12 July 2009

एउटा मन्च, निर्माण र आभार :


एकदिन कामबाट डेरामा फर्कदै थिएं । बाह्र इन्चको हिउ परेकोले जता सक्यो त्यतै टेक्दै आइयो, सकि-नसकी । फुर्सदिलो भएपछी, त्यही त हो । कि त प्याला नत्र श्रीमतिको सौता माथि लुटुपुटु (कम्प्युटर माथि हात ) ! समय खर्चन गाह्रो हुन्थ्यो । साझातिर "चौतारी"मा चल्ने गफ्-गाफ सुनेपछी पनि समय केही बाँकी रहन्थ्यो । ति बेलाहरु सदुपयोग गर्नाका खातिर मन बहकाइ रहेको बखत प्रख्यात ब्लग्गर नेपालीयनजी सँग संपर्क भयो । त्यतिबेलाका संसारहरुबाट आजित मनले एउटा छुट्टै मन्च निर्माण गर्ने ठहर गर्‍यो । त्यस्तै सल्लाह प्रदान भयो, नेपालीयनजीबाट पनि ।

नजान्ने हातहरु त्यत्तिकै सलबलाउन थाले, ब्लगको खोजिमा । नाम के राख्ने ? डोमेन खोजियो, सोचियो, । नाम जुर्यो - खुल्लामन्च । खल्तिमा पैसा नभएर घर बनाउन जग खने जस्तै । तरिका र जानकारी बिना त्यसै कुदे म धेरै दिन, मन्च सजाउन । यता उती गरेर केही लेख्न त जानियो । तर पनि जागर मरेन । अब बचेँका बखतहरु मन्चमा कहिले एक्लै भाषण गरेर त कहिले नजानि-नजानी कबिता भट्टाउदै बित्न थाले । छिमेकिहरुले राम्रा राम्रा घर बनेको देखेर होला'नी, यो रिसले मरेको मन कहाँ मान्दोरहेछ र ? आफुलाई पनि अझै दुई तीन ट्रक इट्टा र सकेको जती रड झारेर केही पिल्लर ठड्याउन मन लाग्यो ।

खल्ती रित्तै भएकोले आँफै सकेको गारो लगाइयो । कहिले अरुको हेरेर त कहिले चोरेर । ठडिएका ति कमजोर पिल्लरहरु मात्र भएर के गर्ने ? बस्नको लागि छानो छाउन पर्नेरहेछ । भएको रकम सबै सकिइसकेको थियो । अब जुक्ती लगाउन पर्‍यो भनेर बहुतै सोचें । प्यालाका मात्राहरु बढ्न थाले । फेरी त्यो बिखय, जसको खल्ती टाट, त्यसलाई नै बढी चाहिने रहेछ,। जो बुङ्गा, उसैलाई बढी तल्-तल् ।

धेरै सोचें । अब ॠण नमागी सुख छैन । ट्वांक् प्रशादलाई फेरी कसले ॠण पत्याउने ? मनमा त धेरै जनाको नाम राखेको थिएं । "दौतरि"मा सुजनाजीको अन्तर्बार्ता पढ्ने सु-अबसर मिल्यो, त्यसै बखत । उहाको घर बनाउन धेरै सहयोग दिलिप आचार्य सरले ॠण सापट दिनुभएको कुरो खुल्न आएपछी त एउटा दह्रो साहु (दिलिप सर, साहु भनेकोमा दु:ख नमान्नु होला ) भेटेकोले खुशीको सिमा रहेन । संसारको प्राय सबै कुनामा शाखा भएको "फेसबूक बैंक" मा आफुसँग सुको नभएको खाता खोलें । दिलिप सरको खातामा भनेजती पैसा रहेछ । उहालाई बिनम्रपुर्बक सापटिको लागि आग्रह गरें । बढो दिलदारी हुनुहुदो रहेछ । यो भनिरहदा उहाको बढी चर्चा गरेर मैले दिलिप सरलाई तेल घसेको ठहर्ला । कृपया; त्यो पाप हुनेछ । खुल्ला दिलले मैले गरेको सहयोगको याचनालाई शहर्श स्विकारी मलाई भावनाको ॠण प्रदान गराइदिनुभएर उहाले एउटा भयकर ठुलो गुन लगाउनु भएको छ । म त उहाको सधैको ॠणी ।

कल्पनामा पनि नसोचेको एउटा साधारण मन्च यती बिधी श्रीङ्गारित हुँदा बास नपाएको सुकुम्बासिलाई आधुनिक महल उपहार मिलेको आभास भएको छ, मलाई । एउटा घर रङाउनु मात्र ठुलो कुरो होइन रहेछ । रङ्गाईएको घरमा अरुका नाराहरु नलेखिउन भन्ने सन्देश र सुझाबले केही नजानेको सुदामालाई कृष्णको सहयोगले भाबनात्मक अर्थ पनि राख्दोरहेछ । किन हो किन, मनमा राख्नै सकिन, उहाका सहयोगका इट्टाहरु । आफ्नो नाममा आँफैले सहयोग गरेको घरबाट नाम किटेको नठान्नुहुन दिलिप दाजुलाई आग्रहको साथमा हृदयदेखी आभार प्रकट गर्दछु ।

नेपाली ब्ल्लग्गरहरु कती सकृय हुन थालेका छन भन्ने कुरो त यहाँ उल्लेख गरिरहनु नपर्ला । तर पनि स्तरियताले मात्र स्थान पाउदो रहेछ । त्यो स्थान ब्लगिङ्को दुनियाँमा अनी पाठकको हृदयमा । परिवारसँग घुम्न जादा, आफु काममा जादा वा यत्रतत्रका बिषय बस्तुलाई थन्काउन र भावना बांढ्न कुनै पत्रीकाको गुलामी गर्नु नपर्नेभएकोले मात्र होइन आफ्नो निजी बिचार बैंकमा सुरक्षित तवरले चाहेजती वास्तविकता र सत्यता डिपोजिट गर्न पाइने भएकोले पनि ब्लगिङ दिनानुदिन एउटा दैनिकी भएको छ जस्तो लाग्दछ । हुन त यो खुल्ला खुल्लामन्चमा म एक्लै पनि बर्बराउछु, कहिलेकाही । आखिर जे होस्, एउटा सुरक्षित मन्चबाट कमसेकम चराले मात्र भने पनि आवाज सुनोस भन्ने पुकारा हुदोरहेछ । धन्यवाद !

6 Comments:

कृष्णपक्ष उज्यालोको खोजिमा said...

मंच परिकल्पना, सरसापट, हातेमालो र निर्माण पक्षमा सहयोगको आभार सहित ब्लगका आफ्नै तिता मिठा गुनगुन बाड्नु भएकोमा धन्यवाद गोकुल जी ! वास्तवमा यो सापटी र चोरीको विषयमा चाहि केहि भन्न मन लाग्यो, मैले पनि आफ्नो घरको वास्तुकला सजाउने र लिपपोत गर्ने क्रममा धेरै कोडहरु चोरेको छु, त्यतिमात्र नभई मुख्य टेम्प्लेट नै अरुबाट लिएको र उसको लिंक नै मेटी दिएको अवस्था छ । पछि के कस्तो असर पर्न सक्छ कि, डर पो लाग्न थाल्यो, यस बिषयमा ब्लगर साथीहरुबाट केहि छलफल भए हुन्थ्यो।

Basanta said...

राम्रो लाग्यो नयाँ साजसज्जा!

दूर्जेय चेतना said...

मलाई पनि खुब मन पर‌्‍यो तपाईको यो नयाँ ढाँचा। मेरो पनि यस्तै हालत थियो। दिलिपजीको मलाई पनि मन खोलेर सहयोग गर्नु भएको छ धेरै कुरामा। सानो सानो कुरा पनि मन खोलेर सहयोग गर्नुहुने दिलिपजी ले तपाईलाई मात्र हैन मलाई पनि ऋण लगाउनु भएको छ।
सुन्दर तबरले आउनु भयो धन्यबाद

Shiva Prakash said...

ल है मेरो भाइ राम्रो छ है
निरन्तर निरन्तर ‌‌‌‌‌‌‌‌‌‌‌‌‌.........

बेदनाथ पुलामी ( उमेश ) said...

गोकुल दाइ लाइ - बधाई छ - नया ढाचा र नया स्वरुप दिनु भएकोमा - खुल्लामञ्च लाइ | यसरी नै सधै उन्नति र प्रगति गर्दै जानुहोस |
अनि यती मिहनेती सर्जक दाइ लाइ - सहयोग गर्नु हुने दिलीप सर लाइ पनी धन्यवाद !
गोकुल दाइ ले FB को गफ मा मलाई भन्नु भएको थियो - 'दिलीप सर ले -केही सहयोग गर्छु भनेर भन्नु भएको छ ' भनेर , नभन्दै - खुल्लामञ्च लाइ यो थाचा दि'हाल्नु भो |

Jotare Dhaiba said...

बधाई तथा धन्यवाद नयाँ मञ्च स्थापनाको निम्ति गोकुल जीलाई ।
खुला मञ्चमा, पाएको सरसहयोग र हार्दिकतालाई खुला रूपले अभिव्यक्त गर्नुभएको छ, कत्ति पनि अन्यथा भएको छैन । कृतज्ञता प्रकट गर्नु मानवीय गुण हो, चिल्लो घसाइ होइन । आँखै फुटेको पापी नजरले त जे पनि सोच्न सक्छ, तर चोखो मनले हरेक कुरा भावनात्मक प्रगाढतामा हेर्छ । दिलीप दाइको साथ-सहयोग र तपाईँ-हामी जस्ता प्रविधिमा सिकारू ब्लगरको सम्बन्ध यही विन्दुमा अझ मौलाएको ठान्दछु म ।

धेरै शुभ कामना नयाँ यात्राको लागि । घर बनिसक्यो, अब गतिला खरखजानाहरू भण्डारणमा जोड दिनुहोला ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼