एउटा बिरामीको बिछोड प्रेम कथा :
सधैं आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफु नौ बर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा'को, हा हा !!! त्यही त गाउले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफुभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनी ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म खोलाको खेतमा गोरु नार्न पुग्थे । सानो मान्छे, टाढाको खेत र अफ्ट्यारो बाटो । जाबो दुई घण्टामा कति नै जोत्न सकिन्छ र ? आफु फेरी पाठशाला पुग्नु छ । बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे ।
यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।
जसरी शहरी दिनचैर्या गाउले तरिकाले चलेको थियो । प्रेम भन्ने नौलोचैर्या त्यतिखेर मेरो जिन्दगीमा शायद शहरी तवरले चल्यो झै लाग्यो । दिनभरी ठमेलमा अरुकोमा काम गरिन्थ्यो । साझ लेखनाथ मार्गको म:म: खाएर क्याम्पस पढिन्थ्यो । राती पढेपनी किन किन दिउसो पढ्न मन लागेर आयो । अलिअली राजनीति गर्ने बानी त्यतिबेला । बढी नै बोल्न पर्ने । साथीहरु अनेक तरहका हुन्थे । काम र अली अली आम्दानी अनी नचढिएको नौलो मायाको ताम्दानिले कता कता काउकुती लागे झै हुन थाल्यो ।
दसैंमा घर गएर फर्के पछी सँगै बस्ने मेरो साथी केही महिना नफर्कने कारणले म कोठा सर्ने निधोमा पुगे । कती हुन्थ्यो र सामान ? एउटा कम्बल, फमको ओछ्यान, कुकर र दुई चार वटा किताब अनी एउटा रातो प्लास्टिकको बाल्टी । आधा घण्टामा सरियो बास । सरेको ठाउमा सामान सार्दै गर्दा मुल ढोका खुलै थियो । भोक लागेकोले कालो चिया र एक पाउन्ड पाउरोटी भकुर्ने जोहोमा पसलबाट फर्केको त ढोका बन्द। अब परेन फसाद !!! कसलाई बोलाउने ? को को बस्छन त्यहा, आफुलाई थाहा छैन । त्यती बेला कसैको मोबाईल थिएन । के गर्ने ? यसो हेरेको घन्टी बजाउने ठाम र'छ । बजाउनै पर्यो । टिङ्डिङ पारेको त, दुई सेकेन्डमा एउटी पार्वतीको उपस्थित भयो त्यहा । जालन्धरले पार्वती देख्दा मुर्छा परे सरि भए म त्यस बखत ।
अब ठमेलको म:म: होइन, कोठामा भात पकाएर खाने बहानारुपी जागर जागेर आयो । त्यतिबेला हिट्स एफ एम को "मेरो कथा - मेरो गीत" खुबै प्रख्यात थियो । सन्योग, मेरो खाने छुट्टी पनि त्यती नै बेला हुने । मेरो कथा नआउने दिनमा माया र पिरतिका गीत बजाउन थाल्ने भएछु । बजाए पनि । कोठाको कुनापट्टी त्यो फ्ल्याटमा बस्नेहरुले प्रयोग गर्ने पाइखाना रहेछ । जब मैले बजाएका गीत अनी अरुले एफ एम मा भनेका गीत बज्दथे, त्यो पाइखाना र मेरो कोठाको जोडीएको झ्यालमा ति "पार्वती"को आवागमन हुन थाल्यो । उनी कहिले लुगा धोएकी हुन्थिन त्यता त कहिले बिचरी पाइखाना जादी हुन । म भने मैले बजाएका संगीत सुन्न आएकी मोरी भनेर कुन्ता त फोन्द्रे नाक झन ठुलो बनाउथे अनी बोल्ने बहाना बनाउथे । "कस्तो राम्रो गीत बजाएको दाई ?" कुनै किताब पढिरहेको मेरो दिमाग उनको प्रश्नोत्तरका खातिर आतुर भए । उत्तर कस्तो हुन्थ्यो, त्यो यहाँ किन लेख्नु पर्यो र । कुर्कुरे बैशको मायाको उत्तर कसलाई पो थाहा हुँदैन होला र ?
एबम रितले चल्न थाले दिनहरु । उनी पनि म पढ्ने क्याम्पसमा पढ्ने रहिछन । उनको दाजुहरु मेरा सहपाठि-समकक्षी रहेछन । उनकी दिदी मैले काम गरेको ठाउबाटै अफिस जानुहुदो रहेछ । उहालाई म सधैं देख्दथे । विश्वकप फूटबल हेर्न उनको कोठामा जम्मा भएका साथीहरु सबै नजिकका रहेछन । मेरो आँखा उनको सिसाको दराजमा उनको आँखा सँगै त अरुका आँखाहरु टि भि तिर । परिचय, सम्बन्ध र बोलाकिले उनका सबै आफन्तहरु अब मेरा पनि हुन लागे । जिन्दगीमा नयाँ उन्माद र तरङहरुले छाल र तप्काहरु छोडे झै हुन थालयो । निचोड्मा भन्नुपर्दा, अब उनको मेरो बारेमा सबैलाई ज्ञात हुन थाल्यो । अनी सबैले स्विकार्न थाले - हाम्रो आत्मिय मायालाई । क्याम्पसमा हामीले आयोजना गरेका बनभोज र अन्य कृयाकलापमा एउटा पारिवारिक सदस्यले जसरी उनले मलाई सहयोग गर्न थालिन ।
मेरा अती हितैशी मित्र एक दिन मेरो कोठामा आउनु भएको थियो । मेरो निमन्त्रणामा - साग र भात पकाएर सँगै खाने रहरले । त्यस दिन जिन्दगीमा पहिलो चोटि प्याला पियौ हामीले । तर प्रेमको उन्मादमा भने पक्कै थिएन त्यो पिलाई । मलाई सन्चो नभएको जस्तो लागेको थियो । कती बखत के भयो थाहा भएन । अर्धचेत अवस्थामा म त बिर अस्पातलको आकास्मिक कक्ष पो लडिरहेको रहेछु । भोलीपल्ट अली होशमा याद भयो, मैले लगाएको मोजा कसैले खोल्दिदै शरीरलाई आराम महसुश गराउने कोशीश गर्दै थियो । यस भित्र धेरै कथाहरु छन । जुन यहाँ सबै खोलेर अबश्य सम्भब छैन ।
मलाई ब्यथाले छोडेन । परिवारको जेठो सन्तान म । घर अनी आफन्तहरु सबै पिरोलिन थाले । म आफुलाई पनि लाग्यो । अब म कदापी बाच्दिन । बीर अस्पातलको कथित प्रख्यात सर्जन डि बि शाह भनाउदोले मलाई केटी र प्रेमको कारणले चिन्ता जागेर त्यो हालत भएको बताएछ । म त प्राय सधैं बेहोश । कहिले कहिले खुल्थ्यो होश । आफन्त र उनै "पार्बती" को घना उपस्थिती भएको पाउथे - ब्युझदा । उनले पनि सुनिछन, डा. को त्यो भनाइ । यस्ता कुरा होश आउँदा आफुले साथी मार्फत थाहा पाएपछी बेहोश भए पनि म निको भएको बहनाले डिस्-चार्ज हुने निधो गरे । म मेरो करणले कसैले दु:ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । मेरा आफन्तहरुले अब उनी र मेरो विवाह गर्ने निर्णय सहित् भोलिपल्ट उनको परिवारलाई भेट्न जाने निधो गरेछन । कोठामा मलाई ल्याको अली अली याद थियो - अस्पातलबाट । तर ब्यथाले मलाई छोडेन । भोलिपल्ट कोही बिहेको कुरा गर्न त कोही डा. उपेन्द्रसँग न्यूरो सम्बन्धी जचाउन लाने कुरो भएछ । म फेरी बेहोश । छट्पटिदै बीर् अस्पातलमा उपेन्द्र देवकोटा कुरेको याद छ । मेरो ब्यथाले अरु बिरामीले मलाई निर्धारित पालो भन्दा अगावै जान अनुमती दिएर ठुलो मानवता देखाएछन । भित्र कोठामा गएपछी उनले भने रे कि चार मिनेट ढिलो भा'को भए, मेरो मृत्यु निश्चित । कारण, मलाई म्यानेन्जाइटिस भएको रहेछ । न्यूरो वार्डमा लगेर एक हातको सुइ दिएपछी बल्ल मैले पुनर्जन्म पाएको महसुश हुन थाल्यो ।
अस्पताल बसेको झन्डै एक महिना भैसकेको थियो । बाहिरको संसारमा के भइरहेको थियो, म जानकार कदापी थिइन । हल्ला अनी अनेक हल्ला मात्र । भए नभएका कुरा हरु मात्र । कल्पना अनी ममता मात्र । मलाई पुरै निको भयो । एक हाते सुइ लाएपछी मैले उनलाई केही दिन त देखेको थिए । अस्पातलबाट बाहिरिएपछी मलाई कसैले फोन गरेन । उनिले पनि वास्ता गरिनन । शायद मेरो दोश थियो होला । एउटा बिरामीको, रोगिको अनी बिबशताको दोश । म फेरी कर्मथलो ठमेल फर्कन थाले । मैले गरेका उनका फोनका घन्टिमा बिद्रोहका अरु कसैका तिरस्कारहरु सुनिन थाले । म यूरोप गए । मेरो बिहे भयो । मेरी श्रीमती बिरामी भइन । मेरो छोरो जन्मियो । यती पस्चात मैले उनको बिहेको कुरा सुने । म बस्ने नजिकैको मन्दिरमा उनको धुमधाम बिहेको उन्माद सुनिन्थ्यो । उनी अन्मी रहदा म र मेरी आमा काठमाडौं आउँदै गर्दा मैले आमालाई भने - " आमा त्यो कबिताको बिहेको रमिता हो । " आमा दङ्ग पर्नु भो । म पनि अहिले सम्म दङ्ग छु । सुनेको छु, उनको दुई वटा छोरा जन्मिसकेका छन । म चाहन्थे, 'कम से कम भगवान एउटा छोराको नाम मेरो जस्तो जुराइदेउ ।' तर थाहा छैन के भइरहेको छ उनको दुनियाँ । म त परदेसिएको पनि पाचौ बर्ष पुरा भएछ । तर ममताको साहराले उनिसङै जिउने मेरो मनको रहर शायदै पुरा भयो !!! उनलाई सदा सुख होस् । मंगलमय दिनहरुले सदा सर्बदा प्रगती गराउन । यो भन्दा म के नै तथास्तु पुकार्न सक्छु र ?

15 Comments:
Great feelings! Very emotional and touching!
सुन्दर प्रस्तुति गोकुल भाइ!
एउटा कुरा भन्दिहालौं है, बीचमा आएपछि अलिक हतार-हतार कुदेजस्तो लाग्छ लेखाई। हतारमा कुद्दा अष्पष्टता थपिने त छँदैछ, भाषामाथि पनि अलि-अलि अन्याय हुन पुग्छ।
I really enjoyed to read, Great story, keep blogging, Thank you.
माथी वसन्तजीले भननु भएजस्तै मलाई पनि यो कथाक्रमको 'क्रमभंग' भएको जस्तो लाग्यो।
धेरै कुरा एउटै पोष्टमा अटाउन खोज्नु भएको हो वा लामो कुरलाई 'जिप' गरेर कम्प्रेस गर्न खोजेर यस्तो भएको हो !।
साँच्चै त्यो अस्पताल नै भर्ना हुनुपर्ने कारण त्यहि एक 'प्याला'ले मात्रै भा' हो त ?
प्रस्तुती रोचक छ, बरु टुक्रा- टुक्रा गरेर राख्नु भएको भए अली लामै भए पनि पढ्दा तपाईको रफ्तार भेट्न हामीले पनि कुद्नु पर्दैनथ्यो !:)
'कम से कम एउटा छोराको नाम आफ्नो जस्तो जुराउनु' पर्ने ईच्छाको पछाडि कुनै रहश्य त छैनन होला नी ! (ठट्टा मात्रै गरेको है !)
म मेरो करणले कसैले दु:ख नपाउन भन्ने मनसिकताले सार्है ग्रसित भए । यस्तो अबस्थामा पनि सम्यमंता राख्न सक्नु पात्रको राम्रो पक्षहो। राम्रो लाग्यो। रमाइलो लाग्यो मलाई कथा। कस्तो भएछ है।
त्यसो त जुनबेला देखि बाटाहरु छुत्तिन्छन, र बाडीन्छ्न मनहरू -अरु कसैका भएर, कथाको अन्त्य त्यही घडी हुनु पर्ने होइन र? सपना र आकांक्षाहरुको समाप्ति त्यही बेला नै हुनु पर्ने हैन र? तर त्यसो हुदैन मान्छेरूपी प्राणी भित्र त्यों स्मृति नामक कहिले नामेटिने डिस्क छ, जसले गरि रहन्छ त्यों समयको पुनरावृत्ति र दुखाई रहन्छ मन ! तैपनी सबै पीडा लुकाएर, नितान्त व्यक्तिगत अनूभूतिहरुलाई तपाइले यहाँ सहज रुपमा प्रस्तुत गर्नु भएको छ र बाड़नु भएको छ त्यों सकारात्मक पक्ष हो !
सुजन शर्माजी, बसन्त दाजु, बि जे डुम्मालिजी, दिलिपजी, दुर्जेयजी अनी कृष्णपक्षजी । तपाईंहरुलाई मुरी मुरी धन्यवाद । कथा पढिदिनुभएकोमा र अमुल्य सुझाब राखिदिनुभएकोमा । बसन्त दाई र दिलिप सरले भन्नुभएजसै कथा छिटो दगुरेको सहि हो । टुक्रा-टुक्रा गरेर क्रमश: लेख्दै जाने धोको थियो । हतारमा सबैथोक समेट्न खोजेकाले अली अस्पस्ट भयो । खैर, केही छैन । जो भयो, गयो । यहाँहरुको सुझाबलाई हृदयङ्गम गर्दै अगाडि बढ्ने कोशीश गर्ने छु । धन्यवाद !
ढिलै भएपनि गोकुल जी को मार्मिक लेख पढे राम्रो अनि मिठो लाग्यो ।जिन्दगिनै जोडिने र टुटने हरुको यात्रा रहेछ । आखिर जो जस्तो अवस्थामा भएपनि कामना सफलताको नै भन्नु सिवाए अरु कुनै उपाए नहुने रहेछ ।
गोकुल जी को लेख पढे राम्रो अनि मिठो लाग्यो सबैको जिंदगी माँ यस्ता घटना हरु हुन्चन तर पनी तपाईको लेख रार्मो लगेयो .....
I like this articles thank you very much.we want more and more like others articles. lalit kunwar palpali
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक
यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
lapolendersfirm@gmail.com

तपाईंलाई ऋण चाहिन्छ?
के तपाईं आर्थिक संकटमा हुनुहुन्छ वा पैसाको खाँचोमा आफ्नै व्यापार सुरु गर्न? के तपाईं एक ऋण तिर्न वा बिल भुक्तान गर्न वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? तपाईंसँग कम क्रेडिट मूल्याङ्कन छ, र तपाइँसँग समस्या छ भने स्थानीय बैंक र अन्य वित्तीय संस्थानहरूबाट ऋण प्राप्त गर्ने? यहाँ हाम्रो संगठनबाट ऋण प्राप्त गर्ने तपाईंको मौका छ। हामी निम्नलिखित प्रयोजनों र अधिक धेरै व्यक्तिहरूको लागि ऋण प्रस्ताव गर्छौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, कडा पैसा। हामी 3% को कम ब्याज दर संग ऋण को पेशकश गर्छन। ई-मेलद्वारा हामीलाई सम्पर्क गर्नुहोस्: fredmorefinance@gmail.com
व्हाट्साप: + 919654763221
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼