02 December 2011

अन्धकार अमेरिका








कृत्रिम शक्ति र सम्पन्नता प्रकृतिको अगाडि लाचार ठहरिन्छ । सर्बशक्तिमान भनिने अमेरिकामा केही साल पहिले आएको प्राक्रितिक प्रकोपले न्यू ओर्लियनस भनिने राज्य उठिबास लगाएको थियो । भीषण बर्षा र हुरीले सारा घरहरु उडाए, राज्य पुरै जलमग्न भयो । प्रकृतिले दिएको त्यो दु:ख र जनधनको पुननिर्माण अझै सकिएको छैन, न्यू ओर्लियनसमा । अमेरिकाको एस्ट कोस्ट भयानक हिमपात, आंधी र तुफानको कारणले दरलाग्दो मानिन्छ । सामुन्द्रिक सतहबाट नजिक प्रायश: राज्यहरु प्राक्रितिक डरले बेलाबेलामा "एलर्ट" रहने गर्दछ्न । समुन्द्रमा तेल चुहिएको गत सालको घटना, आर्थिक मन्दी र बेरोजगारले सर्लक्कै गांजेको छ, अहिले अमेरिकालाई । संसारको सर्बशक्तिमान भनिने अमेरिका जसो तसो बढ र ब्यबधानलाई छिचोलेर 'जिउने' गरेको छ, अहिले । उदांदो चीन र भारतको अकल्पित आर्थिक फडकोले अमेरिका झस्किएको र आफ्नो सम्पन्नता र रवाफमा आंच आउंने त्रासले झस्किएको पढ्न पाइन्छ ।
सपनाहरु सांचेर डलरको आशमा अमेरिका आउनेहरुको संख्या घटेको तथ्याङ्कहरुले बताउंछन रे । अमेरिका आउने नेपाली बिद्धार्थीहरुको संख्या एक्कासी घटेको समाचार पनि भर्करै सार्वजनिक भएको थियो । सोचे जस्तो छैन' अमेरिका । हरेक तप्कामा क्रियाशिल नेपालीहरुको निराशापनले यही बताउंछ । खैर, सम्पन्नताको यो देशमा जोडिएका बिजुलिका तारहरु एक्कासी लथालिङ भए, अस्ति बेलुकी । रात्को ९:३० देखि लस एन्जलस क्षेत्र वरपर आएको भीषण हुरीले सडक छेउ-छाउका धेरै रुखहरु ढले । घरका धुरीहरु चेपिए, पार्किङ्मा राखिएका सवारी साधनहरु कुच्चिए । ब्यस्त फ्री वे हरु जाम भए । बत्ति गयो । अन्धकार भयो, अमेरिकाको यो ब्यस्त शहर । बाटाका सडक बत्तिहरु काम गर्न छाडे । हतारमा दौडिने बानी परेकाहरु दुर्घटित भए । ब्यापार - ब्यबसाय बन्द भए । हिजो हाहाकार भयो । जसले ब्यबसाय खोले, ती स्टोरहरुले दोब्बर भाउमा सामान बेचे । जताततै हतार अनि अन्धकार र इमर्जेन्सी भ्यानका साइरनहरु, प्रहरीहरु कुदा-कुद । देखियो, अमेरिकाको स्टेट अफ ईमर्जेन्सी ।
सधैं बत्ति जाने नेपाल देशका हामी । बानी परिसकेका हामीलाइ त त्यति गार्हो भएन । समय काट्न गार्हो हुंदोरहेछ । २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे, नभन्दै हुन्छ की जस्तो पनि लाग्यो । ईन्टरनेट पनि नभएपछी ईंङ्लिश मात्रै बोलेर के गर्ने ? धन्न आज लाइन आयो । त्यसो त, प्राक्रितिक बिपत्तिका यी फोटाहरु ; साभार : ABC7.COM
Read more >>