13 July 2011

प्रबासी संगठन, नामका लागि आफैंमा झगडा :


त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघ-संस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघ-संगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ । नेपालीहरुको जनसंख्या धेरै भएको न्यूयोर्कमा भनिन्छ, १५० भन्दा बढी संघहरु छन् । बाल्टिमोरमा कम होलान् । सान्फ्रान्सिस्कोमा त्यति नै छन् । कोलोराडो मौलाउदैछ र डी सि जस्ता लस एन्जलस पनि संगठनको रुखका हांगाले झांगिने क्रममा छ । जन्मेका संघहरु, चाहे तिनलाई जे सुकै नामाकरण गरिएको होस् । बाहुनको छुट्टै, नेवारको भिन्दै, गुरुङको अलग, शेर्पाको बेग्लै, मगरको फरक र छेत्रीको छुट्टै । आफैमा संगठन जन्मनु नराम्रो कुरो पक्कै होईन । समेटिन नसकेका प्रबासी नेपालीका समस्याहरुमा कसले बढी नजरअन्दाज तवरले प्रभाबकारी भूमिका खेलेको छ भन्ने सवाल सायद ठुलो हुनुपर्ने हो । तर यहाँ, समस्याहरुका सामाधानका उपायहरु भन्दा आफ्ना नामहरु मिडियामा अगाडि ल्याउने 'नराम्रो रोगले' सबैजना उत्तिकै आशक्त छ । कसैलाई यो कुरो पचोस् वा नपचोस्, ध्रुब सत्य चुरो त्यहि गएर अड्किएको छ, कि जसले पनि आफ्नै नामको लागि लड्डु-पेडा बांडेको छ अनी प्रचारको धूप बालेको छ ।

ए एन ए नामको संस्था त्यस्तो संस्था हो, जसको नाममा अमेरिकी बैभबशाली आलिशान होटेलको इतिहासमा सबैभन्दा बढी मदिरा बिकेको छ । जुन संगठनको भेलामा सहभागीहरुको आपसी झगडाले निम्तालुहरुका टाउका फोरिन्छन । मदिराका बोतल टाउकेहरुले खोले पनि फोरिएका टाउकाहरुका उपचार कुनै दुतावासले गरिदिएको उदाहरण हामीसंग छैन । लस एन्जलसमा केही साल पहिला आयोजित भेला ? मा टाउका फोरिएका मैले चिन्ने केही मित्रहरु अहिले खाटो कोट्याउदै छन् । गत साल बोस्टनमा भेला भयो, कलाकारहरुका चेकहरु बाउन्स भएका फोटोकपीहरु तपाईं हामीले देखेकै हो । र यहाँ भन्न मन लाग्छ, ए एन ए जन्मे देखि मान्छेका टाउकाहरु फुटाउनु बाहेक के गर्‍यो ? रक्सी पिउनु बाहेक के गर्‍यो ? पैसा नभएका झुटा चेक् बांड्नु बाहेक क गर्‍यो ? नेपालको लागि के गर्‍यो ? मेरा लागि के गर्यो ? तपाइका लागि के गर्‍यो ? बर्शेनी गरिने भेलाहरुले पास गरेका तथाकथीत एजेण्डाहरुले नेपालमा बिजुली बाल्यो ? हुम्लाको भोकमा चामल बांड्यो ? शहिदको चोकमा सान्त्वना बाड्यो ? रुकुमको टाउको दुखाइमा सिटामोल बाड्यो ? सिराहाको हैजामा जीबनजल बांड्यो ? केही लछार-पटार गरेन । यो केबल नामको लागि आयोजक समितिको नाम् प्रचार भन्दा केही नगरेको संस्था भन्नुमा केही पाप लाग्दैन । यसपालीको भेला ? नाफामा गएको भए "बाउन्स चेकको भुक्तानी मागिरहेका छन् क्यार रामप्रसादहरु !

जनसम्पर्क समिति नामको अर्को सगठन छ, अमेरिकामा । सबैलाई बिदितै छ, डी सी नेपालमा त्यसका टाउकेहरुका अन्तर्वार्ता आउनु बाहेक त्यसको प्रभाबकारिता संबिधान सभामा नेपाल परिवार दलको भन्दा कम छ । कांग्रेसी नेताहरु अमेरिका आएका बखत बिमानस्थलबाट 'पिक अप र ड्रप भन्दा' त्यसका पदाधिकारीहरुले माखो मार्न सकेका छैनन् । चाकरीले यही बसेर चुनाबको टिकट नपाउन्जेल सम्मको गुलामी रहेछ, प्रबासीहरुको राजनीति । अधिबेशन गराउंछु भनेर गमक्क फुलेका जी सी हरु राजिनामा दिएर 'समर टुर' लागेका छन् रे । अधिबेशन गराऊन रातभरी कारबाहिका "टेलिकन्फेरेन्स" गर्ने आयोजक समितिका महामहीमहरु चुपचाप छन्, आजकाल । अहिले खुलेका ५०० भन्दा बढी अन्लाईन पत्रिकाहरुमा भ्याए र सकेसम्म गुलामी गरि नाम छपाउनु र मरेका गिरिजा र भट्टराईको नाममा सम्झेको बेलामा 'जय नेपाल' भनि धूप बाल्नु मात्र रहेछ, तिनका कर्तब्य । मख्ख हुन्छन्, महान अंमेरिकी काग्रेसी अधिबेशन गराउन चाकरीको रातो टीका लगाएका नेताहरु, गणेशमान सम्झन्छन आफुलाइ, दोस्रो बी पि ठान्छन्, शिरै निहुर्याएर पाउ पर्छन जस्तो गर्छन् । कसले गन्छ, चाकरिवाललाई ? बाराक ओबामालाई नगनि नियममा हिंड्न सिकेका नेपालीहरुले गुलामीको नारा दिनेलाई कहिले पो दिमागमा राख्छ र ?

सबै संगठनहरुको बेलिबिस्तार गाउंदा कसैका नदुखेका टाउकाहरुमा भार पर्ला । मोफसेलका संगठनहरु, चाहे धर्मको नाममा खुलेका हुन या जातिका नाममा । राजनितिका नाममा खुलेका हुन या मानबाधिकारका नाममा । कुनै न कुनै रोगले पिल्सेका छन्, तिनीहरु । सुनिन्थ्यो, सानफ्रान्सिस्कोमा हिजो भएको 'पुराण' मा त्यहाका सक्रिया संघहरुको आपसी तालमेल थिएन रे । सात समुन्द्र पारीको देशमा आफ्नै आंगनमा झैं आयोजना भएको 'महायज्ञ' मा त हामि एक हुन सक्दैनौ भने समाज बनाउने बकम्फुसे नारा दिएर केबल जन्मेका संस्थाहरुको त के कुरो गर्नु र ? कोलोराडोमा ब्यक्तिहरुको आफ्नै मन्दिर छ, संगठन छ, तर नेपालीहरुको रोग न हो । मन अर्कै छ । जसरी भारतिय पन्जाबीहरु आपसमा जति बाजे पनि तिनीहरु बसेको सिटिमा "गुरुद्द्वार" हुन्छ । त्यहा उनिहरुको मन कहिल्यै बाझ्दैन । मिलेकै छन्, धोतीहरु । रास्ट्रलाई हामीले भन्दा बढी गरेका छन । आपसी बुझाई छ, सम्मन छ, उनिहरुमा । सेवेन एलेभेनमा कफी पिउंन हामी गयौं भने अग्रेजी बोल्छ, हाम्रो नेपाल । पैसा चार्ज गर्छ, जाबो एक कप कफीको । तर सोडा पिउन गएका तिनीहरु धोतीले ठ्याक्कै चिन्छ, दार्हिवाललाई र सोध्छ, "किथ्हें" ? एउटा कप नेपालीलाई फ्री दिएर कुनै पनि नेपाली कामदार बदनाम हुदैंन, तिनका साहु भोकले मर्दैन । भारतियहरुमा अङ्रेजिमा भनौं न 'उन्डर्स्ट्यान्डिङ' छ भने हामीमा नामका पछाडि दगुर्ने 'ओभरस्ट्यन्डिङ्' ।

अब आफू बसेको "कटेरो गाऊ" को कुरा गरौं । भन्नलाई यसलाई लस एन्जलस भन्छन् । संसारकै प्रतिस्ठित ब्यापारिक केन्द्र । प्रसंगमा आफ्नै गाऊ र घरको बखान गाएको जस्तो हुन्छ र भन्नै पर्छ कि राजनीति बाहेक यो क्षेत्रमा नेपालीहरु साँच्चै एकत्रित छन् । यो क्षेत्रको राजनीति किन घिन लाग्दो छ भनेर नलेखौं, तिनका टाउकेहरुलाई नै यसबारे अवगत छ । बढी भन्यो भने फेरि 'चिर्पट' लिएर यही कुट्न आउलान । जे भएपनि यस क्षेत्रमा नेपालीहरु एक छन् भन्ने ज्वलन्त उदाहरण हो, भर्खरै सम्पन्न 'श्रीमद भागवत महापुराण - सप्ताह महायज्ञ' । सात करोड रुपैया भन्दा बढी रकम उठेको, एकै ब्यक्तिले ८० लाख भन्दा बढी दिएको र ४० लाख भन्दा बढी दिने ब्यक्तिहरु १०/१२ जनै भएर एकताको फुर्ती लगाएको होईन । र पनि त्यो दान, महायज्ञ, ती दान दाताहरु साच्चिकै महान हुन र एकताका शुत्रहरु हुन । फुट्न लागेको कमल थापाको पार्टिमा को प्रबेश गर्छ ? मतलब, नेपालीहरु एक्जुट छन्, आपसमा बिबाद नभएको बिश्वाशले धर्मको नाममा दाताहरु झन एक भए । हुन पनि एक पेन्नी देखि एक लाख डलर सम्मको रकमलाई सम्मनका साथ प्रमाण्-पत्र दिलाए, आयोजकले । प्रफुल्ल भक्तजनले दिल खोलेर सेवा गरे, यज्ञको । 'बाचन प्रबिण' दीनबन्धु पोख्रेलको जादुमय वाचनशैलीको मुक्तकुन्ठाले गुणगान गाए । कार्यक्रम सफल भयो । आयोजक संस्था मख्ख नहुने कुरै भएन ।

संसारभर समाचार छायो । नेपालमा टेलिभिजनमा पनि आयो रे । अन्लाइन पत्रिकाहरुमा फोटाहरु छाप्पिए । फेसबूकका पानाहरु भरिए, कमेन्ट गड्गडाए, ट्याग भयो । कार्यक्रम समापन भयो । भक्तालुहरु खुशी भए, बाचन प्रबिण पण्डित पोख्रेल खुशी भए । सबी आ-आफ्ना आश्रममा लागे । भोलिपल्ट नागरिकमा एउटा समाचार आयो । समाचार कसले दियो कुन्नि, त्यो दिनेलाई मात्र थाहा होला या भगवानलाई, त्यो चासो कुरो भएन । र, चासोको कुरो पनि भयो किनकी एक जनाको नाम्को गुणगान गाउनु बाहेक त्यसमा संस्थाको बारेमा केही लेखिएको थिएन । रातमा पं पोख्रेलले फोन गर्नु भयो । कान्तिपुरका सम्पादक सुधिर शर्मासंग कुरा भएको जानकारी गराउनुभयो । आयोजक समितिका संयोजक र प्रबिण पोख्रेलले निश्पक्ष समाचार ड्राफ्र्ट गरि सम्पादक शर्मालाई पठाउन अनुरोध भयो । कान्तिपुरमा त्यहि ड्राफ्ट समाचार बनेर आयो । हामी एअरपोर्ट लाग्यौ, गुरुलाई पुर्याउन . । बिहान ५ बजे फेसबूकमा ट्याग भएको समाचार मेटिएर 'नाम चाहने' हरुको नाममा समाचार राखिएछ । एउटा सानो समाचार काटिएर त्यहि ठाउमा जसलाइअ मन लाग्यो, त्यसैको समाचार आउनु कसैलाई टाउको दुखाइको बिषय त भएन, यो त एउटा उदाहरण मात्र न हो । तर आफ्नो पहुंछको भरमा 'सम्पर्क देखाउन' 'बल बुझाउन' छापिएका समाचार चाकरीको भरमा काटिनु लस एन्जलस्मा मात्र होइन, डी सि मा पनि राम्रो हुदैंन र बाल्ट्मोरमा पनि राम्रो हुदैंन । डी सी नेपालमा मेरो चिनेको मान्छे छा भनेर मैले दाताहरुको नाम् छुटाएर आफ्नै भक्ति गान गाएर चाकरीको भजन गाएं भने संस्थाको लागि सायद् त्यो राम्रो नहोला । कुनै संस्थामा नरहेको र अन्जान अनी अरुले जे भन्यो त्यहि मान्ने 'घोसे' सिद्धान्तमा आधारित भएर अरुको नाम मात्र छपाउन कार्यक्रमको बिल्ल लगाउनु राम्रो हुंदोरहेनछ । बाहिरै बसेर भन्नुपर्दा, ६०० भन्दा बढी ओन्लाइन पत्रिकाहरुमा मेरा, तपाइका र उनिहरुका आफन्त पक्कै रहन्छन्, संचालकमा । तर देखिएका सत्य र लेखिएका मालहरु गलहत्याउनु पाप ठहरन्छ । हामिले पुराणमा सुनेका गीतका पाठहरुले 'सकेसम्म थप्नु भन्छ, काट्नु होइन' । यसर्थ: समाजका लागि केही गर्न कस्सिएका प्रबासी संगठनहरु ब्यक्तिबाजी प्रचारको खेलमा लागे भने केही गर्न नसक्ने ए एन ए र संपर्क समिति नहोला भन्न सकिन्न । श्री पशुपतिनाथले सबैलाई सद्बुद्धी दिउन । अस्तु !

3 Comments:

Anonymous said...

Gokulg good article, please keep it up.

Anonymous said...

GOkul dai , tapai ley bastabik jiwan lai aaulaudai nepali haru ko bich ma khutta taaney ra afu lai sadavar ramro thanney nepali haru ko aadhat ko bahayan garnu bhayooo rarmo garnu bhayoo,,, hami ley hamro samaj, hamai afai ley bhanunu parcha,, tehi nam ka pachadi kudeka bharautey haru lai hamro samaj bata bhaiskaar garnu parcha,,,,,jay desh ,,,

Adams Kevin said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼