प्रबासी संगठन, नामका लागि आफैंमा झगडा :
त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघ-संस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघ-संगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ । नेपालीहरुको जनसंख्या धेरै भएको न्यूयोर्कमा भनिन्छ, १५० भन्दा बढी संघहरु छन् । बाल्टिमोरमा कम होलान् । सान्फ्रान्सिस्कोमा त्यति नै छन् । कोलोराडो मौलाउदैछ र डी सि जस्ता लस एन्जलस पनि संगठनको रुखका हांगाले झांगिने क्रममा छ । जन्मेका संघहरु, चाहे तिनलाई जे सुकै नामाकरण गरिएको होस् । बाहुनको छुट्टै, नेवारको भिन्दै, गुरुङको अलग, शेर्पाको बेग्लै, मगरको फरक र छेत्रीको छुट्टै । आफैमा संगठन जन्मनु नराम्रो कुरो पक्कै होईन । समेटिन नसकेका प्रबासी नेपालीका समस्याहरुमा कसले बढी नजरअन्दाज तवरले प्रभाबकारी भूमिका खेलेको छ भन्ने सवाल सायद ठुलो हुनुपर्ने हो । तर यहाँ, समस्याहरुका सामाधानका उपायहरु भन्दा आफ्ना नामहरु मिडियामा अगाडि ल्याउने 'नराम्रो रोगले' सबैजना उत्तिकै आशक्त छ । कसैलाई यो कुरो पचोस् वा नपचोस्, ध्रुब सत्य चुरो त्यहि गएर अड्किएको छ, कि जसले पनि आफ्नै नामको लागि लड्डु-पेडा बांडेको छ अनी प्रचारको धूप बालेको छ ।
ए एन ए नामको संस्था त्यस्तो संस्था हो, जसको नाममा अमेरिकी बैभबशाली आलिशान होटेलको इतिहासमा सबैभन्दा बढी मदिरा बिकेको छ । जुन संगठनको भेलामा सहभागीहरुको आपसी झगडाले निम्तालुहरुका टाउका फोरिन्छन । मदिराका बोतल टाउकेहरुले खोले पनि फोरिएका टाउकाहरुका उपचार कुनै दुतावासले गरिदिएको उदाहरण हामीसंग छैन । लस एन्जलसमा केही साल पहिला आयोजित भेला ? मा टाउका फोरिएका मैले चिन्ने केही मित्रहरु अहिले खाटो कोट्याउदै छन् । गत साल बोस्टनमा भेला भयो, कलाकारहरुका चेकहरु बाउन्स भएका फोटोकपीहरु तपाईं हामीले देखेकै हो । र यहाँ भन्न मन लाग्छ, ए एन ए जन्मे देखि मान्छेका टाउकाहरु फुटाउनु बाहेक के गर्यो ? रक्सी पिउनु बाहेक के गर्यो ? पैसा नभएका झुटा चेक् बांड्नु बाहेक क गर्यो ? नेपालको लागि के गर्यो ? मेरा लागि के गर्यो ? तपाइका लागि के गर्यो ? बर्शेनी गरिने भेलाहरुले पास गरेका तथाकथीत एजेण्डाहरुले नेपालमा बिजुली बाल्यो ? हुम्लाको भोकमा चामल बांड्यो ? शहिदको चोकमा सान्त्वना बाड्यो ? रुकुमको टाउको दुखाइमा सिटामोल बाड्यो ? सिराहाको हैजामा जीबनजल बांड्यो ? केही लछार-पटार गरेन । यो केबल नामको लागि आयोजक समितिको नाम् प्रचार भन्दा केही नगरेको संस्था भन्नुमा केही पाप लाग्दैन । यसपालीको भेला ? नाफामा गएको भए "बाउन्स चेकको भुक्तानी मागिरहेका छन् क्यार रामप्रसादहरु !
जनसम्पर्क समिति नामको अर्को सगठन छ, अमेरिकामा । सबैलाई बिदितै छ, डी सी नेपालमा त्यसका टाउकेहरुका अन्तर्वार्ता आउनु बाहेक त्यसको प्रभाबकारिता संबिधान सभामा नेपाल परिवार दलको भन्दा कम छ । कांग्रेसी नेताहरु अमेरिका आएका बखत बिमानस्थलबाट 'पिक अप र ड्रप भन्दा' त्यसका पदाधिकारीहरुले माखो मार्न सकेका छैनन् । चाकरीले यही बसेर चुनाबको टिकट नपाउन्जेल सम्मको गुलामी रहेछ, प्रबासीहरुको राजनीति । अधिबेशन गराउंछु भनेर गमक्क फुलेका जी सी हरु राजिनामा दिएर 'समर टुर' लागेका छन् रे । अधिबेशन गराऊन रातभरी कारबाहिका "टेलिकन्फेरेन्स" गर्ने आयोजक समितिका महामहीमहरु चुपचाप छन्, आजकाल । अहिले खुलेका ५०० भन्दा बढी अन्लाईन पत्रिकाहरुमा भ्याए र सकेसम्म गुलामी गरि नाम छपाउनु र मरेका गिरिजा र भट्टराईको नाममा सम्झेको बेलामा 'जय नेपाल' भनि धूप बाल्नु मात्र रहेछ, तिनका कर्तब्य । मख्ख हुन्छन्, महान अंमेरिकी काग्रेसी अधिबेशन गराउन चाकरीको रातो टीका लगाएका नेताहरु, गणेशमान सम्झन्छन आफुलाइ, दोस्रो बी पि ठान्छन्, शिरै निहुर्याएर पाउ पर्छन जस्तो गर्छन् । कसले गन्छ, चाकरिवाललाई ? बाराक ओबामालाई नगनि नियममा हिंड्न सिकेका नेपालीहरुले गुलामीको नारा दिनेलाई कहिले पो दिमागमा राख्छ र ?
सबै संगठनहरुको बेलिबिस्तार गाउंदा कसैका नदुखेका टाउकाहरुमा भार पर्ला । मोफसेलका संगठनहरु, चाहे धर्मको नाममा खुलेका हुन या जातिका नाममा । राजनितिका नाममा खुलेका हुन या मानबाधिकारका नाममा । कुनै न कुनै रोगले पिल्सेका छन्, तिनीहरु । सुनिन्थ्यो, सानफ्रान्सिस्कोमा हिजो भएको 'पुराण' मा त्यहाका सक्रिया संघहरुको आपसी तालमेल थिएन रे । सात समुन्द्र पारीको देशमा आफ्नै आंगनमा झैं आयोजना भएको 'महायज्ञ' मा त हामि एक हुन सक्दैनौ भने समाज बनाउने बकम्फुसे नारा दिएर केबल जन्मेका संस्थाहरुको त के कुरो गर्नु र ? कोलोराडोमा ब्यक्तिहरुको आफ्नै मन्दिर छ, संगठन छ, तर नेपालीहरुको रोग न हो । मन अर्कै छ । जसरी भारतिय पन्जाबीहरु आपसमा जति बाजे पनि तिनीहरु बसेको सिटिमा "गुरुद्द्वार" हुन्छ । त्यहा उनिहरुको मन कहिल्यै बाझ्दैन । मिलेकै छन्, धोतीहरु । रास्ट्रलाई हामीले भन्दा बढी गरेका छन । आपसी बुझाई छ, सम्मन छ, उनिहरुमा । सेवेन एलेभेनमा कफी पिउंन हामी गयौं भने अग्रेजी बोल्छ, हाम्रो नेपाल । पैसा चार्ज गर्छ, जाबो एक कप कफीको । तर सोडा पिउन गएका तिनीहरु धोतीले ठ्याक्कै चिन्छ, दार्हिवाललाई र सोध्छ, "किथ्हें" ? एउटा कप नेपालीलाई फ्री दिएर कुनै पनि नेपाली कामदार बदनाम हुदैंन, तिनका साहु भोकले मर्दैन । भारतियहरुमा अङ्रेजिमा भनौं न 'उन्डर्स्ट्यान्डिङ' छ भने हामीमा नामका पछाडि दगुर्ने 'ओभरस्ट्यन्डिङ्' ।
अब आफू बसेको "कटेरो गाऊ" को कुरा गरौं । भन्नलाई यसलाई लस एन्जलस भन्छन् । संसारकै प्रतिस्ठित ब्यापारिक केन्द्र । प्रसंगमा आफ्नै गाऊ र घरको बखान गाएको जस्तो हुन्छ र भन्नै पर्छ कि राजनीति बाहेक यो क्षेत्रमा नेपालीहरु साँच्चै एकत्रित छन् । यो क्षेत्रको राजनीति किन घिन लाग्दो छ भनेर नलेखौं, तिनका टाउकेहरुलाई नै यसबारे अवगत छ । बढी भन्यो भने फेरि 'चिर्पट' लिएर यही कुट्न आउलान । जे भएपनि यस क्षेत्रमा नेपालीहरु एक छन् भन्ने ज्वलन्त उदाहरण हो, भर्खरै सम्पन्न 'श्रीमद भागवत महापुराण - सप्ताह महायज्ञ' । सात करोड रुपैया भन्दा बढी रकम उठेको, एकै ब्यक्तिले ८० लाख भन्दा बढी दिएको र ४० लाख भन्दा बढी दिने ब्यक्तिहरु १०/१२ जनै भएर एकताको फुर्ती लगाएको होईन । र पनि त्यो दान, महायज्ञ, ती दान दाताहरु साच्चिकै महान हुन र एकताका शुत्रहरु हुन । फुट्न लागेको कमल थापाको पार्टिमा को प्रबेश गर्छ ? मतलब, नेपालीहरु एक्जुट छन्, आपसमा बिबाद नभएको बिश्वाशले धर्मको नाममा दाताहरु झन एक भए । हुन पनि एक पेन्नी देखि एक लाख डलर सम्मको रकमलाई सम्मनका साथ प्रमाण्-पत्र दिलाए, आयोजकले । प्रफुल्ल भक्तजनले दिल खोलेर सेवा गरे, यज्ञको । 'बाचन प्रबिण' दीनबन्धु पोख्रेलको जादुमय वाचनशैलीको मुक्तकुन्ठाले गुणगान गाए । कार्यक्रम सफल भयो । आयोजक संस्था मख्ख नहुने कुरै भएन ।
संसारभर समाचार छायो । नेपालमा टेलिभिजनमा पनि आयो रे । अन्लाइन पत्रिकाहरुमा फोटाहरु छाप्पिए । फेसबूकका पानाहरु भरिए, कमेन्ट गड्गडाए, ट्याग भयो । कार्यक्रम समापन भयो । भक्तालुहरु खुशी भए, बाचन प्रबिण पण्डित पोख्रेल खुशी भए । सबी आ-आफ्ना आश्रममा लागे । भोलिपल्ट नागरिकमा एउटा समाचार आयो । समाचार कसले दियो कुन्नि, त्यो दिनेलाई मात्र थाहा होला या भगवानलाई, त्यो चासो कुरो भएन । र, चासोको कुरो पनि भयो किनकी एक जनाको नाम्को गुणगान गाउनु बाहेक त्यसमा संस्थाको बारेमा केही लेखिएको थिएन । रातमा पं पोख्रेलले फोन गर्नु भयो । कान्तिपुरका सम्पादक सुधिर शर्मासंग कुरा भएको जानकारी गराउनुभयो । आयोजक समितिका संयोजक र प्रबिण पोख्रेलले निश्पक्ष समाचार ड्राफ्र्ट गरि सम्पादक शर्मालाई पठाउन अनुरोध भयो । कान्तिपुरमा त्यहि ड्राफ्ट समाचार बनेर आयो । हामी एअरपोर्ट लाग्यौ, गुरुलाई पुर्याउन . । बिहान ५ बजे फेसबूकमा ट्याग भएको समाचार मेटिएर 'नाम चाहने' हरुको नाममा समाचार राखिएछ । एउटा सानो समाचार काटिएर त्यहि ठाउमा जसलाइअ मन लाग्यो, त्यसैको समाचार आउनु कसैलाई टाउको दुखाइको बिषय त भएन, यो त एउटा उदाहरण मात्र न हो । तर आफ्नो पहुंछको भरमा 'सम्पर्क देखाउन' 'बल बुझाउन' छापिएका समाचार चाकरीको भरमा काटिनु लस एन्जलस्मा मात्र होइन, डी सि मा पनि राम्रो हुदैंन र बाल्ट्मोरमा पनि राम्रो हुदैंन । डी सी नेपालमा मेरो चिनेको मान्छे छा भनेर मैले दाताहरुको नाम् छुटाएर आफ्नै भक्ति गान गाएर चाकरीको भजन गाएं भने संस्थाको लागि सायद् त्यो राम्रो नहोला । कुनै संस्थामा नरहेको र अन्जान अनी अरुले जे भन्यो त्यहि मान्ने 'घोसे' सिद्धान्तमा आधारित भएर अरुको नाम मात्र छपाउन कार्यक्रमको बिल्ल लगाउनु राम्रो हुंदोरहेनछ । बाहिरै बसेर भन्नुपर्दा, ६०० भन्दा बढी ओन्लाइन पत्रिकाहरुमा मेरा, तपाइका र उनिहरुका आफन्त पक्कै रहन्छन्, संचालकमा । तर देखिएका सत्य र लेखिएका मालहरु गलहत्याउनु पाप ठहरन्छ । हामिले पुराणमा सुनेका गीतका पाठहरुले 'सकेसम्म थप्नु भन्छ, काट्नु होइन' । यसर्थ: समाजका लागि केही गर्न कस्सिएका प्रबासी संगठनहरु ब्यक्तिबाजी प्रचारको खेलमा लागे भने केही गर्न नसक्ने ए एन ए र संपर्क समिति नहोला भन्न सकिन्न । श्री पशुपतिनाथले सबैलाई सद्बुद्धी दिउन । अस्तु !