25 May 2010

परदेशमा हामीले खेलेको भकुन्डो र संबिधान :



सानै छंदा कपडालाई पोको पारी बनाइएको पोके भकुन्डो खेलिन्थ्यो, गांउमा । पछी स्कूलको नि मा बि तह देखी यसो छुन सम्म पाइन्थ्यो, स्कुलको भकुन्डो वा भलिबल । आफु सानो कदको भएकोले ठग्थे सबैले । रहर हुंदा पनि छुन र खेल्न पाईदैनथ्यो । कहिले कहिले त छुन नपाएको रिसले स्कुलमुनी भलयो टिप्न जांदा मैदानबाट कसैले "स्याटर" हानेको बल आयो भने क्यात्तुक्केको कांडाले घोचेर हावा फुस्काइदिन्थे, म बलको ।

हाफछुट्टिमा मलाई सबैले भलिबलको रेफ्री बनाउंथे । साथी र मास्टरहरुका घडी बाँया हातभरी बोकेर दाँया हातले 'रेफ्री-सिट्ठि' फुक्थें, म । जीबनमा धेरै बढिएन, त्यसैले रहर लागे पनि जांगर पुर्याएर भलिबल कहिल्यै खेलिएन । 'सर्भिस' गरेर नेट कटाउन चांही मज्जाले सक्छु ।

परदेशमा भए पनि हप्तामा एक्/दुइ दिन साथीहरु भेट्ने निहुंले आजकाल हामी भकुन्डो खेल्न थालेका छौं । आनन्द आउंदो रहेछ । खेल्यो, बिदेशी पानी पियो, त्यहि चौरमा सबै जना ब्यायाम गर्यो, ज्यान मर्कायो, दु:ख सुखका गफ गर्यो, समाजका-देशका कुराहरु गर्यो, लास्टां (अन्तमा) देशको कन्तबिजोक सम्झदैं दु:खले आ-आफ्ना छाती पिट्यो, अनि सबै जना बाटो लाग्यो ।

हामीले खेल्ने भकुन्डो र नेपाली राजनितिका खेलाडीले खेल्ने भकुन्डो (संबिधान) 'उस्तै उस्तै हो, नानू,' रहेछ । भेला भएका १४/१५ जना साथीहरु हामी यति अनुशाशित भएर खेल्छौं नि राम्रा रेफ्री आएभने अनुशाशनमा हामीलाई पुरस्कार दिनेछन् । हामी दुई टिम बांडिएर बाजी खेल्छौं । त्यो बाजी सबैलाई जित्नुको हुनेछ, बाजि जितेको पैसा हामी जम्मा गर्छौं । केही धेरै भएपछी नेपालमा कुनै गरीब बिद्धार्थी पढाउन पठाउछौं । बचेका रकमले कसैलाई सहयोग गर्ने पाटो त एकापट्टि छदैंछ । तर भन्न खोजेको चाँही के भने, 'गर्नुपर्छ' भन्ने जिम्मेवारीले कर्तब्यलाई अंगाल्न वाध्य बनाउंदोरहेछ । हामी दुई टिम जो जिते-हारे पनि नेपाली दाजुभाइ बीचको हार त हो आखिर । त्यो बाजीको पैसा नेपालै त जाने हो आखिर । बैमनश्यता केहिमा नराखे हामी अझै अगाडि बढ्न सक्थ्यौं होला, जस्तो लाग्छ । थकित हाम्रा ज्यानहरु पनि परदेशमा त्यहि भन्छन्, किन हामी हामी नमिलेका हौंला र ६०१ जनाले खेल्ने संबिधान सभारुपी त्यो 'भकुन्डो' किन जसले जता पायो त्यतै "स्याटर" हानेको होला ।

खेलमा नियम हुन्छ, अबधि हुन्छ । रेफ्रीको हातमा सिट्ठी हुन्छ । त्यो सिट्टिले सतर्कता बनाउंदो रहेछ । हाम्रो देशमा धेरै पटक भए, भकुन्डोका म्याच । २०५ जनाले खेले, मैदानको बालुवा समेत खाएर भ्याए । मैदानको दुबाहरु आफ्ना करेसाबारिमा रोपाए । आफ्नो घर सुन्दर बनाए, तर आफैले खेलेको मैदानमा हगे, मुते । अरुहरु जानै नहुने-नसक्ने गरि दुर्गन्धित बनाए । पछी हामीले मैदान सफा गर्यौं, दुर्गन्धको प्रबाह नगरी । तिनैलाई '६०१' बनाएर खेल्न पठायौं, एउटा राम्रो भकुन्डो दिएर । भकुन्डो खेल्न गा'काले कुस्ती खेले । अहिले भकुन्डो हराए । तिनका कर्तब्य एकातिर, खेल एकातिर । तिनलाइ न लिनु, न दिनु । तिनैमा बैमनश्यता र घमन्ड । हामीलाई थाग्नामा सुताए, आफुहरु आलिशान महलमा । हाम्रा रित्तो हात, तिनका हातमा रोलेक्स र राडो घडिहरु ।

भकुन्डो खेलेर पदक दिलाउने बाचा गर्नेहरुले हामीलाई नै हराए, बिदेशी मन पराए । न देशले पदक पायो, न सम्मान । तारे होटेलहरुमा तिनका लन्च र डिनर पाक्छन्, हाम्रा बच्चाहरुको 'कुरि' छोप्ने एकसरो 'जांगे' छैन । संबिधान त यिनले दिएनन र अब ती बच्चाहरु आफ्ना नाङ्गा ज्यान लिएर यिनका थाङ्ना च्यात्न आउन मात्रै बाँकी होला, अब । जय संबिधान ।

12 Comments:

Aakar said...

maile mane, bhakundo ra sambidhan ko halat ustai ustai rahechha...

Anonymous said...

Very nice, Gokuljee!

subaspokharel said...

गोकुलजी, तपाईं को स्मरण र समसामयिक बिषय संग जोड्ने कला राम्रो रहेछ, पढेर आफ्नो किशोर जीवन याद आयो| "तारे होटेलहरुमा तिनका लन्च र डिनर पाक्छन्, हाम्रा बच्चाहरुको 'कुरि' छोप्ने एकसरो 'जांगे' छैन।" कुरो सहि छ|

Dilip Acharya said...

सही कुरा !
"खेलमा नियम हुन्छ, अबधि हुन्छ । रेफ्रीको हातमा सिट्ठी हुन्छ ।"

तर यहाँ न नियम छ न अबधि, न रेफ्री । बोक्सी-झाँक्री सबै आफैं अनि त जसले जे गरे पनि भयो :)

वेदनाथ पुलामी ( उमेश ) said...

हो यीनले नेपाली जनतालाई थाग्नामा सुताए ! हाम्रा बच्चाहरुको 'कुरि' छोप्ने एकसरो 'जांगे' छैन ! उनीहरु भने फालाफाल र मालामाल मा बसेका छन् !
खेलमा नियम हुन्छ, अबधि हुन्छ रे तर त्यो पनि उनिहरुले वाल्मत्लब दि'रा छन !

Basanta said...

एकदम सहि कुरो गोकुल भाइ! नेता पातकीहरु न नियममा बसेर खेले, न देशको बारेमा कहिल्यै सोचे।

Anonymous said...

this is really good

सूर्य/सिकारु said...

खेलसंग उठेको देशप्रतिको बैचारिक भाव स्मरणीय र स्वागतयोग्य छ गोकुल जी। धन्यबाद प्रस्तुतिको लागि ।

कृष्णपक्ष said...

राजनैतिक विसंगतिलाइ उजागर गरेर निकै प्रतीकात्मक लेख लेख्नु भयो गोकुलजी ... साना छँदाका मिठा सम्झनाहरुले एकछिन घरतिरै तानिएँ ।

दीपक जडित said...

कमसेकम तपाईंको खेलमा त रेफ्री हुनेरहेछ । संविधानको भन्कुण्डो खेलमा त्यो पनि छैन । लेखले मलाई पनि पुराना दिनहरुमा पुर्यायो ।

अनि अहिले नि रेफ्री हो कि क्या हो तपाईं त?

दूर्जेय चेतना said...

सही उपमा दिनु भयो। रेफ्रिलाई त पाखा लगाएर खेल सुरु गरे जस्तो पो लाग्यो त मलाई यो लेख पढ्दै गर्दा र नेपालको राजनितीलाई एकै सात सम्झदा त...कता हामी बिना रेफ्रीको खेल त खेलेर यस्तो भईरहेको त हैन??

ametya said...

देश खाएरै सक्ने भए यी पापी मुर्दारहरुले .........

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼