25 June 2012

एक टुक्रा

निस्कपट अंधेरी रातमा निद्राको प्रबाह नगरि
शितल जुनलाई पर्खिबसेको छु म ।
बाटो वरपर चराको चिर्बिर चिर्बिर बिच
एउटा कोइली एकतमासले रोइरहेकी छ,
उसको पिडाको रोदन सहन नसकी
संगितको धुनलाई पर्खीबसेको छु म ।
अनकन्टार मरुभुमी परदेशको ठाउंमा
छिचोलेल्ला भन्छु रात एक्लै टोलाउंदै,
यो आंतलाई कसैगरी नसकेसी बुझाउन
प्रभुको सगुनलाई पर्खिबसेको छु म ।

Read more >>