07 July 2012

त्यो नभए'सी !

आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए'सी,
कथाहरू लेखिन्छन्, कबिताहरू कोरिन्छन्,
बबिताहरू रिसाउंछन्, त्यो नभए'सी ।
ताप्के सुक्छ, कराइ डढ्छ, कसौडीको के हाल ?
चामल पनि भुसुन हुन्छ, त्यो नभए'सी,
चाहहरू मर्दारहेछन्, सपनाहरु झर्दारहेछन्,
हेला सबले गर्दारहेछन्, त्यो नभए'सी ।
सुन पित्तल हुंदोरैछ, सम्झि मन रुदोंरैछ,
बचनले छुदोंरैछ, यहां त्यो नभए'सी ।
झुपडी चुहिंदोरैछ, खुपडी नि कुहिंदोरहेछ,
आशाहरू तुहिंदोरहेछ, त्यो नभए'सी !
आफ्नाहरू टाढा हुन्छन्, नाता टुट्दै जान्छ,
हात रित्तो हुदैं जान्छ, यहां त्यो नभए'सी  ।

Read more >>