12 February 2009

धमिलो पानी, धमला र प्रचन्डको रुवाइ

नेपाली समाचारमा आजभोलि केबल पत्रकारहरु छाएका छन । उमसिङ्ह्को हत्या, ईन्द्र लोहनिको मृत्‍यु अनी ॠषि धमलाको धमाका । सबैको आ-आफ्नो कहानिले बिषय पाए पनि धमलाका धमकाहरु एकाएक गड्गडिए, बर्शिए र धमिलिए । ॠषि धमलालाई बच्पनदेखी चिन्नेहरु अबश्य नै उनको प्रख्याती देखी डाह गर्दथे । उनको अनुहारको मोटोपना, इमान्दारिताको छोटोपना र इज्जतको फोटोपनाले के के उजागर गराइदिए, यहाँ उल्लेख नगरिरहनुपर्ला । नौ कक्षामा पढ्दा पढ्दै मोतो सपना बोकेर स्कुल बाट बाहिरिएका धमलाले मुलाएम सिंह यादबलाई मित्र बनाए । राकेश सुद उनको डिनरको दोस्त बने । प्रचन्डहरु, कोइरालाहरु, नेपालहरु आउँदा जादाका बिषयमा खिचिने फोटो बने । उपेन्द्र र अरु,,,,, हरु सँगको उनको कस्तो हातेमाले थियो भन्ने बिषय गौण हुन्छ,यहाँ । उनले जिन्दगिमा जे गरुन त्यो उनको ब्यक्तिगत बिषय हो । तर "सबैका प्यारा" भनाउने ॠषिले जब दश लाखको लोभमा जनताका छोराहरुका टाउको काट्ने योजना बुन्छन, जब करोडमा पत्रकारिताको व्याख्यान गर्छन्, जब मुलायम सिंहको फुर्ती लगाएर नयाँ नेता बनाउने शन्खघोशमा रिपोर्टर्स क्लब चलाऊछन भने अब हामीले भन्नु पर्छ, तिनको लागि सजाय के ? तिनलाई समाजले दिने पुरस्कार के ? तर हाम्रो देशमा यस्ता ॠषिहरु सधैं जोगिन्छन । जुन ॠषिले तपस्या नै गरेको छैन, उसको नाम ॠषि । जो गरीब छ उस्को नाम धन प्रसाद । यहाँ यस्तै छ । बल्ल थाहा भयो कि ॠषि धमला दिनभरी आतंककारीका जानकारी टिप्दै रातमा जनताका छोराहरु तर्साउने सपना बुन्दा रहेछन । दु:ख गरी बसेका सोझा ब्यापारीहरु लुटेर, तारिणिप्रशाद कोइरालाअहरुको नाममा पत्रकारिता पुरस्कार बाड्दा रहेछन । बेरोजगार मुलुक आफ्नै देशमा जग्गाको ब्यवसाय गर्ने तिनकै गाउ धादिङ, गोर्खा र बिराटनगरका आफन्त काट्ने योजना बनाउदा रहेछन । त्यो कालकोठरिमा मुलायम सिंहलाई मोबाइलबाट एस् एम एस् गर्दै धमला बसे पनि कानुनले तिनका काला कर्तूतहरु एक एक गरी छानोस । हामी बल नभएकाहरुले त्यो भन्दा बढी के नै पुकरा गर्न सक्छौ र ?
नेपाल नामाकरण हुँदाको बखत भिमसेन थापाहरु हुलाकीहरु बटुली देश जितेको सन्देश गाउ भरी पुर्याउथे रे । कट्टले बोलाएर गाउको केन्द्र बाट नयाँ सन्देश र जानकारीहरु कट्टल लगाउन आग्रह गर्थे रे । तर आजको "नया नेपाल" को नामकरण भए पस्चात सबै हुने खाने हरुका छापा । वाइ सि एल का आफ्नै छापा, युथ फोर्सका आफ्नै छापा, अरुहरुका पनि आफ्नै छापा । केबल त्यसको खाका मात्रै भिन्न । रहरै रहरमा मान्छेहरुले छापा र क्लब हरु स्थापना गर्न थाले । कसैले प्रचन्डको भक्ती गान गाउन छापा र छापा क्लब खोले त कसैले पार्टिको घोषणा पत्र बन्न खोले । रहर र प्रचारमा विश्वाश गर्ने ति धमलाले पनि कसैको गुणगान गाउदै छापा र क्लब खोले । उनको छापामा उनिद्दारा काटिने ब्यापारिको बिज्ञापन छापिदो रहेछ भने उनको क्लबमा उनलाई सघाउनेहरुको छाती र मुटु नापिदो रहेछ । ॠषिको रवाफ यसरी धमिल्लेको छ नि त्यो ब्यक्तिगत रुपमा ॠषिको शाख होइन । त्यो धमिलो पानी त सिङो पत्रकारिता जगतको इज्जतको धमिलो हो । धमला त धमिल्लिनुथ्यो, नराम्ररी धमिल्लिए । तर पत्रकारिताका कमलाका इज्जतहरु नधमिल्लिउन । यही शुभकामना छ ।
यसै बेला शक्तिखोरमा लातहरु धुलोसङै गोडाफाट र सतर्क गर्दै छन । उता कालो खोरमा जताततै टेकिने ॠषिका लातहरु चिसोले कठैबरी भएका छन । शक्तिखोरमा प्रचन्ड पुरानो दिन सम्झेर धुरु धुरु रुए रे । ॠषि पनि बिगतका रमणिय बखत सम्झेर ड्वा-ड्वा रुदै होलान । १५ बर्षका नाबालकहरुले ठोकेको सलाम प्रचन्डलाई प्यारो लाग्दो हो । तर ति नाबालकहरुका अन्धकार भबिश्य देखेर उनका आँखा पक्कै रसाएका होइनन । जसरी ॠषिका आँखा रसाएका छन । सलाम खाने प्रचन्डहरुले सत्ता पाए त भारतीय मलम खाने ॠषिहरुले तिनिहरुकै भत्ता । उनिहरुले अन्धाधुन्द राजनीति र पत्रकारिताको ब्यापार गरे । मालामाल भए । प्रचन्ड करोडको गाडी हुक्याउछन, ॠषिका भरौटेहरु बोक्ने कयौ गाडी छन । तर हामीले इमान्दार नेपालीको बफादारीता देखायौ । त्यसैले मेरी बहिनी मुम्बईमा ब्यापार गर्छिन, मेरो भाईले अरबमा बालुवाको कारखाना खोलेको छ । मेरो ठुलो बुवाको छोरो यूरोपमा भोली शरणार्थिको खातामा नाम लेखाउदै छ रे । शायद, सबै दिन दुखी हामी नेपालीहरुले यस्तै उपहार, इज्जत र सुनौलो मौका पएका होलाउ । निर्दोश मार्ने ॠषि जेलमा बस्दा राकेश सुद र बामदेव गौतमहरुका टाउका दुखेका होलान । हामीलाई मतलब छैन । तर मेरो टाउको त शक्तीखोरमा थुनिएको काकाको छोरा, १७ बर्शे रामशरणको यादले देखेको छ । अरुका टाउका हरु पनि किन नदुख्नु ? रामहरी श्रेष्ठको हत्यारा टाउके "खाम" पार्टिमा अर्को टाउके पदमा चुनिएको छ, त्यसले गर्दा निर्दोश रामहरिका परिवारका कती टाउका दुखेका होलान ? जसलाई जसरी दुखे पनि अब देशमा महामारी, महङी र बर्ड फ्लु मात्रै बाँकी छ । टाउको दुखाइको सिटामोल अब छैन किनकी सिटामोलको सप्लायर ॠषि आफ्नै टाउको छाम्दै बसेका छन भने देश हाक्ने टाउकेहरु कोही कपिल्बस्तु लागे त कोही शक्तिखोरमा रुदै सलामी ग्रहण गर्दै छन । अस्तु
Read more >>

21 January 2009

अनिदो रातमा !!!

अनिदो रात आँफै पल्टिदो रहेछ, एक्लो मन सिएर
बल गर्छु निदाउन बलजफ्ती, मताउने प्याला पिएर !

जुन ताराहरु पनि टह टह हेरिरहने, मलाई ताकी
सङी सम्झी सम्बोधन गर्छु आफ्नै हात दिएर !!

यता रित्तो, उता भित्तो, नभेटिने केही कतै छाम्दा
रित्तो गिलास हेर्दैमा गयो, आँखाको परेला खिएर !!!

काट्नु त पर्ने नै रहेछ रात, नसकी आँफै पनी मरी यहाँ
बिहानिमै कतै भौतरिन त छदैछ, दु:खका यि हात सिएर !!!
Read more >>

19 January 2009

नेपाल, नेता र मार्टिन लुथर :

उमा सिंहको हत्या अनी ईन्द्र लोहनिको असामयिक निधनले आँखाहरु ओभाउन नपाउदै काठमाण्डौको फोहोरले सबैको नाकमा ढुसी लाग्न थालेको छ । नेताहरु त पजेरोमा हुइकिन्छन, साहु महाजनहरु कारमा सवार त राजा महाराजाहरु दरवारमा । फोहोर गन्हाउने त सडकमा लडेका बेसहरा खाते बालकहरु र जिबिकोपार्जनको लागि रात दिन खट्ने हाम्रा दाजुभाइ-दिदी बहिनिहरुलाई न हो । राजा महाराजाका नाम फेर्न मात्रै ब्यस्त छन, हामीले चुनेर पठाएका "गणतान्त्रिक राजाहरु" । गोर्खाली बिरताको ईतिहास मेट्न शायदै कस्सैले सक्ला तर एकिकरणका मालिकको नाम फेरियो । गणतन्त्रको कसम खाएर छातीमा हात राखी भन्नु सक्छौ हामी कि पृथ्वीनारायणको नेपालमा कुनै योगदान थिएन ? यसरी परिबर्तन हुँदै छ नेपाल, नयाँ नेपालको बाटोतिर । प्रचन्डलाई दुई लाख मुल्य पर्ने पलङ फेर्न मन लाग्यो । एकाएक त्यो फेरियो । आज त्रिभुबन विश्वबिद्धालय बन्द छ । त्यसको चापी फेरिएन न त पुस्तकालयमा कुनै पुस्तक फेरियो । महाजनहरुका इच्छा केहीबेरमै परिवर्तन हुन्छ तर काठमाडौंलिहरुले सित्तैमा पाइने स्वच्छ सास पेर्ने सपना कहिले फेरिए होला ? कर नतिर्ने ब्यापारीहरुका बिज्ञापनका होर्डिङ बोर्डहरु दिनदिनै फेरिन्छन तर सरकार तिनिहरुसँग कर खिचेर फोहोर थन्काउने भाडोहरु किन किन्न सक्दैन ? हामीले तिरेका करबाट सुनहरु भित्रिन्छन, नेताहरुको लागि । हाम्रा भुँडीमा माड लाग्दैनन नेताहरुलाई बनारसबाट निर्यात गरिएको रसबरी खानु पर्छ । यसरी नेपाली जनताका चाहहरु दिनानुदिन तुशारापात हुँदैछन त नेताका नातेदार्हरुलाई सधैं दशै । महाकाली प्वाल परेको छ त्यसैले देशले लोड्सेडिङमा दिन गुजार्नु परेको छ । मेलम्ची पनि भारततिरै फर्किएर बगेको छ त्यसैले काठमाडौं प्यासमै रमाउनु परेको छ । सगरमाथाको उचाइ घटेको छ अनी बुद्द भारतमै जन्मेका छन त्यसैले हाम्रा ईतिहासअहरु धुजा धुजा भएका छन । नेपालको खाता पाता साउथ ब्लकको दराजमा थन्किएको छ । तेही हिसाब किताब पल्टाउदै भारतीयहरुले दिने निर्देशनले देशका नेताहरु चलेका छन भने बिकासको आशामा रहेका हाम्रा मनहरुमा हुस्सु लागेर गलेको छ ।
राणाहरुले चुस्न मात्र थालेका थिए आमालाई । पन्चेहरुले आन्द्रा-आन्द्रा लुछे । त्यसपछिका शाहहरुले फोक्सो सम्म लुछ्न सके भने बर्तमानका श्रीहरुले मुटु पनि लुछेर भ्याइसके । अब त बाँकी के नै पो छ र लुछ्नलाई ? हाम्रा हजुरबाहरुले तीन तीन चोटि प्रतिनिधि बनाएर पठाए, आमालाई लुछ्न बाट जोगाउन । तिनिहरु पनि त्यस्तै रहेछन । बानी लागेकाहरुलाई कसरी छुटाउन सकिदो रहेछ र ? फेरी महासङ्राम पछीको खेलबाट हामीहरुले नयाँ जबानहरु पठायौ - आमाको घर, सन्सदमा । कतिका त हामीले जमानत पनि जफत गर्यौ । तर तिनका बाउ र मामाहरुले तिनलाई लुछ्ने नियुक्ती दिलाए । तिनै जमानत जफतिहरुकै बोलवाला छ अहिले नेपालमा । क्सैको जिन्दगीको कुनै ठेगान छैन न त कसैको भरोसा । सत्ताको लागि दाजु काटिएको मुलुकमा कसको भरोसा ? भत्ताको लागी श्रीमतिहरु बेचिने मुलुकमा कसको विश्वाश ? निती कहिल्यै प्रधान भएन मुलुकमा । नेताका बोलिहरु संबिधानका धाराहरु ठहरिए । कसैले राम्रो कुरो बोलेको नपच्ने, भोलिपल्टै देश कब्जा गर्ने धम्की सुनिन पाइने । राज्यको लागि सुरक्षा दिने सेनाको टकरावको लागि अरु पनि सेना ? सबै जातिका आफ्ना आफ्ना सेना ? जहाँ कसैको सुरक्षा छैन त्यहा सेनै सेना । अचम्म छ, खेतमा पानी लगाउन गएको भाई फर्केने कुनै भरोशा छैन । साल काट्न बन गएकी बहिनी बलत्कार हुने घटना सामान्य भैसके । तर नेपालमा जसले राजनीति गरे, उनिहरु मात्रै सुरछित । तिनका भाई क्याप्टेन, बहिनी हाकिम, श्रीमती सभासद, सालो महाप्रबन्धक अनी साली राजदुत । कपुरी क नजान्ने साँहिलाहरु निती निर्माता । जङलताकाका सहयोगिहरु सबै रेडियो नेपाल र टेलिभिजनका कर्मचारी । यसरी नै चलाएका छन, श्रीहरुले नयाँ नेपाल । हामीहरु तथास्तु भन्दा अरु केही भन्न सक्ने वाला छैनौ । फेरी भोली गिडिएला भन्ने डर ।
आज जनवरी १९ । मार्टिन लुथरलाई सम्झने दिन । यतिबेला विश्व नतमतस्क छ, समानताको लडेको उनको लडाईं सम्झदै । पि. एच.डि. को प्रमाण पत्रलाई दराजमा थन्काएर सत्यको राजनीति गरे उनले । उनको बारेमा स्वस्थानी जस्ता धेरै पवित्र लेखानहरु पढ्न सक्छौ हामीले, किनकी दुई हरफमा उनका बलिदानहरु यहाँ उल्लेख गरेर सकिदैन । हामी मात्र यती भन्न सक्छौ कि जनताको मुक्तिको लडाईं लडे उनले । रेलमा काली केटीलाई गोराले गरेको दुर्व्यबहार देखेर मुक्तिको बिगुल फुके उनले । तर तीन करोड हामी नेपाली बेचिएको नाटक टुलुटुलु हेरिरहेका छन, मुक्ती भनाउदो लडाईं लडेको धमास लगाउने - हाम्रा प्रचन्डहरु । कसैको गोलिले जिन्दगी हावामा उडाएपनी मार्तिन लुथरको मुक्तिको लडाईंको सास फेर्छन अमेरिकिहरु । सत्य, समानता र निस्वार्थ उनका निती थिए, उनी लडे सफल भए । उनी मारिए, मरे तर पनि बाचेका छन । यि नेताहरुले हामीलाई लोप्राएपनी हाम्रा सन्ततिहरुले मुक्तिको स्वच्छ सास फेर्न सकुन । काठमाडौं नगनाओस । जय डा. लुथर ! जय मुक्ती !! जय नेपाल !!!
Read more >>

16 January 2009

ईन्द्र लोहनी प्रती श्रद्धान्जली !!!

खबर सुन्दा सार्है दु:ख लाग्यो । चाकरिबाजलाई पत्रकारिताको आदर्श मान्ने "कथित पत्रकार" हरुको बिगबिगी बढीराखेको बर्तमान अवस्थामा ईन्द्र लोहनी जस्ता होनहार प्रस्तोताको देहबसानले नेपाल आमाले उमा सिंह पछी अर्को सपुत गुमाएकी छन । निर्डर, निर्भिक अनी स्पस्ट वक्ता स्वर्गिय "बहसकर्ता" लोहनिको चीर शान्तिको कामनाका साथमा दुई थोपा आशु सहित शोक सन्तप्त परिवारप्रती हार्दिक समबेदना !!! जय होस् !!!
Read more >>

14 January 2009

सरकार, कलम र दुई थोपा आशु

ईतिहासको यो कालखन्ड सम्म शायद नेपाली जनताले हजारौ शासकहरु देखे र भोगे, चाहे ति शासक पृथ्वीनारायणको रुपमा हुन वा बहादुर शाहको भेशमा । जङ्बहादुर वा चन्द्रशमसेरको रुपमा होउन वा मनमोहन, गिरिजा वा नयाँ नेपालका नयाँ शासक प्रचन्ड कै घमन्डताको स्वरुपतामा नै किन नहोउन । ति सबैका रुप र भेशमा तातो खरानी भन्दा केही देखिएन । भनिन्छ नि, जुन जोगी आए पनि कानै चिरेका । शाहहरुले कान चिरेर दासता, सामन्ती सोच र पाखन्डिपनाको गहना लगाएका थिए भने ०४६ साल पछी आएका प्रजातन्त्रका हिमायाती भनाउदा हरुले भ्रस्टाचार, परिवारबाद र नोकारीपनाको मुन्द्रा लगाए - कानमा भने, पन्ध्र हजार नेपालीको ज्यान जाने गरी थालिएको "प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यास" बाट आएका शासकहरुले आज महङ्गी, हत्या र आतंकका गहना लगाएका छन ।
हिजो यिनिहरु सबै काशिका जोगीले जसरी पहेलो बस्त्र पहिरिएर जनता सँग भिख माग्थे, आज जनतालाई नाङै बनाएर लुट्न सिकाएका छन । सिंह दरवार अगाडि महिलाले नाङै बिकासको भिख माग्दा पनि यिनका घैटामा घाम लागेनन । आज जनता सबै जोगी भएका छन । सबै जोगी भएपछी भिख दिने को ? को सँग माग्ने भिख ? त्यसैले परिवार पाल्न नसकेर राम कृष्णहरु बिख पीइ आत्महत्या गर्न वाध्य भएका छन । हामी जनता चाँही लाटो कोसेरो जसरी राम कृष्णको परिवार बिचल्ली भए जसरी भोको पेट र बढेका नङ्रा देखाएर बस्न वाध्य भएका छौ । अब यहाँ सम्झन मन लाग्छ, हाम्रा पुर्खाले स्वतन्त्रताको लागि लडेका लडाईंका के अर्थ ? सुक्रराजहरु फासिमा झुन्डिएर छातीमा गोली थापेको के अर्थ ? जीवनहरु लोकतन्त्रको लागि लडेर अपाङ्ग भएको के अर्थ ? पुर्खाको बलिदानिको नाममा बनेको ट्रस्ट पञ्चेहरुको मागी खाने भाडो भएको छ, सुक्रराजहरुका नाममा बनेका स्कुलहरुमा केबल समानती र शोषक-शासक हरुका बचेँरा खेल्ने पाठशाला भएको छ भने जीवनभर अपाङ्ग बनेका जीवनहरुको नाममा ति शासकका भाई भतिजाहरुले मोटरसाईकल र महङा मोबाईल सेटहरु बोक्ने माध्यम बनएका छन । अतएब: हामीले के पायौ त आखिर ? जनताको सहि बिचार छापिने कुनै पत्रीका छैन देशमा । सबैका आवाजहरु धम्किले पेलिएका छन, निमिट्यान्न भएका छन । स्वतन्त्रताको कसम खाइ खुलेका संचार माध्यामहरु कि त कांग्रेसी मुखपत्र भएका छन, कि त तिनिहरु एमालेको महाधिबेशनको घोषणापत्र बनेर बासिरहेका छन कि त भने याइ. सि. एल . का आतंकको गुणगान गाउँ मै ब्यस्त छन । १३० सालको राणा शासनले नदेखाएको बर्बर आतंक आज हामी खेप्न वाध्य छौ । कोही बोल्यो कि भोलिपल्टै अपहरण अनी सदा भरी बनमारा घारिको बास - खुकुरिको छप्काइले । बल्ल बुझियो, यही रहेछ, प्रजातन्त्र । यती दिन आएको रहेछ लोकतन्त्र । धन्य शाहहरु, कोइराला र अधिकारीहरु अनी बर्तमान दाहालहरु ।
पञ्चायत बखत लेखिने कलमहरु मात्र भाचिदिन्थे रे - शासकहरु । तर आज यहाँ पत्रकारको कार्यालयसङै उनैको घाटी भाचिएका खबरहरु सेलाउन नपाउदै उमा सिंहहरु गिडिन पुग्छन । शासकहरुका गलामा पाच तोलाको सुनको सिक्री हुन्छ, दाईजो प्रथाको बिरोध गर्दा अनी सत्यतामा पत्रकारिताको आफ्नो जीवन देख्ने उमाहरुको घाटिमा पाच जना होइन पन्ध्र जना लफुङाहरु पाच किलोको खुकुरीले टाउको रगेट्छन । आतंकको यो भन्दा बढी सिमा अरु के हुन्छ ? हिजो खुकुरी र बन्दुकहरु प्रधान भए, आतंकको साधन । लोकतन्त्रको बहाली पश्चात कलमहरु टुक्राउने गतिलो सहारा भएर मौलाएको छ फेरी बन्दुकतन्त्र । कृष्ण सेनहरुका जीवन समाप्ती कसरी भए भन्ने कुरो पनि यहाँ उठ्नु स्वाभाबिक छ तर समाज कता गयो ? हामी कता जादैछौ अनी हाम्रा यि शासकहरुले हामीलाई सस्तो डलरको भाउमा कतै बेचिरहेका त छैनन, मोरियार्ती त पावेलहरुलाई ? बिजुली नभएको अन्धकारमा महाकालीको कसम सम्झेर यिनिहरुले मौका छोपी भारतीय मुद्रामा त बेचबिखन गरिरहेका छैनन भन्ने प्रसँग अब अनौठो नलाग्दो भएको जस्तो छ । मुलायम सिंहहरु आउनु अनी उमा सिंहहरु काटिनु, शिवशंकरहरु आउनु अनी नारायण वाग्लेहरु थुनिनु अनी मोरियार्टिहरु फर्कनु, "जनसेनाका" कमाण्डरहरु गर्जिनु के नेपालमा कलम बलियो भएरै हो त ? या त बिचार र कलमका प्रतिमुर्तिहरु तिनै उमाहरुले सत्यताको बखानमा पत्रकारिताको मान्यता निभाएर हो ?
धेरै दियोहरु निभिसके । त्यसै त अन्धकार देश दैनिक सोर्ह घण्टा सुत्छ । महाकालीहरु बगेको बेगले भारतीय दलालहरु ब्युझन्छन तर गण्डकीको आशु सुकेर सगरमाथाको न्याउरो अनुहारमा हाम्रो देश दिनदहाडै निदमा मस्त छ । यही अन्धकारको मौका छोपी दलालहरु चन्दन ओसार्न ब्यस्त छन भने बामदेवले सुकाएका बारहरु झनै मज्जाले नग्नतामा नाच्न मस्त छन । तर उता मैनबत्तिको सहारामा जनकपुर थर्काउने उमाहरु अन्धकारैमा निर्दोश जिन्दगी खुकुरी र भालाले गिडाउन तयार छन । सतिले सरापेर कहिल्यै आमाहरुको आँखा ओभानो न्भएको यो मुलुकमा हाम्री र उमाकी आमाहरु फेरी एकचोटी चिच्याउदै रोइरहेका छन नै अनकन्टारमा बिलौना गरिरहका छन, फर्कन्छन कि फेरी उमाहरु भनेर । सुन्देलान कि हाम्री र उमाकी आमाका चित्कारहरु भनेर । तर रगतको खोली बगेको मुलुकमा आमाहरुका दुई थोपा आशुको के महत्व ? कसले सुनुदिने बिलौना ? देख्ने, सुन्ने र भोग्ने हरुका आँखाबाट मात्रै चुहिदारहेछन, आमाहरुका आशु जस्तै दुई थोपा आशु त केबल दुई थोपा आशु हजुर ।
Read more >>

12 January 2009

नेपाली राजनीतिमा निस्कलङ्कताको उदाहरण

यो पनि !
करिब चार सय प्रहरीलाई विदेश पठाउने सिटमा आफ्नै पार्टीबाट १ हजार ९ सय जनाको नाम सिफारिस भएर आएको छ ।
वामदेव गौतमगृहमन्त्री एवम् नेता, नेकपा एमाले
साभार: नेपाल साप्ताहिक
Read more >>

09 January 2009

यसमाथी छलफल गरौ न !

माइ संसारमा राखिएको कमेन्ट :
हामीलाई बिकास चाहिएको छ, गिरिजा, माधब र प्रचन्डले आफ्न भारदारहरु भर्ती गरेको कुरो गौण हो । धन्न गिरजाले त ट्रेड युनिएनको नेता पर्ने लाई सभासदमा सिफारिश गरेछन । तर झलनाथहरुले पार्टीमा योगदान दिनेहरुलाई लात हानेर आफ्नै ज्वाँई चेलाहरु भर्ती गरेको यहाँ कसले लेखेको छ ? प्रचन्ड एन्ड कम्पनीमा, र त्यसभित्रका बिभागहरुमा सम्मनानीय प्रचन्डका कती आफन्त हरु नियुक्त भएका छन, कसले देखेको छ ? जङलमा क्रान्ति र सत्तामा भ्रान्ती बोक्नेहरुले देश डुबाए साथीहरु हो ! अब नयाँ सोचले अगाडि बढ्ने बेला आएको छ । देखिहाल्नुभो, कांग्रेसले गरेको मेलम्चिको पानीको बाचा, एमले ले गरेको जबजको काहानी अनी माओवादीले गरेको नयाँ नेपालको पारीकल्पना । एक अध्ययन अनुसार नेपालमा ३५० सशस्त्र समुह हरु छन रे। मारेका छन त हाम्रै भाई भतिजा अनी केबल नेपाली चेलीहरु । कथा लामो बन्नेछ साथी हो ! ईतिहास त कालखन्ड भयो भयो अब देश नटुक्रियोस । पशुपती त राजनीति गरेर बिटुलो बनाए, अब स्वयम्भुनाथले हामी सबैको कल्यान गरुन नत्र बाबुराम सँगै पढेका डा कमल थापालाई देश दिए हुन्छ - चलाऊन ।
Read more >>