08 June 2011

नेताहरु र पाहुनाहरुसंगको बिदेशमा भेट : मिठो भात, बकम्फुसे आश्वाशन वा कार्यक्रम ?


आ-आफ्ना क्षेत्रमा स्थापित भएपछि मान्छेहरुलाई बिदेशमा पनि त्यसको प्रचार गर्न मन लाग्छ । एउटा गायकको एल्बम प्रचार होस् वा नायकको चलचित्र । निर्देशकको डकुमेण्ट्रि होस् वा निर्माताको लगानी । प्रतिस्पर्धाको यो जमानामा उनिहरु त्यसको "मार्केटिङ्" खोज्न थाल्छन । फलस्वरुप स्वदेश छाडी बिदेशको बजार भेट्न र प्रबर्धनको खोजाइमा भौतारिन्छन । आफ्नो पसिनाको लागतले निर्मित सिर्जनाहरु नेपाली समाजको खोजी गर्दै 'शेयर्' गर्न लागिपर्नु कलाकारहरुको मानेमा यो साँच्चै सकरात्मक प्रयास हो । तर चारैतिर घिर्णित 'राजनिति' को उपमा जोडेर परदेशका नेपाली समाजमा बिचारको भाषण गर्न सपनाहरु पालि आएका राजनितिकर्मीहरु भने कहिल्यै सफल हुन सकेका छैनन् । कसैलाई पचोस् वा नपचोस्, घोचोस् वा दुखोस्, चिलाओस वा कनाओस्, हांसुन वा उडाउन्, नेताहरु परदेश आएर कसैको घरमा चरेशको थालिमा "मिठो भात र दर्जनौं प्याक' लगाइ सफा बिस्तारामा डकार्नु बाहेक केही सफलताहरु देखिएका छैनन्, हाम्रा अनुभबहरुले ।

कलाकारहरुका बिदेशी कार्यक्रम प्राय: बिफल हुंदैनन् । सुन्दर अभिनय र न्रित्य, गायन र ठट्टा, आदिले बिदेशमा रहेका नेपालीहरु माझ तिनीहरुको प्रस्तुती सफलाई भएको मानिन्छ । अमेरिकामा रहेका नेपाली समाजमाझ प्रस्तुत भएका कलाकार रामकृष्ण ढकाल, यमा बराल, अन्जु पन्त, शिबहरी पौडेल्, दिपक-दिपाश्री, नलिना चित्रकार, दिपक बज्राचार्य र राजु लामा लगायतका कलाकरहरुको कार्यक्रममा नेपाली समाजको उपस्थिति गर्ब गर्न लायकै हुन्छ । मीठास र सत्यतामा चुर्लुम्म डुबी प्रस्तुतिएका तिनका कला र गला थकानले मरेतुल्य परदेशी नेपाली ज्यानहरुलाई मनोरन्जनको 'क्षणभर्' आनन्द साबित हुने गरेको छ । जगदिश समालको गजल, कर्ण दासको गायकी, सन्जीब प्रधानको पुरानोपन, यमन श्रेष्ठको युवा जोश, पुजा चन्दको अभिनय, सरोज खनालको सक्रियता, प्रेमराजा महतको अभिभाकत्व र लोकशैलि, दिपेश किशोर भट्टराईको जोश, सारङ्गाको नाच, सपनाश्रीको गला, रबी लामिछानेको उद्घोशण, सरिश्माको पप र राजु लामाको प्रतिभा अहिले पनि अमेरिकामा रहेका नेपाली समाजले उत्तिकै रुचाएका पात्रहरु हुन । गत साल प्रस्तुत भएका महानायक राजेश हमालको उपस्थितीको बयान गरि साध्यै नहोला ।

तर 'राजनैतिक बिल्ला' भिरेर बिरालो झैं आइ बाघ झैं गर्जने नेताहरुको कुनै पनि उपस्थिती फलदायक भएनन । केही बर्ष पहिले राजनैतिक कर्यक्रममा अमेरिका आएकी कांग्रेस नेत्री चित्रलेखा यादबको भब्य स्वागत भयो, बोस्टनमा । आफ्नै कलहको क्यान्सरले ग्रसित नेपाली जनसम्पर्क समिति भन्ने काग्रेसको प्रबासी संगठनको आधिकारिकताको सवालमा 'भात खाउन्जेल' उनले निर्बाचित समितिलाई बधाई दिइन्, खुबै प्रशंशा गरिन । भोलिपल्ट न्यूयोर्क पुगेर 'डिक्याफ कफी पिउंदै' बिभाजित अर्कै समितिको गुणगान गाइन । शुशिल कोइराला आए, बाल्टिमोरमा बाल्टिमा पानी हालेर नुहाए, न्यूयोर्कमा चिया पिए, भर्जिनियामा भात खाए र सान्-फ्रान्सिस्कोमा गएर डकारे । उतैबाट नेपाल उडे । बिबादले अहिले सम्म बिभाजित समिति "डबल क्यान्सर्'ले प्रताडित हुँदै प्रख्यात वकिल खगेन्द्र जि सी को अस्पतालमा उपचार गराइरहेको छ । रामशरण महत आए, पुरानो अफिस यू एन गए । पुराना साथिहरु भेटे, हात मिलाए, कांग्रेसको भवन बनाउन पैसा उठाए, टन्सिलले ग्रस्त घांटीलाई लेमन टी पिउंदै नेपाल लागे । प्रकाशमान सिंह आए, सान्-फ्रान्सिसकोको गोल्डेन पुल हेरे फोटो खिचाए, उतै बाट बाटो तताए । गत महिना तारानाथ रानाभाट आए । अमेरिकामा पनि उनी "भटटट" भटभटे चढे । १० जना उपस्थित अन्तर्क्रिया कार्यक्रममा आफ्नै संगठनका अरु साथिहरुको अनुपस्थितीप्रति 'टेन्सन्' लिएनन । खट्टे चपाए र अहिले नेपालमा अनशन बस्दै छन् क्यार । तर ब्यक्तिबादको रोग लागेको, कोहि माथी गएको देख्न नचाहने इर्श्यालुहरुको जमातले कब्जा गरेको, परिवारबादको आशिर्बादले ग्रस्त, डाहा र क्रोधले लठ्ठीको साहारामा उभिएको कांग्रेसको समिति कहिल्यै बिबाद मुक्त हुन सकेन । चिरा चिरामा फुटेको फोरम, परिवार दल र चुरे भावर जस्तो भएर बसेको छ, यहाँको काग्रेस । सबै बाठा, सबै टाठा । नेपालमा राजनीतिको भाटा नउठाएकाहरु यहाँ आएर 'नेता' को गुलामी गर्ने बानीले असन्तोशमा अल्झिरहेको छ ।

नयाँ नेपालको सपना बाड्दै 'साम्रज्यबादी' अमेरिकामा शाखा सन्तानको गुल्म बोकेर आएका तत्कालिन प्रधानमन्त्री प्रचन्ड आफ्ना केही भुरे-भाउरेहरुलाई अघि-पछी लगाउन बाहेक केही लचार्न सकेनन । 'ब्रोकन एङ्लिश्'मा यू एन को उनको भाशणलाई प्रचन्डको पाइला-पाइलाको फोटो खिच्ने 'नागरिक पत्रकार्' हरुले यू टुब मा राख्नु बाहेक केही उन्नति भएन । करिब एघार बर्ष 'जनताको लागि' लडेका नेतालाई 'साम्राज्यबादीहरु' मन नपरे पनि यहाँको बिकाश र 'सिस्टम'ले त पक्कै छक्क पार्यो होला । पसिनाले अहोरात्र निर्मित ढलेका ती टावरहरुको याद् आयो होला । टोडिएका जल बिद्धुत कारखानाहरुको याद् आयो होला । छोडिएका आन्दोलनका संगीहरुको याद् आयो होला । उनले लगाएका 'नेपाली टोपी' खस्ने न्यूयोर्कका गगनचुम्बी घरहरुले बन्दै गर्दा बम पड्केका सन्चय कोशका भवनका याद् आए होलान् । 'मिठो भात संगै केही प्याग' लगाएर किचिएका फोटाहरु फेसबूकमा 'ट्याग' त भयो । नयाँ नेपाल बनाउन परदेशमा देखेका उनका बिकाशे आंखाहरुले केही त्याग गरेनन । कर्मठ कर्मचारी रामेश्वर खनाललाई घोक्रेठ्याक लाउने 'अर्थमन्त्री' भरतमोहन अधिकारी आए । दुताबासमा मज्जाले अन्तर्बार्ता दिए, आंखी भौं कनाउदै नेपाल लागे । अब हेर्नुछ, नेपालको ॠणी बजेटमा तिनका आंखाले बिकासका कस्ता खम्बा ठडाउने छन् ! सात बर्ष पहिले नेपाली फोरमका नायक उपेन्द्र यादब आएका थिए, ए न ए को सम्मेलनमा तीनले मज्जाले भाशण ठोके । लाग्थ्यो, यिनले चाँही केही गर्छन्, आज फुटेर उनी आफ्नै टाउको कनाउदैछन । गत साल भिम बहादुर तामाङ् आएका थिए, न्यू योर्क । एउटा जातिले उनलाई रातारात बोस्टन ल्याएछ, खादा ओडाएछन् । रामदेवलाई दिल्ली कटाएजस्तो त्यहांका काङ्रेसीहरुले थाहा पाउलान भनि एकबिहानै बोस्टन कटाउन लागेछन । सदा जीबनका धनी बिचारक उनलाई ब्यक्तिगत रुपमा केही पुस्तकहरु म र एक जना गैर राजनितिक दाजुले उपहार दिन किनेका थियौं । बल्ल भेटियो र दिन पाइयो । त्यहांका अरु काङ्रेसी देखेरे बुढा दंग । कुरो के भने, रंग जे पोते पनि नेपालबाटा आउने पाहुनाहरुलाई जातियताको पोतन गर्ने चलनले ग्रसित छ, यहाँको नेपाली समाज ।

गत साल क्यालिफोर्नियामा ढुङ्गाना थरका एक 'ज्योतिश्' आए । खुबै चर्चा भयो, उनको । धेरैका हात हेरे, तिनले । जसको ग्रीन कार्ड छ, तीनलाई उनले कागज बन्न धेरै संघर्श गर्नु पर्ने बताए । घरमा शान्ति ल्याउन सबैलाई उनले 'कुकुर पाल्न' अनुरोध् गरे । अली हुनेखानेहरुलाई त बिगारेर भनेपनि मिलिहाल्छ । त्यो त सबैलाई थाहा भएकै कुरो हो । जसको बढी जुहारत देखे, तिनलाई कम्प्युटरमा औंला घुमाउदैं 'भाग्यरेखा' पढाए, औंठी बिकाए । जो अलि दरिद्री लग्यो, तीनलाई हचुवाको भरमा भाग्य डराइदिए । लगत्तै, लोहनी थरका ज्योतिश आए । नेपालमा नाम चलेका भन्छन् क्यार ! मलाइ थाहा बहेनुसार कुनै जमानामा तिनी पी के कलेज अगाडि रक्सीको दोकान थापेर बस्दथे । बोल्दैमा हात् हेराउन आउने "कस्टमर्' भाग्लान जस्ता । तिनका पछाडि पनि भाग्य देखाउन लाइन लाग्यौं, हामीहरु । कसैलाई उनले क्यालिफोर्निया छाडेर भोलि नै 'क' बाट नाम् आउने अर्कै 'स्टेट' सर्न भने । यहाँ बसे काल आउने र जोगी हुने योग देखाए । कसैलाइ, 'स' बाट आउने नामको पत्रिका खोले चल्ने साध्य सिकाए । कसैलाइ राम्रै द्केह होला, राम्रै भने । ज-जसको मा बसे, तीनको राम्रो भने, जो हेराउन गए, हाइ-हाइ गर्दै निद्राको सुरमा हत्केलाहरु पढे । यसो त बिदेशमा जसले राम्रो खुवायो, जसले बिस्तारा अगाडि पंखा जडान गरिदियो, जसले हलिवूड घुमायो, जसले बिमानास्थलबाट 'पिक अप" गर्‍यो । तिनैका घरको, तिनैका राजनैतिक पार्टीको बेलिबिस्तारी बखन गाउने चलन छ, बिदेशका प्रत्येक नेपाली समाजमा ।
कसैको पक्ष नलिइ बोल्नु पर्दा भन्नै पर्छ, केही साल पहिले डा. बाबुराम भट्टराईको अमेरिकी भ्रमण सबैले अहिलेसम्म 'मिस' गरेका कार्यक्रमहरु हुन । नेपालको प्रख्यात ब्लग साइट 'माइसन्सार डट कम' मा खोज्यो भने अहिले पनि भेटिन्छ, पुराना पोस्टहरुमा कि उनी मन्त्री छदां बखत पनि आफ्नै खर्चमा परदेशको नेपाली समाजमाझ प्रस्तुत हुंदा नेपाली मन्त्रीको धमास दिएनन्, । शालिन तवरले हार्वर्ड बिश्वबिद्धालयको कार्यक्रममा उनले बोलेका प्रत्येक बचनहरु गाई चराउंदै एस एल सी को तयारी गरेको विद्यार्थी बोलेको भान हुन्थ्यो । आफ्ना अनुभबहरुको सरल 'शेयर्' र देश् बनाउन बचेका डलर नेपालमा लगानी गर्न नेपाली समाजमा उनले गरेको आग्रह सबैका मगजमा सदा ताजा रहन्थे । नेपाली समाजमा प्रख्यात 'साझा सवाल्' का प्रस्तोता तन्नेरी पत्रकार नारायण श्रेष्ठको अमेरिकी भ्रमण उनले उतार्न खोजेका 'परदेशिएका युवा शक्ति'को लेखाजोखा हामि आज पनि खोज्यौं भने हेर्न सक्छौं । हरेक पाइलाहरु परिवर्तनको लागि सदुपयोग गरिनुपर्छ भन्ने मान्यताका धनी पत्रकार श्रेष्ठको नेपाली समाज संगको भेट, प्रवल गुरुङ संगको भेट र एउटा कुनामा रहेर पनि यहाँ रहेका नेपाली बन्धुहरुको खोजी साँच्चै सोचनिय थियो । प्रसिद्ध बिद्धान डा. चिन्तामणि योगीको कयौं पटकको अमेरिकी भ्रमण नेपाली समाजसंग मात्रै बित्छ । आफूले जानेका कुरा र जिवनका अनुभवहरु, बच्चादेखी बुढाहरुसम्म सरल तरिकाले पढाउने उनको तरिका सबैका माझ प्रख्यात छ ।

परदेशिएर पनि एकता हुन नसक्नु नेपाली समाजको पुरानो रोगै हो । त्यसमाथीको राजनैतिक आबरण, जातिगत बिभाजन, पाहुने पाल्ने अस्वस्थ प्रतिस्पर्धा, फाइ-फिट्टिको नसुहांदो प्रदर्शन र डाहले ग्रस्त हुदा-हुदै पनि नेपालबाट परदेश आउने नेता, कलाकार र समाजकहरुको भ्रमण आसे-पासेहरुकै यताउती घुमुरहनु सकरात्मक हुदैंन । ईजरायल होस वा अरब, बेलायत होस् वा अमेरिका, अश्ट्रेलिया होस् वा स्पेन अनी जापान होस् वा जर्मनी, आफैमा बिभाजित नेपाली समाजमा ती नेता, कलाकार वा समाजकहरुको भ्रमण 'गुलामि' भन्दा 'गुलाफि' बने र बनाए राम्रो हुने न हो ।
Read more >>