आमाको दु:ख । । ।
कति निर्दोश शाहीद भए, अलौकिक सहदात दिएर
नेता भनौदा सधैं मोटाए, जनताको पसिना पिएर,
००७ साल गयो, ०४६ गयो, र गयो ०६३ साल
जुन साल आए-गए पनि, भ्रश्ट हरु नै माला-माल,
खुमे छुट्यो, गोविन्दे चोखिए, अब कस्को हो कुनी पालो
जती चोटि लेखिए पनि,त्यो संबिधान सधैं कालो,
१४ हजार नेपाली मरे,अनौठो क्रान्तिको नाम मा
ति क्रान्तिकारीहरु नै बिक्दै छन्,दलालको काम मा,
एउटै जाती नेपाली मर्यो, गोर्खा, रुकुम अनि रौतहट मा
दलालका चाकर हरु ब्यस्त, अझै सत्ताको आफ्नै हठ मा,
के दु:ख पाएउ आमा तिमीले, सरापेर सतिले
तिम्रा, सन्ततिले दु:ख पाए, खै कस्को मतिले?
कति निर्दोश । । ।
0 Comments:
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼