31 December 2009

शुभकामना, नयाँ बर्षको !


निमुखाहरुको 'एउटा आश' बनेर आओस्, नयाँ बर्ष
सुकुम्बासीहरुको 'भरपर्दो बास' बनेर आओस्, नयाँ बर्ष,
भ्रस्टहरुको 'सत्या नाश, बनेर आओस्, नयाँ बर्ष
बिक्रितीहरुको 'खल्लास्' बनेर आओस्, नयाँ बर्ष ।

यो नयाँ बर्ष २०१० ले तपाईंहरुलाई सुख, शान्ति र उन्नतीहरु मात्र दिलाओस्, यही मेरो शुभकामना छ ।
Read more >>

24 December 2009

हत्कडी !


पत्रकार महासङ्घ, गोरखाका सभापति किशोर थापा, टिका बिष्टलाई आक्रमण गर्ने अपराधी पक्रन, सरकारलाई "हतकडि" प्रदान गराउन,प्रमुख जिल्ला अधिकारीलाई "हतकडि" बुझाउदै,
फोटो साभार : अमेरिका दर्पण


हरे ! नेपालको कानुन,
र यो कसैको हातमा नबाधिंने हतकडि !
मनलाग्दि गर्यो, जेल गयो,
बाधिंदा-नबाधिंदै फुस्कने "आदेशी" हतकडि ।

उमा सिंह मरिन, मारीइन,
अपराधीको हातले देखेन त्यो हतकडि ।
'रणबीरहरु'का शेर ऋशिका हातले सलामी पाए,
महान ती पत्रकार ? ले हेर्नै परेन हत्कडि ।

जति बन्दुक छन्, त्यति त नहोलान,
हाम्रो मुलुकमा हतकडि ।
अशान्ती बन्दुकका नालहरु पड्किन्छन्,
तर खियाले खान्छ, त्यो हतकडि ।

नाबालकहरुको हातमा मज्जाले जेलिन्छ,
नयाँ नेपालको हतकडि ।
टिका बिष्ट कुट्नेहरुलाई,
किन चाहियो हतकडि ?

प्रयोगमा नआइ लोप हुने भो,
मोबाइल आए पछी, हतकडि ।
ब्वांसाहरुका सभामा, आहा कति मान्छे ?
खाली ताली र थपडि,
तिनैका भरौटे भए पछि,
के काम टिटानस सर्ने त्यो हतकडि ?
Read more >>

14 November 2009

कृत्रिम ओखतीले धानेको दिनचैर्या :


यतातिर बिहानिपख भालेहरु बास्दारहेनछन्, न त सुनौलो घाममा हिमाल नै हांस्दारहेछन । सबेरै उठ्ने परदेशको बाध्यता अनी आफ्नो मुलुकमा भाले बास्ने समयमा काममा पुग्नुपर्ने अपरिहार्यताले प्राय; सबै परदेशीहरुलाई सताएकै हुन्छ होला, शायद । अदभुत बिकासको यो जमनामा हाम्रा कति भाई बहिनीहरु नोकर चाकरको रुपमा स्वदेशमै पीडित रहेको बेलामा 'पैसा कमाउने' ध्येयले परदेशिनेहरुको दु:खको पोको दुई शब्दमा कहाँ लेखेर सकिएला र ?

आफ्नै देशमा हल गोरुले खोरिया जोत्दा कहिल्यै थकाईको आभाश भएन । बिहान चार बजे उठेर दांइ गर्दा यो ज्यान थाकेन । एक घण्टाको उकालोमा मुरिका मुरी धान यही पिठ्युले खेप्यो र पनि ज्यान गलेन । बाउ छोरा भएर घैयाका परालका टौवाहरु ठड्याइन्थ्यो र पनि ज्यान अझै फुर्तिलो हुन्थ्यो । परदेश, तर यो परदेशमा आफुले बिगतमा खेपेका भारिहरु भन्दा केही कम शक्ती लगाउनु पर्ने काम गर्दा पनि ज्यान सडेर छैन उही हल गोरु जोत्ने "नारा" जस्तो भएको छ । यताउती जांदा केही मोटाएका आफन्तीहरु पनि भेटिन्छन्, या बडा भूंडि हल्लाउदै हिडेका । तर तिनीहरु सहि रुपमा मोटाएका होइनन । उनीहरु आँफै भन्छन्, 'घन्टा हान्दा हान्दै (काम गर्दा गर्दै) मरिएला भनेर शक्ती दिने ओखती (इनर्जी ड्रिन्कस) को कमाल हो, बाबु यो मेरो बढेको भूडि ।" आफु पनि त्यहि ड्याङ्गको 'घन्टे' भएकोले ज्यादै थकित होइन्थ्यो, भइन्छ । बिहान सबेरै सुनसान सडकको किनारै किनार काम र दामका खातिर यो ज्यान चलाउंदा राती कति बेला फर्कने खासै ठेगान हुदैन । निरन्तर छलेको मेशिन त बिग्रन्छ भने हाम्रो त ज्यान, यही एउटा शरीर । कति थाक्दो हो, दर्द हुदो हो ! फेरी दु:ख सबैलाई भनिरहने कुरो पनि त होइन रहेछ । त्यसैले साच्चै के रहेछ त, इनर्जी ड्रिन्क ? यसले थकित शरीरलाई शक्ती दिलाउला त भनेर केही दिन खोजतलासमा भौतारिएं । आफ्नो जन्मभुमिमा मियो हल्लाउने ज्यान सडेर जाने पीरले कामको चापलाई कम तुल्याउन शक्ती पिलान अमृत खोज्न केही पसलहरु चाहारें, मैले पनि ।

परदेशका सबै किराना पसलहरुमा पाइने लाले गोरु (रेड बुल) र राक्षस (मोन्स्टर्) नामका शक्ती दिलाउने भनि लेखिएका झोलहरु फेला परे । आफु काम गर्ने ठाउंमा पनि त पाइने रहेछ, त्यो झोल । तर के थाहा ? कुन चराको नाम हो, पहीले त्यो ! शक्ती पाउने लालसामा कूलरमा लुकी लुकी खुबै पिएं, पहीले मैले त्यो । अरुण थापा दाईले प्याला पिए जसरी नै । पिएर बोत्तल सक्न पाएको छैन, के का शक्ती दिने ? ज्यान त काठ्मण्डौको सडकमा टेम्पो चढे जस्तै थर थरी काम्न थाल्ने । ग्राहकको सेवाको लागि हात बढाउंदा त गैडाको खाग चोरेर भाग्दै गर्दा सिमाका पुलिसले समाउंदा अभियुक्तको काम्ने हात जसरी काम्न पो थाले त हातहरु त लाले गोरुका बलले ।

केही दिन रमाइलाका लागि पीइयो । नारायाण गोपाल दाईले 'सुखमा पिएं, दु:खमा पिएं, पिउंदा पिउंदै ............ ' गाए जसै । धेरै पिउन थालियो । बास्तबमा यि राक्षसहरुले हामीलाई नचिनेर पो हो की, त्यति बिघ्न फाइदा गर्दोरहेनछ । लमतन्न हुने गरी सुतिरहन मात्र मन लाग्ने । ज्यान त सधैं भजन नाचे जस्तो । तर क गर्ने काम त गर्नै पर्‍यो । कि हात उठाएर लाग्न पर्‍यो बाटो । हैन बस्न नै छ, यो परदेशमा दु:खको भारी अझै घिसार्नु छ भने त नपीइकन सुख पाइएला जस्तो छैन । सक्नेले किनेर पिउंछन्, कोही कूलरमा छिरेर पिउंछन त म भने पिउन त पिउंछु, कसरी अहिल्यै नभनुम होला । गोठमा पालेको हल गोरु बीच जोडा मीलेन र एउटा गोरुको बलमा अर्को चम्रे गोरु जोत्न सकेन भने बिकल्प खोजिए जस्तै काम कम लाग्ने यी पिउने लाले गोरुहरुको पनि बिकल्प खोज्न थालें, म । परदेशको बिकसित बजारहरु न हो । नपाउने चिज केही रहेनछ, यो दुनियांमा ।

जति डोरी बाटे पनि एउटै गांठो । जति दु:ख गरे पनि एउटै जिन्दगी । त्यसमाथी पनि सात समुन्द्र पारीको, दु:खको यो खैराती जिन्दगी । काम गर्ने स्थानमा पनि सधैं ग्राहकहरु कहाँ बाट आउंथे र ? तिनिहरुका पनि खल्ती रित्तेका छन्, आजकाल । हिजो डेबिट कार्डहरुले भरिने खल्तीहरु हिजोआज 'इबीटी कार्ड' (सरकारले खाना खान दिने नि:शुल्क कार्ड)ले थल्थलिएका छन् । कोही नभएको सुनसान अर्काको त्यो पसलमा मलाई नै हेरिरहेको घन्टाघरको भन्दा अलिकती सानो घडी हेरेर आफ्ना दैनिकी बाँकी घण्टा गन्न थाल्छु, म । 'अझै १३ घण्टा छ, तं पाजी उभिनलाई', यसरी उत्तर दिन्छ मलाई घडीले, मैले सोध्नु अगाबै । आलस्य हुन्छ, मन । जिउ लत्र्याक्क पर्छ । हात पनि चलाएको र चलेको आभास हुदैन, र मनको त के कुरा । कता उड्छ, उड्छ मन । आँफैलाई थाहा नहुंदोरहेछ । आनायसमा बहकिने मन र थिलथिलो परेको ज्यानलाई तन्दुरुस्ती दिलाउनका खातिर काउन्टर अगाडि रहेको '७ घन्टे शक्ती अमृत' राखिएको लोगो पढ्दै म सुटुक्क पिउन थालेको छु । कम से कम सात घण्टा सम्म भने पनी धान्यो भने अरु बाँकी घण्टालाई बासी कफी पिएर चलाउंला भनेर चलाउने गरेको छु । भोली भन्या देखाजायगा ।


बजारमा सामान किन बिक्छ ? अर्थशास्त्रका मित्रहरुलाई बढी थाहा होला । मलाई भने यत्ती थाहा छ । मेरा घरका भकारीहरु रित्तिए भने, कोदो र मकैले पनि छाक टरेन भने म चामल किन्न बजार जान्छु । मेरा छिमेकिहरुका भकारी पनि यसरी नै रित्तिए भने डांडां गामका रत्नेको पसलको चामल बिक्छ । अतएब; दु:खमा पिल्सिएर हामी परदेशिएकाहरुको मनको भकारी जब कमजोर हुन थाल्छ, अनी कमजोर मन प्रफुल्ल पार्न, रोएको आत्माको खुसियाली चेहेरा देखाउन शक्तीको चामलको झोल नपीइ परदेशी साहुहरुका फांटहरु जोत्न साहस नआउने रहेछ । त्यसैले '७ घन्टे शक्ती-बर्धक' झोलहरु पिउंदै म आफ्ना घण्टाहरु कटाउंदै दैनिकी ढाल्दै छु । उन्नाइस घण्टा हर दिन र रात परदेशमा अनेक तरहले खट्ने दाजु-भाइ दिदी बहिनीहरुको पनि आ-आफ्नै दु:खका पोका हरु छन् । फेरी बढी बिकसित देशमा हुदैमा दु:ख कम हुने कदापी सत्य होइन । कुरुप भए पनि आफ्नै जन्मभूमी भन्दा प्यारो अन्त कहाँ के छ र ? त्यसैले जन्मभूमी र आमालाई छोडेर परदेशिएपछि अंमेरिका, भारत्, मलाया, दुबइ, कतार्, जापान्, युरोप सबै एकै हुन । त्यो त परदेशमा दु:खले छाला खुइलिएकाहरुलाई थाहै छ । यी यस्तै परदेशिनुपरेको पिडा, परदेशिएपछी मुखमा माड लगाउन शक्ती मिल्ने लालशामा शक्तिबर्धक कृत्रिम ओखती पिएर हनिएको छ घण्टा र चलेकै छ, जिन्दगी ।
Read more >>

05 November 2009

एउटा परदेशबाट :


सम्झना छ जलेको मुलुकलाई, ढलेको सगरमाथालाई
एउटा परदेशबाट !
सदैब दिन मात्र सक्ने, लिन कदापी नजान्ने आमालाई
सम्झना, एउटा परदेशबाट !

आमाको शरिरमा रातोदिन बलत्कार गर्नेहरुलाई
धिक्कार छ, एउटा परदेशबाट ।
आउने केही बांकी नहुंदा'नी, लाम्टो लुछिरहनेहरुलाई
पुछिदैं नपुछिने आशुंहरुलाई हर रात पुछिरहनेहरुलाई
सम्झना छ, एउटा परदेशबाट !


आफ्नै बस्तिमा अगुल्टो सल्काउनेहरुलाइ,
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !
आफ्नै घरमा शत्रु पल्काउनेहरुलाई
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !
Read more >>

13 October 2009

ब्लगिङको बार्षिकी र एउटा उकालो :



खुबै चिसो शुरु भएको छ, आजकाल । र, यो हो जाडोको मौसम । आज भन्दा ठीक एक बर्ष अगाडि सुन्दर शहर बोस्टनको जाडोमा रहंदा फुर्सदमा के गर्ने भन्ने चिन्ता हुन्थ्यो । बाहिर निस्केर कतै जाऔं भने आंफुलाई पुर्ने हिंउ । केही नगरी खाली हात त्यसै बसौं भने झिन्झ्यार लागेर आउने पिरलो । कामबाट फर्कंदा बेलुकीको समय हुने, र त्यो समय नेपालमा बिहानी पर्ने हुनाले केही साथीभाइ सँग च्याट गरेर बिताइन्थ्यो । रामे र श्यामे लाइनमा आउला र च्याट् गरी समय गुजारौंला भन्ने पनि सधैं कहाँ सम्भब थियो र ? सबैको समय मिल्नु पर्यो, त्यसमाथी पनि नेपालको लोडसेडिङ ! सार्है दिग्दारी लाग्थ्यो, मनमा ।

आफुलाई कम्प्युटर भित्रको गुदीहरु त्यति ज्यादा नआउने । लटर-पटर हटमेल र कोल्डमेल खोल्न र हेर्न मात्र । केही नजाने पछि समय बिताउन गार्हो हुदोरहेछ । साझा डट कममा प्रख्यात 'चौतारी'मा छिरें, एकदिन । त्यहां उपस्थित चौतारिया र भारदारहरुको छुट्टै नाम हुन्थ्यो । जुन अहीले पनि यथाबतै छ क्यार । राहुलभाइ, बसन्त, गोतामे, नेपालियन्, ठरकी दादा लगायत सयौं भारदार मित्रहरुको बिचमा म एउटा बटुवा भएर छिर्दथें ( अझै सयौं साथीहरुको नाम सम्झन नसके पनि मेरो ब्लगिङको यो पुण्य दिनमा सबै मित्रहरुको सम्झना गर्न चाहन्छु )। जानी नजानी केही लेखिन्थ्यो । रमाइलो हुन्थ्यो, रमाइलो लाग्थ्यो अनी खुशी पनि । बोस्टनमा आयोजना गरिन लागेको एउटा साहित्यिक सम्मेलनमा आगमनको निमन्त्रणाको लागि राहुलभाइ दाजुसँग कुराकानी गर्ने अबसर मिल्यो, साझा मार्फत । उहांको संपर्क नम्बर प्राप्तिपछीको कुराकानीले एउटा नातामा एउटा इट्टा थपिदिने काम गर्‍यो । कुराकानीकै क्रममा मैले राहुलभाइ दाजुलाई डट कम मा कुनै साइट चलाउने इच्छा जाहेर गरें । उहांले यसमा जानकारी हुनुपर्ने अनी समय पनि दिनुपर्ने हुनाले बरु भर्खरै खुलेको "दौंतरि"मा सहभागी हुन आग्रह गर्नुभयो । तत्काल "दौंतरि" खोलेर मैले नेपालियनजीलाई संपर्क गरें । उहांले मलाई ब्लग, यसको उपयोगिता र आनन्दको बारेमा जुन जानकारी र सहयोग गर्नुभयो, त्यो अमुल्य सहयोगको लागि उहाँप्रती म खुल्ला दिलले आभारी छु ।


हलुका जानकारी भएपछी ब्लग शुरु गर्ने नशाले छुन थाल्यो । राजाको काम, कहीले जाला घाम भनेजस्तो । कहीले काम सकिएला र जानी नजानी कम्प्युटरमा ब्लगको कखरा कोरुं झै हुन्थ्यो । नाम के राख्ने भन्ने कुरोले नि सतायो । यसो सोचें, घोत्लिएं, खोतलें । मरे जुर्दैन नाम । गोडा बिसै मिनेट सोच्यो, खेस्रा बनायो अनी त्यो नाम राम्रो लाग्दैन । फेरी घोत्लियो, जुरायो अनी चित्त बुझ्दैन । जे पर्ला पर्ला, नाम मात्रै के हो र भन्ने सोचेर आफ्नो ब्लगको नाम "खुल्लामन्च" राख्ने निधो गरें र तत्कालै आफैं त्यसको न्वारान गरिदिएं । खुल्लामन्च लाई 'खुलामन्च' लेख्ने वा 'खुल्लामन्च' राख्ने, त्यो पनि सोच्नु पर्यो भनेर गोड्याड्डी डट कममा 'डोमैन' खोज्न थालें । 'खुलामन्च' नामको साइट पहीलेदेखी नै सुचारु रहेछ । तराइबाट धेरै पहीले एउटा मित्रले सन्चालन गरेर छाड्नुभएको 'एक्स्पाएर-डोमैन्' "खुल्लामन्च" नै मिल्यो । मिती नाघिसकेको, सन्चालनको प्रयास पून: नगरिएको र प्रतिलिपी अधिकारको कानुनपनि नलाग्ने ठहर गर्दै, यसरी मैले आँफै ब्राहमण र वकिल भएर "खुल्लामन्च" आफ्नो नाममा पास गराएं ।

शुरुका दिनमा बोस्टन वरपर कर्यक्रममा वाचित कबिता र साझाको ब्लगमा राखिएका कबिताहरु राखें । गूगलबाट ब्लगभित्र छिरेर जानी नजानी चलाउदा चलाउदै एउटा रुप निस्क्यो । नेपालियनजीको निरन्तर सहयोग र बसन्त गौतम दाजुको सल्लाहलाई हृदयमंगम गर्दै अघि बढें । धन्यबाद, नेपालियनजी । निरन्तर तपाईंको सहयोगको लागि । धन्यबाद्, बसन्त गौतम दाजु, सल्लाह र सुझाबको लागि । र पनि ब्लगिङ एउटा उकाली रहेछ । पारिबाट हेर्दा सजिलो देखिने उकाली चढ्दै जांदा पसिना नचुहाइ त कसरी शिखरमा पुगिइन्छ होला र ? हरपल एउटा आशा लिएर हिड्दै जांदा भगवानले मलाई दिलिप आचार्य दाजुसँग अन्लाईन मार्फत भेट गराए । खुल्ला दिलका धनी उनै दिलिप आचार्य दाजुले झारै झार भएको एउटा पाटीलाई "खुल्लामन्च" बनाइदिनुभएको छ । र यो पक्की मन्च, दरिलो घर र आंटिलो सहयोगको लागि दिलिप दाजुलाई मुरी मुरी धन्यवाद ।

हुदैं जांदा केही कोरिदैं गैयो । केरिदैं आइयो । ब्लग, यो गार्हो काम र गर्हुङो भारी रहेछ । एउटा बालकलाई फकाएसरी फकाइ रहन पर्ने । कुराउनी जसरी पकाइरहन पर्ने । त्यसैले लाग्छ, ब्लगको नाम जुराउनु मात्र भन्दा पनि यसको गुणस्तरियताले ज्यादा महत्व लिंदोरहेछ । कोर्दा र केरिदां भावना र अर्थहिन टासाहरु बेकार लाग्दा रहेछन तर बेकार जिन्दगीका बेकारका सम्झनाहरु भने ब्लगमा आँफै टांसिदो रहेछ । आ-आफ्नो परिभाशा छ, ब्लगको । मेरो लागी ब्लग एउटा बैंक हो । म यसमा च्यातिएका नोटरुपी भावनालाई डिपोजिट गर्छु । बहादुर शाहका पालाका पुराना सुका र मोहोररुपी सम्झनाहरु डिपोजिट गर्छु । तर ब्याजको आशा छैन, न जिन्दगीले ब्याज पायो, न जिन्दगी ब्याजमा राखिन्छ, न जिन्दगी डिपोजिट नै हुन्छ । नपाउने चिजहरु पाउन ब्लग चाहिंदो रहेछ । पाउने चिजहरु राख्न ब्लग चाहिदो रहेछ । बिरक्त, उमङ, सम्झना, कथा र जिन्दगीको सारांश रहेछ - ब्लग । मैले त यसरी पो बुझेछु ।

'एउटा बिरामीको बिछोड प्रेम कथा' लेखें । आँफैलाई रमाइलो लाग्यो । सत्य घटनालाई यसरी मज्जाले राख्न पाउंदा । 'प्रधानमन्त्रीलाई खुल्ला पत्र' टांसे, दु:ख लाग्दो रहेछ, देश रोएको लेख्न । 'तिमिलाई लेखेको चिठ्ठी' राखें, मन कुडिंदो रहेछ, बिरक्तका दिनहरु सम्झदा । र पनि ब्लग एउटा नशा भएको छ । बरु श्रीमतीको माया छोड्न सकिंदो रहेछ । तर ब्लग त अ हं, मरेपनी भुल्न गार्हो । यो कस्तो अनौठो नशा गांठे । 'श्रीमती, कम्प्युटर र सौता' धेरै पढिएको लेख भएछ । सधैं श्रीमतीको सौतामाथी लर्बराउने हातहरु लजाउदां रहेछन्, श्रीमतीको नजिक जान । खै, कुन डरले पो हो ! त्यसो त, यात्रा, स्मरण, अनुभब, घटना र सम्झना जति कुवाए पनि नअघाउने भएको आजकाल, यो ब्लग भन्ने जात ।


र, अन्तमा, मेरो खुल्लामन्चे एक बर्षको यो उकालिमा साथै यो चौबाटो जिन्दगीको अनौठो उकालिमा चौतारी, दौतरी, मित्र भएर हौसला, साथ र प्रोत्साहन दिनुहुने सम्पुर्ण तपाईंहरुमा खुल्ला दिलले यो "खुल्लामन्च" को आभार छ । आगामी दिनमा पनि यो जिन्दगीको उकालिमा हामीहरु सबै, सधै, संगै उक्लने नै छौं । दिपावलीको मंगलमय शुभकामना सहित्, फेरी पनि धन्यवाद । ह्याप्पी ब्लगिङ !!!
Read more >>

30 September 2009

तिमीसँग मैले के-के मागें !


तिमीसँग मैले फूल मागें,
तिमीले मलाई भूल दियौ ।
आशा मागें, खुशी मागें,
दिल मागें, सुख मागें,
तिमीले केबल खेलौना दियौ ।
प्रोत्साहन मागें, उमंग मागें,
तिमीसँग मैले सान्त्वना मागे ।
तिरस्कार दियौ, निराशा दियौ,
तिमीले मलाई खरानी दियौ ।

एक चोटि होइन, लाखौं पटक मागें
यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें,
मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें,
जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ,
अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।


तिमीसँग मैले वाह्-वाही मागें
तिमीले मलाई रिस दिलायौ,
मैले तिमीसँग ओखती मागें,
मलाई तिमीले बिश पिलायौ ।
मल्हम मागें, पट्टी मागें,
एउटा टेक्ने लठ्ठी मागें,
म फलेको फल सम्झेर होला
तिमीले मलाई झट्टी दियौ ।

मैले बिलौना मागें, फेरी आंशु मागे,
मलाई तिमीले रवाफ दियौ, घमन्ड दियौ ।
तिमीसँग मैले थपडी मागें,
तिमीले मलाई थप्पड दियौ,
सम्झना मागें, बिर्सना मागें
मलाई तिमीले झझल्को दियौ ।
तिमीसँग मैले,
एक त्यान्द्रो जिन्दगी बांच्ने रहर मागें,
मलाई तिमीले,
रातका हजारौं प्रहरहरु दियौ ।

मैले तिमीसँग के-के मागें ?
तिमीले मलाई के-के दियौ ?
Read more >>

26 September 2009

बड़ा दशै - ०६६ को शुभकामना !


बड़ा दशै - ०६६ को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु / तपाइका हरेक पाइलाहरु सदा प्रगतिपथतिर लम्किरहुन अनि दुर्गा भबानी सदा दाहिना रहुन /
Read more >>

05 September 2009

हाम्रो इज्जत :


एक लाख अर्जेन्टिनी सेनालाई १० हजार गोर्खाली बिरहरुले खुकुरिको भरमा युद्ध जितेकाले संसारभर प्रख्यात 'द्धितिय विश्वयुद्ध र गोर्खालिको बहादुरी' हाम्रा लागि बिरताको एउटा इज्जत भएर बचेंको छ । चाइनाले सगरमाथा आफ्नो भु-भागमा परेको दावा गरिंरहदा हाम्रो तर्फ "टाकुरो" को मुख परेकाले ? सगरमाथा छ है भन्ने सत्यताले हाम्रो इज्जत बचिंरहेको छ । नेपालबाटै अलिशान दरबारको मोह त्यागेर एकाबिहानै बोधगया भागेका ति महान बुद्ध भगवानलाई आफ्नो साख्खै छोरो दावी गर्ने भारतको अगाडि लुम्बिनिमा केही अस्थिपन्जर बचेँकाले बुद्ध नेपाल भन्ने मुलुकमा जन्मेको भन्ने दबाबले हाम्रो इज्जत बचेँको छ ।


बालककालमा सोंचिन्थ्यो, घरमुनिको दरौंदी नदी बगेर त्यो पानी कहाँ पुग्ला भनि ? पांच र छ कक्षा हुँदैं भुगोल बिषयमा पछी पढियो, दरौंदी मात्र होइन सप्तगण्डकी जस्ता सयौं बिशाल नदीहरु बगेर भारत जांदा रहेछन । बाफ भएर नसकिने अमुल्य ति सयौं खोलाहरु हामीले सित्तैमा भारतलाई दिंदा पनि पानी र सम्झौतामा भारतसँग हाम्रो इज्जत कहिल्यै रहेन । सयौं सरकार बने, तिनले हजारौं हस्ताक्षार गरे - भारतसँग । ति हस्ताक्षारिहरुले सयौं किल्लाहरु उपहार दिए, फर्कदा श्रीमतिलाई एउटा सारी र राष्ट्रलाई भारतिय होटेलको बासी तन्दूरी पोको पारी ल्याए । ताज महलमा फोटो खिचाए, साउथ ब्लकमा गएर हस्ताक्षर गरे । तिनलाई थाहा छैन, हस्ताक्षार के मा गरेको ! भारतीयहरुले स्वागत पुस्तिका भनि हस्ताक्षार गर्न फुल्टिनी कलम तेर्साउंथे, तिनका बाउका के जान्थ्यो र ? आँखा चिम्लेर धस्काइदिन्थे - पुस्तिकामा सहि । नेपाल फर्कदां सिमा स्तम्भहरु सारीन्थे, सब चुप । किनकी तिनले स्तम्भ सार्ने इजाजत दिन सहि गरेर आ'काथे । यस्ताका सोझा प्रजा हामी,आफ्नै घरको खांबो भत्काउंदा'नी हेरिरहने तिनका कार्यकर्ता, अनी कता हुने हाम्रो इज्जत ?


बहुजाती र बहुभाशी मिलेर बस्ने कुनै जमानाको 'एकताको' देशमा आज राष्ट्रप्रमुखहरु तिनका आमाले बोकेका दर्दका भाषा बुझ्दैनन । सपथ खानु त मामुली भैसक्यो हिन्दिमा । अब हामी छिट्टै नेपाली मन्त्रालयहरुका बोर्डहरु हिन्दी भाषामा लेपन भएका देख्नेछौं । नेपाली राजनेताहरुले बोल्ने भाषा अब हिन्दी मात्र हुनेछ । सुदहरुले भित्र-भित्रै भारतीय भाषा विश्वबिद्धालयहरु खुला गरिसके । केन्द्रिय क्याम्पस किर्तिपुरमा प्रमुखहरु कुटीइरहंदा लैनचौर विश्वबिद्धालयमा हाम्रा राजनेताहरु सुदहरुसँग कक्षा लिइरहेका हुन्छन । त्यसैले त हाम्रा राष्ट्रप्रमुखहरु सुदको आदेशमा चुप लाग्छन, न सपथ खान्छन त न राजिनामा दिन्छन । परदेशी भाषा र नैतीकतामा मानार्थ ति बिद्धानहरुका अनुयायी हामी सोझाका के इज्जत ?

हाम्रा प्रधानमन्त्री भारत जान्छन, बिचरा स्वागत गर्न फुर्सदमा बसेकी बिना बिभागीय मन्त्री आउंछिन । हात मिलाउंछिन, संगै लिएर जान्छिन । तिनतारे होटेलमा बस्छन, प्रधानमन्त्री । ससुराली जांदा बरु बढी इज्ज्त पाईन्छ गांठे । भारत जांदा राम बनबास गए जस्तो । मनमोहन सिंह ससुराली गएका रहेनछन भने झुल्दै आउँलान भेट्न नत्र सोनियासँग हात मिलायो, कोलकोटा गयो, भतिज भेट्यो अनी फर्कन्छन, हाम्रा राजनेता । न तिनका मन्त्रीका बोली सुनिन्छ ! न तिनका सम्झौताका फाइल खोलिन्छन ! तर, उता भारतका बकम्फुसे जो आए पनि राष्ट्रपती पहिल्यै बिमानास्थल पुग्लान भन्ने डर ! हिन्दी बोल्ने भारतीय मामुली अधिकारी नेपाल आउने बेला रुखका पात पनि हल्लिन छोड्छन, सुर्यका तेज काम हुन थाल्छन, हंसिया सोझिन थाल्छन, मादल बज्न छाड्छन् । मार्क्सका फोटोहरु टेबलमुनि घुसारिन्छन । पुरा नेपाल बन्द हुन्छ । कस्तो अचम्म, हाम्रा राजनेता सत्तरी जना साथ भारत सवार हुंदा रिक्सामा साउथ ब्लक पुग्छन भने पाजी भारतीय अधिकारी नेपाल आउंदा सब ठप्प । तिनलाई राजाकिय सम्मान । स्वर्गबाट ईन्द्र झरे जस्तो । अनाहकमा दु:ख दिने यस्ता रैथानेहरुका जनता हामीहरुका के इज्जत ?

भैरहवा हुंदै कलकत्ता बन्दरगाह निर्यात हुन्छ, हाम्रो इज्जत । रक्सौलबाट मुम्बई थुपारिन्छ, हाम्रो इज्जत । साउथ ब्लकमा निर्णित हुन्छ, हाम्रो इज्जत । नेपाली बिद्धालयका भन्दा बढी पूजित हुन्छ, भारतीय प्रमाण-पत्रहरु । गोल्ड स्टार जुत्ता भन्दा शानदार लाग्छन, भाईयाका उत्पादनहरु । तिनका धोतीहरु बढी बिक्छन, हाम्रा सुतिका कपडा भन्दा । हामीले फेर्ने श्वास पनि उतैबाट आए जस्तो । जन्मेदेखी अन्तसम्म जिबनका हरेक पाइलाहरुमा प्रभाबित हाम्रा यस्ता दिनचैर्याहरुमा के चैन अनि हाम्रो के इज्जत ?
Read more >>

02 September 2009

मेरो देश बन्द :


निमुखाको मुख सदा बन्द
गरीबको गांसै बन्द,
रुकुम जाने बाटो बन्द
जाजरकोटमा जीबन जल बन्द ।

पाइपबाट आउने पानी बन्द
सुन पग्लने खानि बन्द,
खुन बग्ने शरीर किन हुँदैंन, मर्न बन्द ?
हामी केबल जन्मेका हौं र आमाको मुख, गर्न बन्द ?

झापामा चामलको डिपो बन्द
कुलेखानिको मुहानै बन्द,
अस्पताल बन्द,
मेलम्चिको आश अब बन्द,
त्यो गाउं बन्द, यो गाउं बन्द
सतिले सरापेको बुद्धभुमी बन्द !

यो युद्धभुमी सधैं हुने भो बन्द
यो रणभुमी नखुल्ने गरी हुने भो बन्द,
मेरो आँखाको आंशु नहुने भो बन्द
आशाको श्वास बरु हुने भो बन्द ।

हामीलाई ठग्नेहरुको काम नहुने भो बन्द
चुस्नेहरुको अभिलाषा पनि नहुने भो बन्द,
सिमामा गोरुले चर्न नगर्ने भो बन्द
राष्ट्रघातीले आश्वासन छर्न नगर्ने भो बन्द !!

त्यो ढोका बन्द, उनको गोठै बन्द,
बोल्नेको मुख बन्द, नबोल्नेको आस्था बन्द,
गांस बन्द, कपास बन्द, म बन्द, तिमी बन्द,
मेरो घर बन्द, गांउ बन्द, शहर बन्द
गरीबका ति कठोर रहर बन्द ।
सब चिज बन्द अनी सबथोक बन्द
कहीं नभएको मेरो मात्र देश किन बन्द ?
मेरो देश सधैं बन्द,
मेरो देश बन्द ।
Read more >>

25 August 2009

नेपाली बालिका उपाधी जित्न सफल :


गोरखा जिल्लाबाट करिब चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरे सँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा 'नेशनलस, इन्क, प्रेजेन्ट्स' द्धारा आयोजित 'मिस जुनियर प्रि-टीन, बोस्टन - २००९', उपाधी जित्न सफल भएकी छिन् । अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेता लाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा आयोजना गरिने 'मिस जुनियर प्रि-टीन, यू यस् ए - २००९' मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।

कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन । तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै 'फोटोकेनिक' को उपाधी जितेकी छिन् ।

सात समुन्द्र पारी आएर आफ्नो कला र कौशलताले प्रख्यात परदेशी उपाधी हात पार्नु पक्कै तमाम नेपालीको इज्जत र गौरबको कुरो त छदैंछ, र फेरी अमेरिका भरिका प्रतिस्पर्धिलाई उछिनेर एक निश्चल नेपाली बालिका आगामी डिसेम्बरमा आयोजना हुने 'मिस जुनियर प्रि-टीन, यू एस् ए', मा सफल नहुने के नै कारण छ र ? त्यो गौरबमय उपाधिको लागि ओशिन घिमिरेलाई शुभकामना !!!
Read more >>

23 August 2009

बुढीलाई बुढाको पीर !




सधैं पीर हुन्छ रे श्रीमतिलाई कि मेरा बुढा कहाँ गए होलान ? भात खाने बाहानामा, फोटोकोपी गरेर आउछु है बुढी भन्ने बाहनामा, आज साथी सँग जरुरी काम छ भन्ने बाहानामा, फ्रान्सबाट फिलिप आएको वा अमेरिकाबाट अन्डर्यु आएको बाहानामा श्रीमान बाहिरिने चलन, ढिलो बासस्थान फर्कने चलन शायद सबै दिदी बहिनी र भाउजुले देख्नु र बेहेर्नुभएकै होला ।

आज तीजमा बुढी माइत गइन । अस्तिनै खोपामा खोया बिर्के बुढीको डरले नखाइ-नखाइ सांचिराखिएको थियो (खुल्लामन्चमा प्राय: प्यलाकै बढी कुरा हुन्छ भनेर गाली चाँही नगरनु होला है)। उनको माइतबाट फोन आयो - "बुढा , के गरिरहनुभएको छ त, एक्लै घरमा ?" हे तेरिमा टोक्ने ! 'टन्न खोया बिर्के तनिरा'को बुढी' भनुम भने फरिया उचाल्लिन भने डर ! "म यसो ग्राहकको केही खबर आ'को छ कि भनेर जांच गरिरा'को, कम्प्युटरमा" भन्नु भन्दा केही अर्को बिकल्प छ त ? केही छैन, बिकल्प । तीजमा छम छम नाचिरहेकी सतिसाबित्री अर्धाङिनिलाई के थाहा, श्रीमान चट्ट आज फेसबूकमा पहिलेकी "जेठी" सँग आनन्दले च्याट गर्दै खोपाको खोया बिर्के टिल्याउदैं गरेको ? हेर्नु न, श्रीमानको दिर्घायुको लागि ब्रत बस्ने श्रीमतीको ब्रत र श्रीमतिको अनुपस्थितिमा खोया बिर्के तोड्ने श्रीमानको कर्तब्यमा कति फरक छ ?


श्रीमतिले पकाएको भान्छा गरेर बुढा कार्यालय गए भने पनि बाटोमा कुनै 'कान्छि'ले सेवा (राइड) दिन कि भन्ने सधैं बुढीलाई पीर । सवारि साधन भएका श्रीमान कार्यालय लागे भने ऊ त्यही पर नपुग्दै 'कान्छी' लाई राइड दिएर कार्यालय नगइ नगरकोट हानिन्छन कि भन्ने पीर ! कथमकदाचित कार्यालय पुगी हाले भने पनि बिरामी परेको बाहानामा कार्यालय हापेर गोदावरी अथवा विश्वज्योती लाग्लान कि बुढा भन्ने पनि पीर हुन्छ रे बुढीलाई । मेरो होइन है, सबैको ।

यो तीजमा चाँही बुढाको दिघायुसंगै 'बुढा माथिको पीर (शंका)' पनि हटाउने अदभुत शक्ती बर मागे होलान, शिव बाबासित बुढीहरुले । हुन त शिब बाबा पनि कम्तिका छन र ? पार्वतीले दतिवन टोक्दै उनैको नाम जप्दै गर्दा, नन्दी चढेर सतिदेबी मात्र के सात बर्षकी बिचरी गोमा माग्न पुग्छन, ति बुढा । शिव बुढालाई सम्झाम भनेर पार्वती सोच्दिहोलिन नि ! तर के गर्ने भाङको चिलिमले झटारो हान्लान भने पीर, सोझी पार्वतीलाई । अब यस्ता बुढा भर नभाका शिवले के 'बर' देलान्, बुढीहरुलाई ! खै मलाई त त्यती विश्वाश लागेन है । हुन त म यि बुढाको ठुलो भक्त हुँ । 'मेरो होनहार भक्त रहेछ' भनेर थाहा पाए अनी त्यही मायाले मेरी बुढीलाई 'तथास्तु' भनिदिए भने छुट्टै कुरा । नत्र त खोइ ! जे होस् बुढीको पनि पीर गर्ने बुढाहरु सृस्‍टि गराउन भगवानले पनि । सधैं किन बुढीहरुलाई मात्रै टोकसो र पीर, बिचराहरुलाई । शिव बुढाले बुढीका बुढाहरुलाई मायाका धतुरोहरु प्रदान गराउन । सबै बुढा र बुढीहरुको (श्रीमानन्-श्रीमतिहरुको) जिबन सुखमय होस् । बुढाहरुलाई पनि बुढीहरुभन्दा बढी पीर गर्ने बनाइदिउन, भोलेबुढासँग आजलाई यही माग्दै कलम बन्द । जय शम्भो !!!
Read more >>

19 August 2009

धेरै दिन हराउंदाको नमज्जा :


गत हप्ता एउटा कार्यक्रमको शिलशिलामा 'जुवा र रमाइलो'को शहरको नामले संसारभर परिचित 'लस भेगस' जाने अबसर मिल्यो । रातको एघार बजे झुपुझुपु उङगदै शक्ती दिने ओखती ? (लाले गोरु- रेड बुल) पिउदैं त्यहां पुगियो । होटेल त बूकिङ थियो रे दाइले भन्नुभएको तर साथीहरुको चापले कोठा भरिएर गाडीमै सुत्नु पर्‍यो । फेरी खोइ किन हो कुन्नी, सप्ताहन्तका दुई दिन शुक्र र शनिबार लस भेगसका सारा होटेलका सारा कोठाहरु भरिदां रहेछन ! दोब्बर पैसा तिर्छु नि त बाबा भन्दा पनि नपाईने, सुत्नको लागि कहीं कतै नमिल्ने केही प्रहरको लागि बास । भारतीय तर नेपाली मनका साथी चेतनको गाडीमा नै केही घण्टाहरु बिताइयो । सडकमा गाडी पार्क गरेर गाडीमै सुतौं भने सडक पनि गाडीले पुरै भरिभराउ । यसो बिचार गरेर एउटा होटेलको पार्किङ्को चौथो तल्लाको कुनामा गाडी खांदेर लुसुक्क सुतियो ।

भोलिपल्ट आफ्नो काम सकिवरी नेपाली रेस्टुराँमा खान खान सबै जना (त्यहा ब्यापारिक मेला भएकोले भाग लिन आउनुभएका सबै नेपाली हामीहरु) जम्मा भएर बडो मज्जाले खान खाइयो । हुन त जाजरकोट रोगले र हुम्ला भोकले रोएको बेलामा परदेशको खानाको मज्जा उल्लेख गर्नु उपयुक्त नहोला । सन्दर्भ यस्तो परेकोले मात्र उल्लेख गरेको हुँ । यत्तिकैमा काकाले आफ्नो होटेलमा आउन र कोठा मिलाइदिने आश्वाशनलाई हृदयमङगम गर्दै उनैको पछी लागियो । शनिबारको त्यो रात के का मिल्थ्यो कोठा ? चप्पल पड्काउदै साथी चेतन र म सुट्केश घिसार्दै लाग्यौं, आफ्नै गाडीतिर । बास मिल्लाकि भन्ने आशले यसो शेरोफेरो घुमियो, दुई चार होटेल चारियो । हामीलाई कसैले पत्याएनन गांठे । त्यहां त खाली युगल जोडी मात्र हुंदा रहेछन । पुरै सडक उनिहरुकै हिडाइले जाम । अनी सप्ताहन्तका ति दिनहरु किन खाली हुन्थे र मिल्ने कोठा ? हुन पनि निर्बस्त्र तिनिहरु भनुम भने पुरै भन्न नमिल्ने । लगाएका छन कपडा भनुम भने एक बित्ते टालोलाई कसरी बस्त्र भनुम ? धर्मले नै दिएन । धर्म सम्झदै कही पर राखिएको गाडी कता पार्क गरेर सुत्ने सोच्दै लाग्यौं, चेतन र म लस भेगसका चम्किला सडकतिर ।

रातको ३ बजे लखतरान पर्दै हिजो गाडी राखेर सुतेको ठाउंमा लाग्यौं । मज्जाले कोदाली मच्चाउदै मकैबारिमा कोदो रोप्ने मेलो बनाउंदै बुवा र आमासँग हाँस्दै गरेको सपनी देख्दै थिएं, कसैले गाडीको शिशा ट्याक्-ट्याक पार्यो । चेतन मस्त निन्द्रामा थिए । मैले क्वाइक्-क्वाइक घुमाउने कुरो घुमाउदै गाडीको शिशा खोलें । होटेलको सुरक्षा वाला रहेछ । परिचय पत्र माग्यो । गाडीमा सुत्नुपर्नाको कारण सोध्यो । हामी किन गाडीमा सुत्नुपरेको बिबशता त्यो भुशतिघ्रेलाई के थाहा ? उपयुक्त कारण दिन नसकेपछी हामी त्यो पार्किङ क्षेत्र छोड्न वाध्य भयौं । नत्र भने पुलिस पो बोलाउछु भन्छ त, अम्रिकाने गार्ड त । चेतनले " आइ विल टेक केयर यु म्यान, गिभ अस फ्यु आवोरस टू स्लीप " भन्दै अङ्रेजी छाट्दै थिए । घूस लिन पटक्कै मानेन मोरोले । एका बिहानै आफ्नो देशको 'भ्रस्टाचार - धर्म' सम्झदै त्यो तिघ्रेलाई बाइ गर्दै निस्क्यौं हामी ।

गल्ली गल्लिका हरेक स्थानमा पैसा राखेर खेल्ने ठाम हुंदारहेछन । प्रत्यक स्टोर, रेस्टुरेन्ट लगायतका ठाउमा पैसा मास्ने भाडो राखेको हुदोरहेछ । मान्छेहरु त्यसलाई जुवा खेल्ने ठाउँ भन्दारहेछन । म आफु जुवाको चोखो हुन खोजेको होइन । सत्य धरोधर्म, अमेरिकि समाजलाई त्यो जिबिका उनिहरुको तरिका होला तर मैले त्यो छाडापन कहिल्यै देखेको थिइन र जीबनमा जुवा देखेको थिइन । फेरी अर्थतन्त्र संकट लाग्यो भन्थे बजारतिर । तर त्यहां त चौबिसै घण्टा मानिसहरु सुरा, सुन्दरी र जुवामा मस्त । अरुले खेलेका नजर लगाइयो, देखियो । खेलाउनेले पैसा सोरेको देखियो तर खेल्नेले जितौरी सोरेको यि आँखाले धेरै कम देखे । हारेका छन र पनि पैसा झिकेका छन, च्याखे थापेका छन गांठे । पिएका छन, झुम्म भा'का छन । कस्तो अचम्मको जिन्दगी, हे भगवान । ब्यापारिक मेला जांदा बिचमा पर्ने बाटाहरुमा पनि हाम्रो समाजले पचाउन नसक्ने खालका पत्रीकाहरु । पैतला टेक्ने हरेक पाइलामा अनैतीक सम्बन्धका लागि संपर्क गर्न भनी फालिएका रङगीन 'बिजनेस कार्डहरु' । होटेलहरु त यसै झिलिमिली भइहाल्छन नि । तर त्यहां त झिलिमिली पनि चाहिने भन्दा बढी श्रिङ्गार गरिएकी दुलही जस्ति । त्यस्तो पो रहेछ, लस भेगस ।

भन्न पनि लाज लाग्छ, यसो फोटो खिच्न भनेर क्यामेरा बोकेर नगएको पनि होइन । तर के को खिच्ने फोटो ? बाटामा देखिएका बस्तुका खिचुं भने नपच्ने ति चिजका तस्विर कुन ब्लगमा टांस्नु ? अरुले खेलेका जुवा खालको खिचु भने के खिच्यौ त बुढा भनेर श्रीमतिले क्यामेरा हेर्दा जुवा खेलेर आइछस होइन भनी गाली खाने डर ? अनिदै सुतेको तस्विर खिंचु भने तीन बजे बिहान निन्द्रामा लुक्दै खिचेको फोटोको के माने र ? साउदी अरबमा हाम्रा दाजुभाइलाई पैसा नदीइकन दलाउने शोषकहरुको लगानिका ति ठुला भवनहरुका पनि फोटो खिचिन मैले त । दुलही लिन गएर रित्तो फर्किएको ताम्दानी जस्तो भयो बिचरा मेरो क्यामेरा, यसपाली ।

धेरै दिन भयो, देशका समाचार पनि पढ्न पाइएन । मित्रहरुका रमाइला र सुन्दर प्रस्तुतिका ब्लग पनि पढ्न पाइएन । चट्ट लाएर होटेलको आठौं तलामा बसेर समाचार हेरुम्ला भनेर दाजुको भरमा गा'को, आँफै गाडीमा सुत्नुपर्‍यो । अनी कता जोड्ने कम्प्युटर ? कम्प्युटरको ब्लग बैङ्लोरको दिशातिर फर्काउदैमा इन्टरनेट आउंदो रहेनछ न त नासातिर फर्काउंदा नै ! जे भए पनि आफ्नै मुन्टो सधैं दुर्घटना हुने लस भेगसका सडकमा पिल्पिलिएका पुलिसका गाडीतिर फर्काउंदै कर्मठाम फर्कीइयो । यो ब्लगको नशा त यस्तो पिडादायक हुदोंरहेछ कि ? जिन्दगिको दैनिकिमा के छुटे के छुटे जस्तो क्या ! गाली गर्नुभए पनि म त भन्छु, बरु श्रीमतिको अनुहारको याद आउंदो रहेनछ, तर यो ब्लगको अनुहार भने ! के भनुम र खै ? के नपाए के नपाए जस्तो । ब्लगको अनुहार हेर्न नपाउंदा त मन ज्यादै नमज्जा हुदोंरहेछ । ढिलै भएपनी यो साहिलि (ब्लग) सँग भेट भा'को छ । अब मिलाएर कुरा मिलाउनुपर्ला, साहिलिको अनुहार हेर्दै उनको अनुहारमा यो 'क्रिम'(लेख) दलिदिएको छु, यिनलाई फकाउन आजलाई ।
Read more >>

28 July 2009

जननी, जन्मभुमी र जन्मदिन :


बालखामा मलाई झोलुङ्गोमा छाडेर निबेक लगाउन आमा सधैं मेला जानुहुन्थ्यो रे । सानै उमेरमा धन कमाउने उदेश्यले बुवा परदेशमा हुनुहुन्थ्यो । आफु थाहा पाउने बेला भएदेखी भन्नु नै पर्दा बुवासँग बसेर धित मरुन्जेल मासु खाइ दसैं मनाउने अबसर मिलेको छैन । सदाका दसैं ठुलोबाको घरबाट किनिने एक बिसौली मासुले टारियो । परिवार परदेशमा भारी बोक्न हिंडेपछी जस्तासुकै भनौते चाड पनि नमिठा लाग्दरहेछन । सधैंको निबेकको आमको दैनिकी, झुलुङगोमा अरुले नहल्लाएनी रुवाबासिको एकान्तताको रुवाइको आफ्नो बाल्यकाल र बुवाको परदेशी बासले आज सम्झदं'नी खल्ला लाग्दरहेछन, ति दिनहरु । च्यातिएको गुन्युको त्यो झोलुङ्गोमा हुर्किएनी, रिमोटले चल्ने आधुनिक झोलुङगोमा हुर्किएनी मान्छेले पाउने शरीरको रुपरेखा त एउटै हुनेरहेछ । स्वादिस्ट चनाको पिठो खानेहरुको ज्यान खदिंलो र खोले खानेहरुको ज्यान अली दुर्बिलो । आखिर फरक यति नै रहेछ । तर आमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ ।

बाख्राका बरकम्लासँग खेलेको गोठ, आमालाई हजुरबुवाले पेवा दिनुभएको रतौली बाख्रा र गाई चराउने ति सुन्दर खोरियाहरु, आफुले लाले-चम्रे गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज,अनि ति गोठाले साथीहरु । सब बिराना भए । जन्मेको सुन्दर गाउ सुनसान भयो । आज बाध्यताले आफु परदेशिनुपर्दा सोचिंदो रहेछ, के मैले घांस झार्ने टांकिका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओराले बनका सालका ठुटाहरु लम्पसार परेर म बन्चरे-भाइ कहिले आउँला भनी हेरीरहेको होला ? बुवाको जडौरी पैन्टमा आइरन लगाउन मैले तताएको कसौडी आमाले अझै साचिराख्नु भएको होला ? अनि जुनियर रेडक्रस र स्काउट गठन गर्न हामीले धाएका जिल्लाभरिका स्कुलहरु कस्ता भए होलान ? साथीहरु पनि सबै परदेशमा छन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मामाघरमा मलाई कपुरी क सिकाउने हजुरबुवा पनि बित्नुभो । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने दरौंदी नदी अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । सिर्दी खोलो पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, यिनाताका माससम्म । सम्झेर बसेको छु, आफुले खेली बिताएका उकाली, ओराली र दरौंदी फांटका खेतहरु ।

जीबन सार्थक नभए पनि यो धर्तिमा आफ्नो जन्माइ बाचुन्जेल एउटा सम्झना भएर ब्युंतिदोरहेछ, हरेक सालको एक दिन । सफल र असफल भनेर जिन्दगी छुट्टयाउने कुनै तराजु नभएपनी आफ्नो जन्मदिन कसलाई पो नराम्रो लाग्दो होला र ? आज त्यही जन्मदिनमा यो सांझपख आफ्नी जननीको सम्झना आयो । ममतामयी मेरी आमाको प्यारो कोखको याद आयो । 'दिशा' खाँदै सकी नसकी मच्चिएको गुन्ये झोलुङ्गोको याद आयो । कस्तो बिचित्रको हुदोरहेछ, आमाप्रतिको माया, बुवाप्रतिको श्रद्धा र आफन्तहरुको सम्झना - त्यो पनि यो बिरानो मुलुकबाट ! आमाको आशिर्बाद लिन भरे फोन गरुम भने सधैं भन्नुहुन्छ, 'गाउका सबै दाजुभाइ कती चोटि आएर गए । तिमी आउने कहिले बाबु ?' लेख्दा त झर्ने यि आशुहरुलाई म आमाको सामु कसरी ब्यक्त गर्न सक्छु र ? गला अड्की-अड्की, रुमालले आशु पुछ्दै परदेशका यि सारा दु:ख, झन्झट र बाध्यता कसरी बिलौना गरौ । आमाको मन न हो । परदेशमा रहेको छोरोको स्वर अलिकती गडबड भयो कि आँफै सुक्सुकाउन थाल्नुहुन्छ अनि भक्कानिएर झरेको मेरा आंशु देखेर श्रीमती आशु पुछ्न रुमाल दिन्छिन भने हजुरआमा र हजुरबुवासँग गफ गर्न तम्सने छोरो मेरै काखमा आएर मसंगै रुन थाल्छ ।

केबल सम्झनामा दिन बिताउने त बानी नै हो, सबै परदेशिहरुको । अत; यो जन्मदिनमा म आमाको त्यो कोखलाई फेरी सम्झन चाह्न्छु । स्नेहमुर्ती आमाको आशिर्बादले यो जिन्दगी सधै सत्यको बाटो हिंड्ने साहसको लागि मेरी आमा सम्झेर भगवानसँग प्रार्थाना गर्दछु । बुवाको कर्मठ छोरो हो भनी छाती फुलाउंछु । जन्मभुमी नेपालको परदेशी पुत्रको रुपमा सम्झनाका आंशु चढाउदै सत्यताको प्रतिफलको आशमा जन्मदिनको आभार जननी र जन्मभुमिप्रती ।
Read more >>

24 July 2009

प्रधानमन्त्रीलाई खुल्ला पत्र :


सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
सिंहदरबार, काठमान्डौं ।

बिषय : दिल रोएको बारे ।

प्रधानमन्त्रीज्यू,
बिहान उठ्ने बित्तिकै देशको खबर बुझ्न उत्सुक मेरा परदेशी नजर आज फेरी एउटी अबोध बालिका बलात्‍कृत भएको समाचार पढ्न वाध्य भए । नपढुम् भने आफ्नै देशमा निर्दोशीको अस्मिता लुटिएको कथा, त पढुम् भने आँशु चुहाउनै पर्ने बाध्यता । यसैकारणले 'मिठो सम्बोधन', 'भाषिक शुद्धता' हरुलाई पर सारी आँखाबाट झरेका आंशुका थोपाहरु यहाँ जथाभाबी राख्ने अनुमती चाहन्छु । नेपाली हुलाक सेवाले तपाईं सामु छिट्टै पुर्याएछ यो पत्र र तपाईंको हात लाग्यो भने मन लागे पढ्नुस् , नलागे प्रेस सल्लाहकारलाई सोध्नोस, के गर्ने भनेर !

प्रधानमन्त्रीज्यू,
नडराइ लेख्नुपर्छ कि, उपेन्द्र महतोका बाबुले बलत्कार गरेको घटना तपाईंहरुको आदेशले थन्किएको फाइलका कारण १२ बर्षकी कबिता (नाम- परिवर्तन) आज मालिकद्धारा बलात्‍कृत हुनुपरेको छ । तपाईं बस्ने 'सरकारी घर' कै छेउमा बत्ती मुनिको अध्यारो बनि कबिताले आफ्नो अस्मिता खोपिमा बुझाउनु पर्छ भने ति दुर्गम गाउंहरुकी चेलीको हालत के होला ? जनताका काम गर्न ?, कार्यालय जाने समयमा उपत्यका भरिका सडक जाम गराउदै तपाईं सवार हुनुहुँदा तपाईंका आँखै सामुन्ने रत्नपार्कमा निर्दोश महिला अकारण नाङ्गिनु पर्छ भने दुर्गम बस्तिहरुका हालत के होलान ? सरकार बचाउने निहुंमा तपाईं नयांबजारमा प्रचन्डजीको निवासको भर्र्याङ् उक्लदै गर्दा त्यही भर्र्याङ्को झ्यालबाट बिरेनले ख्यातिको शरीर टुक्रा-टुक्रा पारेको देख्नुहुन्छ भने कर्णालीका ति बिकट बस्तिका हालत के होलान ?

प्रधानमन्त्रीज्यू,
एक्काइसौ शताब्दिको यो आधुनिक युगमा हैजाले जाजरकोट लगायतका जिल्लाहरुमा करिब १५० ब्यक्तिहरु अनाहकमा मर्नुपरेको छ । एउटा जाबो सडेको जीबनजलको प्याकेट नपाएर यतिबिघ्न मृत्‍यु ? असंग्लग्न राष्ट्रको सम्मेलनमा तपाईं यूरोप जांदा यो कुरा थाहा पाएर कती हांसे होलान, तपाईंका समकक्षीहरु ? संसार बनाउने सपनाको सम्बोधन गर्नुभयो, तपाईंले यूरोपमा । तपाईं बोलिरहनुहुँदा नेपालको संबिधानसभामा सभासदहरु निदाएसरी निदाइरहेका थिए रे, मनमोहन सिंहहरु । किनकी तपाईंले समकक्षिहरुलाई नेपालमा मरेका ति १५० ब्यक्तिहरु झाडापखालाले नभइ "पहिरोले" मरेका भन्नुभयो रे । अनि नेपाल फर्किएर तपाईं लाग्नुभयो - जाजरकोट । सरर हेलिकप्टर चढेर । दुई रुपैयाको जीबनजल नपाएर मरेका जनताको लाश हेर्न दुई लाख भाडा तिरेर हेलिकप्टरमा सवार हुनुभो, तपाईं । १५० गुना दुई बराबर ३०० रुपैया । ३०० रुपैयां छैन राष्ट्रसँग ? कठै बिचरो नेपाल ! कठै बिचरा जीबनजल पीडित जनता !! कठै तिनका प्रधानमन्त्री !!! भारतीय भुसतिघ्रेहरुले सीमा मिच्दा सिमाबलोकन गर्न त तपाईं परै जाओस, न पररास्ट्र मन्त्रीज्यू सवार हुनुभो, न त रक्षा मन्त्रीज्यू ? के लोकतन्त्रमा म तपाईंलाई प्रश्न गर्न सक्छु ? किन पाल्नुहुन्छ, सिमाको बारेमा नबोल्ने मन्त्रीहरु ? सरकार टिकाउन मात्र हो भने ईतिहाससले तपाईंलाई फेरी अर्को असक्षम प्रधानमन्त्री भनेर सदैब धिक्कार्ने छ । होइन भने जाजरकोटका प्रमुख जिल्ला अधिकारिले तपाईंको स्वागत गर्दै माला पहिराउदैंमा घांटी फुलाउनु पर्दैन, प्रधानमन्त्रीज्यू ।

प्रधानमन्त्रीज्यू,
तपाईंका गृह मन्त्रीज्यूले सात दिनमा देशमा शान्ती सुरक्षाको प्रत्याभुती दिलाउने आश्वासन दिनुभयो, हामीलाई । आज सात महिना बितिसक्दा सातओटा माखा मरेका छैनन । बरु माखाहरु कति बढेका छन् भन्ने त तपाईंलाई यूरोपबाट फर्कदा ङिचिक्क हांसिरहेको तिनकुनेको थुप्रोले बतायो होला वा जाजरकोटका 'हैजे झिङ्गाहरु'ले । हुन त टल्कने दौरा सुरुवाल त झिङ्गाहरुका शत्रु हुन् क्यार । अत्तर लगाएको तपाईंको काखी सुंघ्न ति झिङ्गाहरु पक्कै आएनन होला । आखिर जे होस् । दुई जना डनहरु समाउदैमा राझधानी आनन्दले सुत्छ ? तपाईं सुत्नुहोला, आनन्दले । तपाईंका मन्त्रीहरु सुत्लान, आनन्दले । तर, यो गर्मिमा जाजरकोट त रातभर जागा छ भने अब तराइमा असली 'डन'हरुसङै लामखुट्टेका डनहरुले गरेका तमसा, लाग्ने महामारी र मारिने जनताहरुको बेलिबिस्तार तपाईं भारत जादासम्म देखिएला शायद । मलाई लाज लाग्यो प्रधानमन्त्रीज्यू, एउटा मामुली लामखुट्टेको 'खतरा' बारे पनि मैले तपाईंलाई लेखी पठाउनुपर्ने ? तर तपाईंको राष्ट्र महामारिले बान्ता गरिरहेका बेला, तपाईंका 'युथ फोर्स' कता जान्छन् कुन्नी ? मैले बुझेको अर्थ त 'पिपल्स भोलेन्टियर्स' भनेका त 'जनताका सेबक' हुन् । तर यो महामारिमा तपाईंका ति भोलेन्टियर्स जाजरकोट जान सक्दैनन ? कथम कदाचित, यो पत्र तपाईंले पढुनु भयो भने भन्नुहोला, महामारिमा 'वाइ सि एल' किन गएन भनेर ? तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू, तपाईंले अस्ती नयांबजारमा यो प्रश्न सोध्नुभएन ?

प्रधानमन्त्रीज्यू,
अरब गई पैसा कमाएर परिवार पाल्ने सपनामा झिटी झाम्टा बन्दकी राखेर उडेका नेपालीहरुका कथा यहाँ लेखिरहनु नपर्ला । तपाईंका महामहिम राजदूतहरुले त्यहां दु:खले, दर्दले र शोषणले मर्माहत नेपालीका राम-काहानी भन्न छाडेर अरबमा 'मट्टितेल र सुन बढी बिक्ने' कथा शायदै सुनाउलान ! प्रधानमन्त्रीज्यू, मेरा एक हितैशी मित्र ट्रेक्किङ गर्नुहुन्थ्यो । गाउंमा उहांको अथाह ॠण थियो । ट्रेक्किङ्को शिलशिलामा एक जना जापानी साथीसँग उहांको घनिस्टता बढेछ । पछी तिनै जापानिको सहयोगले मेरा मित्र 'श्रीमान' बन्दै सुन्दर सपनाका साथ जापान हानिनुभयो । जापान पुगेपछी मेरा मित्र ति 'जीबनसङ्गिनी'को साथमा पुलमुनी बास बसेछन । मतलब, मित्रकी जापानिज श्रीमतीको जेथा केही रहेनछ । भर्खरै परदेश छिरेका, त्यसमाथी पनि जापानजस्तो बिकसित देशको कुना-कुना उनलाई यती छिट्टै कसरी थाहा होस् ? 'श्रीमति'ले घांडो ठानेर मित्रलाई छाडिदिछन् । तीन महिने उनको भिसा सकियो । दुर्भाग्यले, अबैधानिक उनी पुलिसको फन्दामा परेछन । सपना बुनेर हरियो पासपोर्ट सहितको उनको जिन्दगी कालो पासपोर्टसहित नेपाल फर्काइए । उनी नेपाली दुताबास धाएछन, पुलिससंगै । नेपाली कर्मचारी न हुन, आइनो-वास्ता केही भएनछ । यसैले प्रधानमन्त्रीज्यू, जापानजस्ता देशमा त तपाईंका राजदूतहरु तास खेल्छन भने अरु कथा यो चिट्ठीमा नलेखुम होला । अहिले पनि २५ लाख तिरेर अमेरिका प्रबेश गर्न तयार छन, नेपालीहरु । हैजा लाग्यो भनेर अमेरिका र जापानहरु आफ्ना जनतालाई नेपाल घुम्न नजानु भनेर टि भि मा समाचार दिन्छन । तर २५ लाख ॠण तिरेर अमेरिका जाने नेपालीलाई २५ लाख कहिले काम गरेर उठ्छ भनेर सिकाउने निकाय छैन । देश बन्न टाइ सुटले सज्जित भाषण होइन, सानो सानो निकायदेखी नै पारदर्शिता र दुरदर्शिता चाहिने रहेछ । हुन त म मुलाले भनेर यो कुराहरुले यहाँको घैंटोमा घाम लाग्ला र ?

संसारमा जहाँ युद्ध छ, त्यसको पहिलो पंक्तिमा नेपाली हुन्छन रे । तपाईंका सुरक्षा सल्लाहकारलाई कत्तिको ज्ञान छ कुन्नी ? तर रणभुमिमा लडिरहेका लेबानानबाट मेरा साथी उमेशले भनेका कुरा हुन् यि । उनी हैटी, सोमालिया हुँदै अहिले लेबनानी नेपाली सेनामा छन रे । दोस्रो विश्व युद्धको 'गोर्खाली बिजय' लाई गर्ब ठान्छौं, हामी । तर कसैका स्वार्थका लागि बिजेता बनेका हामी गोर्खाली किन सदा अघिल्लो पंक्तिमा खुल्ला छाती थाप्नुपर्ने ? अमेरिकाको डरले ॠण नमाग्ने संयुक्त राष्ट्र संघको नियम हो यो ? तिनै युद्ध बिजेताको बेदना र अधिकार बारेमा बेलायति नायिकाले जुलुश गर्छे, भाषण गर्छे, गोर्खालिले मुद्दा जित्दा हर्शको आंशु चुहांउछे । तर यि यस्ता घटनाहरु हाम्रा सभासदहरु प्याला पिउंदै सुत्ने बेलामा बल्ल टेलिभिजनमा देख्छन । त्यही पनि फेशन टि भि हेरी सके पछी । हेर्दा-हेर्दै, राष्ट्रियताको लागि बिदेशिले आंशु बगाउनु पर्ने मुलुक भयो, नेपाल । हाम्रा लागि आंशु चुहाउने ति बेलायती नायिकालाई बोलाएर एक छाक भात खुवाउंदैन, नेपाल भने दिशा बस्न खुसुक्क नेपालको झाडीको छेल पार्ने मुखर्जीहरुलाई ल्याएर रातोदिन सम्मान गर्छ, नेपाल ।

प्रधानमन्त्रीज्यू,
यि 'न' बाट निस्कने चिज नेपाललाई फाप्दा रहेनछन । निती, नियम र नैतीकता । पैसा हुनेका बहुबलले जे गरेपनी हुने । सँगै थुनिएका साना 'रणबिर'हरु जेलको चिसो छिंडिमै छन भने 'पावर' भएका ठुला रणबिर 'रिपोर्टर ॠशी' पत्रकारिताका महान पुरुशको परिचयले सम्मान थाप्न सभा हलका पिंडि-पिंडिमा, तपाईंले झै जमिनमा गूड्ने हेलिकप्टरबाट सवार छन । प्रधानमन्त्रीज्यू, यसको उत्तर दिनुस्, एउटै मुद्दामा ॠशी छुट्ने, ति शिशीहरु सड्ने ? मेरा कोही पर्दैनन, कोही पनि । अपराध गरेका हुन् तिनले अनि हामी जनताको ठहरमा त्यो मुद्दाको ठुलो अपराधी र मतियार ॠशी धमला हो । तपाईंलाई लाज लाग्नु पर्ने हो प्र मज्यू, तपाईं प्रधानमन्त्री हुंदाका बखतको भन्दा बढी घांटी भरी माला लगाउन ब्यस्त छन, त्यस्ता अपराधी । तपाईंले त एकचोटी लगाउनु भयो, उसको त कामै सम्मान ग्रहण गर्ने छ, आज हरेक दिन । अनि सम्मान गर्न बोलाउनेहरु को ? माला लगाइदिनेहरु, तपाईंका मन्त्रीज्यूहरु ! के रहरले लगाइदिएका हुन् माला कि अपराधलाई संरक्षण गरेको हो, तपाईंको सरकारले ?

र अन्तमा, प्रधानमन्त्रीज्यू,
झाडापखालाबाट बच्न झोल्-पदार्थ खानु पर्छ रे भनेर पढेको जस्तो लाग्छ । एक किलो दालको भाउ १२० रुपैया ! दुई रुपैयाको जीबनजल किन्न हुती नभएको तपाईंको सरकारले १२० रुपैया किलो पर्ने दाल र गेडा-गूडी खुवाउला ? सुनिदैछ, बडेमानका जहाज आउँदैछन रे, हतियार आउँदैछन रे, तपाईंसङै भारतबाट । सम्झनोस, उसको सिमनामा महामारी फैलदा हामीलाई सडेको जीबनजल नपत्याउनेले किन हतियार बेच्दैछ ? अनि तपाईं किन जानुपर्‍यो भारत ? जानुस्, तपाईंको ब्यक्तिगत कुरा हो । तर हामीले तिरेका करले तपाईं 'सिङ्हहरु'को दर्शन गर्न जांदै हुनुहुन्छ भने सोध्ने अधिकार छ, हामीलाई । यो पनि सोध्ने अधिकार छ कि, अब किन चाहियो हतियार ? जजरकोटको घटनाले जनताको जिउमा तागत छैन भन्ने प्रमाणित भएन तपाईंलाई ? कमजोर जनताको शरीरले अब हतियार होइन काम नगर्ने नेतालाई खोलामा फाल्नेछन । जिबनजल नपाएर सडेका शरीरले हतियार खोज्छन कि तागत वा ओखती ? सोध्नोस, एकचोटी स्वकिय सचिबलाई ।

भोली बिहान उठ्ने बित्तिकै १५० रुपैंया खल्तिमा हालेर तरकारी किन्न निस्कनुहुन अनुरोध छ, प्रधानमन्त्रीज्यूलाई । त्यो किनाइ पक्कै एउटा अभिनय नहोला । तपाईंको निवासमुनिका ति पसलेले अभिनय ठानेर वा तपाईं छड्के हान्न आएको नठानी १५० रुपैंयाको बस्तु दिए भने तपाईं त्यहीं ढल्नुहुनेछ । हाम्रा बा-आमालाई दुख्ने टाउको तपाईंलाई पनि दुखोस् । महङ्गिले आकाश छोएको मुलुकका प्रधानमन्त्रीले आँफै भाउ बुझ्न सामान किनेको पढ्न पाइयोस । "सुर्य ग्रहण' हेर्न अबतारी चस्मा लगाउन समय हुने तपाईंलाई दुइ मिनेट तरकारी किन्ने समय हुँदैन ? हुँदैन भने तपाईंबाट हामीले केही आश राखेका छैनौं । तपाईं पनि हिजो फल्न नसकेका त्यही ड्याङ्का मुला हुनुहुनेछ । धन्यवाद !
Read more >>

18 July 2009

तिमीलाई लेखेको चिठी :


तिमीलाई फेरी एउटा चिट्ठी लेखें, आज । सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें । खाली कापिका पाना पल्टाएं । एकबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए । शायद, सपनिमा देखिएको तिम्रो झझल्कोले होला । ती पुराना यादहरुले होलान । टुसुक्क बसेर मसी सकिन लागिसकेको कलम खाली पानाहरुमा कुदाएं । अनी शुरुवात गरें, लेख्न ;

"प्रियतम, सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरै सम्झना तिमीलाई । आरामै त हौली भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरु कसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ ।"

चिनाजानिमा मैले लेखेको पुरानो अपुरो चिट्ठी को याद आयो । त्यसैमा कोरिएको एक हरफको ;

"आंशु पिइ बांचिरेहें, सपनिमै नांचिरहें,
हेपिएको दिन सम्झन, औंलाहरु भांचिरहें ।"
(मैले लेखेको यो टुक्रा, हाम्रा आदरणिय गुरु, संगीतीज्ञ गुरुदेब कामतको संगीतमा साथी सबनमजीले ०५५ सालको गुरुपुर्णिमामा डोरेमी संगीत पाठशाला जमलमा रेकर्ड गराउनुभएको थियो । )

हो, यिनै माथिका हरफहरु चरितार्थ भएका छन, आजकाल मेरा दैनिकिहरुमा । अनी सकी नसकी मन बुझाई भन्नु परेको छ, म पनि यही संसारको कुनै कुनोमा केबल बांचेको छु । अहिले तिनै हरफहरुलाई सच्चाएर, तिमीलाई लेखेको चिट्ठीमा मैले यो लाइनहरु रिमिक्स गरेर थपेको छु ।

आंशु पिइ बांचिरहेछु म, तिमी आनन्दिको संसारमा डुले'नी,
बाडुल्की बनि कुक्कुकिदो रहेछ माया, तिमीले मलाई भुले'नी ।

तिमीलाई सम्बोधन गरेपश्चात झस्किएं म, म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त याद छ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेकी भगवानलाई थाहा होला, कि तिमीलाई । त्यसपछी, त्यो चिट्ठीमा यि हरफहरु जोडें ;

"मायालु, तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए । उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे भन्ने खबर सुनें, मैले । तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ । सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ?"

"जे कुरो संसारमा असम्भब छ भन्छन, त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो । यतिबेला तिमी बडेमानको महलमा आकाशतिर नजर लगाउदै अरुले उडाएका परेवाका बचेरा पहिल्याउदै हुन्छ्यौ रे । मलाई लाग्छ, सुखमय महलको छत माथि त स्वच्छ हावाबाहेक केही उड्दैन । बरु, तिमीलाई तातोपानी दिलाउने सोलारको डब्बामा परेवाहरुले फोहर गरेर तिमीलाई गिज्ज्याउदै उड्छन रे । यो रे पनि अचम्मको हुलाकी भएर आउन थालेको छ मेरो जीबनमा, आजकाल तिम्रो सम्झना बनेर ।"

कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा-टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो ।' अनी फेरी यो लेख्यो ;

"प्रिय, बाबा परदेश जानुभो भने घर-ग्रिहस्थिको खबर लेखिने चिट्ठी पुरा हुदोरहेछ । तिमीसँग जान्नु अगाडि म अनो समाउदै चम्रे र लाले गोरु नारेर जोत्दा बाबालाई सबैकुरो लेखी पठाउथें । बाबा भन्नुहुन्थ्यो, अर्को चिट्ठीमा अझ बढी खबर लेखी पठाउनु । भैंसी कम्लाएको, रत्यौली बाख्रीले पाठो पाएको, परेवाको गूड् बनाएको खबरहरु उहा खुशी मानि मानि आंशु चुहाउदै पढ्नुहुन्थ्यो रे । खैर, मेरो बिगत जे होस् । त्यो तिमीलाई सरोकारको बस्तु भएन । तर पनि बरु, मरुभुमिको लडाईंमा भाई मरेको चिट्ठी पुरा हुदोरहेछ । लड्न गएको थियो, शत्रुले मार्यो । अभागी रहेछ, बिचरा मर्यो । मृत्‍युको त्यो चिट्ठी, मृत्‍युको खबर लिएर आयो, पुरा भयो, सकियो ।"

"तर प्रिय, तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुन नसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;

मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देऊ,
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देऊ ।"

बिलखबन्धनमा झेलिएको कथा कलमको निपबाट लगातार छादिरहदा शायद मेरो भावनाको सहारा कलमको पेट अती सारो निमट्ठियो होला । पेट दुख्यो भन्दै अन्तमा मेरो कलम लेख्छ ;

"एकचोटी अप्रेशन गरेको घाऊ डाक्टरले भने जस्तो पुरै निको नहुने रहेछ । फेरी, घाउको दुखाइ केबल बिरामीलाई मात्र थाहा हुदोरहेछ । पैसाको लागि भुँडी नाप्ने तार बोक्ने डाक्टरलाई के थाहा, बिरामिको पिडा ? मायाको बाहनामा रक्तपूर्ण घाउमा धनीले प्रयोग गरी फ्यांकेको 'ब्यान्डेज'ले दुखाइमा सहानुभुति नदिंदोरहेछ । सबैका तिरस्कार र अबहेलनाले जर्जर घाऊमा स्याउ-स्याउती किराहरु पर्दारहेछन । अनी एक एक गरी मायाका अङ्गहरु झर्दारहेछन । निको नभएको रोगिको हालत, तिमीले सारथी बनाएकी लखपतीसँग दांज्न मिल्ला र प्रिय ?"

"भो, नदांज । मेरो माया, अकुत सम्पत्तिसित । किरा लागेको मायाको घाऊ धमिरा लागेको धनको महल भन्दा ठुलो हुन्छ रे ।"

त्यसैले अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द !

"मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि,
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि ।"
Read more >>

12 July 2009

एउटा मन्च, निर्माण र आभार :


एकदिन कामबाट डेरामा फर्कदै थिएं । बाह्र इन्चको हिउ परेकोले जता सक्यो त्यतै टेक्दै आइयो, सकि-नसकी । फुर्सदिलो भएपछी, त्यही त हो । कि त प्याला नत्र श्रीमतिको सौता माथि लुटुपुटु (कम्प्युटर माथि हात ) ! समय खर्चन गाह्रो हुन्थ्यो । साझातिर "चौतारी"मा चल्ने गफ्-गाफ सुनेपछी पनि समय केही बाँकी रहन्थ्यो । ति बेलाहरु सदुपयोग गर्नाका खातिर मन बहकाइ रहेको बखत प्रख्यात ब्लग्गर नेपालीयनजी सँग संपर्क भयो । त्यतिबेलाका संसारहरुबाट आजित मनले एउटा छुट्टै मन्च निर्माण गर्ने ठहर गर्‍यो । त्यस्तै सल्लाह प्रदान भयो, नेपालीयनजीबाट पनि ।

नजान्ने हातहरु त्यत्तिकै सलबलाउन थाले, ब्लगको खोजिमा । नाम के राख्ने ? डोमेन खोजियो, सोचियो, । नाम जुर्यो - खुल्लामन्च । खल्तिमा पैसा नभएर घर बनाउन जग खने जस्तै । तरिका र जानकारी बिना त्यसै कुदे म धेरै दिन, मन्च सजाउन । यता उती गरेर केही लेख्न त जानियो । तर पनि जागर मरेन । अब बचेँका बखतहरु मन्चमा कहिले एक्लै भाषण गरेर त कहिले नजानि-नजानी कबिता भट्टाउदै बित्न थाले । छिमेकिहरुले राम्रा राम्रा घर बनेको देखेर होला'नी, यो रिसले मरेको मन कहाँ मान्दोरहेछ र ? आफुलाई पनि अझै दुई तीन ट्रक इट्टा र सकेको जती रड झारेर केही पिल्लर ठड्याउन मन लाग्यो ।

खल्ती रित्तै भएकोले आँफै सकेको गारो लगाइयो । कहिले अरुको हेरेर त कहिले चोरेर । ठडिएका ति कमजोर पिल्लरहरु मात्र भएर के गर्ने ? बस्नको लागि छानो छाउन पर्नेरहेछ । भएको रकम सबै सकिइसकेको थियो । अब जुक्ती लगाउन पर्‍यो भनेर बहुतै सोचें । प्यालाका मात्राहरु बढ्न थाले । फेरी त्यो बिखय, जसको खल्ती टाट, त्यसलाई नै बढी चाहिने रहेछ,। जो बुङ्गा, उसैलाई बढी तल्-तल् ।

धेरै सोचें । अब ॠण नमागी सुख छैन । ट्वांक् प्रशादलाई फेरी कसले ॠण पत्याउने ? मनमा त धेरै जनाको नाम राखेको थिएं । "दौतरि"मा सुजनाजीको अन्तर्बार्ता पढ्ने सु-अबसर मिल्यो, त्यसै बखत । उहाको घर बनाउन धेरै सहयोग दिलिप आचार्य सरले ॠण सापट दिनुभएको कुरो खुल्न आएपछी त एउटा दह्रो साहु (दिलिप सर, साहु भनेकोमा दु:ख नमान्नु होला ) भेटेकोले खुशीको सिमा रहेन । संसारको प्राय सबै कुनामा शाखा भएको "फेसबूक बैंक" मा आफुसँग सुको नभएको खाता खोलें । दिलिप सरको खातामा भनेजती पैसा रहेछ । उहालाई बिनम्रपुर्बक सापटिको लागि आग्रह गरें । बढो दिलदारी हुनुहुदो रहेछ । यो भनिरहदा उहाको बढी चर्चा गरेर मैले दिलिप सरलाई तेल घसेको ठहर्ला । कृपया; त्यो पाप हुनेछ । खुल्ला दिलले मैले गरेको सहयोगको याचनालाई शहर्श स्विकारी मलाई भावनाको ॠण प्रदान गराइदिनुभएर उहाले एउटा भयकर ठुलो गुन लगाउनु भएको छ । म त उहाको सधैको ॠणी ।

कल्पनामा पनि नसोचेको एउटा साधारण मन्च यती बिधी श्रीङ्गारित हुँदा बास नपाएको सुकुम्बासिलाई आधुनिक महल उपहार मिलेको आभास भएको छ, मलाई । एउटा घर रङाउनु मात्र ठुलो कुरो होइन रहेछ । रङ्गाईएको घरमा अरुका नाराहरु नलेखिउन भन्ने सन्देश र सुझाबले केही नजानेको सुदामालाई कृष्णको सहयोगले भाबनात्मक अर्थ पनि राख्दोरहेछ । किन हो किन, मनमा राख्नै सकिन, उहाका सहयोगका इट्टाहरु । आफ्नो नाममा आँफैले सहयोग गरेको घरबाट नाम किटेको नठान्नुहुन दिलिप दाजुलाई आग्रहको साथमा हृदयदेखी आभार प्रकट गर्दछु ।

नेपाली ब्ल्लग्गरहरु कती सकृय हुन थालेका छन भन्ने कुरो त यहाँ उल्लेख गरिरहनु नपर्ला । तर पनि स्तरियताले मात्र स्थान पाउदो रहेछ । त्यो स्थान ब्लगिङ्को दुनियाँमा अनी पाठकको हृदयमा । परिवारसँग घुम्न जादा, आफु काममा जादा वा यत्रतत्रका बिषय बस्तुलाई थन्काउन र भावना बांढ्न कुनै पत्रीकाको गुलामी गर्नु नपर्नेभएकोले मात्र होइन आफ्नो निजी बिचार बैंकमा सुरक्षित तवरले चाहेजती वास्तविकता र सत्यता डिपोजिट गर्न पाइने भएकोले पनि ब्लगिङ दिनानुदिन एउटा दैनिकी भएको छ जस्तो लाग्दछ । हुन त यो खुल्ला खुल्लामन्चमा म एक्लै पनि बर्बराउछु, कहिलेकाही । आखिर जे होस्, एउटा सुरक्षित मन्चबाट कमसेकम चराले मात्र भने पनि आवाज सुनोस भन्ने पुकारा हुदोरहेछ । धन्यवाद !
Read more >>

28 June 2009

श्रीमती, कम्प्युटर र सौता :

Pic अर्थतन्त्रको गिर्दो अवस्थाले ज्यादै गाजेको छ, अमेरिकालाई । जि एम सि जस्ता कुनै बेला संसारको सबैभन्दा ठुलो मोटर कम्पनी डुबेको छ भने दिनानुदिन बेरोजगारिहरुको सन्ख्या क्रमश; बढ्दो छ । रेस्टुरेन्ट चलाऊने एक्जना नेपाली साथी भन्नुहुन्छ, 'पहिले ग्राहकहरु मेनु हेरी थपी-थपी खान्थे । अहिले एउटा नान (रोटी) र तरकारी चार जनाले बाडेर खान्छन, चुडी-चुडिकन ।' बफेट लगाउने रेस्टुरेन्टमा आउने ग्राहकहरु पहिले भन्दा बढी खाना प्लेटमा हाल्ने अनी बढी भएको चाँही प्याक गरी "डिनर" को लागि लैजाने बाठाहरु बढ्न थालेका छन रे । त्यसो त अर्थतन्त्र बिग्रिए पछी सबै कुरो बिग्रदो रहेछ । खल्ती बिग्रदो रहेछ । गाडी बिग्रदो रहेछ । भोक र तिर्खा बिग्रदो रहेछ त बानी बिग्रदो रहेछ । हुनुपर्ने रफ्तारमा काम नभएपछी, नचलेपछी मन बिग्रेर प्यालाको साहारा लिना पुग्दो रहेछ । गर्ने काम केही छैन, भएको पनि तुरुन्तै खत्तम अनी मान्छे ज्यादै फुर्सदिलो । फूर्सदिहरुको औषधी, पढ्नेहरुलाई किताब अनी नपढ्नेहरुलाई प्याला ।

 

हातमा प्याला, परिवारको साथमा । त्यो पनि बिदेशमा । कती रमाइलो छ, सोच्दा त । तर मनभरी पिडा, दिमागभरी चिन्ता र जिन्दगीभरिको परदेशबास के रमाइलो र सुखमय छ र ? कसैको होला र आनन्दी मन, परदेशमा ? स्वदेशमा त मान्छेहरु सोच्लान, बिदेशमा रुखमा पैसा फल्छ, फलेको छ । तिनिहरुका बुढा-बुढी मध्ये बुढो रुखमा चढेर पैसाको हागो हल्लाउने, श्रीमती सम्हाल्ने, हुँदा-हुँदा सम्हाली साध्य नभएर छोरोलाई पनि टिप्न लगाउदाहुन पनि भन्लान । तर गाठे, आफ्नु दु:ख आफुलाई मात्रा थाहा हुदो रहेछ । यो नरक जिन्दगी भन्दा त बरु स्वदेशमै बुवा सँगै हलोको अनोक समाउन पाएको भए उहालाई अलिकती सहयोग गरेको अनुभुती त हुने थियो । यि र यस्तै पीरले प्याला तर्फ लम्केका हातहरुसँगै दिमागमा चिन्ताका अनेकन छालहरु आउँदा रहेछन । त्यही बील तिर्न बाँकी भएको कुनामा राखिएको कम्प्युटर समाउन गयो, समय गएको थाहा नै हुदोरहेनछ । अनी त श्रीमती सँग बोल चालै बन्द । नहोस् पनि कसरी ? मुला बुढो, जाड धोकेको छ । अनी कम्प्युटरमा नानाथरिका खजनाहरु हेरेको छ, बसेको छ । कहिले फेसबूक रे । कहिले माइस्पेस त कहिले ब्लग । घरमा खाने बिखय छैन, बुढोलाई फेसबूक हेर्दै प्याला चाहिने !


हुन पनि हो । गाउमा आमा बुवासगै कोदाली खानेको बानी । पढ्न पनि राजनीति शास्त्र पढियो । त्यो शास्त्र पढियो, जुन शास्त्र आफ्नै मूलुकको लागी अभिशाप शास्त्र भयो । उ बेला हटमेल खोल्ने भन्दा कम्प्युटरमा केही जानिएन । बल्ल बल्ल सिकेको ब्लग लेख्ने तरिका त जसो तसो चलेको थियो । तर फेसबूक भन्ने जन्तु ! त्यो, त्यो फेसबूक हो कि "फेकबूक" हो पनि थिच्या-थिच्यै गरेको, जानेको र सिकेको सामान्-बस्तुहरु थप्दै गा'को । एकदिन बिहान आफुले राखेको "टाइटलको" कमेन्ट हेर्न खोलेको त - फेसबूक खाता बन्द रे । गयो, सबै गयो । बाबुराम भट्टराई देखी लिएर, प्रचन्ड सम्म । मिनेन्द्र रिजाल देखी गिरिजा सम्म । गच्छेदार देखी उपेन्द्र सम्म । गणेश शाह देखी ज्ञानेन्द्र शाह सम्म कताबाट, यताउतिबाट जोडीएका सारा नाम स्वाहा । बाबुराम भट्टराईले त चर्चित भएर अनी बदनाम गराउला भनेर आँफै बन्द गराए रे, पि ए लाई भन्न लगाएर । तर म जाबो न चर्चित, म मामुलीलाइ कसको बदनाम ? मेरो न पि ए, न कम्प्युटरमा बि ए न बि कम । बन्द गर्देछन । मैले के नै पो बिराएको थिएर प्रभु । बिगार्नु भन्दा पनि दु:खाएको थिए होला, श्रीमतिको मन । धेरै बेर कम्प्युटरमा बसेर । छोराको पढाईप्रती ध्यान नदिएर । त्यो बाहेक केही गल्ती गरेको जस्तो लागेन ।

जानी नजानी लेखिएका केही लेखनहरु, जिन्दगीको चौबाटोमा देखिने देखनहरुलाई, यसो यताउतिका पानाहरुमा टासोको रुपमा प्रेशित गरेपश्चात, मिले नमिलेको चिन्ताले होला । कहिले दौतरी त कहिले चौतारीका पोस्टहरु हेर्ने मन र रहरले हत्त न पत्त नजानेपनी कम्प्युटरमा हात पुग्दो रहेछ, बासस्थान पुगेपछी जुत्ताको तुनो खोलु भन्दा पहिले नै । श्रीमान आए, दिनभरिका दु:ख या सुखका गाथा बेलिबिस्तार लाउलान । भोक लाग्यो कि, भएको अनी चुलोमा पाकेको खाजा खालान । के गर्यौ आज, बाबुले के खायो ? सामानहरु केही सिद्धिएको छ कि भनी सोध्लान ! तर, यि यस्ता कुराहरुलाई गलहत्याएर प्याला र ब्लग खोज्न माउस समाएपछी हिजो श्रीमतिले भनिन, 'फेसबूकमा तस्बिर खोजाउने, ब्लगमा प्रेम-पत्र लेखाउने र माइस्पेसमा गोपनियता भन्डारण गराउने यो कम्प्युटर मेरो "सौता" हो । म भए - नाजबाफ । होइन गाठे भनेर उनिसङै प्रतिवाद गरौ भने सबै साचो हो । फेसबूक हराएपनी, आफुलाई अर्कै बनाएर नयाँ खाता खोलिनु । त्यसभित्र 'हराएकी कोही' सदैब खोज्दै जानु अनी खोजिरहनु । ब्लगमा प्रेमका भुतपुर्ब श्रीङ्खलाहरु लिपिबद्द गरिनु । मेरो संसार र तेरो संसार अनी उहाको आगन र हजुरको आगन माउसले हिर्काइ-हिर्काइ खोज्दा-खोजिरहदा न प्यालाको प्यास मेटिदो रहेछ । न समय टक्क अडिदोरहेछ त न कही, कतै केही भेटिदो रहेछ । अनी किन नहोस् त यो निर्जिब कम्प्युटर श्रीमतिको 'सौता' ?

अस्ती हेर्दा हेर्दै माइकल ज्याक्सन मरे । डाँडै उनको रहेछ । भयन्कर, अलिशान भबन । चारै तर्फ हरियाली । हरियालिको बिचमा हेलिप्याड । उनी त यो धर्तिबाट गए । तर भोकले आवाज निकाल्न नसक्ने अमेरिकिहरु उनको देहबसानमा धुरुधुरु रोए । भएभरका अमेरिकी टेलिभिजनहरुमा माइकल भन्दा अरु कुनै खबरै छैनन, कहिले हलिउडको डाडाबाट त कहिले लस एन्जलसबाट । मान्छे मरेपछी मान्छेहरुले बढी श्रद्धा गर्दारहेछन । अरुण थापा मरेपछी सम्मानित भए । उनी जिउदो हुँदा जिन्दगीको निरशाले बागबजारमा बिश पिउदा सम्झाउने कोही भएन । बिचरा मरे अनी उनको सम्मानमा उनका गीतहरु सन्कलित होइन, रिमिक्सिकन थाले । शैलाजा मरेको भन्दा सुजाता मन्त्रेको बढी चर्चा गर्छ, मेरो देश । कुख्यातिहरुले गरेको ख्याती बहिनिको हत्यामा मौन छ, मेरो देश । काकिलाई रत्नपार्कमा नाङ्गै घुमाउदा पेट मिचि-मिची हास्छ, मेरो देश । गगनहरु बोल्दा खोला सुसाउदैन, कोइरालाहरु, दाहाल र नेपालहरु बोल्दा गगन थर्कन्छ, मेरो देशको । त्यसैले मन पोल्छ । बासस्थान पुग्नेबित्तिकै यि पिडाहरु सधैं श्रीमतिसँग बिसाउनु भन्दा कुनामा कोचारिराखेको "खोयाबिर्के"को सहाराले कम्पयुटरमा जता मन लाग्यो, त्यतै माउसले घोच्न मन लाग्छ । औलाले थिच्न मन लाग्छ । थिच्दा थिच्दा बिचरा मेरो बुढीको यो सौता पनि थिल्थिलो भइसकी । भो, आजलाई नथिचुम । यत्तिकै !!! अस्तु !!!
Read more >>

25 June 2009

अल बिदा माइकल ज्याक्सन !


प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान लस एन्जलसमा मृत्‍यु भएको छ । हलिउडमा, म सानो ब्यापार गर्छु । अमेरिकि सेलिब्रेटिहरुको बासस्थान हलिउडमा आज सन्नाटा छाएको छ । सुनसान छ, हलिउड । त्यसै क्षेत्र वरपर आज उनका छिमेकिहरू बडो दुखित देखिंथे - एकाएक उनको मृत्युको खबरले । आज प्रख्यात सिटी बेवरली हिल्स, लस एन्जलस र वरपर सडकभर ज्याक्सन प्रती श्रद्धाभाव दर्शाउदै थिए, उनका शुभचिन्तकहरु । लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसको मेडिकल सेन्टरमा लगिदै गर्दा दिउँसो २ बजेर २६ मिनेटमा उनी यस संसारबाट बिदा भएको घोशित गरिएको थियो ।
१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन।
आफु पनि स्वदेशमा रहदा संगीतको बिद्यार्थी पनि रहेकोले होला - एउटा पप सम्राटको देहबसानले हृदय चिसो भयो । अल बिदा - माइकल, अल बिदा !!!
Read more >>

02 June 2009

परदेश, परिवार र पैसा :


परेदेशको दु:खले भनेको समयमा काट्न नसकेको कपाल कन्याउदै स्वदेश, आफन्ती र परिवारको सम्झना गर्दा प्रायश: मुटुमा साह्रो धक्का दिदो रहेछ । नयाँ पत्रिकामा हिजो " चैते, छिटो घर 'आ " शिर्शकको लेख पढ्दा मुटु भकास्सिएर आयो । त्यो लेखको पुरा भाग पढि नसकी बिचमै आशु पुछ्दै माउसलाई अन्यत्रै चलाऊन वाध्य भए, म । साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा । आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्‍युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।


अरब, अमेरिका, जापान वा मलाया । जहाँ रहेपनी हामी माता र मातृभूमी भन्दा अलग र टाढा छौ । परेदेशिनुपर्ने अनेकन कारणहरु त आफ्नो ठाउमा छदैछन् । त्यसभन्दा अलग हामीलाई परदेश पठाउने नाउमा दलाल, संस्थाहरुबाट गरिएका ब्यक्तिगत र आर्थिक शोशणको पिडा दु:खदायी भएको सबैलाई ज्ञात भएकै बिषय हो । बहिनिको बिहे गर्दा लागेको ऋण, बाबुले जुवा तास खेली सम्पत्ति स्वाहा पारेको ऋण, गुजारा चलाउन मागिएको ऋण र ऋण बापत महाजनहरुलाई तिर्नुपर्ने असिमित ब्याजले लगाउने अर्को घाऊ झनै बढी चहर्याउने हुदोरहेछ । अब, हवाइजहाजमा छाडेर, भर्खरै बिहे गरेकी श्रीमती छाडेर, गर्भवती प्रेयसी छाडेर, माता-पिताको न्यानो स्नेहलाई चटक्क छाडेर, छोरो रोला भनी एकबिहानै उसलाई नउठाइ चुप्प निधारमा चुम्बन गरी मायालाई सम्झनामै छाडेर, साथीभाइ, इस्टमित्र, आलो मायाकी प्रियतमालाई छाडेर काठमान्डौको मैदानमा उड्नैको लागि गूड्न पर्दा बिहानै एअर-होस्टेजसँग एक प्याग प्याला माग्न मन लाग्दो रहेछ । भयो पनि त्यस्तै । भर्खरै प्याला पिउने बानी बसेको थियो क्यार । म परदेशिदा हाजात् (हवाइजहाज)मा आन्टी (होस्टेज)ले जितु नेपालले भनेसरी सोधिन्," ओइ, के खान्छस ? " परिवार बिछोडको रन्को अनी बहुतै गह्रुङो ऋणको बोझ । साथीहरुले भन्थे, प्यालाले चिन्ता हटाउछ । त्यसैले मलाई के मागुम्, के मागुम् भाको'थ्यो । नाम पनि आएन । " रेड लेबल दिनु न, हजुर " भने । आन्टी दङदास् । एउटा सानो बोत्तल र प्लास्टिकको गिलास दीइन । मैले पनि मारा दन्काइदिए पो । जहाज थियो, कतार सम्मको लागि । त्यसभित्र आन्टिहरुले स्वदेशिलाई गर्ने व्यबहार त यहाँ के उल्लेख गर्नु पर्ला र ? त्यसमाथि पनि एकाबिहानै रक्सी मागेपछी ! आन्टिहरुको व्यबहार उल्लेख गरेर आफ्नो नाक आँफै नकाटौ भो ।


जब मान्छेलाई दु:खले चेप्दछ नि , त्यसबेला अनेक कस्टहरु पनि चौघेरो भएर घेरिदा रहेछन । सम्पत्ति के सबैभन्दा ठुलो चिज हो ? पैसा हुनेलाई मात्र समाजले स्विकार गर्दछ ? निर्धनहरुको चाँही के जीबन होइन ? चैते भाईको पिडा र आमाको अस्मितामा किन तथाकथित समाजको गिद्धेद्रिस्टी पर्दैन ? फेरी महाजनहरुले परिवारलाई दिने दु:ख र टोकसो सम्झदा हरेक परदेशिको मन कटक्क कुट्किदो रहेछ । कहाँ हो, कता हो ! बस्ने कुनै ठाउँ छैन । खाना त कुन चराको नाम पो हो ? यस्तै हुदो रहेछ । एक छाक कम खान पाए मात्र पनि ऋण थोरै घट्थ्यो कि भन्ने पिरलो मात्रै । त्यसपछी बसोबासको त केही न केही अर्थ लाग्ने नै भयो । बिचरा चैते भाई पनि कसको सहरामा घर छोडि हिंडेको हो र, मनको सपना बाहेक ?


टोकसो किन पो घट्थ्यो र, महाजनहरुको ? आउने बित्तिकै, फेरी भन्ने बित्तिकै पैसा कमाउन पनि नसकिदो रहेछ । परदेशमा बस्ने ठाउँ पनि भन्ने बित्तिकै कसरी मिल्दो रहेछ र ? सबै आ-आफ्नै धुनमा । चिने जानेको कोही नहुँदा स्वस्थानीमा पढेको नरक जस्तो हुदो रहेछ, परदेश । रात त जता गए पनि पर्दो रहेछ फेरी । रातमै सम्झना बढी, आमाको, छोराको, बुवाको र बुढा हजुरबुवा-हजुरआमाको । तर पीर सधैं ऋणको । "कागज" (वोर्क पर्मिट् ) चाहिने रहेछ फेरी काम पाउन । बिस्तारबादी भनी गाली गरेर के गर्ने ? त्यही भईयाहरुको धोती नमसारे काम मरु । रातमा काम गर्नुपर्ने भो । ऋणको पीरले परिवारले मर्नुपर्ने भन्दा त परदेषिलाई बाध्यताको लागि जे पनि गर्नुपर्ने ठुलो हुदोरहेछ । लागियो काम । हिजो अस्ती पीरले निद्रा हराम हुन्थ्यो भने आजबाट कामले सबैथोक हराम ।


गर्दै जादा दु:ख र कस्ट त कहाँ पो नहुदो हो र ? प्रबल ईच्छा र घनघोर बाध्यताले समय गएको पनि पत्तो नहुदो रहेछ । २ पछी आउने ३ र चारै रहेछ, रैतिको मुलुकमा पनि । वर्शौ बिते, दु:खमा, सम्झनामा । रोदनमा अनी कस्टमा । चाडबाडमा सम्झना र शुभकामनाका खातिर परिवारलाई गरिने फोनहरु पनि बढो अश्रुपूर्ण हुँदा रहेछन । सम्पत्तिवालहरु गरीबका छोरी बलत्कार गर्दै हिडिरहेका छन रे मुलुकमा । धनीले गाडीले हानेर हजुरआमा मारिदियो रे अस्ती । यि र यसै खबरहरु हुँदा रहेछन, हरेक सम्झनाका फोनहरुमा । आमा भन्नुहुन्छ - "बाबु कहिले आउछस ? कती दशै-तिहार आए, गए । सबैका छोराहरु आउछन बिदेशबाट । तं भने ।" बुवा फोन समायो कि खाली रुनुहुन्छ, केही नबोली । हजुरआमा भन्नुहुन्थ्यो, " बाबु म त तिमीलाई देख्न नपाइकन मर्छु कि क्या हो ।" क्यान्सरले केही महिना अघी हजुरबुवा बित्नु भो ।


पैसा मात्रै केही होइनरहेछ । तर पैसा सबथोक हो रहेछ । सम्पत्ती केही होइन भनुम् भने, राजा बिरेन्द्रले नागर्जुन् बनदेखी गोरखकाली मन्दिरसम्म आफ्नै नाममा गरेका थिए । सम्पत्ती केही हो भने, बिरेन्द्र मरेर के लगे त ? उनले त लान केही पाएनन्-पाएनन्, शाखा-सन्तानको मृत्‍यु संगै के गयो त ? त्यत्रा सम्पत्ति र बिर्ताका मालिक ज्ञानन्द्र महाराज बनमा थुनेको बाघ झै बस्नुपरेको छ । रुपैयाको मुल्य छैन भने, किन महाजनहरु सदा गरीबमाथि खनिन्छन ? चैतेभाइ, म र खाडीका मेरा दाजुहरु, इजरायलमा मेरा दिदिहरु किन रातदिन रोएर बस्नु परेको छ ? के यो संसारको नियम हो ? गरीबको लागि मात्र भनेर बनाएको परिधी हो ? हो के र होइन के त ? खै के खै के ???? म त आश्चर्यमा छु ।
Read more >>

19 May 2009

एउटा बिरामीको बिछोड प्रेम कथा :


सधैं आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफु नौ बर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा'को, हा हा !!! त्यही त गाउले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफुभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनी ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र ? आफु फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।

यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।

जसरी शहरी दिनचैर्या गाउले तरिकाले चलेको थियो । प्रेम भन्ने नौलोचैर्या त्यतिखेर मेरो जिन्दगीमा शायद शहरी तवरले चल्यो झै लाग्यो । दिनभरी ठमेलमा अरुकोमा काम गरिन्थ्यो । साझ लेखनाथ मार्गको म:म: खाएर क्याम्पस पढिन्थ्यो । राती पढेपनी किन किन दिउसो पढ्न मन लागेर आयो । अलिअली राजनीति गर्ने बानी त्यतिबेला । बढी नै बोल्न पर्ने । साथीहरु अनेक तरहका हुन्थे । काम र अली अली आम्दानी अनी नचढिएको नौलो मायाको ताम्दानिले कता कता काउकुती लागे झै हुन थाल्यो ।

दसैंमा घर गएर फर्के पछी सँगै बस्ने मेरो साथी केही महिना नफर्कने कारणले म कोठा सर्ने निधोमा पुगे । कती हुन्थ्यो र सामान ? एउटा कम्बल, फमको ओछ्यान, कुकर र दुई चार वटा किताब अनी एउटा रातो प्लास्टिकको बाल्टी । आधा घण्टामा सरियो बास । सरेको ठाउमा सामान सार्दै गर्दा मुल ढोका खुलै थियो । भोक लागेकोले कालो चिया र एक पाउन्ड पाउरोटी भकुर्ने जोहोमा पसलबाट फर्केको त ढोका बन्द। अब परेन फसाद !!! कसलाई बोलाउने ? को को बस्छन त्यहा, आफुलाई थाहा छैन । त्यती बेला कसैको मोबाईल थिएन । के गर्ने ? यसो हेरेको घन्टी बजाउने ठाम र'छ । बजाउनै पर्‍यो । टिङ्डिङ पारेको त, दुई सेकेन्डमा एउटी पार्वतीको उपस्थित भयो त्यहा । जालन्धरले पार्वती देख्दा मुर्छा परे सरि भए म त्यस बखत ।

अब ठमेलको म:म: होइन, कोठामा भात पकाएर खाने बहानारुपी जागर जागेर आयो । त्यतिबेला हिट्स एफ एम को "मेरो कथा - मेरो गीत" खुबै प्रख्यात थियो । सन्योग, मेरो खाने छुट्टी पनि त्यती नै बेला हुने । मेरो कथा नआउने दिनमा माया र पिरतिका गीत बजाउन थाल्ने भएछु । बजाए पनि । कोठाको कुनापट्टी त्यो फ्ल्याटमा बस्नेहरुले प्रयोग गर्ने पाइखाना रहेछ । जब मैले बजाएका गीत अनी अरुले एफ एम मा भनेका गीत बज्दथे, त्यो पाइखाना र मेरो कोठाको जोडीएको झ्यालमा ति "पार्वती"को आवागमन हुन थाल्यो । उनी कहिले लुगा धोएकी हुन्थिन त्यता त कहिले बिचरी पाइखाना जादी हुन । म भने मैले बजाएका संगीत सुन्न आएकी मोरी भनेर कुन्ता त फोन्द्रे नाक झन ठुलो बनाउथे अनी बोल्ने बहाना बनाउथे । "कस्तो राम्रो गीत बजाएको दाई ?" कुनै किताब पढिरहेको मेरो दिमाग उनको प्रश्नोत्तरका खातिर आतुर भए । उत्तर कस्तो हुन्थ्यो, त्यो यहाँ किन लेख्नु पर्‍यो र । कुर्कुरे बैशको मायाको उत्तर कसलाई पो थाहा हुँदैन होला र ?

एबम रितले चल्न थाले दिनहरु । उनी पनि म पढ्ने क्याम्पसमा पढ्ने रहिछन । उनको दाजुहरु मेरा सहपाठि-समकक्षी रहेछन । उनकी दिदी मैले काम गरेको ठाउबाटै अफिस जानुहुदो रहेछ । उहालाई म सधैं देख्दथे । विश्वकप फूटबल हेर्न उनको कोठामा जम्मा भएका साथीहरु सबै नजिकका रहेछन । मेरो आँखा उनको सिसाको दराजमा उनको आँखा सँगै त अरुका आँखाहरु टि भि तिर । परिचय, सम्बन्ध र बोलाकिले उनका सबै आफन्तहरु अब मेरा पनि हुन लागे । जिन्दगीमा नयाँ उन्माद र तरङहरुले छाल र तप्काहरु छोडे झै हुन थालयो । निचोड्मा भन्नुपर्दा, अब उनको मेरो बारेमा सबैलाई ज्ञात हुन थाल्यो । अनी सबैले स्विकार्न थाले - हाम्रो आत्मिय मायालाई । क्याम्पसमा हामीले आयोजना गरेका बनभोज र अन्य कृयाकलापमा एउटा पारिवारिक सदस्यले जसरी उनले मलाई सहयोग गर्न थालिन ।

मेरा अती हितैशी मित्र एक दिन मेरो कोठामा आउनु भएको थियो । मेरो निमन्त्रणामा - साग र भात पकाएर सँगै खाने रहरले । त्यस दिन जिन्दगीमा पहिलो चोटि प्याला पियौ हामीले । तर प्रेमको उन्मादमा भने पक्कै थिएन त्यो पिलाई । मलाई सन्चो नभएको जस्तो लागेको थियो । कती बखत के भयो थाहा भएन । अर्धचेत अवस्थामा म त बिर अस्पातलको आकास्मिक कक्ष पो लडिरहेको रहेछु । भोलीपल्ट अली होशमा याद भयो, मैले लगाएको मोजा कसैले खोल्दिदै शरीरलाई आराम महसुश गराउने कोशीश गर्दै थियो । यस भित्र धेरै कथाहरु छन । जुन यहाँ सबै खोलेर अबश्य सम्भब छैन ।

मलाई ब्यथाले छोडेन । परिवारको जेठो सन्तान म । घर अनी आफन्तहरु सबै पिरोलिन थाले । म आफुलाई पनि लाग्यो । अब म कदापी बाच्दिन । बीर अस्पातलको कथित प्रख्यात सर्जन डि बि शाह भनाउदोले मलाई केटी र प्रेमको कारणले चिन्ता जागेर त्यो हालत भएको बताएछ । म त प्राय सधैं बेहोश । कहिले कहिले खुल्थ्यो होश । आफन्त र उनै "पार्बती" को घना उपस्थिती भएको पाउथे - ब्युझदा । उनले पनि सुनिछन, डा. को त्यो भनाइ । यस्ता कुरा होश आउँदा आफुले साथी मार्फत थाहा पाएपछी बेहोश भए पनि म निको भएको बहनाले डिस्-चार्ज हुने निधो गरे । म मेरो करणले कसैले दु:ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । मेरा आफन्तहरुले अब उनी र मेरो विवाह गर्ने निर्णय सहित् भोलिपल्ट उनको परिवारलाई भेट्न जाने निधो गरेछन । कोठामा मलाई ल्याको अली अली याद थियो - अस्पातलबाट । तर ब्यथाले मलाई छोडेन । भोलिपल्ट कोही बिहेको कुरा गर्न त कोही डा. उपेन्द्रसँग न्यूरो सम्बन्धी जचाउन लाने कुरो भएछ । म फेरी बेहोश । छट्पटिदै बीर् अस्पातलमा उपेन्द्र देवकोटा कुरेको याद छ । मेरो ब्यथाले अरु बिरामीले मलाई निर्धारित पालो भन्दा अगावै जान अनुमती दिएर ठुलो मानवता देखाएछन । भित्र कोठामा गएपछी उनले भने रे कि चार मिनेट ढिलो भा'को भए, मेरो मृत्‍यु निश्चित । कारण, मलाई म्यानेन्जाइटिस भएको रहेछ । न्यूरो वार्डमा लगेर एक हातको सुइ दिएपछी बल्ल मैले पुनर्जन्म पाएको महसुश हुन थाल्यो ।

अस्पताल बसेको झन्डै एक महिना भैसकेको थियो । बाहिरको संसारमा के भइरहेको थियो, म जानकार कदापी थिइन । हल्ला अनी अनेक हल्ला मात्र । भए नभएका कुरा हरु मात्र । कल्पना अनी ममता मात्र । मलाई पुरै निको भयो । एक हाते सुइ लाएपछी मैले उनलाई केही दिन त देखेको थिए । अस्पातलबाट बाहिरिएपछी मलाई कसैले फोन गरेन । उनिले पनि वास्ता गरिनन । शायद मेरो दोश थियो होला । एउटा बिरामीको, रोगिको अनी बिबशताको दोश । म फेरी कर्मथलो ठमेल फर्कन थाले । मैले गरेका उनका फोनका घन्टिमा बिद्रोहका अरु कसैका तिरस्कारहरु सुनिन थाले । म यूरोप गए । मेरो बिहे भयो । मेरी श्रीमती बिरामी भइन । मेरो छोरो जन्मियो । यती पस्चात मैले उनको बिहेको कुरा सुने । म बस्ने नजिकैको मन्दिरमा उनको धुमधाम बिहेको उन्माद सुनिन्थ्यो । उनी अन्मी रहदा म र मेरी आमा काठमाडौं आउँदै गर्दा मैले आमालाई भने - " आमा त्यो कबिताको बिहेको रमिता हो । " आमा दङ्ग पर्नु भो । म पनि अहिले सम्म दङ्ग छु । सुनेको छु, उनको दुई वटा छोरा जन्मिसकेका छन । म चाहन्थे, 'कम से कम भगवान एउटा छोराको नाम मेरो जस्तो जुराइदेउ ।' तर थाहा छैन के भइरहेको छ उनको दुनियाँ । म त परदेसिएको पनि पाचौ बर्ष पुरा भएछ । तर ममताको साहराले उनिसङै जिउने मेरो मनको रहर शायदै पुरा भयो !!! उनलाई सदा सुख होस् । मंगलमय दिनहरुले सदा सर्बदा प्रगती गराउन । यो भन्दा म के नै तथास्तु पुकार्न सक्छु र ?
Read more >>

01 May 2009

निरिह देश, बलबान नेता र मजदुरी आशु :

धेरै मेलम्चिहरु बगे, बगेको बग्यै छन कालिगण्डकी र महाकाली हरु भने तुरुक्क-तुरुक्क रोइरहेको छ हाम्रो बागमती । अन्धकारमा नयाँ नेपालको नक्सा त अब के कोरिएला खै ? मातृभूमीको लाम्टो केही भाग नेता तिर, केही भाग तिनका भाई-संगठन तिर त केही भाग सेना तिर । यिनिहरुले आफुसक्दो लुछिरहेका छन - आमाको लाम्टो । अझै आफन्तहरु लगाएका छन, अरु चुस्न । चुसी चुसी सक्ने भए मुलुक । गोर्खाका कृष्ण प्रशाद भट्टराईले ल्याउने भनेको "सिङापुरे मेलम्ची" गोरखाकै अर्का भट्टराईको बाउको पनि केही लागेन । बरु उनैको श्रीमतिको बल लागेको छ, मन्त्रालयमा सारा आफन्तहरु भर्ती गर्नमा । आफन्तिले मजाले चुस्न पाएपछी जनताको के पीर ? यि नयाँ पुराना भट्टराई अनी यमिहरुलाई ?
धुलिखेलको रिजोर्टमा प्यालाको सुरमा लडेका प्रधानमन्त्री पुत्रको हातमा छ लाख मुल्य पर्ने घडी छ रे । कर अनी अझ कर भन्दा भन्दा थाकेका नयाँ भट्टराईको आँखै अगाडि भन्सार नतिरी ल्याएको तीन लाख पर्ने खाटमा सुत्छन - प्रधानमन्त्री । रोल्पा र गोरखाको कुनाबाट "जनक्रान्ती" गरेकाहरुलाई आराम गर्न "झुले रिजोर्ट" चाहिने भएछ, आज । यि त नयाँ नेपालका नेताहरुका उदाहरण भए । पुरानी भइसकेकी सुजतालाई उप-प्रधानमन्त्री दिन मन्जुर छ रे माओवादी । आफ्नो बाबुप्रती सम्मान नगर्ने र पार्टीको निर्देशन नमान्ने यि राजाकुमारी कोइरालाले के गरी देश चलाऊछु जस्तो सोचेकी होली, सुन्दा पनि हासो उठ्छ । त्यसो त बागमतिको सुगन्ध लिदै मेलम्ची सम्झेर रुने हाम्रो देश कहिले साचो रुपमा हाम्रो देश होला ? कहिले नेपाली जनताले सुखका सास फेर्न पाउने होलान ? हाम्रा बा-आमाका हातमा पनि लाखौं रुपैयाको घडी लगाइदिने दिन कहिले आउला ? साचो रुपमा हामी स्वतन्त्र भएर बाँच्न पाउने दिन कहिले आउँला ? यही भजन भन्दा भन्दै बर्शौ बितिसकेछन । हिजो हामीसङै गोल्ढयाक खेली पढ्ने प्रकाश र प्रचन्डहरु कहाँ पुगे, माहिली बहिनीसङै मेलापात नगरे पनी त्यही उमेरकी सुजता देश हाक्ने धमास लागाउछिन, हजुरबुवा सँङै राजनीति गरेका बुढाहरुको अझै प्रधानमन्त्री बन्ने धोको छ । त हामीले के पायौ ? संततिले के पाए ?
भत्किएको मन्दिर बनेन । बिकासका टावरहरु ट्वाल्ल परेर हेरिरहेका छन अनी देश चाँही कृष्णभिर जसरी निरन्तर पहिरेको पहिर्यै । क्रान्तिका नाममा भत्केका पुलहरु त अब कसरी जोडीएलान कुन्नी ! चरित्रवान नेता कोही भएनन । हिजो क्रान्तिका नाममा जलेका आगाका तप्काहरु ननिभ्दै हिमाल, तराइ र पहाडबाट बिभिन्न नामबाट बिद्रोह शुरु भएको छ । अनेक नाममा संगठन र सशस्त्र समुहहरु जन्मेको जन्म्यै, रोकिने कहिले हो ?
जती देश भास्सिएको छ, त्यती नेता बलवान । जती गरीब रोएका छन, त्यती नेता खुशी । जती धाराबाट पानी चुहीदैनन, त्यती नेताहरुका मनमा आनन्द जाग्रित हुन्छन । रोएका छ्न जनता । रोएको छ देश - नेताहरुलाई सधैं दसैं । फाटेको छ मुलुक, चुहिएको छ मुलुक, गन्जागोल भएको छ मुलुक । तर मतलब छैन कसैलाई ।
सत्तामा नेता पुगे पनि नेपाली मजदुर्हरुको हालत आखिर कमाराको भन्दा भिन्न छैन । कहिले मजदुरी नगरेका लक्ष्मण बस्नेत १८ बर्ष ट्रेड युनियनको सभापति छन । हिमालमिडियामा आक्रमण गर्नेहरु अहिले नेपाली मजदुरका स्वघोशित नेता भएका छन । संसारका मजदुरहरु एक हौ भन्नेहरु आपसिमा खिचातानिमा छन भने नबालाकहरुले बुनेका कार्पेट बेची करोड्पती हुनेहरु मजदुरी सेमिनारका आयोजक हुन्छन ।
ज्यालामा काम गर्ने धादिङ्का बुद्धिबहादुर, रिक्सा चलाऊने गोरखाका मिलन, राती ठेलागाडामा मकै भुटेर बेच्ने खोटाङका खेम प्रशादका कुरा कसले सुनुदिने ? उनिहरुका दु:ख कसले बुझिदिने ? राजधानीमा मध्यरातमा नाङ्गै नाच्नेहरुका साहरा छन यो मुलुकमा । ति बुद्धिबहादुरका दु:ख कुन चरोको नाम हो कसलाई के मतलब ? गोस्ठिमा सिरिङ्ग तात्ने भाशण छाटेर के गर्ने ? दुखियारिको लागि न कानुन छ, भए पनि न लागु हुन्छ त न परिमार्जनको लागि सन्सद नै कहिले चल्छ । फटाहाहरु बोल्ने, भाषण गर्ने । गरीब ताली पड्काउने । भरे घर गयो, खाने कुरो केही छैन, न छ बत्ती । लाला बालाको ड्वा-ड्वा रुवाबासी सुन्यो अनी स्वास्निको टोकसो । यस्तै छ, गरीबको कथा अनी मजदुरको जिन्दगी, सधैं पुर्पुरोमा हात हजुर । जय मजदुर दिवस ! जय नेपाल !!
Read more >>

25 April 2009

आमालाई सम्झदै दुई हरफ

आमा, म तपाईंको अनुहार हेर्न आएको चार बर्ष बितिसकेछ,
मैले तपाईंको सम्झनामा त्यो कबिता लेखेको ।
परदेश आखिर परदेशै रहेछ आमा,
त्यसैले म तपाईंलाई भेट्न यो अबसर पारेर आएको ।
तर, अझै पनि किन, किन तपाईंका आँखामा आशु, आमा ?
त्यो दश बर्षको प्रसब बेदनाले तपाईंले छुट्कारा पाउनुभेको छैन अझै ?
प्रचन्ड ठुल्दाइले ज्ञानेन्द्र माइलादाइलाई निकालेको सुनेको थिए,
के साचो हो आमा ?
ठुल्दाइले खुबै फुर्ती लगाएर मलाई चिट्ठी पठाका'थे त,
कुनी के के हो गर्छु भनेर,
मैले पढ्न नभ्याएर आमाको अगाडि पढ्न ल्या'को छु आमा ।
तर, मैले जडान गरेको बिजुलिको तारमा त धमिरा लागेछ,
बिजुली के भयो आमा, हाम्रो मुलुकमा ?
त्यो चिम पनि त ध्वासो लागेछ ।
बिजुली बल्न छोड्यो ?
गत महिना, उत्तमले पठा'को चिट्ठीमा लेखेका'थे आमा,
धमला सान्दाइलाई पनि प्रचन्ड ठुल्दाइले छुटाका रे,
आज क्लबमा कार्यक्रमको लागि बोलाका'थे आमा, ॠषि दाइले ।
तर मलाई जान मन लागेन आमा,
किनभने,
अनन्त काका र कटुवाल ठुलो बुवाको झगडा चलेको छ रे,
बाटामा अनाहकमा झगडामा परियो भने !
हैन आमा ?
फेरी, शर्मा काकालाई पनि त अस्ती मोसो दलेछन, हुल्याहा हरुले !!
हाम्रो देशमा के हुन लागेको आमा यो उपद्रव ?
आमा, तपाईं त नाजवाफ हुनुहुन्छ किन ?
आशु मात्रै किन तपाईंका आँखामा आमा ?
भैगो आमा, अहिले लाई सुतौ,
भोली बिहान आमा छोरा धित पुग्ने गरी कुरा गरौला ।
Read more >>

10 April 2009

न्यायपालिका, न्याय र बिमोचनहरु :

राजा राम शाहको न्यायिक चौतारो गोरखाको बजार माथिको गोरखकाली जाने उकालोमा अहिले पनि कुशलै छ । हुन त हाम्रा होनहार न्यायमुर्तीहरु त्यो न्यायिक चौतारो पुग्नु भएको छैन होला वा पुग्नु भएकाहरुले देख्नुभएन होला अथवा वास्ता नगरि भुल्नु पनि भयो होला । खैर, आखिर जे होस् । राम शाह पछी पृथ्वी नारायणले टाकुरा र रजौटाहरुका टाउका काट्दै नेपाल एकिकरण गर्दाका बखत कती न्याय वा अन्याय दिलाए, त्यो त उनै गोराखनाथ बाबालाई थाहा होला कि त इतिहास शिरोमणिहरुलाई । जब काठमान्डौ नेपालको राजधानि भयो, त्यसै बखत तत्कालिन राणा, शाह र भारदार भनौदाहरु गाग्री बोक्दै गरेकी गाउकी चेलीलाई बलत्कार गरिराखेका हुन्थे, कोही श्री ३ हरु शमशेरहरुका टाउका गिड्नमै ब्यस्त हुन्थे त कोही शाहहरु दरबारको भर्र्याङ्को खुड्किलै पिछ्छे तरुनी मसार्दै खुड्किला उक्लन्थे अनी झर्दथे । जसरी अस्ती भर्खर सद्दाम, उनका छोरा उदय र भारदारी हुसैनहरु दरबारमा चैन गर्दथे । हामी अनुमान लगाउन सक्छौ कि सर्बसाधारण निमुखाहरुले पाउने त्यसबेलाको न्यायिक प्रणाली कस्तो थियो होला ? न ब्यबस्थापिका, न कार्यपालिका ! केबल तानाशाहहरुले कोत पर्ब, भन्डार्खाल र अरु कान्डहरुबाट सिकेका बदनामी अनी क्रुर एकतन्त्री हुकुमी न्याय । न प्रधानमन्त्री राजाका कुरा मान्दथे, न राजा प्रधानमन्त्रीका कुरा सुन्दथे । भरखरै पुन: पढेको "सेतो बाघ" मा नै उल्लेख छ, हुकुमी शासनको न्यायिक चर्तिकलाहरु । जसरी त्यतिबेलाका न्यायिक तराजुभन्दा बाजे बराजुका बचे खुचेका खुडा र तरवारहरु बलवान थिए, अनी न्यायको खातिर तरवारहरु निर्दोश टाउका काट्न उद्धत हुन्थे ।
०४६ सालको क्रान्ति, १० बर्षको जनयुद्द अनी नयाँ नेपाल बनाउने भनिएको "नया नेपाल क्रान्ति" । यि सबै अनेक फुरुङा लगाइएका क्रान्तिका नव-नामहरु जतीसुकै फलाके'नी, पुकारे'नी धिक्कार्नु बाहेक प्रतिफल केही भएन । हरेक नव-नामधारी क्रान्तिका महानायकहरुका परिवारको पालन्-पोशण गर्ने खालको कार्यपालिका र भ्रस्टाचारिहरुलाई चोख्याउने न्यायपालिकाको साथसाथै सान्सद बेच्ने र पुरुष सुत्केरी हुने "नव-नियम" हरुको प्रतिपादन बाहेक निमुखालाई रसस्वादन गराउने कुनै "महान कार्यहरु" हुन सकेन । यस बिचमा न जनताका लागि कुनै बैकासिक उपलब्धी भए न कुनै भस्टाचारीहरु चिसो खोरमा रमाउन पाए । ००७ साल पछीका कुरा यहाँ उठायो भने सबैका पुर्पुरा तात्तिएर आउछन, जुन स्वाभाबिक नै होला । तर ०४६ साल पछी बनेको कांग्रेसको सरकारले रेडियो नेपाल र सरकारी कार्यालयहरुमा कार्यकर्ता भर्ती गर्नु भन्दा सिवाय न्यायको लागि कुनै सिन्को भाचेन । जनताको लागि न्यायिक नियम त परै जाओस, स्वतन्त्र सेनानी र शहिदका परिवारलाई कांग्रेस र यसको सरकारले चटक्कै बिर्सियो । सत्ताको उन्मादमा गरेका कु-कर्महरुको प्रतिफल आज कांग्रेस दलानमा बसेर झरिमा बिस्कुन सुकाएको हेरिरहेछ । आधा काल सत्ताको त्यो अबधिमा कुनै प्रदीप गिरिहरु माथि आउन सकेनन, चक्र बास्तोलाहरु हराए, दमननाथहरु अर्कै मियो समाउन पुगे, निर्बाचित गुरुराज र गगन दरबारिया कहलिए र आज नरहरिहरु जातोमा पिस्सीरहेका छन । कार्यकर्ताहरुको यो हबिगतको बिचमा जनताको लागि न्यायिक विश्वाश के आशा गर्नु र भयो के ?
नौ महिने एमालेको शासनमा कांग्रेसी कार्यकर्ताहरु एक एक गरी मन्त्रालय र भर्तिकेन्द्रहरु बाट धपाइए । उता "जनताको न्याय क्रान्ति" को नाममा चलेको "जनयुद्ध" त यस अगाडि नै धेरै माथि पुगी सकेको थियो नै । एमालेले न मदन भण्डारी र आश्रितको हत्यारा पत्ता लगायो न रत्न पार्कको ग्रील भाँच्न लगाएको शक्ती सरकारमा देखायो । केबल रातो दरबार निर्माण र बामदेवको "शक्ती सन्चय"को नौलो थालनिमा मात्रै रुमल्लिन रनभुल्ल भयो । अच्युत खरेल माथि अन्याय भयो होला शायद अनी ध्रुब प्रधानलाई न्याय । यसबिचमा पुराना पञ्च प्रधानमन्त्रीहरुले कती कमाए, सुरा र सुन्दरी लगायत अनेकौ बिमान किन्बेच कान्डमै धेरै बर्ष बित्दै आज हामी "जनयुद्ध बाट स्थापित ?" सरकारको न्यायको कठघरामा उभिएका छौ । सबै पार्टी मिलेर गरेको चुनाव कत्तिको न्यायोचित भयो र आज जनताको सामु घटी रहेका बिकास वा अन्धकारका घटनाहरु कत्तिको पाच्यशिल भएको छ, गरीब जानुन । "नव-सामन्तिहरु" लाई यसको लेखा जोखा गर्ने फुर्सद छैन, होइन र ?
जुन पार्टिको सरकार भयो, मन्डले हरुले नयाँ भेश बदले । कमल थापाले बदले, निछ्य शमशेरहरुका दिन आए । पारसले प्रबिण मार्यो । खै परिवारलाई न्याय ? करोडौको मुर्ती बेचियो, खै भगवान प्रती आस्थाको न्याय ? "कसैले ?" बन्श नै सखाप हुने गरी रमाइलो नौलो कोतपर्ब घटायो, खै न्याय ? खोइ नियम ? हामी मामुलिका कुरा छोडिदिउ, त्यसै बखत राजाकुमारी मध्यारातमा हेलिकपटरको सहराले सडकओ लागि रारा तालमा पौडिन पुगिन । जनता र मुलुकले पाएका यि यस्तै न्यायिक घटनाको एउटा रामायाण भन्दा ठुलो ठेली यहाँ उल्लेख गरी साध्य छैन । तर तिनै मन्डलेहरु आज मोबाईल र मोटार्साइकलको प्रयोगले बालकहरु अपहरण गर्दै हिनेका छन । न्याय छ त केबल जो सँग हतियार छ अनी शक्ती छ । हामी भुक्तभोगी र सदाका रोगिहरुलाई केबल अन्याय र अन्धकार मात्रै ।
र आज मुलुकमा जतातती पानसमा बत्ती बलेको छ । निमुखाको घरमा अन्धकारमा बल्न नपाएर चिम जलेको छ भने रणबिर सेना, तराइका अनेक थरिका सेना लगायत पहाडी समुहहरुका कार्यक्रमले भित्र सभा कोठिहरु प्रज्ज्वल्लित छन । हरेक दिन नयाँ कार्यक्रम र रुपरेखाहरु बिमोचन भएका छन, नयाँ मुलुकमा । राणबिर सेना सँगको धमलाको बार्ता बिमोचन भएको थियो । नायक जेलमा गएको अभिनयको अर्को भब्य बिमोचन भयो अनी त्यो कथा यत्र तत्र खुबै चल्यो । निर्देशक प्रचन्ड र कथाकार कोइरालाको बर्ताको बिमोचन भयो र आज नायक धमला सर्बश्रेस्ठ नायकको पगरी सहित बिमोचित भएका छन । किन नायक धमला मात्रै हल्लाका र सल्लाहका पात्र भए ? अरु खलनायक हरुको बिमोचन कहिले त ? यदी धमला निर्दोश हुन भने रणबिरका महान बिरहरुको लागि बोल्ने को ??? यस्तै प्रकारको छ हाम्रो न्यायिक परम्परा । त अब हामीलाई लोकेन्द्र चन्दको सरकार, चन्द्र समशेरको सरकार अनी प्रचन्डहरुको सरकार बिच के फरक त ? जनसेना खेलकुदमा माहिर छन रे त्यसैले नेपाली सेना मैदानमा नभएको हो ? तर जनसेनाका सुप्रिम कमाण्डर हरु नव नायक धमलाहरुको चलचित्र हेर्न मै मस्त छन ।
त्यसो त न मुलुकले बिकासमा न्याय पाएको छ - जसको घरअगाडिबाट पानी बगेको छ, त्यही टोल प्यासी छ । जहाँ शान्तिदुत जन्मे, त्यही पुन: भयन्कर अशान्ती छ । जुन मुलुक सुन्दर छ, त्यही आफन्तैद्दारा बलात्‍कृत छ । जहाँ सयौ बर्ष पहिले न्यायको चौतारो रोपिएको थियो, त्यही दिनहु अन्याय र आतंकका कयौ घटनाहरु दिनानुदिन बिमोचित भईरहन्छन । जोहरु हिजो न्यायको लागि लडेका थिए, आज तिनिहरु नै कालो कोट सस्तोमा बेच्न लालायित छन । एबम रीतले बिकसित हुँदै गयौ भने हाम्रो मुलुक धेरै चाडो "नया नेपाल" हुनेछ । हाम्रो नयाँ नेपाल होइन हामी कुनै अर्को राष्ट्र सँगै मिलेर राज्य गरिने "नया नेपाल" । त्यती बेला नयाँ राष्ट्रपती बाराक ओबामाले पठाउने छन भने प्रधानमन्त्री सोनिया गान्धिले नियुक्त गर्नेछिन अनी तपाईं हाम्रो शिरमा गीर खेल्न सुसज्जित हुँदै बेइजिङ्ले प्रधान सेनापती पठाउने छ अनी लुम्बिनीमा दलाई लामा ध्यानमा मस्त हुनेछन, विश्व शान्तिको लागि । अनी सबैलाई समान न्याय । जय न्यायमाता ! जय नेपाल !!
Read more >>

08 April 2009

आश भो ....

हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।

तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।

सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।

क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।

मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।

आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।

नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।
Read more >>

07 April 2009

नयाँ बर्ष २०६६ सालको हार्दिक शुभकामना !!!

नेपाल र मुलुक बाहिर छरिएर रहनुभएका नेपाली दाजु - भाई, दीदी - बहिनी, बुवा - आमाहरु प्रति नयाँ बर्ष - ०६६ सालको हार्दिक मंगलमय शुभकामना !!! यो बर्ष, तरबारको नहोस् , कलमको होस् । यो बर्ष बिषको नहोस्, मलमको होस् । आगामी दिनहरु आतंकका नहोउन, फेरी बारुदका नहोउन, भाईचारा र शान्तिले सदा सर्बदा स्थान पाओस । शुभकामना ! शुभकामना !! शुभकामना !!!
Read more >>

28 February 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको कथा :

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।
एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।
राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।
२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?
चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।
अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!
Read more >>

24 February 2009

सबै मित्रहरुलाइ चित्त बुझ्छ भने :

हामी आपसी मित्रताको यती ठुलो दुनियाँमा छौ अहिले कि, अब हाम्रो यो यात्रा कहिलै नटुट्ने र नरोकिने गरि आगाडि बढेको बढ्यै छ । यो भन्दा बढ्ता भाइचाराको अर्को कुन नमुना हुन सक्दछ? कुरो के पर्यो भने, कृपया, हुन त खुल्लामन्चले राजनिति भित्र्यायो नभनौ । तर हामि अझै बलियो हुनु जरुरि छ । जुन बलियोपनाले एकता दर्शाओस् । आफ्नै पिढिबाट हामि कसैको चौतारि अनि मित्रताको दौतरिको सहराले यति लामो र प्रघाण समिप्यमा हुनु झनै खुसिको कुरो त हुदै हो । त्यसैले सन्सार भर छरिएर रहेका हामि नेपालि ब्लग्गरहरु एकचोटि गठित हुनुपर्यो भन्ने मेरो आशय हो । यसमा कति साथिहरुलाइ चित्त बुझ्ला या नबुझ्ला अनि भोलि गर्नु पर्ने के र कति भन्ने सबाल उठ्ला । मित्रहरुको भाबना बुझ्नको लागि दौतरि तिर यो शिर्शक् नराखि ब्लगमा राखेको । समय मिलेमा सुझाब गर्न नभुल्नुहोला ।
Read more >>

22 February 2009

लेख रचनाको लागि अनुरोध ;

खुल्ल्लामन्च ब्लगस्पट डट कम अब खुल्लामन्च डट कममा पनि सन्चालित भएकोल लेख रचना सम्प्रेशण गर्नुहुन सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध !!!
खुल्लामन्च डट कम
khullaamanch@gmail.com
Read more >>

19 February 2009

पार्टीहरु, बचनहरु र कामहरु !!!

पार्टी अनी फेरी पार्टीहरु ? यो शब्द सुनेर पनि सारा नेपालीको चित्त दुख्दछ । भिमसेन थापाले प्रधानमन्त्री हुन खोलेको भारदारहरुको पार्टी, जङबहादुरले भान्जा काट्न खोलेको आफन्तिहरुको पार्टी, टन्कप्रशाद आचार्यले खोलेको पार्टी, मातृका कोइरालाको आफ्नै पार्टी, मातृका यादवको नयाँ माओवादी पार्टी, प्रकाश र प्रचन्ड, दुई "प्र" को एकिक्रित पार्टी, उतिबेलाको बि पि र यती बेलाको जि पि को कांग्रेस पार्टी, भण्डारीको जबज र खनाल, नेपाल अनी ओलिको एमाले पार्टी, जमिन्दार् काट्ने ॠषि धमलाको राणबिर सेना पार्टी, तराइ जोगाउने रे तर गैंडाको नाकै काटेर तस्करी गर्ने कुनै नेपालीको अर्कै पार्टी । हजुर, तपाईं कसको, म कसको ? तपाईं कुन पार्टीको म कुनको ? तपाईं घामको कि म जुनको ? तपाईं सुखको कि म रुखको वा दु:खको ? हामी यसरी बर्गिक्रित भएका छौ कि ? त्यसको कुनै तापमान छैन । सानो मुलुकका ठुला मनका धनी हामी नेपाली आज भाई फुटे गवार लुटे भने जसरी काटमारको स्थितिमा अझै छौ । हिजो कसैका बहिनिका सिन्दुर पुछिए, कसैका हेडमास्टर काटिए, बाउ मारिए, छोरा अपहरित पारीए । भैगो, छाडिदिउ, मुटु भक्कासिने ति घटनाहरु । तर फेरी पनि सोचौ, हामी कसका पछी किन लागेका छौ ? राजनीति कसैका बाउका बिर्ता रहेछ । हामीले चुनेर पठाएकाहरुले हामिलाई नै छिनेर खाए । तर पनि हामी कसका पछी किन लागेका छौ ? भिमसेन थापा प्रधानमन्त्री भए, लखन थापाले झुन्डिनु पर्‍यो । जङबहादुर प्रधानमन्त्री भए, रण कुनै बहादुर काट्टिनु पर्‍यो, मातृका प्रधानमन्त्री भए, बि पि थुनिनु पर्‍यो । एमाले सरकारमा गयो, त्यसको लागी मदन भण्डारी मरिदिनु पर्‍यो । रणबिर सेनाले बम पड्कायो, ॠषिबिर धमला जेलमा हावा खानु पर्‍यो । यि त भए, उदाहरणहरु । जसले जे खाए, हिजो खाए, अब बचेँका हामीले भोली कुनै हन्डर खानु पर्छ कि भन्ने किन चिन्ता छैन हाम्रो पुस्तालाई भन्ने कुरा मात्रै यहाँ प्रधान भएर आएको छ । पुराणमा ग्रिहिस्थी दान दिएर बनेको पाटिमा कम से कम कसैका छोरी अन्मिएका छन । दिनहीन हरुको रातको सहरा भएको छ त्यो पाटी । तर जनताको बलिदानले जन्मेको कुनै पनि नामको पार्टीले के खुल्कायो ? त्यो त त्यसमा लाग्ने हरुलाई मात्रै थाहा होला तर हामी सोझाहरुका घरमा सधैं अन्धकार अनी त्यहि महङि !जन्मेका ति पवित्र पार्टीहरुले बोलेका बचनहरु सम्झने हो भने झन कतिका आँखा रसाउदा हुन ? कतिका छोरा मरे। ००७ सलामा मरे, ०४६ मा झनै बढी मरे त ०६३ सालमा मरेका हरुका घाऊ अझै आलै छन । पार्टीका भरौटेहरुले क्षती पुर्ती पाए, निमुखाहरु हेरेको हेरै । लाटोले केरा हेरे सरि । ति पार्टीहरुले देश बनाउछु भन्थे आफ्नै घर मात्रै बनाए । सबैलाई थाहा छ, कसरी हिसिला यमिका आफन्तहरु बिमान मात्रै होइन पर्यटन मन्त्रालय नै पुरै चलाऊछन । रामकुमारी यमी जि एम । हिसिला दिदी पोखरामा फ्लाईट उध्घाटन गर्न ब्यस्त । तर निमुखाका गास उध्घाटन गर्न अब राकेश सुदको सरकार आउनु पर्ने हो कि नयाँ मोरियार्टिको ती मात्रै हेर्न बाँकी छ । देखियो, नयाँ सपना कती कती । अनी त्यही सपनाले बुनेका नयाँ नेपाल को हालत त कसको नजरबाट छिपेको छ र ? भन्न मन लाग्छ, थुक्क तिमीहरुले मेरा बा आमा हरुलाई ढाटेर जितेको चुनाव ! थुक्क, हाम्रो भोट अनी थुक्क हाम्रो भाग्य । तिम्रा बाचानहरु सबै सुदका भाषामा बिके । त्यसबाट कतिले कती नाफा झिके ? तर तिम्रा छोरी चेलीहरु मुम्बईमा सस्तोमा बिके । थुक्क, तिम्रो नेतागिरी अनी इज्जत अनी नेपालीपना ? सबै बिके तिम्रा बचनहरु डलरमा अनी भारतीय रुपैयाँमा । तिमी बिक तर हामी बिक्दैनौ, तिम्रा के के बिक्लान, बिके होलान तर हाम्रा चाँही टाईमले जे बेछे पनि केही चाँही कुनै पनि हालतमा बिक्ने वाला छैनन । तिम्रा अनी तिमीहरुका ति बकम्फुसे बचनहरुलाइ र वाचनहरुलाई चाँही पछाडिबाट भएपनी सलाम छ । हे पार्टीहरु ! हे अगस्त्यमुनी ! भने सरि नहुने । अगस्त्यमुनी स्वथानिका परे तर पार्टीहरु भ्रस्टथानिका परे । तिनिहरुले के के गरे भन्ने त कती ईतिहासमा छापिए त कत्ती भोली छाप्पिदै होलान । छाप्पिए पनि नछाप्पिएपनी, तिम्रा कर्तुतहरु कसैका मनमस्तिस्कबाट छिपेका छैनन । तिम्रा पछी लागेर मैले भाई गुमाए, काकाले छोरी गुमाए, पल्लाघरे ठुलोबाको छोरीको सिउदो पुछियो । जसका जे भएपनी अनी जसका जे खती लागे पनि आखीर तिम्रै सन्तान नेपालीका चेलीहरु मरे, ज्वाँई हरु परबास भए । नाति-नातिनाहरु टुहुरा भए । तर कसले के पायो त ? तिमीले हाम्रा सन्तानअका नाम बेचेर केही लाख पायौ होला, मेरो बहिनी भारत निर्यात गरेर केही भारतीय दलालका रुपैयाँ र प्यालाहरु पायौ होला । तर बाँकी रहेका निर्दोश निमुखाले के पाए ? समाजवादका तिम्रा नाराहरु सबै घाममा सुके । गल्लिमा बरु कुकुर भुके, तिम्रा भरत्यहाँरुले तिमीलाई ढुके तर हाम्रा सपनाहरु अनायसै सुके । तिमी पार्टीहरुले कुनै लछार पटार लगाएनौ । हाम्रो भोट खेर गयो । हाम्रो मन मर्यो, गल्यो अनी रोयो । हाम्रा नाबालकहरु भोकले मरे ,तिम्राहरुले खीर खाएका छन । हाम्रा छिमेकी किसानहरु खहरे खोलाले बगाएर नुहाइ मरे तिम्रा आफन्तहरु दुधले नुहाउदै होलान । ठिकै छ, पुर्पुरोमा लेखेको हुने रहेछ, हामीले दु:ख पायौ, तिम्राहरुले सुख पाउन । शायद यसरी नै चल्नेरहेछ संसारको रीत केबल दुखिहरुको आँखाबाट बेदनाको बलिन्द्राधारा शीत ।
Read more >>