक पार्टीको 'नेता' बनेका बिनोद चौधरीहरूले छातीमा हात राखेर सोचुन्, बटुको थाप्दै एक छाक टार्न बसन्तपुर्, भक्तपुर र पशुपतीमा सुकी माग्नेहरुका लागि के गरे ? बांसबारी छाला जुत्ता कारखानामा गंगालाल मुटु अस्पताल बनाउने भगवान कोइरालाहरुका अगाडी देशभरका बन्द औद्धोगिक क्षेत्रमा कुहिएका छाप्राहरूमा ब्यवसाय संचालन गर्न के गरे ? तिनले चिल्लो प्राडो चढेर हिड्ने ठमेलका गल्लिहरुका फोहोरका थुप्राहरुमा भोकको उपाय खोज्ने सडक बाल-बालिकाहरुका लागि के गरे ? कुनै खेतान र चौधरीहरू अरवपती भएको डाहको आवेगमा नभै कहलिएका अरवपती बिल गेट्सहरूले गरेका सामाजिक कार्यहरूको सिको गरे पो आफ्ना मुलुकका कोही चौधरीहरूका नाम टाइम्स र फोर्ब्स पत्रिकामा आएकोमा हामीलाई गर्व हुनेछ । कयौंपटक बैंकहरूले कर नतिरेको कालोसुचीमा सुचित भएका नव-अरवपतीहरूले भारतमा किनेका ब्यक्तिगत जेटको बखानले, कांचको पर्दामा धमलाहरुले लिएका चौधरीहरुका अन्तर्वार्ताले हुम्ला र मुगुका गरिवहरूको छाक टारिन्छ र ? हे भगवान् ! शक्ति र पैसाको पछि-पछी कुद्ने संस्कार भएको मुलुकमा भगवान कोइरालाहरूले राजिनामा दिएका घटनाहरू महत्व हुंदैनन्, बिनोद चौधरीको सम्पत्ति बराबर समाजसेवामा लगाएका उपेन्द्र महतोहरुका चर्चा हुंदैनन्, बिकट पहाडी जिल्लाहरुमा नि:शुल्क आँखाको ज्योति बाल्ने रुइतहरु समाचार बन्दैनन र प्रविधीले डोको र नाम्लोमा संचार दिलाउने महाबीरहरुलाई सुन्दैनन र भन्न मन लाग्छ, आहा चौधरीहरूको सम्पत्ती, गरीब जनता र हा हा मेरो देश ।

एउटा प्रधानमन्त्री भारत जान्छन्, समकक्षी सिंहहरू कतै गर्जदै गर्दा भारतीय प्रान्तको सहायक मन्त्री हाम्रा प्रधानमन्त्रीलाई बिमानस्थलमा फुलको गुच्छाले स्वागत गर्न आउंछ । अचम्म लाग्छ, हेप्नेको नि सिमा हुन्छ यार भैया । समकक्षी भट्टराईपट्टी लात्ती पलेटी फर्काउंदै बिप्पा सम्झौता हुन्छ । सिंहका दुतावासका स्यालहरू बिना सूचना नेताहरुका खोपीमा पुग्छन । नेताहरू ति प्रभुका पाऊ पर्छन । मन लागे प्रधानन्यायधिश, सन्की चढे सेनापती र फाईदा बढी मिल्ने भए सी डी ओ लाई प्रधानमन्त्री बनाउने आदेश दिन्छन् । नेताहरू ज्यु-हजुर गर्दै अगाडी इन्कार गर्न नसकेर महाधिवेशन, महासमितीको बैठकहरुबाट न्यायपालिकाका प्रमुखलाई राज्यप्रमुख बनाउने उद्घोश गर्छन । ति स्यालदुत आफ्नो दर्जा माथिको रास्ट्रपती भेट्न अचानक बेखबर चिसोनिवास पुग्छन् र आफैंले चाहेको हाम्रो देशको भावी प्रधानमन्त्रीको उम्मेदवारको लालमोहर लगाउन दवाव दिन्छन् । यहां सम्झन मन लाग्छ, कुनै बेला भैयाहरूको धम्कीलाई प्रवाह नगरि हेलिकप्टरबाट नेपाल मट्टितेल भित्र्याउने साहस गर्ने मरिचमान सिंहले झैं भैयाहरूलाई नै ढाडस दिने नेता कहीले जन्मेला ? मुलुक गरीब हुनाकै कारण र दहिचिउरेहरूको दोधारे चाकारीबाजले सगरमाथाको शिर भैयाहरूको पाउमा राख्नुपर्ने हाम्रो यो कस्तो भाग्य ? हा हा मेरो देश ।

सबैभन्दा राम्रो काम गर्ने भनि जनताले मन पराएका पुलिस रमेश खरेलले कहिल्यै काम गर्ने ठाउँ पाउंदैनन । जिर्ण जुत्ता कारखानालाई मुटु कारखाना बनाएका भगवान कोईरालालाई काम गर्ने वातावरण दिंदैनन । बिकट नेपालका गाऊंमा इन्टरनेट पुर्याउने माहाबीर पुनले सरकारको सहयोग पाउंदैनन । गरिबका आँखाको ज्योति दिलाउने डा. रुइतको कामको प्रशंशा छैन । देशमा सहि कुरा अबलम्बन गर्नेले प्रोसाहन पाए पो बन्छ देश । गरीब चुसी लुटेको धनको साहसमा डनहरूको चलेको देशको कसलाई चिन्ता ! निमुखाका सामु खाएका कसम भूली चप्पल त्यागी महलभोगी भएका मार्क्स, लेनिन, माओ, गान्धी र बि पि को नाममा झुटा राजनीति गर्नेहरुका रबैयाले त डुब्यो देश । डाडु पन्यु हुनेले हो रजाईं गर्ने । निमुखा हामीहरू लोडषेडिङको अंध्यारोमा किरा परेको असारे आंप खाए जसरी घुसखोरीहरूको आश्वाशन खांदै बस्नुको के बिकल्प छ र ? उज्यालोमा आफ्नै टाउको माथी उडेको संगै खुलेको थाइ एयरलाइन्सको हाजात हेर्यो अनि गच्छदारको लगानीको यातायातमा काठमाडौं जांदा थाइको दाइ नेपाल हाजात कम्पनीको सुनधारास्थित बाँकी रहेको जस्ताको छानो र ईंटाको छाप्रो हेर्यो, गोंगबु लाग्यो । हा हा मेरो देश ।




Read more >>

01 March 2012

आहा मेरो देश !


संबिधान बन्ने लालशामा हाम्रो आश सपनामै बिलाइदिन्छ,
भ्रश्टाचारीलाई सफाइ दिन सरकार दाहिने हात मिलाइदिन्छ ।
जनतालाई राहत भनि देश अन्धकार लोडसेडिङ दिलाइदिन्छ,
बच्चा झिक्न जाने सुत्केरीको डाक्टर गुप्ताङै सिलाइदिन्छ ।
Read more >>

02 December 2011

अन्धकार अमेरिका








कृत्रिम शक्ति र सम्पन्नता प्रकृतिको अगाडि लाचार ठहरिन्छ । सर्बशक्तिमान भनिने अमेरिकामा केही साल पहिले आएको प्राक्रितिक प्रकोपले न्यू ओर्लियनस भनिने राज्य उठिबास लगाएको थियो । भीषण बर्षा र हुरीले सारा घरहरु उडाए, राज्य पुरै जलमग्न भयो । प्रकृतिले दिएको त्यो दु:ख र जनधनको पुननिर्माण अझै सकिएको छैन, न्यू ओर्लियनसमा । अमेरिकाको एस्ट कोस्ट भयानक हिमपात, आंधी र तुफानको कारणले दरलाग्दो मानिन्छ । सामुन्द्रिक सतहबाट नजिक प्रायश: राज्यहरु प्राक्रितिक डरले बेलाबेलामा "एलर्ट" रहने गर्दछ्न । समुन्द्रमा तेल चुहिएको गत सालको घटना, आर्थिक मन्दी र बेरोजगारले सर्लक्कै गांजेको छ, अहिले अमेरिकालाई । संसारको सर्बशक्तिमान भनिने अमेरिका जसो तसो बढ र ब्यबधानलाई छिचोलेर 'जिउने' गरेको छ, अहिले । उदांदो चीन र भारतको अकल्पित आर्थिक फडकोले अमेरिका झस्किएको र आफ्नो सम्पन्नता र रवाफमा आंच आउंने त्रासले झस्किएको पढ्न पाइन्छ ।
सपनाहरु सांचेर डलरको आशमा अमेरिका आउनेहरुको संख्या घटेको तथ्याङ्कहरुले बताउंछन रे । अमेरिका आउने नेपाली बिद्धार्थीहरुको संख्या एक्कासी घटेको समाचार पनि भर्करै सार्वजनिक भएको थियो । सोचे जस्तो छैन' अमेरिका । हरेक तप्कामा क्रियाशिल नेपालीहरुको निराशापनले यही बताउंछ । खैर, सम्पन्नताको यो देशमा जोडिएका बिजुलिका तारहरु एक्कासी लथालिङ भए, अस्ति बेलुकी । रात्को ९:३० देखि लस एन्जलस क्षेत्र वरपर आएको भीषण हुरीले सडक छेउ-छाउका धेरै रुखहरु ढले । घरका धुरीहरु चेपिए, पार्किङ्मा राखिएका सवारी साधनहरु कुच्चिए । ब्यस्त फ्री वे हरु जाम भए । बत्ति गयो । अन्धकार भयो, अमेरिकाको यो ब्यस्त शहर । बाटाका सडक बत्तिहरु काम गर्न छाडे । हतारमा दौडिने बानी परेकाहरु दुर्घटित भए । ब्यापार - ब्यबसाय बन्द भए । हिजो हाहाकार भयो । जसले ब्यबसाय खोले, ती स्टोरहरुले दोब्बर भाउमा सामान बेचे । जताततै हतार अनि अन्धकार र इमर्जेन्सी भ्यानका साइरनहरु, प्रहरीहरु कुदा-कुद । देखियो, अमेरिकाको स्टेट अफ ईमर्जेन्सी ।
सधैं बत्ति जाने नेपाल देशका हामी । बानी परिसकेका हामीलाइ त त्यति गार्हो भएन । समय काट्न गार्हो हुंदोरहेछ । २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे, नभन्दै हुन्छ की जस्तो पनि लाग्यो । ईन्टरनेट पनि नभएपछी ईंङ्लिश मात्रै बोलेर के गर्ने ? धन्न आज लाइन आयो । त्यसो त, प्राक्रितिक बिपत्तिका यी फोटाहरु ; साभार : ABC7.COM
Read more >>

12 November 2011

लुटेराहरुको देश :


एउटी आमा घांस काट्न जान्छिन
अनाहकमा तातो गोली खान्छिन,
बाबुरामजीको घरको पल्लो बनमा पनि
यो घटना घटेको बाबुरामजीलाई थाहा छ ।

चुरे डांडांमा बस्तु चराउन एउटी बहिनी जान्छिन
नरपिपासुद्दारा रक्ताम्य बलात्‍कृत हुन्छिन्,
प्रचन्डजीको घरमाथीको डांडामा घटेको घटना
प्रचन्डजीलाई पनि राम्ररी थाहा छ ।

एउटा बच्चा स्कुल जान्छ
बाटोमा अपहरणमा पर्छ,
रौतहटको मैदानको यो अपहरण
माधबजीलाई मज्जाले हेक्का छ ।

पूजा गर्न मन्दिर हिडेकी कान्छीको
पूजा-थाली सहित गहना लुटिन्छ,
शुशिलजीले पूजा गर्ने मन्दिरको घटना
शुशिलदालाई सम्झाउनै नपर्ला ।

बिहान पसल खोल्न हिंडेको पसले
भारतीय गुन्डाको छुरी खान्छ,
गच्छदारले लेबी उठाउने बजारको कथा
हामी मुलाले के सम्झाउनु पर्ला र ?

बाटो बनाउन आयोजित गाऊको कचहरीमा
लठैतहरुले भाटाले टाउको फुटाउंछन,
झलनाथजीको गाउंको कथा
त्यहि गाउंलेहरुलाई सोधे मात्र थाहा हुन्छ ।

पूल बनाउने ठेक्कामा गुण्डाहरुको बोलवाला
परशुराम र चरीले लुटेका सम्पत्ती,
भारतीय नम्बर प्लेटको गाडी चढ्नुहुने
के पी दाईलाई थाहा होला ।

बी पी स्टाइलको दाह्री काटेर
मार्क्सबादी भ्रस्टाचार गर्नुहुने,
अबसरबादीका पर्याय हाम्रो कर लुट्नुहुने
जे पी दाईलाई के देलान शुशासन ?

बाहुनी बिहे गरेको बाहनामा कुनै श्रेष्ठले
बारीको कुनामा ढुंङ्गेलजीको गोली खान्छन,
भाइ मरेको लगत्तै दाई मारेका कथा थाहा होला
बर्षारामजीलाई पनि राम्रै सित ।

गोरखकालिकाको कसम खाने सेनाहरुले
गोरखनाथ गणमा गरेका हत्याका घटनाहरु,
ब्यारेकै छेउमा भल्भल्ती बगेका रगतका खोला
देखेकै थिए होलान्, छत्रमानजीले पनि ।

आज कमल थापाहरु गर्जिन्छन्, राजा चाहियो रे
कुरो पनि ठिकै होला आखिर,
राजा फालेर जनताले के पाए त ?
कोहि हुनु र नहुनुमा हामीले के पायौ ?

गुन्डाहरुको राज, भ्रश्टाचारीहरुको बिगबिगी
लठैतहरु पछि लगाउने नेताहरुले,
मुस्ताङ चढे'नी, डा. पढे'नी
बैध्य र झांक्रीहरुले झारफूक गर्ने हुन हामीलाइ ।

भुकम्पले ढलेकाहरुले कम्बल पाएनन्,
भोकाहरुले ढिंडो पा'का छैनन्,
झाडापखालावालाहरुले जीबनजल नदेखेको देशमा
नयाँ अनुहारमा जोगीको भेषमा आउनेहरुले के गरे ?
हत्यारा बचाए, आममाफी दिए, आफू मुस्ताङ चढे
प्रथम महिलालाई पजेरो दिए, अघोषित मन्त्रालयहरु दिए ।
हिजो कांग्रेसले, एमालेले जे गरेको थियो,
आज पनि त्यहि भयो ।

चिरिन्जिबी जेलमा, गच्छदार कार्यवाहक प्रधानमन्त्री
गुप्ता सरकारको प्रवक्ता, शरदसिंह मधेशी नेता !
प्रभु शाहहरुको हालिमुहालि, बादलको "र"
बिचरा एक्लो रमेश खरेलले के गरोस ?
खानु खाए देशलाइ, पिउनु पिए रगत
स्विस बैंकमा खाता, जनतालाई आश्वाशन
क्या गजबको देशमा जन्मिइएछ गांठे
लुटेरै-लुटेरा भातमाराहरुको देश,
लुटेराहरुको देश ।
Read more >>

08 June 2011

नेताहरु र पाहुनाहरुसंगको बिदेशमा भेट : मिठो भात, बकम्फुसे आश्वाशन वा कार्यक्रम ?


आ-आफ्ना क्षेत्रमा स्थापित भएपछि मान्छेहरुलाई बिदेशमा पनि त्यसको प्रचार गर्न मन लाग्छ । एउटा गायकको एल्बम प्रचार होस् वा नायकको चलचित्र । निर्देशकको डकुमेण्ट्रि होस् वा निर्माताको लगानी । प्रतिस्पर्धाको यो जमानामा उनिहरु त्यसको "मार्केटिङ्" खोज्न थाल्छन । फलस्वरुप स्वदेश छाडी बिदेशको बजार भेट्न र प्रबर्धनको खोजाइमा भौतारिन्छन । आफ्नो पसिनाको लागतले निर्मित सिर्जनाहरु नेपाली समाजको खोजी गर्दै 'शेयर्' गर्न लागिपर्नु कलाकारहरुको मानेमा यो साँच्चै सकरात्मक प्रयास हो । तर चारैतिर घिर्णित 'राजनिति' को उपमा जोडेर परदेशका नेपाली समाजमा बिचारको भाषण गर्न सपनाहरु पालि आएका राजनितिकर्मीहरु भने कहिल्यै सफल हुन सकेका छैनन् । कसैलाई पचोस् वा नपचोस्, घोचोस् वा दुखोस्, चिलाओस वा कनाओस्, हांसुन वा उडाउन्, नेताहरु परदेश आएर कसैको घरमा चरेशको थालिमा "मिठो भात र दर्जनौं प्याक' लगाइ सफा बिस्तारामा डकार्नु बाहेक केही सफलताहरु देखिएका छैनन्, हाम्रा अनुभबहरुले ।

कलाकारहरुका बिदेशी कार्यक्रम प्राय: बिफल हुंदैनन् । सुन्दर अभिनय र न्रित्य, गायन र ठट्टा, आदिले बिदेशमा रहेका नेपालीहरु माझ तिनीहरुको प्रस्तुती सफलाई भएको मानिन्छ । अमेरिकामा रहेका नेपाली समाजमाझ प्रस्तुत भएका कलाकार रामकृष्ण ढकाल, यमा बराल, अन्जु पन्त, शिबहरी पौडेल्, दिपक-दिपाश्री, नलिना चित्रकार, दिपक बज्राचार्य र राजु लामा लगायतका कलाकरहरुको कार्यक्रममा नेपाली समाजको उपस्थिति गर्ब गर्न लायकै हुन्छ । मीठास र सत्यतामा चुर्लुम्म डुबी प्रस्तुतिएका तिनका कला र गला थकानले मरेतुल्य परदेशी नेपाली ज्यानहरुलाई मनोरन्जनको 'क्षणभर्' आनन्द साबित हुने गरेको छ । जगदिश समालको गजल, कर्ण दासको गायकी, सन्जीब प्रधानको पुरानोपन, यमन श्रेष्ठको युवा जोश, पुजा चन्दको अभिनय, सरोज खनालको सक्रियता, प्रेमराजा महतको अभिभाकत्व र लोकशैलि, दिपेश किशोर भट्टराईको जोश, सारङ्गाको नाच, सपनाश्रीको गला, रबी लामिछानेको उद्घोशण, सरिश्माको पप र राजु लामाको प्रतिभा अहिले पनि अमेरिकामा रहेका नेपाली समाजले उत्तिकै रुचाएका पात्रहरु हुन । गत साल प्रस्तुत भएका महानायक राजेश हमालको उपस्थितीको बयान गरि साध्यै नहोला ।

तर 'राजनैतिक बिल्ला' भिरेर बिरालो झैं आइ बाघ झैं गर्जने नेताहरुको कुनै पनि उपस्थिती फलदायक भएनन । केही बर्ष पहिले राजनैतिक कर्यक्रममा अमेरिका आएकी कांग्रेस नेत्री चित्रलेखा यादबको भब्य स्वागत भयो, बोस्टनमा । आफ्नै कलहको क्यान्सरले ग्रसित नेपाली जनसम्पर्क समिति भन्ने काग्रेसको प्रबासी संगठनको आधिकारिकताको सवालमा 'भात खाउन्जेल' उनले निर्बाचित समितिलाई बधाई दिइन्, खुबै प्रशंशा गरिन । भोलिपल्ट न्यूयोर्क पुगेर 'डिक्याफ कफी पिउंदै' बिभाजित अर्कै समितिको गुणगान गाइन । शुशिल कोइराला आए, बाल्टिमोरमा बाल्टिमा पानी हालेर नुहाए, न्यूयोर्कमा चिया पिए, भर्जिनियामा भात खाए र सान्-फ्रान्सिस्कोमा गएर डकारे । उतैबाट नेपाल उडे । बिबादले अहिले सम्म बिभाजित समिति "डबल क्यान्सर्'ले प्रताडित हुँदै प्रख्यात वकिल खगेन्द्र जि सी को अस्पतालमा उपचार गराइरहेको छ । रामशरण महत आए, पुरानो अफिस यू एन गए । पुराना साथिहरु भेटे, हात मिलाए, कांग्रेसको भवन बनाउन पैसा उठाए, टन्सिलले ग्रस्त घांटीलाई लेमन टी पिउंदै नेपाल लागे । प्रकाशमान सिंह आए, सान्-फ्रान्सिसकोको गोल्डेन पुल हेरे फोटो खिचाए, उतै बाट बाटो तताए । गत महिना तारानाथ रानाभाट आए । अमेरिकामा पनि उनी "भटटट" भटभटे चढे । १० जना उपस्थित अन्तर्क्रिया कार्यक्रममा आफ्नै संगठनका अरु साथिहरुको अनुपस्थितीप्रति 'टेन्सन्' लिएनन । खट्टे चपाए र अहिले नेपालमा अनशन बस्दै छन् क्यार । तर ब्यक्तिबादको रोग लागेको, कोहि माथी गएको देख्न नचाहने इर्श्यालुहरुको जमातले कब्जा गरेको, परिवारबादको आशिर्बादले ग्रस्त, डाहा र क्रोधले लठ्ठीको साहारामा उभिएको कांग्रेसको समिति कहिल्यै बिबाद मुक्त हुन सकेन । चिरा चिरामा फुटेको फोरम, परिवार दल र चुरे भावर जस्तो भएर बसेको छ, यहाँको काग्रेस । सबै बाठा, सबै टाठा । नेपालमा राजनीतिको भाटा नउठाएकाहरु यहाँ आएर 'नेता' को गुलामी गर्ने बानीले असन्तोशमा अल्झिरहेको छ ।

नयाँ नेपालको सपना बाड्दै 'साम्रज्यबादी' अमेरिकामा शाखा सन्तानको गुल्म बोकेर आएका तत्कालिन प्रधानमन्त्री प्रचन्ड आफ्ना केही भुरे-भाउरेहरुलाई अघि-पछी लगाउन बाहेक केही लचार्न सकेनन । 'ब्रोकन एङ्लिश्'मा यू एन को उनको भाशणलाई प्रचन्डको पाइला-पाइलाको फोटो खिच्ने 'नागरिक पत्रकार्' हरुले यू टुब मा राख्नु बाहेक केही उन्नति भएन । करिब एघार बर्ष 'जनताको लागि' लडेका नेतालाई 'साम्राज्यबादीहरु' मन नपरे पनि यहाँको बिकाश र 'सिस्टम'ले त पक्कै छक्क पार्यो होला । पसिनाले अहोरात्र निर्मित ढलेका ती टावरहरुको याद् आयो होला । टोडिएका जल बिद्धुत कारखानाहरुको याद् आयो होला । छोडिएका आन्दोलनका संगीहरुको याद् आयो होला । उनले लगाएका 'नेपाली टोपी' खस्ने न्यूयोर्कका गगनचुम्बी घरहरुले बन्दै गर्दा बम पड्केका सन्चय कोशका भवनका याद् आए होलान् । 'मिठो भात संगै केही प्याग' लगाएर किचिएका फोटाहरु फेसबूकमा 'ट्याग' त भयो । नयाँ नेपाल बनाउन परदेशमा देखेका उनका बिकाशे आंखाहरुले केही त्याग गरेनन । कर्मठ कर्मचारी रामेश्वर खनाललाई घोक्रेठ्याक लाउने 'अर्थमन्त्री' भरतमोहन अधिकारी आए । दुताबासमा मज्जाले अन्तर्बार्ता दिए, आंखी भौं कनाउदै नेपाल लागे । अब हेर्नुछ, नेपालको ॠणी बजेटमा तिनका आंखाले बिकासका कस्ता खम्बा ठडाउने छन् ! सात बर्ष पहिले नेपाली फोरमका नायक उपेन्द्र यादब आएका थिए, ए न ए को सम्मेलनमा तीनले मज्जाले भाशण ठोके । लाग्थ्यो, यिनले चाँही केही गर्छन्, आज फुटेर उनी आफ्नै टाउको कनाउदैछन । गत साल भिम बहादुर तामाङ् आएका थिए, न्यू योर्क । एउटा जातिले उनलाई रातारात बोस्टन ल्याएछ, खादा ओडाएछन् । रामदेवलाई दिल्ली कटाएजस्तो त्यहांका काङ्रेसीहरुले थाहा पाउलान भनि एकबिहानै बोस्टन कटाउन लागेछन । सदा जीबनका धनी बिचारक उनलाई ब्यक्तिगत रुपमा केही पुस्तकहरु म र एक जना गैर राजनितिक दाजुले उपहार दिन किनेका थियौं । बल्ल भेटियो र दिन पाइयो । त्यहांका अरु काङ्रेसी देखेरे बुढा दंग । कुरो के भने, रंग जे पोते पनि नेपालबाटा आउने पाहुनाहरुलाई जातियताको पोतन गर्ने चलनले ग्रसित छ, यहाँको नेपाली समाज ।

गत साल क्यालिफोर्नियामा ढुङ्गाना थरका एक 'ज्योतिश्' आए । खुबै चर्चा भयो, उनको । धेरैका हात हेरे, तिनले । जसको ग्रीन कार्ड छ, तीनलाई उनले कागज बन्न धेरै संघर्श गर्नु पर्ने बताए । घरमा शान्ति ल्याउन सबैलाई उनले 'कुकुर पाल्न' अनुरोध् गरे । अली हुनेखानेहरुलाई त बिगारेर भनेपनि मिलिहाल्छ । त्यो त सबैलाई थाहा भएकै कुरो हो । जसको बढी जुहारत देखे, तिनलाई कम्प्युटरमा औंला घुमाउदैं 'भाग्यरेखा' पढाए, औंठी बिकाए । जो अलि दरिद्री लग्यो, तीनलाई हचुवाको भरमा भाग्य डराइदिए । लगत्तै, लोहनी थरका ज्योतिश आए । नेपालमा नाम चलेका भन्छन् क्यार ! मलाइ थाहा बहेनुसार कुनै जमानामा तिनी पी के कलेज अगाडि रक्सीको दोकान थापेर बस्दथे । बोल्दैमा हात् हेराउन आउने "कस्टमर्' भाग्लान जस्ता । तिनका पछाडि पनि भाग्य देखाउन लाइन लाग्यौं, हामीहरु । कसैलाई उनले क्यालिफोर्निया छाडेर भोलि नै 'क' बाट नाम् आउने अर्कै 'स्टेट' सर्न भने । यहाँ बसे काल आउने र जोगी हुने योग देखाए । कसैलाइ, 'स' बाट आउने नामको पत्रिका खोले चल्ने साध्य सिकाए । कसैलाइ राम्रै द्केह होला, राम्रै भने । ज-जसको मा बसे, तीनको राम्रो भने, जो हेराउन गए, हाइ-हाइ गर्दै निद्राको सुरमा हत्केलाहरु पढे । यसो त बिदेशमा जसले राम्रो खुवायो, जसले बिस्तारा अगाडि पंखा जडान गरिदियो, जसले हलिवूड घुमायो, जसले बिमानास्थलबाट 'पिक अप" गर्‍यो । तिनैका घरको, तिनैका राजनैतिक पार्टीको बेलिबिस्तारी बखन गाउने चलन छ, बिदेशका प्रत्येक नेपाली समाजमा ।
कसैको पक्ष नलिइ बोल्नु पर्दा भन्नै पर्छ, केही साल पहिले डा. बाबुराम भट्टराईको अमेरिकी भ्रमण सबैले अहिलेसम्म 'मिस' गरेका कार्यक्रमहरु हुन । नेपालको प्रख्यात ब्लग साइट 'माइसन्सार डट कम' मा खोज्यो भने अहिले पनि भेटिन्छ, पुराना पोस्टहरुमा कि उनी मन्त्री छदां बखत पनि आफ्नै खर्चमा परदेशको नेपाली समाजमाझ प्रस्तुत हुंदा नेपाली मन्त्रीको धमास दिएनन्, । शालिन तवरले हार्वर्ड बिश्वबिद्धालयको कार्यक्रममा उनले बोलेका प्रत्येक बचनहरु गाई चराउंदै एस एल सी को तयारी गरेको विद्यार्थी बोलेको भान हुन्थ्यो । आफ्ना अनुभबहरुको सरल 'शेयर्' र देश् बनाउन बचेका डलर नेपालमा लगानी गर्न नेपाली समाजमा उनले गरेको आग्रह सबैका मगजमा सदा ताजा रहन्थे । नेपाली समाजमा प्रख्यात 'साझा सवाल्' का प्रस्तोता तन्नेरी पत्रकार नारायण श्रेष्ठको अमेरिकी भ्रमण उनले उतार्न खोजेका 'परदेशिएका युवा शक्ति'को लेखाजोखा हामि आज पनि खोज्यौं भने हेर्न सक्छौं । हरेक पाइलाहरु परिवर्तनको लागि सदुपयोग गरिनुपर्छ भन्ने मान्यताका धनी पत्रकार श्रेष्ठको नेपाली समाज संगको भेट, प्रवल गुरुङ संगको भेट र एउटा कुनामा रहेर पनि यहाँ रहेका नेपाली बन्धुहरुको खोजी साँच्चै सोचनिय थियो । प्रसिद्ध बिद्धान डा. चिन्तामणि योगीको कयौं पटकको अमेरिकी भ्रमण नेपाली समाजसंग मात्रै बित्छ । आफूले जानेका कुरा र जिवनका अनुभवहरु, बच्चादेखी बुढाहरुसम्म सरल तरिकाले पढाउने उनको तरिका सबैका माझ प्रख्यात छ ।

परदेशिएर पनि एकता हुन नसक्नु नेपाली समाजको पुरानो रोगै हो । त्यसमाथीको राजनैतिक आबरण, जातिगत बिभाजन, पाहुने पाल्ने अस्वस्थ प्रतिस्पर्धा, फाइ-फिट्टिको नसुहांदो प्रदर्शन र डाहले ग्रस्त हुदा-हुदै पनि नेपालबाट परदेश आउने नेता, कलाकार र समाजकहरुको भ्रमण आसे-पासेहरुकै यताउती घुमुरहनु सकरात्मक हुदैंन । ईजरायल होस वा अरब, बेलायत होस् वा अमेरिका, अश्ट्रेलिया होस् वा स्पेन अनी जापान होस् वा जर्मनी, आफैमा बिभाजित नेपाली समाजमा ती नेता, कलाकार वा समाजकहरुको भ्रमण 'गुलामि' भन्दा 'गुलाफि' बने र बनाए राम्रो हुने न हो ।
Read more >>

22 December 2010

कात्रोमा खल्ति नहुनेरहेछ !


तेरो र मेरो । फलानाको यस्तो, ढिस्कानाको त उस्तो । म पराइ, तपाईं आफन्त । अचम्मको छ, यो संसारको रीत । "हेर, रामे पढेको, रात भारी बत्ती झिपिक्कै नपारी पढ्या र'च । हाम्रो चाँही !" एकाबिहानै पधेंर जांदा बत्ती बलेको देखि हजुरआमाको रिस हो यो, आफ्नै दुई नाती बीचको । बत्ती बाले रामे पराइ, नपढ्ने श्याम आफ्नु । आबैको गजबको भेदभाब । आबैको मायाले केही फुरुक्क देखिए पनि अल्छी श्यामे सम्झदो हो, आफ्नै कोखका दुई फरक छोराका हामी छोराहरु बीच किन आबैको फरक माया ? हो, यसरी नजानिंदो तरिकाले डेरा गाड्न थाल्दो रहेछ, मान्छेको मनमा इर्श्याले । राजाका जहानमा जन्मेका राजकुमारहरु होउन्, वा कटेराको छेउमा जन्मेका निमुखा हुन्, मात्रा मात्रै फरक, चिज हुंदोरहेछ, इर्श्याको ।

जब मान्छे ठुलो हुन्छ, परिवारमा सिकेको बानी र इर्श्यालाई फोटोकपी गर्न थाल्छ । रवाफ र घमन्ड माथि इर्श्याले राज गर्‍यो भने चितवनको लजमा सुजाताको ज्वाँई र पारसको गोली काण्ड जस्तो घटनाले स्थान पाउंछ । हावामा हानेको पारसको त्यो गोली 'ज्वाइं बिचरो'लाई लागेको भए, यो धर्तिबाट बिदा !!! अनी अबैध रुपमा नेपालमा बसेर दुई नम्बरी काम गर्ने उसको सपना चकनाचुर ! धन्न बांच्यो, अब सासूले हेर्लिन नि, ज्वाइसाहेबलाई पैसा कमाउने धन्दाका अबसरहरु । एउटी महिला शिक्षिकाले निरन्तर आफुमाथी शक्तिको भरमा बलत्कार गरेको आरोपमा छुरा रोपेर मारिदिइन, भारतका एक सांसदलाई । शक्तिको भरमा गाउंकी सोझी महिलालाई बलत्कार गर्ने बिहारीले ज्यान गुमायो । पाकिस्तानको पन्जाब प्रान्तका गभर्नरलाई आफ्नै अङ्गरक्षकले आज गोली हानी मारिदियो । जीवन मरणको सजाय पाएको पापीलाई बचाउन खोजेकोले गार्डले ६ गोली ठोकेको रे ! तर हाम्रो मुलुकका एउटा इमान्दार प्रहरीले समाएको अबैध पजेरोका भोकाहरु बन्दुकको भरमा प्रहरी अड्डामा चाबी बुझ्न शरम मान्दैनन्, कोहि यिनीहरुलाई गोली ठोक्नेहरु ? जहाज बेच्न खोज्नेहरु, जहाज किनेर कमिशन खाने र खान खोज्ने तस्करहरु, पत्रकार मार्ने हत्याराहरु, आफ्नै चेली बेच्ने पिपाशुहरु, भ्रश्टचारी र घूसखोरीहरुलाई जांकेर चिस्याउनेहरु खोइ ? कांग्रेसमा गगन थापा छन्, यिनी कहीले माथि आउने ?, जहाँ परिवारबाद मात्रै लागु हुन्छ । माओबादिका बाबुरामलाई कहिल्यै माथि आउन दिएनन, बन्दुकेहरुले । निर्बिकल्प प्रधानमन्त्री उनका हरेक काम लाग्ने बिषयहरु केबल 'नोट अफ डिसेन्ट' बनेर थन्किन्छ, जहाँ राणाबाद लागु हुन्छ । बरु पोइल आका प्रकाशहरुको बोलवाला हुन्छ तर डा. साहेबलाई कोहि सुन्दैनन । प्रहरीका रमेश खरेलले केही गर्लान भन्ने आश् थियो, चाकरिवाजको कारखाना नेपाल पुलिस । रावल र चन्दका भरौटे पुरस्क्रित, खरेल बिदामा ।

माथिका उदाहरण र सत्य चिजहरु जिबनमा मान्छेले पाउने कर्म रहेछ । जिम्मेवारी र कर्म सत्य सम्झेर गर्नेहरु जिन्दगीमा हार्दैनन भने सांसद भएर शिक्षिका बलत्कार गर्नेहरु, शक्तिको भरमा लाशमाथी राजनीति गर्नेहरु नै हुन, असफल हुने । सबैलाई थाहा छ, जिबनमा मरी लाने केही छैन । पृथ्वीनारायण शाहको पालादेखीको सम्पत्ति सोरेका राजा बिरेन्द्रको बंशै सखाप भो । त्यत्रो तागत भा'का तिनैका भाईलाई नपुग्दो के थियो र ? आज एउटा डांडांमा जोगी भएर बस्नु परेको छ । तिनी भन्दा चैनले बसेका छन, पल्लो पाटोमा बरु ओशो आश्रमका गुरुहरु । त्यसैले जन्मेर मान्छेले लाने भनेको सम्झना मात्र रहेछ । अरुले सम्झेर स्वर्गमा लाग्ने बाडुल्की रहेछ, जिन्दगीको धन । पैसा-पैसा भनेर नेपालको बिल गेटस बन्ने सपना बोकेका नारायण सिंह पुनलाई एक चम्चा ग्लुकोज खुवाउने मान्छे भएन रे, मर्ने बेलामा । उनका तरुनीहरु त नेपालको एउटा राम्रै पार्टीको भाइ संगठनका कार्यकर्ताहरु जति थिए रे । पैसाका पछाडि दकुरेका ती 'दुइ दिनेहरु' पुनलाई ओखती खुवाउन्जेल के बस्थे र ? भारतको अस्पतालमा रोइ रोइ प्राण त्यागे, बिचरा पुनले । नेपाली राजनेताका भन्दा बढी पावर चलाउने मोहन खेतान मरे, न गोरखा ब्रुवरी संगै गयो, न त पैसाको मारबाडी बोरा नै । रित्तो हात गए उनी पनि । सबैको प्राण केबल प्राण मात्रै त्यागेर जान्छ । मारबाडी, नेता, भ्रस्टाचारी, तपाईं, हामी सबैको ।

अपराध गरेर बनेको भारतिय ती सांसदको मरण पनि मरण्, माहात्मा गान्धीको पनि मरण । अङगरक्षकको गोलीले मर्ने गभर्नरको पनि मरण, बेनिजिर भुट्टोको पनि मरण । मिर्जा दिलसा बेगको पनि मरण, बी पी कोइरालाको पनि मरण । समर्पणमा जस्सका जिन्दगी त्यागले बिते, तिनका जिन्दगी सफल । बेइमान र रवाफले मर्ने बेलामा जेरि-जुलाफी दिंदोरहेनछ । मरेका सहि आत्माका सम्झना पो जिन्दगी, धनको रवाफले अडेको के जिन्दगी ? आफुले दुध हालेको चिया पिए, निमुखालाई कालो चिया पिलाउने साहस पो जिन्दगि, खीरको खाएर सुकुम्बासी बस्तिमा झुसीले डकार डकार्नेको के जिन्दगी ? झुपरीको सुखद दाम्पत्य पो जिन्दगि, आलिशान महलका महंगा बत्ती र फर्निचर भांचिने झगडाको के जिन्दगी ? संबिधान नै नलेखिएको बेलायती कानुनी राजको जनताको पो जिन्दगी, हाम्रा पसिना र करले एउटा मिटिङ्गमा जांदा तीन चोटि खाने अनी हामीलाई स्संबिधान नदिने ६०१ बेइज्जेतीहरुको के जिन्दगी ? त्यसो त जसले जसरी निर्बाह गरे पनि लास्टां कसैले साथमा लाने केही कुरो बनेको रहेनछ, यो धर्तिमा किनकी कात्रोमा खल्ती नहुने रहेछ ।
Read more >>

14 September 2010

भुइंमा खसेका सिक्काहरु संगाल्दै :


जीबन पाउन सजिलो भएसरी बांच्न त्यति सहज शायदै कसैलाई होला । दरबारमा जन्मेका राजकुमारहरु होउन वा झुपडिमा जन्मेका बिचराहरु अथवा ओढारमा जन्मेका राउटेका सन्तति नै किन नहोउन । दरबारमा जन्मेकाहरुले त तरबारको भरमा जीबन गुजार्छन, शक्ती र धनको आडमा । झुपडिमा जन्म लिनेहरुको हालत यहाँ शब्दमा कसरी लेख्न सकिएला र ? तिनका दर्द र बेदनाहरु, गुन्युका सुताइहरु, लाम्खुट्टेका टोकाइहरु । त्यो दु:ख त भोग्नेलाई मात्र थाहा हुन्छ ।

सादा जीबन सबैभन्दा उत्तम जीबन । धन हुने उपेन्द्र महतो, शिक्षा हुने डा. दुर्गा भण्डारीहरु र मन हुने मह जोडीका जिबनका अ-आफ्नै पाटाहरु छन । महाकबि देवकोटाले जीबनमा दिएरै सिद्ध्याए । महात्मा गान्धी अहिंस्रक भएरै मानब बने । अनुराधा कोइराला बेचिएकी चेलीहरुको अस्मिता अझै बचाउने अभियानमा लागेकी छिन् । त्यसैले त प्रख्यात अमेरिकि समाचार संस्था सिएनएनले आयोजना गर्ने "सिएनएन हिरो" मा मनोनयन भएकी छन । उत्तम संजेलको १०० रुपैयाको शिक्षा अभियान आज देशभर प्रख्यात छ । उपेन्द्र महतो - धन हुने देखी लिएर, मह - मन हुनेहरुले पनि दिलोज्यान सहयोग गरिरहेका छन, उनलाई । यसरी हेर्दा, जन्मनु मात्र जिन्दगी भन्दा पनि आफुले सकेको ठाउंबाट सकेको चीज गरेर मान्छे 'मान्छे' भएका रहेछन ।

चिन्तन र तपस्याले बुद्ध भगवान भए । त्यागले राम भगवान भए । दिएर र लिएर मात्र भन्दा पनि केही गर्न खोजेमा मात्रै मान्छे 'मान्छे' हुन सक्दोरहेछ । जीबन सार्थक बन्दोरहेछ । धनी कोही कसैको अपुताली पाएर हुन्छ । तर त्यो अपुताली पनि सहि रुपमा प्रयोग गरेर समाजसेवामा लाग्ने मान्छेहरु न महान हुन्छन । ठगेर, लुटेर र छद्मभेशि भएर कमाएको धन 'देखाउनको लागि' सेवामा लगाउनेहरुको कर्तुत त कति दिन पो टिक्छ र ? अत : देखासिकिमा गरिने समाजसेवा भन्दा आत्माबाटै प्रस्फुटित सेवाभाव शायद सर्बश्रेस्ठ हुंदो हो ।

एउटा स्टोरमा खुर्सानी बेच्ने रित्तो भांडोमा जम्मा भएका केही सिक्काहरु माथि नजर परे आज । धेरै बर्ष देखि परदेशको सडकमा खसेका, अरुले फालेका सिक्काहरु थिए, ति । एउटा ठीक्कैको पाथी जाने भांडो भरिएछ । अरुले गलत्याएर अर्थ नसम्झी फालेका एक पाथी सिक्काहरु पक्कै नै धेरै नै होलान । मानौं, एक पाथी गाई पैसा । परदेशको एक पैसाको मेरो देशमा कम से कम सत्तरी पैसा हुन्छ क्यार, आजकाल । परदेशको एकपाथी पैसाले मलाई लाग्दछ, सत्तरिले गुणा गर्दा मेरा गाउं वा छर-छिमेकका दुई जना निमुखा-गरिबले मज्जाले पढ्ने पैसा पुग्नेछ । मैले कसैकोमा कामा गर्दा पार्किङ बढार्दा टिपेका सिक्कहारु, सडकमा हिड्दा भेटिएका सिक्काहरु संगालिंदा गुणाले सयौं हुन्छ र एउटा निमुखाको शिक्षाको लागि काफी हुन्छ भने हामीले किन लजाउने ? आफ्नै अगाडिको टल्केको परदेशी सिक्का टिप्नलाई ?

हुन त सेवा प्रचार गरेर गरिने काम होइन । तर ब्लगरको काम जे शिर्शक भेट्यो, त्यसैलाइ कोट्याउनु हो । नजर परेर टिपिएका सिक्काहरु त मेरो देशमा कैयौं गुणा फलदायी हुन्छ भने त्यसमाथिको शिर्शक पनि शायद उपयोगी नै होला । प्रचार-प्रसार भन्दा पनि जम्मा भएका सिक्काहरुको उपयोगिता ठुलो लागेर टांसेको मात्र हो । महानहरु प्रचारले ठुला पक्कै भएका होइनन तर कतिपय बिषयगत कुराहरुलाई टांसो बनाउंदा फरक चाँहीं नपर्ला !

त्यसो त मान्छे बिदेशिएपछि उअसले गरेका काम-कर्तब्य प्रति नजर रहन्छ, समाजको । जसले जति सक्छ त्यति गर्ने हो । फेरी जसका पुर्पुरोमा जती लेखेको छ, पाउने त्यति नै हो, जति खप्पर फुटाएपनि । म चांही, गर्न केही नसके पनि सडकमा खसेका सिक्काहरु संगाल्न लागेको छु, आजकाल । एकपाथी सिक्काहरु सांटेर मेरा एक पत्रकार साथीको रोहबर पठाएर जेहेन्दार-निमुखा केही बिद्यार्थीहरुलाई सहयोग गर्ने धोको छ । धोको भएपछि सहयोग र समाधानका पोकोहरु अबश्य आउंदारहेछन । हेर्दा हेर्दै एक पाथी सिक्का जम्मा भए भने सेवाभाब र कर्मले भोली एकमुरी डलर जम्मा हुन पनि के बेर ? गरीब बिद्यार्थी पढाउने केही सपनाहरु बोकेर आजकाल म सडकमा खसेका सिक्काहरु टिप्दैछु । यसलाई घमन्ड र प्रचार ठान्नु सहि नहोला ।
Read more >>

28 April 2010

तिमी त शहर पो पसेछौ !


भोकले तिम्रा सन्तान थुतुनो आं गरि बसेका छन् ।
तिमी भने भाईबहिनी पढ्ने स्कुल कब्जा गरि
मासु र भात खाएर 'आन्दोलन' गर्न ? शहर पसेका छौ ।
तिमी चामल खोज्न हिंडेको भए
कम से कम एक मानो कोदो त पाउथ्यौ ।
अनि,
तिम्रा जहानका मुखमा एक फांको आहार पर्थ्यो,
र तिमीलाई शायद्, सन्तोश मिल्थ्यो होला ।

तिम्रो घरको टुकिमा टालो मात्रै छ,
मट्टितेल छैन,
तिम्रा गह्राहरुमा बिजुलिका खम्बाहरु छन्,
करेन्ट छैन,
न तिम्रो बचेरो पढ्ने स्कुल खुलेको छ,
न महाजनका छोराहरु पढ्ने बोर्डिङ नै !
बीरामी ती तिम्रा बुढा बालाई अस्पताल लाने डोको छैन गाउंमा,
तीनलाई बोक्न न छिमेकी भतिजो छ, न तिम्रो भाई
न त तिमी नै छौ ।
एउटा डोको खोज्न हिंडेको भए
कम से कम थुन्से त पाउथ्यौ ।
तर,
तिमी हो-हल्लामा 'आन्दोलन्' ? गर्न
शहर पसेका छौ ।

तिमी किन तामाका ती कलिला मुनाहरु काट्छौ ?
र कटबांसहरु तिखार्छौ ?
तिमिले कटबांसले बजाउने टाउकाहरु पनि त
आफ्नै भाइ-भतिजाहरुका हुन नि ।
तिनका घाउबाट निस्कने रगतले तिम्रो ज्यान शिरिङ्ग हुदैन र ?
बरु, तिमी कलम खोज्न हिंडेको भए
मलम पाउथ्यौ होला ।
तिमी त सलाम खाने लालशामा
शहर पो पसेछौ ।

हिजो भरौटे बनेर हिडेका हाम्रा दाजुहरुले के पाए ?
हेर त तिनका कन्तबिजोक ।
आन्दोलनमा गोली खाए,
फटाहा नेताका बोली पाए,
तिनका छोराहरु ओहोदामा,
हाम्रा दाजुहरु, गाउ फर्के ।
यसरी फर्केका अपाङ्ग दाजुहरु तर्साउन तिमी
गोली बोक्दै छौ ?
खुकुरी भिर्दै छौ ?
दाजु 'तह लाउन' टुडिखेलमा कसरत गर्दै छौ ?
हलो कांधमा हलेर बरु बांजो जोत्न हिंडेको भए हुन्थ्यो,
तिमी त खुल्लामन्चमा नेताको योगा हेर्न,
चमात्कार हेर्न, होटेल भत्काएर बनाएको नेताको निवासमा
मासु भात खान हिंडेछौ,
तिमी त शहर पो पसेछौ !
Read more >>

12 March 2010

कांग्रेस : जहाँ संगठन, त्यहिं गुट !



(एक महिना भएछ, ब्लग बाट हराएको । साथीहरुको लेख चाँही अरुको साधन सापट मागेर पनि पढेको थिएं, तर आफु लेख्न कापी र मसि नै पुगेन । यो बिचमा अमेरिकाका लागि नेपाली राजदुत र कलाकार मनोज गजुरेल संग भेट भयो । त्यो अर्को लेखमा अबश्य राख्नेछु । तर आज म बडो ठुलो नेता बनेर आको छु, यो बिचमा । हा हा !!! राजनीति गर्‍यो भनेर श्राप नदिनु होला । अलि अलि चाख त भैहाल्छ, यो रोगमा । तर आफ्नै आँखा अगाडिको गाइ-जात्रालाई यसो पोतेको छु, हतारमा । )

नेपाली राजनीति र नेपाली कांग्रेसको परिपुरकता बडो अनौठो छ । बि पि लाई जपेर राजनीति थाल्नेहरु कांग्रेस र नेपाली राजनीति परिपुरक हो भन्ठान्लान्, जुन केही हद सहि होला । तर लालशा र चाकरितालाई नैतिकता ठानी कांग्रेस र यसको वरपर 'महाजनका भजन' भट्याउनेहरुले गरेका चारित्रिक राजनीतिले देखाइदिएको छ, कांग्रेसको चालामाला, यसको हालत, भताभुङ्ग संगठन र गुट । संगठन खोलिनु कुनै नौलो बिषय भएन, कांग्रेसलाई । चाहे अमेरिकामा होस् या युरोपमा । मन परेका नेताका 'भनेको मान्ने' मालिक हुनु नयां संगठनको चासो हुन्छ, कांग्रेसलाई । नव निर्मित संगठनको लेखाजोखा र यसलाई मलपानी कहिल्यै मिल्दैन, हेद्क्वारटरबाट । खाली पानारुपी थालीबाट टिका र जमाराहरु चाँही जति चाहिए पनि मिल्दोरहेछ । एउटा कार्यकर्ता अस्पतालको शैयामा भगवान पुकारी रहंदा सुन्दैन, बी पी नगर कसैको बिलौना । जीबनभर कांग्रेस भनेर लडेकाहरु 'कपुत' भएर मरेका छन्, बिचरा । सबैलाई थाहा छ, मर्ने बेलामा दाल भात लिएर शैलाजा भेट्न अस्पताल कोही गएन । शुभकामनाको बडेमान गुच्छा लिएर सुजाता कहाँ लागे, काङ्रेसीहरु । बेसहारा शैलजाको खुस्केको प्राण सम्हाल्ने कोही भएनन् । उनको चिरायूको लागि चितामा चढ्नुपर्ने श्रद्धाको फूल सुजाताको शुभकामनाको लागि टक्रिन्छन । कयौ शैलजाहरु मरेर गए, न फूल त न सम्झना । एउटा कर्मठ कार्यकर्ताले स्वस्फुर्त पुण्यतिथिमा धूप बालेर एकचोटी सम्झिइएका छन्, ती शैलजाहरु । भने, यता जर्मनी झोलामा नेपाली राजनीतिको 'गुट' बोकेर हिडेका छन्, नव नेताहरु । यसैले त बार्दलिमा बसेर झम्-झम झरिमा सुकाएको बिस्कुन हेरेर बसेको छ, आज कांग्रेस । र, चार हल गोरु लिएर बगरमा रोपाइं गर्न हिडेका छन्, यिनका नेताहरु ।


त्यत्रो बर्ष शासन गरेको पार्टीको कार्यलय धन्न मैयादेबीको चन्दाले छाइएको छ । त्यसलाई 'पुर्ण' गर्न अमेरिकामै धेरै चोटि सवार भए, पूर्व मन्त्रीहरु । इमानको राजनीति गरेको हो भने, लाज लाग्नु पर्ने हो तीनलाई, सात समुन्द्र पारी आएर भाडा मांझेर कमाएको पैसा 'चन्दा' माग्नलाई । तै पनि माया न हो, सक्नेले दिए । नसक्नेको र नदिनेका कुरै नगरौं । त्यो चन्दाले छानो छाउन अपुग भएको भए चार वटा पिल्लर मात्रै हालेको भए पनि त हुन्थ्यो होला । त्यो पैसाले त एक ट्रक 'प्रिन्टिङ कागज' किनिएछ, चार ग्यालेन मसी किनिएछ । त्यसैले आजकाल ती खुल्ला पानाको शिरानमा चारतारा मुन्तिर जसलाई मन लाग्यो, त्यसैलाई लेखिएको 'संगठन निर्माण' को चिठि जता ततै छापिएका हुदांरहेछन् । जो नेपाल गयो, चट्ट बी पी भवनको चमेना गृहमा नास्ता खायो, अमेरिकामा जन्मदै गरेको गुट र हराइसकेको एकताको फुर्ती लगायो । एउटा 'प्रेम-पत्र' कोरिदिन अनुरोध गर्‍यो । सुट्केशमा ग्रीन कार्ड भन्दा बढी जगेर्ना गरेर अमेरिका ल्यायो, शुक्रबार बेलुका स्कयान गर्यो, तुरुन्तै गूगल ग्रुपमा 'पेस्ट' गरिदियो । शनिवार बिदा हुनेहरुले हेर्छन्, नेपाली काङ्रेसको आशिर्बादी 'चमेना चिठि', नभ्याउनेले आईतवार । आईतवार पनि नभ्याउनेले फोन मार्फत थाहा पाउछन्, सोमबार हेर्छन । गत महिना आएको चिट्ठीको करामत के सकिएको हुन्छ, अब यो चमेना चिट्ठीको बखान शुरु हुन्छ । आरोप-प्रत्यारोप, इमेली घम्सा-घम्सी । अनी धेरै पहीले प्रवक्ताले घोषणा गरेका चुनाबी मितीको समाप्तिको बिन्दु । नयाँ नेपाली संबिधानको हालत्, प्रबासी कांग्रेसी चर्तिकला, एकताको नाममा युद्ध र बर्खिलाप । अमेरिकामा एकताको यो एउटा साधारण नमुना । प्रवासमा कांग्रेस, स्वस्थानीमा शिवको अङग पतन भए जस्तो । अङग पतन भएका ठाम त धाम भएर रहे, तर जहाँ - जहाँ कांग्रेस, काहानी र गुट ।

जमातले जनमत सिर्जना हुदैन भन्ने कुरा कहिल्यै बुझेन, कांग्रेसले । संगठन निर्माणको युरोपी लम्बि-कहानी किन बेलिबिस्तार गर्नु पर्ला र ? संगठनमा टाउके पशुपतिमा भट्टहरु नियुक्त भए जस्तो । जसरी निर्मल भक्तहरु भट्टहरुले सम्झाएसरी पूजा गर्छन्, भेटी चढाउंछन् । पवित्र मन्दिरमा नित्य पूजा गरि भक्तालुहरु आफ्नो बाटो लाग्छन् । यता, सांझ एक सर्को गांजाको मातमा भट्टहरु भेटी गन्न थाल्छन्, कोही भट्टहरु सुन्दरी समाउंदै डिस्कोमा लडेका भेटिन्छन त कोही मनीग्रामबाट दिनदिनै नेपाली भेटी 'भारत भेज्दै' गरेका । ती भेटी र मुम्बैमा बेचिएकी सोझी बहिनी केटीको एउटै काहानी हुन्छ । तर यहाँ काहानीले होईन, चर्तिकलाले मान्छे चर्चित र ठुलो बन्दोरहेछ । बेचिने चेलीको आवाज कसले सुन्ने ? 'दलाल' झन पावरफुल हुन्छ, अब । यसरी नै घोटिएका कार्यकर्ताहरुको आवाज सुन्दो रहेनछ, कांग्रेस । त्यहि रोग सरेर त होला, कांग्रेस भित्रका ढुन्डिराजहरु हराए, जसले चर्तिकलाको साटो सदैब 'समाजबाद्' मात्र लेखे । बिस्वप्रकाशहरु पाखा लाग्दैछन्, जो सोझो आंखाले देखेको सत्य बोल्छन्, त्यहि लेख्छन् । निर्बाचित गुरुराजहरुको नामै सुन्न छाडियो । यी सबै कुराहरु संगठन भित्रको चाकरी र गुटबादका प्रश्रयहरु न हुन । धेरै बिभाग र डा. हरु भएका जिर्ण अस्पतालजस्तो भएको छ, कांग्रेस । जिवनजल पनि नपाउने दुर्गम स्वास्थ्य चौकी जस्तो, यसको प्रबासी संगठन । जहाँ पियनले अप्रेशन गर्ने गर्दछन । ओखतिमुलो नपाएर मरेको लाशजस्तो बनेको छ, तिनै भट्टरुपी खुराफातहरुले बिग्रदैं गरेको, कांग्रेसको प्रबासी साख ।


राजनीतिमा इमान र पालो हुनुपर्ने र आउने कुरा हुन रे । इमान कमै कांग्रेसीहरुमा होला । फेरी कांग्रेसमा पालो पनि कमैका आएका होलान् । सांचो बोल्नेहरुलाई 'बिद्रोहि'को पगरी गुथाइन्छ, जुन मान पाएका थिए, गगन थापाले । पालो सबैको आउला शायद्, जसरी नरहरी आचार्य सदैब सभापति लड्ने आंट गर्दछन । पन्चायती मान मर्दन र बहुदलको हावामात्र लागेकाले आचार्य जसरी सदैब लड्ने साहस गदैनन । उम्मेद्वारी केबल जित्नको लागि मात्र नहुने रहेछ । आवाज र बिचार मन्थनका लागि गरिने उम्मेद्बारीले 'एउटा राम्रो अर्थ' लाग्दोरहेछ । जसरी कांग्रेस भित्र नरहरीको उम्मेद्वारीले बिचारको नेत्रित्व गर्दछ । तर खुराफातीहरुलाई 'एक चोटि जित्नु र नाम लेखाउनु' माधव दाईलाई 'प्रधनमन्त्री'को रहर जस्तै हुदोरहेछ । दुई पट्टि चार जनाको जमात र मनोनयन खुराफाती राजनीति गर्नेहरुको अनौठो लालशा हुदोंरहेछ । झरिमा गगल्स लगाएर खुराफाती बाटो हिड्दा लाटोले फालेको केराको बोक्रामा टेकिएर 'पिलित्त' लडेको जमात बढी छ, कांग्रेसमा । सुनिएको थियो, सधैं समाजवादको भजन गाउने प्रदिप गिरीलाई खुराफातीहरुले बोरामा पोको पारेर बगरमा मिल्काएका थिए रे । त्यत्रो एतिहासिक आन्दोलनका नेता 'लौह पुरुश्' मा थन्किए, एउटै जिबित संस्थापक बिचरा भट्टराई'बा लाई पारी भित्तामा कुटीमा थन्काइदिएको छ, कांग्रेसले । अवसरको, बिचारको र नेत्रित्वको पालो होइन, इमान हुनेहरुको त बेइमानिहरुबाट बेइज्जती त सत्तोसराप मात्र उपहार दिलाउंछ्, आंफै बुढो कांग्रेस ।

र अन्तमा, अमेरिकाको एउटा उदाहरण । केही बर्ष सम्पन्न भएको प्रबासी कांग्रेसको प्रथम अधिबेशन आफैंमा केराको थामसरी ढलेर दोस्रो अधिबेशनको लागि भनेर कोदोबारिमा बांकी रहेको मकैको ढोंड सरि 'कानुन' मा अड्किएको छ रे । न कुनै गोपनियता, न कुनै तरिका । आपसी झगडा । बालखाहरुले घैया गोडे जसरी '३६ सदस्यिय' तयारी समिती राजाको कामको घाम कुरेर बसेको छ । लाखौं प्रबासी अमेरिकी कांग्रेसीहरुको पत्तो बिना जसलाई मनलाग्दि 'आयातित चिठि'मा झारा टारेर 'कानुनी कान्लो' माथि भुटेको मकै चपाउदै छ रे, शक्तिशाली समिती ! पहीले बनेका र हिजो खुलेका संगठन र तिनका साना माछाहरुलाई बल्छी थाप्दै, पाखामा फ्याक्दै, पशुपतिका भट्टरुपीहरुको सल्लाह र आशिर्बाद थाप्दै अघि बढेको छ रे । 'एकताको खातिर' सानाहरुको आवाज नसुनी 'बिद्रोहि'को सापटी गालि उपहार प्रदान गराउंदै पौडी खेलिरहेको छ रे, अमेरिकी प्रवासी कांग्रेस । हिजो अधिबेशन गरेको समुह, अब गराउन तयारी भएको समुह, हुन्छ र हुन्नको समुह, आरोपीहरुको समुह, लान्छना लगाउने र तयार गर्नेको समुह, चिट्ठी आयत गर्ने समुह, त्यसलाई पेस्ट गर्ने अर्को समुह, भाग नलिने धमास लगाउनेहरुको समुह गरि बनेको आ-आफ्नै तालका डम्फुका समुहरु देख्दा देख्दै, बिद्रोही यी आँखाले किन नभनुन ? बिग्रियो कांग्रेस : जता संगठन, त्यतै आफ्नै गुट !
Read more >>

08 February 2010

पर्समा फोटो !


तपाईं खुरुक्क हेर्नु त, तपाईंको पर्समा केको-कसको फोटो छ ?
तपाईं जवान/अबिबाहित हुनुहुन्छ भने त अरु कसको फोटो होला र ?
बिबाहित हुनुन्हुन्छ भने चाँही प्राणप्यारी अर्धाङ्गिनी/जीबनसङीनी कै त होला । भाउजुको फोटो छैन भने तपाईंको खैंरियत ठीक छैन, कुनै दिन कुन चाहिंले पोल खोल्देला है, होसियार !

त पूरानो कुरो याद आयो । म र मेरो दाजु बर्षा याममा एक दिन दरौंदी नदीको फांटमा झाटेंको गहुंको नल लिन भनेर तेर्हकिलो बजार हुदैं झर्दै थियौं । ती दाजुका आफ्ना दाजु चाँही काठमान्डौ तिरका जागिरे । यसो दशैमा मेसो पारेर दिएका पैसा रहेछन्, उनिसित । त्यो पैसा सदुपयोग गर्न पैसा हाल्ने एउटा समान (पर्स} किन्ने कुरा निकाले । म सँग जम्मा सात रुपैया थियो, त्यसदिन । तर पर्सलाई १० रुपैया पर्दो रहेछ । मेरा ती दाजुले मलाई ३ रुपैया हालिदिएर सेन्थेटिकको पर्स किनिएछ है गांठे, जिबनमा पहिलो पटक्, त्यो बेला म आठ कक्षामा पढ्दो हुं !

यति त जतन गरेर राखिएन, मेड इन चाइनाको त्यो सेन्थेटिकको माललाई । पैसा हालेर गोजीमा राख्नुपर्ने बिखयलाई पूजा गरेर खोपिमा राखियो । स्कुलमा साथीहरुले बरफ् किन्दा 'पर्स' निकालेको देखेर सीको गर्न खोपी बाट झिकेर खोल्तितिर हालियो । त्यो भित्र पैसा राखेर गोजिमा हाल्न पाए त हुन्थ्यो नि, रित्तै भोकले गोडा दुई चारेक बर्ष आँशु झार्दै रोयो, बिचरो त्यो सेन्थेटिके । सधैं खाली । म त पेट भर्न च्याख्ला र ढिडो खान्थे, तर त्यसले पैसाको चामलको भात कहिल्यै पाएन, बिचरो । सधैं भोको राख्नु पाप ठानेर मैले बरु फोटोको खाजा दिने निधो गरें ।

केही त राख्नु पर्यो, सम्झना र कल्पनामा बुनिएकाहरुको चित्र मनले खिचेर राखियो । त्यतिबेला क्यामरा कसको बाउको पाउनु । पाखामा भलाया टिप्न जांदा तिनका दाजुहरुले मलायाबाट ल्याएका क्यामराले खिचेका फोटाहरु नदेखिनेगरी छिपाएर त्यो पर्समा राखियो । साल काट्न जादा भारीले किच्न लागेको 'साहिलि'को तस्बिर पनि राखिएछ । पछी काठ्मण्डौ आएपछी सेन्थेटिक छाडेर ल्यादरको पर्स बोक्न थालियो । अनी त्यसभित्र राखिने फोटाहरु पनि फेरिन थाले । ती सबै अहीले नै भन्नु पर्ला र भन्या ?

बिदेशतिर त पर्समा कुकुर र बिरालाका फोटाहरु राख्दा रहेछन्, तिनले 'प्रेमी र प्रेमिका' हरुको फोटो नपाएर हो कि त !
नढांटि हेर्नु त तपाईंको पर्समा कसको फोटो छ ?
Read more >>

24 December 2009

हत्कडी !


पत्रकार महासङ्घ, गोरखाका सभापति किशोर थापा, टिका बिष्टलाई आक्रमण गर्ने अपराधी पक्रन, सरकारलाई "हतकडि" प्रदान गराउन,प्रमुख जिल्ला अधिकारीलाई "हतकडि" बुझाउदै,
फोटो साभार : अमेरिका दर्पण


हरे ! नेपालको कानुन,
र यो कसैको हातमा नबाधिंने हतकडि !
मनलाग्दि गर्यो, जेल गयो,
बाधिंदा-नबाधिंदै फुस्कने "आदेशी" हतकडि ।

उमा सिंह मरिन, मारीइन,
अपराधीको हातले देखेन त्यो हतकडि ।
'रणबीरहरु'का शेर ऋशिका हातले सलामी पाए,
महान ती पत्रकार ? ले हेर्नै परेन हत्कडि ।

जति बन्दुक छन्, त्यति त नहोलान,
हाम्रो मुलुकमा हतकडि ।
अशान्ती बन्दुकका नालहरु पड्किन्छन्,
तर खियाले खान्छ, त्यो हतकडि ।

नाबालकहरुको हातमा मज्जाले जेलिन्छ,
नयाँ नेपालको हतकडि ।
टिका बिष्ट कुट्नेहरुलाई,
किन चाहियो हतकडि ?

प्रयोगमा नआइ लोप हुने भो,
मोबाइल आए पछी, हतकडि ।
ब्वांसाहरुका सभामा, आहा कति मान्छे ?
खाली ताली र थपडि,
तिनैका भरौटे भए पछि,
के काम टिटानस सर्ने त्यो हतकडि ?
Read more >>

23 August 2009

बुढीलाई बुढाको पीर !




सधैं पीर हुन्छ रे श्रीमतिलाई कि मेरा बुढा कहाँ गए होलान ? भात खाने बाहानामा, फोटोकोपी गरेर आउछु है बुढी भन्ने बाहनामा, आज साथी सँग जरुरी काम छ भन्ने बाहानामा, फ्रान्सबाट फिलिप आएको वा अमेरिकाबाट अन्डर्यु आएको बाहानामा श्रीमान बाहिरिने चलन, ढिलो बासस्थान फर्कने चलन शायद सबै दिदी बहिनी र भाउजुले देख्नु र बेहेर्नुभएकै होला ।

आज तीजमा बुढी माइत गइन । अस्तिनै खोपामा खोया बिर्के बुढीको डरले नखाइ-नखाइ सांचिराखिएको थियो (खुल्लामन्चमा प्राय: प्यलाकै बढी कुरा हुन्छ भनेर गाली चाँही नगरनु होला है)। उनको माइतबाट फोन आयो - "बुढा , के गरिरहनुभएको छ त, एक्लै घरमा ?" हे तेरिमा टोक्ने ! 'टन्न खोया बिर्के तनिरा'को बुढी' भनुम भने फरिया उचाल्लिन भने डर ! "म यसो ग्राहकको केही खबर आ'को छ कि भनेर जांच गरिरा'को, कम्प्युटरमा" भन्नु भन्दा केही अर्को बिकल्प छ त ? केही छैन, बिकल्प । तीजमा छम छम नाचिरहेकी सतिसाबित्री अर्धाङिनिलाई के थाहा, श्रीमान चट्ट आज फेसबूकमा पहिलेकी "जेठी" सँग आनन्दले च्याट गर्दै खोपाको खोया बिर्के टिल्याउदैं गरेको ? हेर्नु न, श्रीमानको दिर्घायुको लागि ब्रत बस्ने श्रीमतीको ब्रत र श्रीमतिको अनुपस्थितिमा खोया बिर्के तोड्ने श्रीमानको कर्तब्यमा कति फरक छ ?


श्रीमतिले पकाएको भान्छा गरेर बुढा कार्यालय गए भने पनि बाटोमा कुनै 'कान्छि'ले सेवा (राइड) दिन कि भन्ने सधैं बुढीलाई पीर । सवारि साधन भएका श्रीमान कार्यालय लागे भने ऊ त्यही पर नपुग्दै 'कान्छी' लाई राइड दिएर कार्यालय नगइ नगरकोट हानिन्छन कि भन्ने पीर ! कथमकदाचित कार्यालय पुगी हाले भने पनि बिरामी परेको बाहानामा कार्यालय हापेर गोदावरी अथवा विश्वज्योती लाग्लान कि बुढा भन्ने पनि पीर हुन्छ रे बुढीलाई । मेरो होइन है, सबैको ।

यो तीजमा चाँही बुढाको दिघायुसंगै 'बुढा माथिको पीर (शंका)' पनि हटाउने अदभुत शक्ती बर मागे होलान, शिव बाबासित बुढीहरुले । हुन त शिब बाबा पनि कम्तिका छन र ? पार्वतीले दतिवन टोक्दै उनैको नाम जप्दै गर्दा, नन्दी चढेर सतिदेबी मात्र के सात बर्षकी बिचरी गोमा माग्न पुग्छन, ति बुढा । शिव बुढालाई सम्झाम भनेर पार्वती सोच्दिहोलिन नि ! तर के गर्ने भाङको चिलिमले झटारो हान्लान भने पीर, सोझी पार्वतीलाई । अब यस्ता बुढा भर नभाका शिवले के 'बर' देलान्, बुढीहरुलाई ! खै मलाई त त्यती विश्वाश लागेन है । हुन त म यि बुढाको ठुलो भक्त हुँ । 'मेरो होनहार भक्त रहेछ' भनेर थाहा पाए अनी त्यही मायाले मेरी बुढीलाई 'तथास्तु' भनिदिए भने छुट्टै कुरा । नत्र त खोइ ! जे होस् बुढीको पनि पीर गर्ने बुढाहरु सृस्‍टि गराउन भगवानले पनि । सधैं किन बुढीहरुलाई मात्रै टोकसो र पीर, बिचराहरुलाई । शिव बुढाले बुढीका बुढाहरुलाई मायाका धतुरोहरु प्रदान गराउन । सबै बुढा र बुढीहरुको (श्रीमानन्-श्रीमतिहरुको) जिबन सुखमय होस् । बुढाहरुलाई पनि बुढीहरुभन्दा बढी पीर गर्ने बनाइदिउन, भोलेबुढासँग आजलाई यही माग्दै कलम बन्द । जय शम्भो !!!
Read more >>

19 August 2009

धेरै दिन हराउंदाको नमज्जा :


गत हप्ता एउटा कार्यक्रमको शिलशिलामा 'जुवा र रमाइलो'को शहरको नामले संसारभर परिचित 'लस भेगस' जाने अबसर मिल्यो । रातको एघार बजे झुपुझुपु उङगदै शक्ती दिने ओखती ? (लाले गोरु- रेड बुल) पिउदैं त्यहां पुगियो । होटेल त बूकिङ थियो रे दाइले भन्नुभएको तर साथीहरुको चापले कोठा भरिएर गाडीमै सुत्नु पर्‍यो । फेरी खोइ किन हो कुन्नी, सप्ताहन्तका दुई दिन शुक्र र शनिबार लस भेगसका सारा होटेलका सारा कोठाहरु भरिदां रहेछन ! दोब्बर पैसा तिर्छु नि त बाबा भन्दा पनि नपाईने, सुत्नको लागि कहीं कतै नमिल्ने केही प्रहरको लागि बास । भारतीय तर नेपाली मनका साथी चेतनको गाडीमा नै केही घण्टाहरु बिताइयो । सडकमा गाडी पार्क गरेर गाडीमै सुतौं भने सडक पनि गाडीले पुरै भरिभराउ । यसो बिचार गरेर एउटा होटेलको पार्किङ्को चौथो तल्लाको कुनामा गाडी खांदेर लुसुक्क सुतियो ।

भोलिपल्ट आफ्नो काम सकिवरी नेपाली रेस्टुराँमा खान खान सबै जना (त्यहा ब्यापारिक मेला भएकोले भाग लिन आउनुभएका सबै नेपाली हामीहरु) जम्मा भएर बडो मज्जाले खान खाइयो । हुन त जाजरकोट रोगले र हुम्ला भोकले रोएको बेलामा परदेशको खानाको मज्जा उल्लेख गर्नु उपयुक्त नहोला । सन्दर्भ यस्तो परेकोले मात्र उल्लेख गरेको हुँ । यत्तिकैमा काकाले आफ्नो होटेलमा आउन र कोठा मिलाइदिने आश्वाशनलाई हृदयमङगम गर्दै उनैको पछी लागियो । शनिबारको त्यो रात के का मिल्थ्यो कोठा ? चप्पल पड्काउदै साथी चेतन र म सुट्केश घिसार्दै लाग्यौं, आफ्नै गाडीतिर । बास मिल्लाकि भन्ने आशले यसो शेरोफेरो घुमियो, दुई चार होटेल चारियो । हामीलाई कसैले पत्याएनन गांठे । त्यहां त खाली युगल जोडी मात्र हुंदा रहेछन । पुरै सडक उनिहरुकै हिडाइले जाम । अनी सप्ताहन्तका ति दिनहरु किन खाली हुन्थे र मिल्ने कोठा ? हुन पनि निर्बस्त्र तिनिहरु भनुम भने पुरै भन्न नमिल्ने । लगाएका छन कपडा भनुम भने एक बित्ते टालोलाई कसरी बस्त्र भनुम ? धर्मले नै दिएन । धर्म सम्झदै कही पर राखिएको गाडी कता पार्क गरेर सुत्ने सोच्दै लाग्यौं, चेतन र म लस भेगसका चम्किला सडकतिर ।

रातको ३ बजे लखतरान पर्दै हिजो गाडी राखेर सुतेको ठाउंमा लाग्यौं । मज्जाले कोदाली मच्चाउदै मकैबारिमा कोदो रोप्ने मेलो बनाउंदै बुवा र आमासँग हाँस्दै गरेको सपनी देख्दै थिएं, कसैले गाडीको शिशा ट्याक्-ट्याक पार्यो । चेतन मस्त निन्द्रामा थिए । मैले क्वाइक्-क्वाइक घुमाउने कुरो घुमाउदै गाडीको शिशा खोलें । होटेलको सुरक्षा वाला रहेछ । परिचय पत्र माग्यो । गाडीमा सुत्नुपर्नाको कारण सोध्यो । हामी किन गाडीमा सुत्नुपरेको बिबशता त्यो भुशतिघ्रेलाई के थाहा ? उपयुक्त कारण दिन नसकेपछी हामी त्यो पार्किङ क्षेत्र छोड्न वाध्य भयौं । नत्र भने पुलिस पो बोलाउछु भन्छ त, अम्रिकाने गार्ड त । चेतनले " आइ विल टेक केयर यु म्यान, गिभ अस फ्यु आवोरस टू स्लीप " भन्दै अङ्रेजी छाट्दै थिए । घूस लिन पटक्कै मानेन मोरोले । एका बिहानै आफ्नो देशको 'भ्रस्टाचार - धर्म' सम्झदै त्यो तिघ्रेलाई बाइ गर्दै निस्क्यौं हामी ।

गल्ली गल्लिका हरेक स्थानमा पैसा राखेर खेल्ने ठाम हुंदारहेछन । प्रत्यक स्टोर, रेस्टुरेन्ट लगायतका ठाउमा पैसा मास्ने भाडो राखेको हुदोरहेछ । मान्छेहरु त्यसलाई जुवा खेल्ने ठाउँ भन्दारहेछन । म आफु जुवाको चोखो हुन खोजेको होइन । सत्य धरोधर्म, अमेरिकि समाजलाई त्यो जिबिका उनिहरुको तरिका होला तर मैले त्यो छाडापन कहिल्यै देखेको थिइन र जीबनमा जुवा देखेको थिइन । फेरी अर्थतन्त्र संकट लाग्यो भन्थे बजारतिर । तर त्यहां त चौबिसै घण्टा मानिसहरु सुरा, सुन्दरी र जुवामा मस्त । अरुले खेलेका नजर लगाइयो, देखियो । खेलाउनेले पैसा सोरेको देखियो तर खेल्नेले जितौरी सोरेको यि आँखाले धेरै कम देखे । हारेका छन र पनि पैसा झिकेका छन, च्याखे थापेका छन गांठे । पिएका छन, झुम्म भा'का छन । कस्तो अचम्मको जिन्दगी, हे भगवान । ब्यापारिक मेला जांदा बिचमा पर्ने बाटाहरुमा पनि हाम्रो समाजले पचाउन नसक्ने खालका पत्रीकाहरु । पैतला टेक्ने हरेक पाइलामा अनैतीक सम्बन्धका लागि संपर्क गर्न भनी फालिएका रङगीन 'बिजनेस कार्डहरु' । होटेलहरु त यसै झिलिमिली भइहाल्छन नि । तर त्यहां त झिलिमिली पनि चाहिने भन्दा बढी श्रिङ्गार गरिएकी दुलही जस्ति । त्यस्तो पो रहेछ, लस भेगस ।

भन्न पनि लाज लाग्छ, यसो फोटो खिच्न भनेर क्यामेरा बोकेर नगएको पनि होइन । तर के को खिच्ने फोटो ? बाटामा देखिएका बस्तुका खिचुं भने नपच्ने ति चिजका तस्विर कुन ब्लगमा टांस्नु ? अरुले खेलेका जुवा खालको खिचु भने के खिच्यौ त बुढा भनेर श्रीमतिले क्यामेरा हेर्दा जुवा खेलेर आइछस होइन भनी गाली खाने डर ? अनिदै सुतेको तस्विर खिंचु भने तीन बजे बिहान निन्द्रामा लुक्दै खिचेको फोटोको के माने र ? साउदी अरबमा हाम्रा दाजुभाइलाई पैसा नदीइकन दलाउने शोषकहरुको लगानिका ति ठुला भवनहरुका पनि फोटो खिचिन मैले त । दुलही लिन गएर रित्तो फर्किएको ताम्दानी जस्तो भयो बिचरा मेरो क्यामेरा, यसपाली ।

धेरै दिन भयो, देशका समाचार पनि पढ्न पाइएन । मित्रहरुका रमाइला र सुन्दर प्रस्तुतिका ब्लग पनि पढ्न पाइएन । चट्ट लाएर होटेलको आठौं तलामा बसेर समाचार हेरुम्ला भनेर दाजुको भरमा गा'को, आँफै गाडीमा सुत्नुपर्‍यो । अनी कता जोड्ने कम्प्युटर ? कम्प्युटरको ब्लग बैङ्लोरको दिशातिर फर्काउदैमा इन्टरनेट आउंदो रहेनछ न त नासातिर फर्काउंदा नै ! जे भए पनि आफ्नै मुन्टो सधैं दुर्घटना हुने लस भेगसका सडकमा पिल्पिलिएका पुलिसका गाडीतिर फर्काउंदै कर्मठाम फर्कीइयो । यो ब्लगको नशा त यस्तो पिडादायक हुदोंरहेछ कि ? जिन्दगिको दैनिकिमा के छुटे के छुटे जस्तो क्या ! गाली गर्नुभए पनि म त भन्छु, बरु श्रीमतिको अनुहारको याद आउंदो रहेनछ, तर यो ब्लगको अनुहार भने ! के भनुम र खै ? के नपाए के नपाए जस्तो । ब्लगको अनुहार हेर्न नपाउंदा त मन ज्यादै नमज्जा हुदोंरहेछ । ढिलै भएपनी यो साहिलि (ब्लग) सँग भेट भा'को छ । अब मिलाएर कुरा मिलाउनुपर्ला, साहिलिको अनुहार हेर्दै उनको अनुहारमा यो 'क्रिम'(लेख) दलिदिएको छु, यिनलाई फकाउन आजलाई ।
Read more >>

28 February 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको कथा :

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।
एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।
राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।
२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?
चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।
अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!
Read more >>