09 May 2013

आमा !!!

भोको मेरो आंत मेटाउन माम खोज्यौ आमा, 
परिवार खुशी पार्न केवल काम खोज्यौ आमा ! 

च्यातिएका चप्पल, लुगा न टांक न फस्नर,
तिनलाई टाल्न हरबखत दाम खोज्यौ आमा !

दु:खका थे हरदिन शत्रु मात्रै जता-ततै,
जहानको सुख देख्न अर्कै गाम खोज्यौ आमा !

खरका छाना उडाइलान्थे हुरी बर्षातीले
खलो खनी स्याउला पन्छाइ घाम खोज्यौ आमा !

तिम्रो काख छोडी आज बिदेशिनु परेको छ,
आंखाका ती आंशु लेख्दै खाम खोज्यौ आमा !

छिमेकीले पठाउंथे चिठ्ठी पत्र शिलबन्दिमा,
हुलाकीको झोला खोली मेरो नाम खोज्यौ आमा !
Read more >>