06 January 2009

राजनीति, पशुपती र जात्रा

सतिले सरापेको देशमा आज कती संकट छ, भाचिएका तारबारहरु, भत्किएका पुलहरु अनी टुटे-फुटेका टावरहरु जोडीने कुरो त कहाँ हो कहाँ झनै अनेक समुहको नाममा फेरी तोडिने क्रमहरु जारी छ भन्ने कुरो त सर्बबिदितै छ । हाम्रा बा-आमाका कुटो कोदालोहरु फेरिएनन् । राजनीति गर्नेका घरहरुमा नोकर चाकर फेरिए । हाम्रा भाई भतिजाहरु तिनिहरुका ताली पड्काउने कार्यकर्ता भए । ति राजनीति गर्नेहरुका बन्दुक खेलाउने खेताला भए । मेजर साहेबका घर बनाउने ज्यामी भए । अनी आज तिनैका नोकर चाकर भएर गुजारा चलाई रहेका छन, हाम्रा भाई भतिजाहरु । चेलिबेटिहरु ति राजनीति गर्नेहरुका गुप्तचर थिए, नेताहरुलाई क्रान्तिमा सघाए र आज मुम्बईको कोठी उपहार पाए । नेताका आफन्तहरु पजेरो चढे, मन्त्राणी भए, सभासद् भएका छन । महँगो स्कुलको बिद्यार्थी र ठुलो प्रोजेक्टको निर्देशक भएका छन । तिनका आफन्तहरुले नै जता ततै नियुक्ती पाए तर मेरा बा आमा ले के पाए ? एक सय पचास लिटर मुल्यको मटितेल, छुन नसकिने अनी सडेको चामल, सोर्ह घण्टा लोड्सेडिङ अनी सधैं चक्काजामहरु ।
कती कुरा गर्ने बिसमताका ? नभएका बिकासका, भत्किएका तिनै पुलहरुका । अब त मनै भाच्चिएको छ , कुनै सरकारको योजनाले पनि नजोडीने गरी भचिएको छ नेपाली जनताको मन । ००७ सालमा एक हजार सहिद भएका थिए होलान, ०१७ सालमा त्यसको दोब्बर मरे होलान । ०४६ सालमा कती मरे सबैलाई थाहा छ, त्यसपछी मरे लगभग १५ हजार । "नया" सरकार आएपछी मरिसके रे अन्दाजी २५० निर्दोश । अझै अपहरण गरी घाटि रेटिएका सात बर्शका सुमनहरुका लेखा जोखा त कता हो कता ! मोबाईल सेटको पैसाको निहुमा छप्किएका १९ बर्शे भाईहरुको कथा र चन्दा नदिएको निहुमा अनेक समुहको नाममा तातो गोली खाने र गिडिनेहरुको कथा यहाँ उल्लेख गरेर के साध्य लाग्ला र ? शान्ती, बिकास र सु-ब्यबस्थाको प्राप्तिको लागि जो गिडिए पनि आज देशले केही पाएन । भोलीको त कुरै छाडीदिउ । जलस्रोतको सबैभन्दा धनी देशमा बिजुली कुनै चराको नाम भएको छ । सगरमाथा मात्रै पग्लिएर बगेको पानीले सारा नेपाली पुग्छ, तर पिउने पानी कन्दमुल भएको छ । बुद्ध जन्मेको देश, इराक, सुडान र हैटी भन्दा अली शान्त भनेर चिनिएको छ । १० हजार गोर्खालिले १ लाख सेनालाई खुकुरी भरमा युद्ध जितेको कथा नेपालीले होइन, बेलायतिले जितेको ईतिहास भएको छ । खै कता गयो ? हाम्रो स्वाभिमान, बिरता अनी ईतिहास ? सतिले होइन हामीलाई शहिदले पनि धिक्कार्ने छ ।
बुद्ध त भारतमा जन्मिएको हो भन्ने भैसके हाम्रा नेताहरु !!! तिनिहरुले महाकाली नबेचेको भए पुग्दैनथ्यो बिजुली ? तिनका छोराहरुको हातमा हिजो बन्दुक र आज ल्यापटप । हिजो पोखरामा जहाज उडाउनेहरु आउने बर्ष बाबुआमालाई खेतमा हलो जोत्दै गरेको बिलौना पढ्न पाइने छ । लाग्छ, बिमान बनाउने ति हरुमा अहिले बल्पेन पनि छ कि छैन । अनी हेर्दा हेर्दै पशुपती मन्दिर जलेको देखिरहेछ, यो आँखा । धिक्कार होस् । गर्न त के नै सकिन्छ र तिनै जलेका नाङे पशुपती बाबाको नाम लिनु बाहेक ? हिजो हामी नैबेद्ध लिएर जान्थ्यौ भने आज खुकुरी र भला लिएर पूजारी काट्न गएका छन भाई हरु । जनताको भेटी खाएर मोटाएको पूजारीलाई कस्ले छुन सक्छ ? खुकुरी खाने त तिनै ढकाल, राइ, घिमिरे, श्रेष्ठ अनी भण्डारी हरु न हुन । हिजो अरब र खरब पारी आ-आफ्नो महल ठडाउने "राजनैतीक पूजारी" हरु भकाभक चोख्खिएका छन, तिनिहरु प्रती तेर्सिनु पर्ने हात पशुपती तिर लागेको छ, खोइ किन हो ! अब छिट्टै स्वयम्भु तिर कसैले आगो झोसेको देखिने छ, सुनिने छ । राम्रो कुरो केही बाँकी हुनेछैनन अब हाम्रो नेपालमा । भारतको सल्लाहमा शासन, चाइनाको सल्लाहमा रासन अनी अमेरिकाको सल्लाहमा नेपाल बेचिएको कथा पढ्न पाइनेछ । दुई चार अक्षर पढेका हामीले त्यसभन्दा बढी अरु के आश गर्नु ? अब छिट्टै पशुपतिमा अर्को माघे जात्रा लाग्ला, अनी बिकेन्द्रिकरण भने जस्तै त्यो जात्रा स्वयम्भु, गोरखकाली अनी शोभाभगवती हुँदै मुक्तिनाथ तिर लाग्ने छन । जात्रा हेर्न आउने भारती, चाइनिज र अमेरिकन भक्तालुहरुले जात्रामा नाङ्लो र डोको किनेसरी हामीलाई किन्ने छन । सुपथ मुल्यको लागि बार्गेनिङ गर्दै जात्राको मालिकसँग नेपालको भाई घटीघटाऊ हुनेछ र अन्तमा दुबैको सहमती पस्चात नेपाल बेचिने छ अनी हामी सारा नेपालीको सपना साकार हुने छ । पशुपतिले हामीलाई कल्याण गर्ने कुरो त छदैछ । अस्तु !gokulvivas@gmail.com

4 Comments:

सिकारु said...

गोकुल जि म पनि तपाइको सहयत्रामा बहकिदै आइपुगे। बिशेस गरि यथार्तम रम्नुहुने तपाइसंगको हातेमालो आउदा दिनहरुमा पक्कै रोचक् बन्ने छ। यसका साथै साहित्यमा पनि जोसिलो कलम् चलाउनुहुदोरहेछ ।प्रगति अनि उन्नतिको कामना तर येसैबेला पशुपति दोधारमा परेको बेला तर जस्तो भएपनि जन्मस्थानको नाताले पनि मेरो कामनलाई पुरयाइदेउ हे माता । धन्यबाद बिबश जि।

खुल्लामन्च said...

सिकारुg, Thank you for your comment and welcome to our new sansar of blog. I will keep in touch.

ThE KiRaT said...

What can be done when the country is in the hand of wrong people with no vision and good intention.
Anyway I found your article a bitter truth towards the current scenario of Nepal. But the politicians of Nepal are so much thick skinned and pigheaded that words won't work for them. A new revolution is required in Nepal from the educated people to bring true federalism and independence to people , to bring a new Nepal.

खुल्लामन्च said...

ThE KiRaTg, thank you for your comment. we blogger have to step up for new revolution to develop our nation.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼