28 June 2009

श्रीमती, कम्प्युटर र सौता :

Pic अर्थतन्त्रको गिर्दो अवस्थाले ज्यादै गाजेको छ, अमेरिकालाई । जि एम सि जस्ता कुनै बेला संसारको सबैभन्दा ठुलो मोटर कम्पनी डुबेको छ भने दिनानुदिन बेरोजगारिहरुको सन्ख्या क्रमश; बढ्दो छ । रेस्टुरेन्ट चलाऊने एक्जना नेपाली साथी भन्नुहुन्छ, 'पहिले ग्राहकहरु मेनु हेरी थपी-थपी खान्थे । अहिले एउटा नान (रोटी) र तरकारी चार जनाले बाडेर खान्छन, चुडी-चुडिकन ।' बफेट लगाउने रेस्टुरेन्टमा आउने ग्राहकहरु पहिले भन्दा बढी खाना प्लेटमा हाल्ने अनी बढी भएको चाँही प्याक गरी "डिनर" को लागि लैजाने बाठाहरु बढ्न थालेका छन रे । त्यसो त अर्थतन्त्र बिग्रिए पछी सबै कुरो बिग्रदो रहेछ । खल्ती बिग्रदो रहेछ । गाडी बिग्रदो रहेछ । भोक र तिर्खा बिग्रदो रहेछ त बानी बिग्रदो रहेछ । हुनुपर्ने रफ्तारमा काम नभएपछी, नचलेपछी मन बिग्रेर प्यालाको साहारा लिना पुग्दो रहेछ । गर्ने काम केही छैन, भएको पनि तुरुन्तै खत्तम अनी मान्छे ज्यादै फुर्सदिलो । फूर्सदिहरुको औषधी, पढ्नेहरुलाई किताब अनी नपढ्नेहरुलाई प्याला ।

 

हातमा प्याला, परिवारको साथमा । त्यो पनि बिदेशमा । कती रमाइलो छ, सोच्दा त । तर मनभरी पिडा, दिमागभरी चिन्ता र जिन्दगीभरिको परदेशबास के रमाइलो र सुखमय छ र ? कसैको होला र आनन्दी मन, परदेशमा ? स्वदेशमा त मान्छेहरु सोच्लान, बिदेशमा रुखमा पैसा फल्छ, फलेको छ । तिनिहरुका बुढा-बुढी मध्ये बुढो रुखमा चढेर पैसाको हागो हल्लाउने, श्रीमती सम्हाल्ने, हुँदा-हुँदा सम्हाली साध्य नभएर छोरोलाई पनि टिप्न लगाउदाहुन पनि भन्लान । तर गाठे, आफ्नु दु:ख आफुलाई मात्रा थाहा हुदो रहेछ । यो नरक जिन्दगी भन्दा त बरु स्वदेशमै बुवा सँगै हलोको अनोक समाउन पाएको भए उहालाई अलिकती सहयोग गरेको अनुभुती त हुने थियो । यि र यस्तै पीरले प्याला तर्फ लम्केका हातहरुसँगै दिमागमा चिन्ताका अनेकन छालहरु आउँदा रहेछन । त्यही बील तिर्न बाँकी भएको कुनामा राखिएको कम्प्युटर समाउन गयो, समय गएको थाहा नै हुदोरहेनछ । अनी त श्रीमती सँग बोल चालै बन्द । नहोस् पनि कसरी ? मुला बुढो, जाड धोकेको छ । अनी कम्प्युटरमा नानाथरिका खजनाहरु हेरेको छ, बसेको छ । कहिले फेसबूक रे । कहिले माइस्पेस त कहिले ब्लग । घरमा खाने बिखय छैन, बुढोलाई फेसबूक हेर्दै प्याला चाहिने !


हुन पनि हो । गाउमा आमा बुवासगै कोदाली खानेको बानी । पढ्न पनि राजनीति शास्त्र पढियो । त्यो शास्त्र पढियो, जुन शास्त्र आफ्नै मूलुकको लागी अभिशाप शास्त्र भयो । उ बेला हटमेल खोल्ने भन्दा कम्प्युटरमा केही जानिएन । बल्ल बल्ल सिकेको ब्लग लेख्ने तरिका त जसो तसो चलेको थियो । तर फेसबूक भन्ने जन्तु ! त्यो, त्यो फेसबूक हो कि "फेकबूक" हो पनि थिच्या-थिच्यै गरेको, जानेको र सिकेको सामान्-बस्तुहरु थप्दै गा'को । एकदिन बिहान आफुले राखेको "टाइटलको" कमेन्ट हेर्न खोलेको त - फेसबूक खाता बन्द रे । गयो, सबै गयो । बाबुराम भट्टराई देखी लिएर, प्रचन्ड सम्म । मिनेन्द्र रिजाल देखी गिरिजा सम्म । गच्छेदार देखी उपेन्द्र सम्म । गणेश शाह देखी ज्ञानेन्द्र शाह सम्म कताबाट, यताउतिबाट जोडीएका सारा नाम स्वाहा । बाबुराम भट्टराईले त चर्चित भएर अनी बदनाम गराउला भनेर आँफै बन्द गराए रे, पि ए लाई भन्न लगाएर । तर म जाबो न चर्चित, म मामुलीलाइ कसको बदनाम ? मेरो न पि ए, न कम्प्युटरमा बि ए न बि कम । बन्द गर्देछन । मैले के नै पो बिराएको थिएर प्रभु । बिगार्नु भन्दा पनि दु:खाएको थिए होला, श्रीमतिको मन । धेरै बेर कम्प्युटरमा बसेर । छोराको पढाईप्रती ध्यान नदिएर । त्यो बाहेक केही गल्ती गरेको जस्तो लागेन ।

जानी नजानी लेखिएका केही लेखनहरु, जिन्दगीको चौबाटोमा देखिने देखनहरुलाई, यसो यताउतिका पानाहरुमा टासोको रुपमा प्रेशित गरेपश्चात, मिले नमिलेको चिन्ताले होला । कहिले दौतरी त कहिले चौतारीका पोस्टहरु हेर्ने मन र रहरले हत्त न पत्त नजानेपनी कम्प्युटरमा हात पुग्दो रहेछ, बासस्थान पुगेपछी जुत्ताको तुनो खोलु भन्दा पहिले नै । श्रीमान आए, दिनभरिका दु:ख या सुखका गाथा बेलिबिस्तार लाउलान । भोक लाग्यो कि, भएको अनी चुलोमा पाकेको खाजा खालान । के गर्यौ आज, बाबुले के खायो ? सामानहरु केही सिद्धिएको छ कि भनी सोध्लान ! तर, यि यस्ता कुराहरुलाई गलहत्याएर प्याला र ब्लग खोज्न माउस समाएपछी हिजो श्रीमतिले भनिन, 'फेसबूकमा तस्बिर खोजाउने, ब्लगमा प्रेम-पत्र लेखाउने र माइस्पेसमा गोपनियता भन्डारण गराउने यो कम्प्युटर मेरो "सौता" हो । म भए - नाजबाफ । होइन गाठे भनेर उनिसङै प्रतिवाद गरौ भने सबै साचो हो । फेसबूक हराएपनी, आफुलाई अर्कै बनाएर नयाँ खाता खोलिनु । त्यसभित्र 'हराएकी कोही' सदैब खोज्दै जानु अनी खोजिरहनु । ब्लगमा प्रेमका भुतपुर्ब श्रीङ्खलाहरु लिपिबद्द गरिनु । मेरो संसार र तेरो संसार अनी उहाको आगन र हजुरको आगन माउसले हिर्काइ-हिर्काइ खोज्दा-खोजिरहदा न प्यालाको प्यास मेटिदो रहेछ । न समय टक्क अडिदोरहेछ त न कही, कतै केही भेटिदो रहेछ । अनी किन नहोस् त यो निर्जिब कम्प्युटर श्रीमतिको 'सौता' ?

अस्ती हेर्दा हेर्दै माइकल ज्याक्सन मरे । डाँडै उनको रहेछ । भयन्कर, अलिशान भबन । चारै तर्फ हरियाली । हरियालिको बिचमा हेलिप्याड । उनी त यो धर्तिबाट गए । तर भोकले आवाज निकाल्न नसक्ने अमेरिकिहरु उनको देहबसानमा धुरुधुरु रोए । भएभरका अमेरिकी टेलिभिजनहरुमा माइकल भन्दा अरु कुनै खबरै छैनन, कहिले हलिउडको डाडाबाट त कहिले लस एन्जलसबाट । मान्छे मरेपछी मान्छेहरुले बढी श्रद्धा गर्दारहेछन । अरुण थापा मरेपछी सम्मानित भए । उनी जिउदो हुँदा जिन्दगीको निरशाले बागबजारमा बिश पिउदा सम्झाउने कोही भएन । बिचरा मरे अनी उनको सम्मानमा उनका गीतहरु सन्कलित होइन, रिमिक्सिकन थाले । शैलाजा मरेको भन्दा सुजाता मन्त्रेको बढी चर्चा गर्छ, मेरो देश । कुख्यातिहरुले गरेको ख्याती बहिनिको हत्यामा मौन छ, मेरो देश । काकिलाई रत्नपार्कमा नाङ्गै घुमाउदा पेट मिचि-मिची हास्छ, मेरो देश । गगनहरु बोल्दा खोला सुसाउदैन, कोइरालाहरु, दाहाल र नेपालहरु बोल्दा गगन थर्कन्छ, मेरो देशको । त्यसैले मन पोल्छ । बासस्थान पुग्नेबित्तिकै यि पिडाहरु सधैं श्रीमतिसँग बिसाउनु भन्दा कुनामा कोचारिराखेको "खोयाबिर्के"को सहाराले कम्पयुटरमा जता मन लाग्यो, त्यतै माउसले घोच्न मन लाग्छ । औलाले थिच्न मन लाग्छ । थिच्दा थिच्दा बिचरा मेरो बुढीको यो सौता पनि थिल्थिलो भइसकी । भो, आजलाई नथिचुम । यत्तिकै !!! अस्तु !!!

17 Comments:

Milan said...

शिर्षक हेर्दै लागेको थियो ... आज केहि बिशेष जाँदैछ ... पोष्टले त मलाई छ्वाप्पै छोयो | आफ्नोलागि बढी सान्दर्भिक भएर पो हो कि ? यो चाहिँ आज सम्म कै हिट पोष्ट गयो ल ..

हो नि .. गिर्दो अर्थतन्त्रले स्थिति झन्डै यस्तै नै बनाएको छ ... तै नि एकदिन अवश्य सुधार होला भन्ने आशा गरौँ ...

अनि अर्को कुरा ... मैले नि सौतासंगको सम्बन्धले बुढी पक्का रिसाउली भन्ने बुझेको छु ... त्यसैले कम्प्युटर संग सम्बन्ध बिच्छेद नहुन्जेल सम्म सौता नहालौं कि भन्ने विचार गरेको छु ....

Basanta said...
This comment has been removed by the author.
Basanta said...

हा हा हा! साह्रै रमाईलो गयो गोकुल भाइबाट यो चोटि! यो चाहिँ एक हिसाबले "घर-घरकी कहानी" नै हो।

कि-बोर्ड र माउसलाई थिच्नु-थिचेर थिलथिलो पारेर यति लामो लेख लेखिसकेपछि अन्त्यमा चाहिँ, "थिच्दा थिच्दा बिचरा मेरो बुढीको यो सौता पनि थिल्थिलो भइसकी । भो, आजलाई नथिचुम । यत्तिकै !!! अस्तु !!!" रे! हा हा हा!!

कतै कतै भाषिक अशुद्धिले आँखा बिझाऊँछन्। शुरुको अनुच्छेदको अन्त्यतिर, "गर्ने काम केही छैन, भएको पनि तुरुन्तै खत्तम अनी मान्छे ज्यादै बेफुर्शदी ।" छ। त्यो 'बेफुर्सदी' शब्दले उल्टो अर्थ दिन्छ र त्यहाँ राख्न मिल्दैन। कामै नभएको अबश्था 'फुर्सदिलो' हो। भाइले हतारमा लेखेर सच्याउन भुलेजस्तो लाग्यो।

मिलन भाइको कुरा सुन्दा, मिलन भाइ कृष्ण प्रसाद भट्टराईजस्तै अविवाहितनै हुने सम्भावना बढी देखें है मैले त। कम्प्युटरसंग सम्बन्ध-बिच्छेद त्यति सजिलो चाहिँ छैन, असम्भवै छ भने पनि हुन्छ।
हुनत भट्टराई बाजे 'म अविवहित हुँ, तर कुमार होईन।' भन्छन्। मिलन भाइले पनि त्यस्तैमा चित्त बुझाउन खोजे जस्तो छ:)

Jotare Dhaiba said...
This comment has been removed by the author.
Jotare Dhaiba said...

ओहो ऽऽऽ
यो त हरेक 'कम्प्युटर-प्राणी'को दैनिक दशा हो । त्यस्तो दयनीय कथाव्यथालाई बडो कलात्मक तवरले उप्काउनुभएछ । ज्यादै रमाइलो लाग्यो, व्यथा आफ्नै ठाउँमा होला भोगाइको । जति जानियो, जति डुबियो, यसमा डुबाइको यात्रा अझ गहिरिँदै जान्छ । यस हिसाबले 'सौता-प्रथा'ले निरन्तरतै लेला जस्तो लाग्यो । गोकुलजीले व्यवस्थापन गर्नु नै होला यसलाई ।
तर अलि पारिवारिक मेलोमेसो मिलाउनु पनि पर्‍यो है । प्याला र माउसले सिङ्गो 'हाउस' डामाडोल भएको त ब्लगर-फेसबुकर स्वयम्‌ले पनि के चाहला र ?

Dilip Acharya said...

आधा-उधी त मेरै पनि कथा रहेछ है:) । खाली प्यालाको सट्टा कफी समात्ने मात्रै हो बाँकी त फुर्सद जत्ती सबै यहि 'बुढिको सौता'लाई नै हो ।

निकै रमाईलो लाग्यो यो पोष्ट !!

खुल्लामन्च said...

धन्यवाद मिलनजी, बसन्त दाजु, दिलिप दाजु अनी धाइबाजी, सुखै पाइएन, बुढीको सौताको आ-आफ्नै कथा रहेछ, सबैको । तर किन हो माथिका केही मित्रहरुको कमेन्ट आँफै डिलेट भएको भनेको ? मैले त केही गरेको छैन त गाठे हो ! कसैलाई थाहा होला त ? धन्यवाद !

प्रबिण थापा said...

Funny artical.

Milan said...

बसन्त दाइ,

उनीसंग लछेप्रै कारण होलान...त्यसैले भट्टराईजीको दर्शनलाई म नराम्रो भन्न सक्दिन... यति चाहिँ पक्का हो कम्प्युटरलाई सौता हाले नि नहाले नि.. मैले उनको बाटो पच्छ्याउने चाहिँ विचार गरेको छैन |

दीपक जडित said...

हा हा हा लेखले त साह्रै गंभीर हँसायो । वसन्तजी र अन्य साथीहरुको प्रतिक्रियाले पनि रौनक थपेछ । फेरी हाँस्छु हा हा हा

DEEPENDRA said...

Interesting article! funny too.

Sujan Sharma said...

हा हा हा !! मलाई त साहै पो रमाईलो लाग्यो त ।

Umesh Gajurel said...

पहिले Article पढे अनि Comment पनि पढे कम्प्युटर आदुनिक जमानाको आदुनिक यन्त्र, यो दैनिक जिबन बनि सक्यो, कम्प्युटर बाट छुटकारा पाउन परधाम जानु पर्छ, एकछिन कम्प्युटर भएन भने "Network बिनाकने मोबाईल", "डाक्टर बिनाको हस्पिटल" , " जनावार बिनाको चिडियाघर " जस्तै हुन्छ ,अनि हरेक दिन उठ्ने बितिकै फेसबुक सुत्ने त ठेगाना नै छैन, कम्प्युटर लाई सैता भन्नु भन्दा Girlfriend भन्दा ठिक होला की ?
or "थिच्दा थिच्दा बिचरा मेरो बुढीको यो सौता पनि थिल्थिलो भइसकी । भो, आजलाई नथिचुम । यत्तिकै !!! अस्तु !! " its line is nice one,

बेदनाथ पुलामी ( उमेश ) said...

क्या दम छ - गोकुल सर को पोस्टमा | खोई आफ्नै कुरा भएर पो हो की ? मलाइ केही समय अघि एक मेरै office का सहयात्रिले भानेथे " तपाई ले बिबाह पछि पनी - यस्तै चाल राख्नु भो भने - बुढ्याले सौता ठानेर , तपाईको ल्याप टप मलखाडिमा फ्यलिदिन्छे" भनेर |
आज तपाई को यो लेख पढेर त्याही कुरा सम्झेर निकै बेर इकलाई हासेर बसे |

Anonymous said...

गोकुल जी कम्प्युटर र सौता शान्दर्भिक लाग्यो। अरु पनि cool cool रचनाहरु पस्कदै गर्नु है, खुला मञ्चले सबैलाइ तानिरहोस् यो तपाइलाइ शुवेच्क्षा।

तपाइँको त नाम नै GoKul=Going for Coolरहेछ नाम बिगारि दिएछ भनेर नरिसाउनु ल, Again go for cool धन्यवाद।

Anonymous said...

one of the wonderful writings brother ......

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼