21 January 2009

अनिदो रातमा !!!

अनिदो रात आँफै पल्टिदो रहेछ, एक्लो मन सिएर
बल गर्छु निदाउन बलजफ्ती, मताउने प्याला पिएर !

जुन ताराहरु पनि टह टह हेरिरहने, मलाई ताकी
सङी सम्झी सम्बोधन गर्छु आफ्नै हात दिएर !!

यता रित्तो, उता भित्तो, नभेटिने केही कतै छाम्दा
रित्तो गिलास हेर्दैमा गयो, आँखाको परेला खिएर !!!

काट्नु त पर्ने नै रहेछ रात, नसकी आँफै पनी मरी यहाँ
बिहानिमै कतै भौतरिन त छदैछ, दु:खका यि हात सिएर !!!

4 Comments:

Basanta said...

दु:खी भावलाई राम्रै आकार दिएका छन् हरफहरुले। अलिक मिलाउने धैर्य राखेको भए गजल बन्नसक्थ्यो होला। गितकै रुपमा हेर्ने हो पनि गेयात्मकता अलि कमनै छ।

लेख्दै जानुस् निरन्तर!

Prabesh said...

वसन्त दाइको कुरामा सहि थपेँ मैले पनि । अलिकति हतार भयो कि जस्तो लाग्यो । थोरै मिलाउन पाको भए निकै नै मिठो हुन्थ्यो ।

Jotare Dhaiba said...

यसलाई म अलि गाँठो नमिलेको वेदनाको पोको भन्छु । भाव मार्मिक छ । अनिदो रातपछि बिहानीको ताजगी पनि सिरानीकै माथि झुन्डिएको छ । आगामी लेखाइको लागि मङ्गलम् !

Unknown said...

Thank you ! Gautamg, Ujelig and Dhaibaag. I just cerrect it and hoping you will like. Thank you so much for your kind suggestions.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼