धमिलो पानी, धमला र प्रचन्डको रुवाइ
नेपाली समाचारमा आजभोलि केबल पत्रकारहरु छाएका छन । उमसिङ्ह्को हत्या, ईन्द्र लोहनिको मृत्यु अनी ॠषि धमलाको धमाका । सबैको आ-आफ्नो कहानिले बिषय पाए पनि धमलाका धमकाहरु एकाएक गड्गडिए, बर्शिए र धमिलिए । ॠषि धमलालाई बच्पनदेखी चिन्नेहरु अबश्य नै उनको प्रख्याती देखी डाह गर्दथे । उनको अनुहारको मोटोपना, इमान्दारिताको छोटोपना र इज्जतको फोटोपनाले के के उजागर गराइदिए, यहाँ उल्लेख नगरिरहनुपर्ला । नौ कक्षामा पढ्दा पढ्दै मोतो सपना बोकेर स्कुल बाट बाहिरिएका धमलाले मुलाएम सिंह यादबलाई मित्र बनाए । राकेश सुद उनको डिनरको दोस्त बने । प्रचन्डहरु, कोइरालाहरु, नेपालहरु आउँदा जादाका बिषयमा खिचिने फोटो बने । उपेन्द्र र अरु,,,,, हरु सँगको उनको कस्तो हातेमाले थियो भन्ने बिषय गौण हुन्छ,यहाँ । उनले जिन्दगिमा जे गरुन त्यो उनको ब्यक्तिगत बिषय हो । तर "सबैका प्यारा" भनाउने ॠषिले जब दश लाखको लोभमा जनताका छोराहरुका टाउको काट्ने योजना बुन्छन, जब करोडमा पत्रकारिताको व्याख्यान गर्छन्, जब मुलायम सिंहको फुर्ती लगाएर नयाँ नेता बनाउने शन्खघोशमा रिपोर्टर्स क्लब चलाऊछन भने अब हामीले भन्नु पर्छ, तिनको लागि सजाय के ? तिनलाई समाजले दिने पुरस्कार के ? तर हाम्रो देशमा यस्ता ॠषिहरु सधैं जोगिन्छन । जुन ॠषिले तपस्या नै गरेको छैन, उसको नाम ॠषि । जो गरीब छ उस्को नाम धन प्रसाद । यहाँ यस्तै छ । बल्ल थाहा भयो कि ॠषि धमला दिनभरी आतंककारीका जानकारी टिप्दै रातमा जनताका छोराहरु तर्साउने सपना बुन्दा रहेछन । दु:ख गरी बसेका सोझा ब्यापारीहरु लुटेर, तारिणिप्रशाद कोइरालाअहरुको नाममा पत्रकारिता पुरस्कार बाड्दा रहेछन । बेरोजगार मुलुक आफ्नै देशमा जग्गाको ब्यवसाय गर्ने तिनकै गाउ धादिङ, गोर्खा र बिराटनगरका आफन्त काट्ने योजना बनाउदा रहेछन । त्यो कालकोठरिमा मुलायम सिंहलाई मोबाइलबाट एस् एम एस् गर्दै धमला बसे पनि कानुनले तिनका काला कर्तूतहरु एक एक गरी छानोस । हामी बल नभएकाहरुले त्यो भन्दा बढी के नै पुकरा गर्न सक्छौ र ?
नेपाल नामाकरण हुँदाको बखत भिमसेन थापाहरु हुलाकीहरु बटुली देश जितेको सन्देश गाउ भरी पुर्याउथे रे । कट्टले बोलाएर गाउको केन्द्र बाट नयाँ सन्देश र जानकारीहरु कट्टल लगाउन आग्रह गर्थे रे । तर आजको "नया नेपाल" को नामकरण भए पस्चात सबै हुने खाने हरुका छापा । वाइ सि एल का आफ्नै छापा, युथ फोर्सका आफ्नै छापा, अरुहरुका पनि आफ्नै छापा । केबल त्यसको खाका मात्रै भिन्न । रहरै रहरमा मान्छेहरुले छापा र क्लब हरु स्थापना गर्न थाले । कसैले प्रचन्डको भक्ती गान गाउन छापा र छापा क्लब खोले त कसैले पार्टिको घोषणा पत्र बन्न खोले । रहर र प्रचारमा विश्वाश गर्ने ति धमलाले पनि कसैको गुणगान गाउदै छापा र क्लब खोले । उनको छापामा उनिद्दारा काटिने ब्यापारिको बिज्ञापन छापिदो रहेछ भने उनको क्लबमा उनलाई सघाउनेहरुको छाती र मुटु नापिदो रहेछ । ॠषिको रवाफ यसरी धमिल्लेको छ नि त्यो ब्यक्तिगत रुपमा ॠषिको शाख होइन । त्यो धमिलो पानी त सिङो पत्रकारिता जगतको इज्जतको धमिलो हो । धमला त धमिल्लिनुथ्यो, नराम्ररी धमिल्लिए । तर पत्रकारिताका कमलाका इज्जतहरु नधमिल्लिउन । यही शुभकामना छ ।
यसै बेला शक्तिखोरमा लातहरु धुलोसङै गोडाफाट र सतर्क गर्दै छन । उता कालो खोरमा जताततै टेकिने ॠषिका लातहरु चिसोले कठैबरी भएका छन । शक्तिखोरमा प्रचन्ड पुरानो दिन सम्झेर धुरु धुरु रुए रे । ॠषि पनि बिगतका रमणिय बखत सम्झेर ड्वा-ड्वा रुदै होलान । १५ बर्षका नाबालकहरुले ठोकेको सलाम प्रचन्डलाई प्यारो लाग्दो हो । तर ति नाबालकहरुका अन्धकार भबिश्य देखेर उनका आँखा पक्कै रसाएका होइनन । जसरी ॠषिका आँखा रसाएका छन । सलाम खाने प्रचन्डहरुले सत्ता पाए त भारतीय मलम खाने ॠषिहरुले तिनिहरुकै भत्ता । उनिहरुले अन्धाधुन्द राजनीति र पत्रकारिताको ब्यापार गरे । मालामाल भए । प्रचन्ड करोडको गाडी हुक्याउछन, ॠषिका भरौटेहरु बोक्ने कयौ गाडी छन । तर हामीले इमान्दार नेपालीको बफादारीता देखायौ । त्यसैले मेरी बहिनी मुम्बईमा ब्यापार गर्छिन, मेरो भाईले अरबमा बालुवाको कारखाना खोलेको छ । मेरो ठुलो बुवाको छोरो यूरोपमा भोली शरणार्थिको खातामा नाम लेखाउदै छ रे । शायद, सबै दिन दुखी हामी नेपालीहरुले यस्तै उपहार, इज्जत र सुनौलो मौका पएका होलाउ । निर्दोश मार्ने ॠषि जेलमा बस्दा राकेश सुद र बामदेव गौतमहरुका टाउका दुखेका होलान । हामीलाई मतलब छैन । तर मेरो टाउको त शक्तीखोरमा थुनिएको काकाको छोरा, १७ बर्शे रामशरणको यादले देखेको छ । अरुका टाउका हरु पनि किन नदुख्नु ? रामहरी श्रेष्ठको हत्यारा टाउके "खाम" पार्टिमा अर्को टाउके पदमा चुनिएको छ, त्यसले गर्दा निर्दोश रामहरिका परिवारका कती टाउका दुखेका होलान ? जसलाई जसरी दुखे पनि अब देशमा महामारी, महङी र बर्ड फ्लु मात्रै बाँकी छ । टाउको दुखाइको सिटामोल अब छैन किनकी सिटामोलको सप्लायर ॠषि आफ्नै टाउको छाम्दै बसेका छन भने देश हाक्ने टाउकेहरु कोही कपिल्बस्तु लागे त कोही शक्तिखोरमा रुदै सलामी ग्रहण गर्दै छन । अस्तु
Read more >>