28 February 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको कथा :

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।
एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।
राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।
२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?
चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।
अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!
Read more >>

24 February 2009

सबै मित्रहरुलाइ चित्त बुझ्छ भने :

हामी आपसी मित्रताको यती ठुलो दुनियाँमा छौ अहिले कि, अब हाम्रो यो यात्रा कहिलै नटुट्ने र नरोकिने गरि आगाडि बढेको बढ्यै छ । यो भन्दा बढ्ता भाइचाराको अर्को कुन नमुना हुन सक्दछ? कुरो के पर्यो भने, कृपया, हुन त खुल्लामन्चले राजनिति भित्र्यायो नभनौ । तर हामि अझै बलियो हुनु जरुरि छ । जुन बलियोपनाले एकता दर्शाओस् । आफ्नै पिढिबाट हामि कसैको चौतारि अनि मित्रताको दौतरिको सहराले यति लामो र प्रघाण समिप्यमा हुनु झनै खुसिको कुरो त हुदै हो । त्यसैले सन्सार भर छरिएर रहेका हामि नेपालि ब्लग्गरहरु एकचोटि गठित हुनुपर्यो भन्ने मेरो आशय हो । यसमा कति साथिहरुलाइ चित्त बुझ्ला या नबुझ्ला अनि भोलि गर्नु पर्ने के र कति भन्ने सबाल उठ्ला । मित्रहरुको भाबना बुझ्नको लागि दौतरि तिर यो शिर्शक् नराखि ब्लगमा राखेको । समय मिलेमा सुझाब गर्न नभुल्नुहोला ।
Read more >>

22 February 2009

लेख रचनाको लागि अनुरोध ;

खुल्ल्लामन्च ब्लगस्पट डट कम अब खुल्लामन्च डट कममा पनि सन्चालित भएकोल लेख रचना सम्प्रेशण गर्नुहुन सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध !!!
खुल्लामन्च डट कम
khullaamanch@gmail.com
Read more >>

19 February 2009

पार्टीहरु, बचनहरु र कामहरु !!!

पार्टी अनी फेरी पार्टीहरु ? यो शब्द सुनेर पनि सारा नेपालीको चित्त दुख्दछ । भिमसेन थापाले प्रधानमन्त्री हुन खोलेको भारदारहरुको पार्टी, जङबहादुरले भान्जा काट्न खोलेको आफन्तिहरुको पार्टी, टन्कप्रशाद आचार्यले खोलेको पार्टी, मातृका कोइरालाको आफ्नै पार्टी, मातृका यादवको नयाँ माओवादी पार्टी, प्रकाश र प्रचन्ड, दुई "प्र" को एकिक्रित पार्टी, उतिबेलाको बि पि र यती बेलाको जि पि को कांग्रेस पार्टी, भण्डारीको जबज र खनाल, नेपाल अनी ओलिको एमाले पार्टी, जमिन्दार् काट्ने ॠषि धमलाको राणबिर सेना पार्टी, तराइ जोगाउने रे तर गैंडाको नाकै काटेर तस्करी गर्ने कुनै नेपालीको अर्कै पार्टी । हजुर, तपाईं कसको, म कसको ? तपाईं कुन पार्टीको म कुनको ? तपाईं घामको कि म जुनको ? तपाईं सुखको कि म रुखको वा दु:खको ? हामी यसरी बर्गिक्रित भएका छौ कि ? त्यसको कुनै तापमान छैन । सानो मुलुकका ठुला मनका धनी हामी नेपाली आज भाई फुटे गवार लुटे भने जसरी काटमारको स्थितिमा अझै छौ । हिजो कसैका बहिनिका सिन्दुर पुछिए, कसैका हेडमास्टर काटिए, बाउ मारिए, छोरा अपहरित पारीए । भैगो, छाडिदिउ, मुटु भक्कासिने ति घटनाहरु । तर फेरी पनि सोचौ, हामी कसका पछी किन लागेका छौ ? राजनीति कसैका बाउका बिर्ता रहेछ । हामीले चुनेर पठाएकाहरुले हामिलाई नै छिनेर खाए । तर पनि हामी कसका पछी किन लागेका छौ ? भिमसेन थापा प्रधानमन्त्री भए, लखन थापाले झुन्डिनु पर्‍यो । जङबहादुर प्रधानमन्त्री भए, रण कुनै बहादुर काट्टिनु पर्‍यो, मातृका प्रधानमन्त्री भए, बि पि थुनिनु पर्‍यो । एमाले सरकारमा गयो, त्यसको लागी मदन भण्डारी मरिदिनु पर्‍यो । रणबिर सेनाले बम पड्कायो, ॠषिबिर धमला जेलमा हावा खानु पर्‍यो । यि त भए, उदाहरणहरु । जसले जे खाए, हिजो खाए, अब बचेँका हामीले भोली कुनै हन्डर खानु पर्छ कि भन्ने किन चिन्ता छैन हाम्रो पुस्तालाई भन्ने कुरा मात्रै यहाँ प्रधान भएर आएको छ । पुराणमा ग्रिहिस्थी दान दिएर बनेको पाटिमा कम से कम कसैका छोरी अन्मिएका छन । दिनहीन हरुको रातको सहरा भएको छ त्यो पाटी । तर जनताको बलिदानले जन्मेको कुनै पनि नामको पार्टीले के खुल्कायो ? त्यो त त्यसमा लाग्ने हरुलाई मात्रै थाहा होला तर हामी सोझाहरुका घरमा सधैं अन्धकार अनी त्यहि महङि !जन्मेका ति पवित्र पार्टीहरुले बोलेका बचनहरु सम्झने हो भने झन कतिका आँखा रसाउदा हुन ? कतिका छोरा मरे। ००७ सलामा मरे, ०४६ मा झनै बढी मरे त ०६३ सालमा मरेका हरुका घाऊ अझै आलै छन । पार्टीका भरौटेहरुले क्षती पुर्ती पाए, निमुखाहरु हेरेको हेरै । लाटोले केरा हेरे सरि । ति पार्टीहरुले देश बनाउछु भन्थे आफ्नै घर मात्रै बनाए । सबैलाई थाहा छ, कसरी हिसिला यमिका आफन्तहरु बिमान मात्रै होइन पर्यटन मन्त्रालय नै पुरै चलाऊछन । रामकुमारी यमी जि एम । हिसिला दिदी पोखरामा फ्लाईट उध्घाटन गर्न ब्यस्त । तर निमुखाका गास उध्घाटन गर्न अब राकेश सुदको सरकार आउनु पर्ने हो कि नयाँ मोरियार्टिको ती मात्रै हेर्न बाँकी छ । देखियो, नयाँ सपना कती कती । अनी त्यही सपनाले बुनेका नयाँ नेपाल को हालत त कसको नजरबाट छिपेको छ र ? भन्न मन लाग्छ, थुक्क तिमीहरुले मेरा बा आमा हरुलाई ढाटेर जितेको चुनाव ! थुक्क, हाम्रो भोट अनी थुक्क हाम्रो भाग्य । तिम्रा बाचानहरु सबै सुदका भाषामा बिके । त्यसबाट कतिले कती नाफा झिके ? तर तिम्रा छोरी चेलीहरु मुम्बईमा सस्तोमा बिके । थुक्क, तिम्रो नेतागिरी अनी इज्जत अनी नेपालीपना ? सबै बिके तिम्रा बचनहरु डलरमा अनी भारतीय रुपैयाँमा । तिमी बिक तर हामी बिक्दैनौ, तिम्रा के के बिक्लान, बिके होलान तर हाम्रा चाँही टाईमले जे बेछे पनि केही चाँही कुनै पनि हालतमा बिक्ने वाला छैनन । तिम्रा अनी तिमीहरुका ति बकम्फुसे बचनहरुलाइ र वाचनहरुलाई चाँही पछाडिबाट भएपनी सलाम छ । हे पार्टीहरु ! हे अगस्त्यमुनी ! भने सरि नहुने । अगस्त्यमुनी स्वथानिका परे तर पार्टीहरु भ्रस्टथानिका परे । तिनिहरुले के के गरे भन्ने त कती ईतिहासमा छापिए त कत्ती भोली छाप्पिदै होलान । छाप्पिए पनि नछाप्पिएपनी, तिम्रा कर्तुतहरु कसैका मनमस्तिस्कबाट छिपेका छैनन । तिम्रा पछी लागेर मैले भाई गुमाए, काकाले छोरी गुमाए, पल्लाघरे ठुलोबाको छोरीको सिउदो पुछियो । जसका जे भएपनी अनी जसका जे खती लागे पनि आखीर तिम्रै सन्तान नेपालीका चेलीहरु मरे, ज्वाँई हरु परबास भए । नाति-नातिनाहरु टुहुरा भए । तर कसले के पायो त ? तिमीले हाम्रा सन्तानअका नाम बेचेर केही लाख पायौ होला, मेरो बहिनी भारत निर्यात गरेर केही भारतीय दलालका रुपैयाँ र प्यालाहरु पायौ होला । तर बाँकी रहेका निर्दोश निमुखाले के पाए ? समाजवादका तिम्रा नाराहरु सबै घाममा सुके । गल्लिमा बरु कुकुर भुके, तिम्रा भरत्यहाँरुले तिमीलाई ढुके तर हाम्रा सपनाहरु अनायसै सुके । तिमी पार्टीहरुले कुनै लछार पटार लगाएनौ । हाम्रो भोट खेर गयो । हाम्रो मन मर्यो, गल्यो अनी रोयो । हाम्रा नाबालकहरु भोकले मरे ,तिम्राहरुले खीर खाएका छन । हाम्रा छिमेकी किसानहरु खहरे खोलाले बगाएर नुहाइ मरे तिम्रा आफन्तहरु दुधले नुहाउदै होलान । ठिकै छ, पुर्पुरोमा लेखेको हुने रहेछ, हामीले दु:ख पायौ, तिम्राहरुले सुख पाउन । शायद यसरी नै चल्नेरहेछ संसारको रीत केबल दुखिहरुको आँखाबाट बेदनाको बलिन्द्राधारा शीत ।
Read more >>

12 February 2009

धमिलो पानी, धमला र प्रचन्डको रुवाइ

नेपाली समाचारमा आजभोलि केबल पत्रकारहरु छाएका छन । उमसिङ्ह्को हत्या, ईन्द्र लोहनिको मृत्‍यु अनी ॠषि धमलाको धमाका । सबैको आ-आफ्नो कहानिले बिषय पाए पनि धमलाका धमकाहरु एकाएक गड्गडिए, बर्शिए र धमिलिए । ॠषि धमलालाई बच्पनदेखी चिन्नेहरु अबश्य नै उनको प्रख्याती देखी डाह गर्दथे । उनको अनुहारको मोटोपना, इमान्दारिताको छोटोपना र इज्जतको फोटोपनाले के के उजागर गराइदिए, यहाँ उल्लेख नगरिरहनुपर्ला । नौ कक्षामा पढ्दा पढ्दै मोतो सपना बोकेर स्कुल बाट बाहिरिएका धमलाले मुलाएम सिंह यादबलाई मित्र बनाए । राकेश सुद उनको डिनरको दोस्त बने । प्रचन्डहरु, कोइरालाहरु, नेपालहरु आउँदा जादाका बिषयमा खिचिने फोटो बने । उपेन्द्र र अरु,,,,, हरु सँगको उनको कस्तो हातेमाले थियो भन्ने बिषय गौण हुन्छ,यहाँ । उनले जिन्दगिमा जे गरुन त्यो उनको ब्यक्तिगत बिषय हो । तर "सबैका प्यारा" भनाउने ॠषिले जब दश लाखको लोभमा जनताका छोराहरुका टाउको काट्ने योजना बुन्छन, जब करोडमा पत्रकारिताको व्याख्यान गर्छन्, जब मुलायम सिंहको फुर्ती लगाएर नयाँ नेता बनाउने शन्खघोशमा रिपोर्टर्स क्लब चलाऊछन भने अब हामीले भन्नु पर्छ, तिनको लागि सजाय के ? तिनलाई समाजले दिने पुरस्कार के ? तर हाम्रो देशमा यस्ता ॠषिहरु सधैं जोगिन्छन । जुन ॠषिले तपस्या नै गरेको छैन, उसको नाम ॠषि । जो गरीब छ उस्को नाम धन प्रसाद । यहाँ यस्तै छ । बल्ल थाहा भयो कि ॠषि धमला दिनभरी आतंककारीका जानकारी टिप्दै रातमा जनताका छोराहरु तर्साउने सपना बुन्दा रहेछन । दु:ख गरी बसेका सोझा ब्यापारीहरु लुटेर, तारिणिप्रशाद कोइरालाअहरुको नाममा पत्रकारिता पुरस्कार बाड्दा रहेछन । बेरोजगार मुलुक आफ्नै देशमा जग्गाको ब्यवसाय गर्ने तिनकै गाउ धादिङ, गोर्खा र बिराटनगरका आफन्त काट्ने योजना बनाउदा रहेछन । त्यो कालकोठरिमा मुलायम सिंहलाई मोबाइलबाट एस् एम एस् गर्दै धमला बसे पनि कानुनले तिनका काला कर्तूतहरु एक एक गरी छानोस । हामी बल नभएकाहरुले त्यो भन्दा बढी के नै पुकरा गर्न सक्छौ र ?
नेपाल नामाकरण हुँदाको बखत भिमसेन थापाहरु हुलाकीहरु बटुली देश जितेको सन्देश गाउ भरी पुर्याउथे रे । कट्टले बोलाएर गाउको केन्द्र बाट नयाँ सन्देश र जानकारीहरु कट्टल लगाउन आग्रह गर्थे रे । तर आजको "नया नेपाल" को नामकरण भए पस्चात सबै हुने खाने हरुका छापा । वाइ सि एल का आफ्नै छापा, युथ फोर्सका आफ्नै छापा, अरुहरुका पनि आफ्नै छापा । केबल त्यसको खाका मात्रै भिन्न । रहरै रहरमा मान्छेहरुले छापा र क्लब हरु स्थापना गर्न थाले । कसैले प्रचन्डको भक्ती गान गाउन छापा र छापा क्लब खोले त कसैले पार्टिको घोषणा पत्र बन्न खोले । रहर र प्रचारमा विश्वाश गर्ने ति धमलाले पनि कसैको गुणगान गाउदै छापा र क्लब खोले । उनको छापामा उनिद्दारा काटिने ब्यापारिको बिज्ञापन छापिदो रहेछ भने उनको क्लबमा उनलाई सघाउनेहरुको छाती र मुटु नापिदो रहेछ । ॠषिको रवाफ यसरी धमिल्लेको छ नि त्यो ब्यक्तिगत रुपमा ॠषिको शाख होइन । त्यो धमिलो पानी त सिङो पत्रकारिता जगतको इज्जतको धमिलो हो । धमला त धमिल्लिनुथ्यो, नराम्ररी धमिल्लिए । तर पत्रकारिताका कमलाका इज्जतहरु नधमिल्लिउन । यही शुभकामना छ ।
यसै बेला शक्तिखोरमा लातहरु धुलोसङै गोडाफाट र सतर्क गर्दै छन । उता कालो खोरमा जताततै टेकिने ॠषिका लातहरु चिसोले कठैबरी भएका छन । शक्तिखोरमा प्रचन्ड पुरानो दिन सम्झेर धुरु धुरु रुए रे । ॠषि पनि बिगतका रमणिय बखत सम्झेर ड्वा-ड्वा रुदै होलान । १५ बर्षका नाबालकहरुले ठोकेको सलाम प्रचन्डलाई प्यारो लाग्दो हो । तर ति नाबालकहरुका अन्धकार भबिश्य देखेर उनका आँखा पक्कै रसाएका होइनन । जसरी ॠषिका आँखा रसाएका छन । सलाम खाने प्रचन्डहरुले सत्ता पाए त भारतीय मलम खाने ॠषिहरुले तिनिहरुकै भत्ता । उनिहरुले अन्धाधुन्द राजनीति र पत्रकारिताको ब्यापार गरे । मालामाल भए । प्रचन्ड करोडको गाडी हुक्याउछन, ॠषिका भरौटेहरु बोक्ने कयौ गाडी छन । तर हामीले इमान्दार नेपालीको बफादारीता देखायौ । त्यसैले मेरी बहिनी मुम्बईमा ब्यापार गर्छिन, मेरो भाईले अरबमा बालुवाको कारखाना खोलेको छ । मेरो ठुलो बुवाको छोरो यूरोपमा भोली शरणार्थिको खातामा नाम लेखाउदै छ रे । शायद, सबै दिन दुखी हामी नेपालीहरुले यस्तै उपहार, इज्जत र सुनौलो मौका पएका होलाउ । निर्दोश मार्ने ॠषि जेलमा बस्दा राकेश सुद र बामदेव गौतमहरुका टाउका दुखेका होलान । हामीलाई मतलब छैन । तर मेरो टाउको त शक्तीखोरमा थुनिएको काकाको छोरा, १७ बर्शे रामशरणको यादले देखेको छ । अरुका टाउका हरु पनि किन नदुख्नु ? रामहरी श्रेष्ठको हत्यारा टाउके "खाम" पार्टिमा अर्को टाउके पदमा चुनिएको छ, त्यसले गर्दा निर्दोश रामहरिका परिवारका कती टाउका दुखेका होलान ? जसलाई जसरी दुखे पनि अब देशमा महामारी, महङी र बर्ड फ्लु मात्रै बाँकी छ । टाउको दुखाइको सिटामोल अब छैन किनकी सिटामोलको सप्लायर ॠषि आफ्नै टाउको छाम्दै बसेका छन भने देश हाक्ने टाउकेहरु कोही कपिल्बस्तु लागे त कोही शक्तिखोरमा रुदै सलामी ग्रहण गर्दै छन । अस्तु
Read more >>