05 September 2009

हाम्रो इज्जत :


एक लाख अर्जेन्टिनी सेनालाई १० हजार गोर्खाली बिरहरुले खुकुरिको भरमा युद्ध जितेकाले संसारभर प्रख्यात 'द्धितिय विश्वयुद्ध र गोर्खालिको बहादुरी' हाम्रा लागि बिरताको एउटा इज्जत भएर बचेंको छ । चाइनाले सगरमाथा आफ्नो भु-भागमा परेको दावा गरिंरहदा हाम्रो तर्फ "टाकुरो" को मुख परेकाले ? सगरमाथा छ है भन्ने सत्यताले हाम्रो इज्जत बचिंरहेको छ । नेपालबाटै अलिशान दरबारको मोह त्यागेर एकाबिहानै बोधगया भागेका ति महान बुद्ध भगवानलाई आफ्नो साख्खै छोरो दावी गर्ने भारतको अगाडि लुम्बिनिमा केही अस्थिपन्जर बचेँकाले बुद्ध नेपाल भन्ने मुलुकमा जन्मेको भन्ने दबाबले हाम्रो इज्जत बचेँको छ ।


बालककालमा सोंचिन्थ्यो, घरमुनिको दरौंदी नदी बगेर त्यो पानी कहाँ पुग्ला भनि ? पांच र छ कक्षा हुँदैं भुगोल बिषयमा पछी पढियो, दरौंदी मात्र होइन सप्तगण्डकी जस्ता सयौं बिशाल नदीहरु बगेर भारत जांदा रहेछन । बाफ भएर नसकिने अमुल्य ति सयौं खोलाहरु हामीले सित्तैमा भारतलाई दिंदा पनि पानी र सम्झौतामा भारतसँग हाम्रो इज्जत कहिल्यै रहेन । सयौं सरकार बने, तिनले हजारौं हस्ताक्षार गरे - भारतसँग । ति हस्ताक्षारिहरुले सयौं किल्लाहरु उपहार दिए, फर्कदा श्रीमतिलाई एउटा सारी र राष्ट्रलाई भारतिय होटेलको बासी तन्दूरी पोको पारी ल्याए । ताज महलमा फोटो खिचाए, साउथ ब्लकमा गएर हस्ताक्षर गरे । तिनलाई थाहा छैन, हस्ताक्षार के मा गरेको ! भारतीयहरुले स्वागत पुस्तिका भनि हस्ताक्षार गर्न फुल्टिनी कलम तेर्साउंथे, तिनका बाउका के जान्थ्यो र ? आँखा चिम्लेर धस्काइदिन्थे - पुस्तिकामा सहि । नेपाल फर्कदां सिमा स्तम्भहरु सारीन्थे, सब चुप । किनकी तिनले स्तम्भ सार्ने इजाजत दिन सहि गरेर आ'काथे । यस्ताका सोझा प्रजा हामी,आफ्नै घरको खांबो भत्काउंदा'नी हेरिरहने तिनका कार्यकर्ता, अनी कता हुने हाम्रो इज्जत ?


बहुजाती र बहुभाशी मिलेर बस्ने कुनै जमानाको 'एकताको' देशमा आज राष्ट्रप्रमुखहरु तिनका आमाले बोकेका दर्दका भाषा बुझ्दैनन । सपथ खानु त मामुली भैसक्यो हिन्दिमा । अब हामी छिट्टै नेपाली मन्त्रालयहरुका बोर्डहरु हिन्दी भाषामा लेपन भएका देख्नेछौं । नेपाली राजनेताहरुले बोल्ने भाषा अब हिन्दी मात्र हुनेछ । सुदहरुले भित्र-भित्रै भारतीय भाषा विश्वबिद्धालयहरु खुला गरिसके । केन्द्रिय क्याम्पस किर्तिपुरमा प्रमुखहरु कुटीइरहंदा लैनचौर विश्वबिद्धालयमा हाम्रा राजनेताहरु सुदहरुसँग कक्षा लिइरहेका हुन्छन । त्यसैले त हाम्रा राष्ट्रप्रमुखहरु सुदको आदेशमा चुप लाग्छन, न सपथ खान्छन त न राजिनामा दिन्छन । परदेशी भाषा र नैतीकतामा मानार्थ ति बिद्धानहरुका अनुयायी हामी सोझाका के इज्जत ?

हाम्रा प्रधानमन्त्री भारत जान्छन, बिचरा स्वागत गर्न फुर्सदमा बसेकी बिना बिभागीय मन्त्री आउंछिन । हात मिलाउंछिन, संगै लिएर जान्छिन । तिनतारे होटेलमा बस्छन, प्रधानमन्त्री । ससुराली जांदा बरु बढी इज्ज्त पाईन्छ गांठे । भारत जांदा राम बनबास गए जस्तो । मनमोहन सिंह ससुराली गएका रहेनछन भने झुल्दै आउँलान भेट्न नत्र सोनियासँग हात मिलायो, कोलकोटा गयो, भतिज भेट्यो अनी फर्कन्छन, हाम्रा राजनेता । न तिनका मन्त्रीका बोली सुनिन्छ ! न तिनका सम्झौताका फाइल खोलिन्छन ! तर, उता भारतका बकम्फुसे जो आए पनि राष्ट्रपती पहिल्यै बिमानास्थल पुग्लान भन्ने डर ! हिन्दी बोल्ने भारतीय मामुली अधिकारी नेपाल आउने बेला रुखका पात पनि हल्लिन छोड्छन, सुर्यका तेज काम हुन थाल्छन, हंसिया सोझिन थाल्छन, मादल बज्न छाड्छन् । मार्क्सका फोटोहरु टेबलमुनि घुसारिन्छन । पुरा नेपाल बन्द हुन्छ । कस्तो अचम्म, हाम्रा राजनेता सत्तरी जना साथ भारत सवार हुंदा रिक्सामा साउथ ब्लक पुग्छन भने पाजी भारतीय अधिकारी नेपाल आउंदा सब ठप्प । तिनलाई राजाकिय सम्मान । स्वर्गबाट ईन्द्र झरे जस्तो । अनाहकमा दु:ख दिने यस्ता रैथानेहरुका जनता हामीहरुका के इज्जत ?

भैरहवा हुंदै कलकत्ता बन्दरगाह निर्यात हुन्छ, हाम्रो इज्जत । रक्सौलबाट मुम्बई थुपारिन्छ, हाम्रो इज्जत । साउथ ब्लकमा निर्णित हुन्छ, हाम्रो इज्जत । नेपाली बिद्धालयका भन्दा बढी पूजित हुन्छ, भारतीय प्रमाण-पत्रहरु । गोल्ड स्टार जुत्ता भन्दा शानदार लाग्छन, भाईयाका उत्पादनहरु । तिनका धोतीहरु बढी बिक्छन, हाम्रा सुतिका कपडा भन्दा । हामीले फेर्ने श्वास पनि उतैबाट आए जस्तो । जन्मेदेखी अन्तसम्म जिबनका हरेक पाइलाहरुमा प्रभाबित हाम्रा यस्ता दिनचैर्याहरुमा के चैन अनि हाम्रो के इज्जत ?

9 Comments:

दूर्जेय चेतना said...

कुरा गहिरो हो तपाईले उठान गरेको। निकै मार्मिक पाराले लेख्नु भयो। के गर्नु अब र कसलाई भन्ने अब। ईज्जत त हाम्रो बम्बैका कोठीहरुमा पनि बेचिएका छन्। बहादुरको रुपमा हो वा कान्छाको रुपमा खुब इज्जत छ हाम्रो। के फरक छ र साघारण सेन्ट्रीको काम गर्ने बहादुर कान्छा ईन्डिया जानु र हाम्रा नेता जानुमा।। बरु सेन्ट्रीनै बसेको कान्छाका परिवारले केही आशा गर्छन् होला उनी फर्कदा तर नेता त भेटी बोकेर भेट्न जान्छन्। जब भेटीनै बोक्ने भए के को आशा भो र फर्कदा देशका लागि।।।

सूर्य/सिकारु said...

एकदमै सही बिचार अनि मनयोग्य बाणिहरु फिजाएर ब्याकुल पार्नु भयो गोकुल जी । तर जति पुकारेपनि यी सुध्रेनन । बरु भारतको मुख्यमन्त्रीको पछि लागेर मर्ने रोग यी नेतालाइ लाग्नु नि ।

Chaitanya said...

तपाईंको लेख पढेर रुनु न हाँस्नु भयो | प्रस्तुतिले हँसायो, बिषयबस्तुको गम्भिरताले मन दुखायो | आफ्नो देश कमजोर भएपछि संसारको कुनै देशले पनि हामीलाई चाहिनेजति इज्जत दिंदैन, छिमेकीको हेपाई त हाम्रो दिनचर्या नै भएको छ | आफुलाई महान क्रांतिकारी भन्नेहरुले पनि सिरकभित्रबाट मात्रै म्याऊ गर्न सकेको हामीले देख्यौं |

आशा said...

एकदमै ठेट कुरा गर्नु भो गोकुल जी तपाईंसँग सहमत छु , इज्जत त जोखिममा पर्दैछ र त्यो क्रम तिब्र रुपले जारी नै छ भन्ने कुरा त हामी सबैले प्रत्यक्ष अनुभब गरिरहेकै छौ । एउटा मुख्य कारण त हाम्रो देश भु-परिबेष्ठित हुनुमा नै ठुलो बिडम्बना छ अब त राजनितिक खेलको त कुरा नगरौ ।

दीपक जडित said...

दुखेको हरेक नेपाली मनको कैरन । इज्जत माथीको हरेक प्रश्नचिन्ह पानी पानी भएर पढें ।

Jotare Dhaiba said...

देशचिन्ताले थिलथिलिएको हरेक नेपाली मनको पेटबोली । निकै मननीय लाग्यो । विडम्बना, नेपालको इज्जतको फेर छिमेकी मुलुकको इशारामा फरफराउने हाम्रा जीर्णकायी नेताहरूको दौरा र कमिजमा झुन्डिएको छ ।

Umesh Gajurel said...

हामिले आफ्नो इज्जत बिगार्ने काम आफैले गरेको हो ,
अरू त खै केभन्नु र ....................

Keshab Ghimire said...

अब के गर्नु त, बलियो छ तीन तिरबाट घेरेको छ, छैन लाई सहयोग गर न भन्दा तेरो आन्तरिक मामालाई हो हस्तक्षेप गर्दिन भन्छ, अनी सबै हस्तक्षेप भारतले नै गर्छ, यतीसम्म कि नेपाल नि उस्को भन्छ , नेपालीहरुको इज्जत लुत्न सम्म पछी पर्दैन । हामी निरिह छौ । सबै खाने कुरा देखी लिएर बस्ने बसको जोर्जाम गर्ने कुरा सम्म उसैको बाट लिन पर्छ । दिन्न भन्यो भने तेत्तिकै मरिन्छ, खान पनि नपाई, अब आफ्नो देशमा केही गरु एही नै राम्रो उब्जनी हुन्छ, यस्लाई आफ्नो देश भरी पुर्यौने केही ब्यवसाय गरुम न त भन्यो भने यस्तो ब्यवसाय बाट हुने नफ भन्दा बढी नै यहाँका राजनीतिक दलहरु लाई चन्दा ( अरु ठाउमा भए आफुले सकेको जती रकम दिने तर राजनीतिक दलली दिने रकम चै जबर्जस्ती अर्थात् उनिहरुले नै तोकेका हुन्छन कती रकम दिने भनेर चाहे तपाईंको नाफा भन्दा बढी नै किन नहोस् त्यो रकम )नदी सुख हुन्न । अली अली भएको पैसा पनि ब्यवसाय गर्‍यो भने त उनिहरुलाई दिदैमा ठीक्क अनी बरु भएको रकम नफमुलक काम मा लगाउनु भन्दा त खाएर सकाउनु नै बेश हुन्छ अनी आपुले गर्न न सकेपछी त उस्को सरणमा पर्नु पारीहाल्यो नि। अनी उस्ले जे गर्न मन लाग्छ तेही गरिहाल्छ नि । बास्तबमा भारतले हामीलाई हेप्नु भनेको हाम्रै कमजोरिले हो ।

दिनेश राज said...

गोकुल जी , ब्यक्तिगत पीडामा ब्यक्ति रुन्छ ,देशको पीडामा देशबासी । सबैले भोगेको दुख एउटै ,सबैको घाउ एउटै ,अनि झुटोनै सहि सबैको आस पनि एउटै ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼