14 September 2010

भुइंमा खसेका सिक्काहरु संगाल्दै :


जीबन पाउन सजिलो भएसरी बांच्न त्यति सहज शायदै कसैलाई होला । दरबारमा जन्मेका राजकुमारहरु होउन वा झुपडिमा जन्मेका बिचराहरु अथवा ओढारमा जन्मेका राउटेका सन्तति नै किन नहोउन । दरबारमा जन्मेकाहरुले त तरबारको भरमा जीबन गुजार्छन, शक्ती र धनको आडमा । झुपडिमा जन्म लिनेहरुको हालत यहाँ शब्दमा कसरी लेख्न सकिएला र ? तिनका दर्द र बेदनाहरु, गुन्युका सुताइहरु, लाम्खुट्टेका टोकाइहरु । त्यो दु:ख त भोग्नेलाई मात्र थाहा हुन्छ ।

सादा जीबन सबैभन्दा उत्तम जीबन । धन हुने उपेन्द्र महतो, शिक्षा हुने डा. दुर्गा भण्डारीहरु र मन हुने मह जोडीका जिबनका अ-आफ्नै पाटाहरु छन । महाकबि देवकोटाले जीबनमा दिएरै सिद्ध्याए । महात्मा गान्धी अहिंस्रक भएरै मानब बने । अनुराधा कोइराला बेचिएकी चेलीहरुको अस्मिता अझै बचाउने अभियानमा लागेकी छिन् । त्यसैले त प्रख्यात अमेरिकि समाचार संस्था सिएनएनले आयोजना गर्ने "सिएनएन हिरो" मा मनोनयन भएकी छन । उत्तम संजेलको १०० रुपैयाको शिक्षा अभियान आज देशभर प्रख्यात छ । उपेन्द्र महतो - धन हुने देखी लिएर, मह - मन हुनेहरुले पनि दिलोज्यान सहयोग गरिरहेका छन, उनलाई । यसरी हेर्दा, जन्मनु मात्र जिन्दगी भन्दा पनि आफुले सकेको ठाउंबाट सकेको चीज गरेर मान्छे 'मान्छे' भएका रहेछन ।

चिन्तन र तपस्याले बुद्ध भगवान भए । त्यागले राम भगवान भए । दिएर र लिएर मात्र भन्दा पनि केही गर्न खोजेमा मात्रै मान्छे 'मान्छे' हुन सक्दोरहेछ । जीबन सार्थक बन्दोरहेछ । धनी कोही कसैको अपुताली पाएर हुन्छ । तर त्यो अपुताली पनि सहि रुपमा प्रयोग गरेर समाजसेवामा लाग्ने मान्छेहरु न महान हुन्छन । ठगेर, लुटेर र छद्मभेशि भएर कमाएको धन 'देखाउनको लागि' सेवामा लगाउनेहरुको कर्तुत त कति दिन पो टिक्छ र ? अत : देखासिकिमा गरिने समाजसेवा भन्दा आत्माबाटै प्रस्फुटित सेवाभाव शायद सर्बश्रेस्ठ हुंदो हो ।

एउटा स्टोरमा खुर्सानी बेच्ने रित्तो भांडोमा जम्मा भएका केही सिक्काहरु माथि नजर परे आज । धेरै बर्ष देखि परदेशको सडकमा खसेका, अरुले फालेका सिक्काहरु थिए, ति । एउटा ठीक्कैको पाथी जाने भांडो भरिएछ । अरुले गलत्याएर अर्थ नसम्झी फालेका एक पाथी सिक्काहरु पक्कै नै धेरै नै होलान । मानौं, एक पाथी गाई पैसा । परदेशको एक पैसाको मेरो देशमा कम से कम सत्तरी पैसा हुन्छ क्यार, आजकाल । परदेशको एकपाथी पैसाले मलाई लाग्दछ, सत्तरिले गुणा गर्दा मेरा गाउं वा छर-छिमेकका दुई जना निमुखा-गरिबले मज्जाले पढ्ने पैसा पुग्नेछ । मैले कसैकोमा कामा गर्दा पार्किङ बढार्दा टिपेका सिक्कहारु, सडकमा हिड्दा भेटिएका सिक्काहरु संगालिंदा गुणाले सयौं हुन्छ र एउटा निमुखाको शिक्षाको लागि काफी हुन्छ भने हामीले किन लजाउने ? आफ्नै अगाडिको टल्केको परदेशी सिक्का टिप्नलाई ?

हुन त सेवा प्रचार गरेर गरिने काम होइन । तर ब्लगरको काम जे शिर्शक भेट्यो, त्यसैलाइ कोट्याउनु हो । नजर परेर टिपिएका सिक्काहरु त मेरो देशमा कैयौं गुणा फलदायी हुन्छ भने त्यसमाथिको शिर्शक पनि शायद उपयोगी नै होला । प्रचार-प्रसार भन्दा पनि जम्मा भएका सिक्काहरुको उपयोगिता ठुलो लागेर टांसेको मात्र हो । महानहरु प्रचारले ठुला पक्कै भएका होइनन तर कतिपय बिषयगत कुराहरुलाई टांसो बनाउंदा फरक चाँहीं नपर्ला !

त्यसो त मान्छे बिदेशिएपछि उअसले गरेका काम-कर्तब्य प्रति नजर रहन्छ, समाजको । जसले जति सक्छ त्यति गर्ने हो । फेरी जसका पुर्पुरोमा जती लेखेको छ, पाउने त्यति नै हो, जति खप्पर फुटाएपनि । म चांही, गर्न केही नसके पनि सडकमा खसेका सिक्काहरु संगाल्न लागेको छु, आजकाल । एकपाथी सिक्काहरु सांटेर मेरा एक पत्रकार साथीको रोहबर पठाएर जेहेन्दार-निमुखा केही बिद्यार्थीहरुलाई सहयोग गर्ने धोको छ । धोको भएपछि सहयोग र समाधानका पोकोहरु अबश्य आउंदारहेछन । हेर्दा हेर्दै एक पाथी सिक्का जम्मा भए भने सेवाभाब र कर्मले भोली एकमुरी डलर जम्मा हुन पनि के बेर ? गरीब बिद्यार्थी पढाउने केही सपनाहरु बोकेर आजकाल म सडकमा खसेका सिक्काहरु टिप्दैछु । यसलाई घमन्ड र प्रचार ठान्नु सहि नहोला ।

7 Comments:

Govind said...

Dear Dhakaljee,

Thanks for this great great idea one can hardly imagine about. I believe this is just a start for a holy thinking to accomplish for needy ones those you really don't know. Wish you all the best to complete your journey on the peak.

Anonymous said...

" nyaya napaya Gorkha Janu " Bhanne kura lai manan gari Patrakar Bhai Kishor Lagayat aru le jun kam gare to thik gareka chhan ra mathi ukhan lai ukhan matra nagari kanun lai sthapit garauna pani Gorkhali sakriya hunechhan bhani aasha gardachhu.
Rajendra/Airlink/Kathmandu

सूर्य/सिकारु said...

आहा ! काति मिठो भावमा टाँसो लेख्नुभयो गोकुल जी । मेरो पनि मन निकै प्रशन्न भयो यो मानवताको सजिव पाटो पढेर । पक्कै हो, हजुरको यो सानो मेहनतको कोपिला भोलि फल भएर अवस्य फल्नेछ ।

Dilip Acharya said...

पढ्दा रमाईलो र सोच्दा रोमाञ्चक अनि सम्मानजनक लाग्यो यो सोच। यस्तै साना देखिने सकारात्मक सोचले पनि संसारमा धेरै काम भएका छन् । शुभकामना छ तपाईँलाई !

रमेश मोहन अधिकारी said...

राम्रो प्रयास ! यस्तो प्रचार हुनु पनि पर्छ । यो आत्मश्लाघा होइन, तपाईँको यस लेखोटले अरूलाई पनि प्रेरित गर्छ । बाहिर बसेर दु:ख गरेर कमाएको धनले अरूलाई सघाउन खोज्नु र अरूलाई पनि प्रेरित गर्न सक्नु सफलता र महानता दुवै हो । सफलताका लागि धेरै धेरै शुभकामना !

Anonymous said...

akdam marmik chha dai keep it up

Anonymous said...

akdam ramro kam ani uttam b4 prerana dayi chan yesari nai hami le ak ak garera jutau bhane bholi saya ora hath banne chhan ra ti nimukha haru ko lagi aasraya banne chha really proud of u gokul daa keep it up- salu

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼