23 August 2009

बुढीलाई बुढाको पीर !




सधैं पीर हुन्छ रे श्रीमतिलाई कि मेरा बुढा कहाँ गए होलान ? भात खाने बाहानामा, फोटोकोपी गरेर आउछु है बुढी भन्ने बाहनामा, आज साथी सँग जरुरी काम छ भन्ने बाहानामा, फ्रान्सबाट फिलिप आएको वा अमेरिकाबाट अन्डर्यु आएको बाहानामा श्रीमान बाहिरिने चलन, ढिलो बासस्थान फर्कने चलन शायद सबै दिदी बहिनी र भाउजुले देख्नु र बेहेर्नुभएकै होला ।

आज तीजमा बुढी माइत गइन । अस्तिनै खोपामा खोया बिर्के बुढीको डरले नखाइ-नखाइ सांचिराखिएको थियो (खुल्लामन्चमा प्राय: प्यलाकै बढी कुरा हुन्छ भनेर गाली चाँही नगरनु होला है)। उनको माइतबाट फोन आयो - "बुढा , के गरिरहनुभएको छ त, एक्लै घरमा ?" हे तेरिमा टोक्ने ! 'टन्न खोया बिर्के तनिरा'को बुढी' भनुम भने फरिया उचाल्लिन भने डर ! "म यसो ग्राहकको केही खबर आ'को छ कि भनेर जांच गरिरा'को, कम्प्युटरमा" भन्नु भन्दा केही अर्को बिकल्प छ त ? केही छैन, बिकल्प । तीजमा छम छम नाचिरहेकी सतिसाबित्री अर्धाङिनिलाई के थाहा, श्रीमान चट्ट आज फेसबूकमा पहिलेकी "जेठी" सँग आनन्दले च्याट गर्दै खोपाको खोया बिर्के टिल्याउदैं गरेको ? हेर्नु न, श्रीमानको दिर्घायुको लागि ब्रत बस्ने श्रीमतीको ब्रत र श्रीमतिको अनुपस्थितिमा खोया बिर्के तोड्ने श्रीमानको कर्तब्यमा कति फरक छ ?


श्रीमतिले पकाएको भान्छा गरेर बुढा कार्यालय गए भने पनि बाटोमा कुनै 'कान्छि'ले सेवा (राइड) दिन कि भन्ने सधैं बुढीलाई पीर । सवारि साधन भएका श्रीमान कार्यालय लागे भने ऊ त्यही पर नपुग्दै 'कान्छी' लाई राइड दिएर कार्यालय नगइ नगरकोट हानिन्छन कि भन्ने पीर ! कथमकदाचित कार्यालय पुगी हाले भने पनि बिरामी परेको बाहानामा कार्यालय हापेर गोदावरी अथवा विश्वज्योती लाग्लान कि बुढा भन्ने पनि पीर हुन्छ रे बुढीलाई । मेरो होइन है, सबैको ।

यो तीजमा चाँही बुढाको दिघायुसंगै 'बुढा माथिको पीर (शंका)' पनि हटाउने अदभुत शक्ती बर मागे होलान, शिव बाबासित बुढीहरुले । हुन त शिब बाबा पनि कम्तिका छन र ? पार्वतीले दतिवन टोक्दै उनैको नाम जप्दै गर्दा, नन्दी चढेर सतिदेबी मात्र के सात बर्षकी बिचरी गोमा माग्न पुग्छन, ति बुढा । शिव बुढालाई सम्झाम भनेर पार्वती सोच्दिहोलिन नि ! तर के गर्ने भाङको चिलिमले झटारो हान्लान भने पीर, सोझी पार्वतीलाई । अब यस्ता बुढा भर नभाका शिवले के 'बर' देलान्, बुढीहरुलाई ! खै मलाई त त्यती विश्वाश लागेन है । हुन त म यि बुढाको ठुलो भक्त हुँ । 'मेरो होनहार भक्त रहेछ' भनेर थाहा पाए अनी त्यही मायाले मेरी बुढीलाई 'तथास्तु' भनिदिए भने छुट्टै कुरा । नत्र त खोइ ! जे होस् बुढीको पनि पीर गर्ने बुढाहरु सृस्‍टि गराउन भगवानले पनि । सधैं किन बुढीहरुलाई मात्रै टोकसो र पीर, बिचराहरुलाई । शिव बुढाले बुढीका बुढाहरुलाई मायाका धतुरोहरु प्रदान गराउन । सबै बुढा र बुढीहरुको (श्रीमानन्-श्रीमतिहरुको) जिबन सुखमय होस् । बुढाहरुलाई पनि बुढीहरुभन्दा बढी पीर गर्ने बनाइदिउन, भोलेबुढासँग आजलाई यही माग्दै कलम बन्द । जय शम्भो !!!

8 Comments:

Umesh Gajurel said...

यो पिर लिएर बाच्नु हुदैन भन्छन, तर के गर्नु चिर त मनमा हुन्छ जहिलेपनि, महिलाहरू ले पुरूसहरूलाइ र पुरूसहरूले महिलाहरूलाइ संका गर्ने परमपरा त हिन्दु समाजमा मात्र देखे मैले, अन्य समाजमा यस्तो परमपरा देखिन, अरू त हैन टन्न खोया बिर्के तनिरा'को डार्लिङ' भनुम भने भरे फरिया उचाल्लिन भने डर भन्ने फाइन रम्रो लाग्यो

तिजको धेरै धेरै शुभ कामना

दूर्जेय चेतना said...

जहा पनि हुन्छ यो कुरा त। जुनसुकै समाजमा पनि भई रहन्छ फरक छ त मात्र आफुले लिने तरिकाको। हाम्रो समाजमा थाह पाएर पनि नारीहरु सहन सक्ने खालका हुन्छन् र परुषहरु यस्तै हुन भन्ने ठान्छन् तर अरुको समाजमा चाहीँ थाह भयोकी छोडिहाल्छन्। लोग्नेको करतुत थाह हुदा हुदै पनि, केही गर्न नसक्ने हाल छ हाम्रो हुन सक्छ संकारनै त्यस्तो होला। संम्पुर्ण अबस्थामा पुरुष माथि भर पर्ने अबस्थामा भने यो अलिक बढी देखिन्छ नत्र गोकुलजीले भने जस्तो फरिया उचाल्ने त भई हाल्छ नि। जे होस गोकुलजीको कुरा मन पर्‍यो है।

Anonymous said...

dai ko kura sahiho..... हे तेरिमा टोक्ने ! 'टन्न खोया बिर्के तनिरा'को बुढी' भनुम भने फरिया उचाल्लिन भने डर !...yo word chahi sarainai ramailo lagyo...

Arjun Nyaupane said...

लौ तपाई र तपैकी श्रीमतीलाई शम्भु बुढाले, तपाईले मागेको बर तुरुन्तै दिउन. लेख सारै रमाइलो छ.

Anonymous said...

Hello,

I am Shirish, a reporter at the Kathmandu Post, and am doing a feature
for the Saturday special on Blogging. The piece will come on 29th
August, 09. I read your blog, and was wondering if you could be so
kind as to answer some of my queries. I cannot guarantee that you will
be quoted, but your help will definitely let the readers know more of
blogging in Nepal.
You may answer all, or any question you feel like answering. You may
provide any extra information, and your name, real or an ID, but must
understand that you may be quoted by the Post. Please mail your answers
to shirishp@wlink.com.np

What is your occupation?

What age group do you think you fall in: <16, 16-31, 31-49, 49-65, above 65?

Why do you blog?

When did you start blogging from? Why?

What makes you keep blogging, without any strong incentive?

How many bloggers do you think are there in Nepal?

Do you regularly read other bloggers? How many, and how many are Nepali?

Do you believe that a blog can really make a difference? If yes, How?

I hope the questions are not too bothersome.

Happy Writing!

-Shirish

बि. जे. बान्तवा / भोजपुर said...

अब साथ दिने श्रीमतीनै माईतमा रमाई-रमाई टन्न दर खाँदै बसेपछि खोयाबिर्के त खानै पर्‍यो नि, खोयाबिर्के खाएपछि पो ओसामा बिनलादेन देखी लिएर मुन्नाभाई सम्म बन्न सकिन्छ त, यदि खोयाबिर्के खाईएन भने त अरुनै दार्शनिक भैहालिन्छ केरे त्यसैले धेरै दार्शनिकको यो पृथ्बीमा ठाउँ छैन। मजाको प्रस्तुती गोकुल जी।
धन्यबाद।

आशा said...

रमाइलो र चाखलाग्दो लेख गोकुल जी..त्यस्तो कर्तुत गर्दा त कहिले काँही आफ्नै मनलाई झुक्याए जस्तो पनि आभास हुँदो , हुँदैन र ?

दिनेश राज said...

हाहाहा रमाइलो लेख गोकुल जी , तर सबै पुरुष र सबै महिला पनि त उस्तै हुन्नन् नि ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼