25 June 2012

एक टुक्रा

निस्कपट अंधेरी रातमा निद्राको प्रबाह नगरि
शितल जुनलाई पर्खिबसेको छु म ।
बाटो वरपर चराको चिर्बिर चिर्बिर बिच
एउटा कोइली एकतमासले रोइरहेकी छ,
उसको पिडाको रोदन सहन नसकी
संगितको धुनलाई पर्खीबसेको छु म ।
अनकन्टार मरुभुमी परदेशको ठाउंमा
छिचोलेल्ला भन्छु रात एक्लै टोलाउंदै,
यो आंतलाई कसैगरी नसकेसी बुझाउन
प्रभुको सगुनलाई पर्खिबसेको छु म ।

Read more >>

20 March 2012

श्रद्धान्जली गिरिजाबाबु :


“प्रजातन्त्रको लडाइंमा कसैको हार हुदैन सबैको जीत हुन्छ। मेरो इच्छा छ कि अब मैले जस्तो जीवनभरिनै भावि पुस्ताले प्रजातन्त्रकालागि लडिरहन नपरोस।“ --- गिरिजा प्रसाद कोइराला

स्वतन्त्रताका लागी आफ्नो जीवन भर प्रजातन्त्रका लडाई लडेका लोकतान्त्रिक आन्दोलनका शिर्ष सेनानी, निर्भिक र दृढनिश्वयी राजनेता श्री गिरिजा प्रसाद कोइराला को दोश्रो बार्षिकिको पुण्य तिथिका अबसरमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली !!!

लोकतान्त्रिक आन्दोलनका नेता शिखर पुरुषको अभाबले गांजिरहेको मुलुकमा उनको सपना साकरका लागी, संबिधान निर्माण र नयाँ नेपाल पुन:स्थापनाको लागि बल मिलोस । श्रद्धान्जली गिरिजाबाबु !
Read more >>

19 March 2012

प्रवासमा संघ-संस्था : रहर, टकराव र होडबाजी :


एउटा साथी भन्दै हुनुहुन्थ्यो, 'सात बर्ष अगाडी हामी आउंदा जम्मा तीन जना थियौं, यो भेगमा । चाडबाडको बखत एउटा दिदीले खाना खान बोलाउंदा नेपालमा आमाले खुवाएको याद आउंथ्यो । तर समयको यो अन्तरालमा म बसेकै अपार्टमेन्टमा १२ परिवार बस्दा एकापसमा बोलचाल छैन ।' यस्तो छ, नेपाली समाज । एउटै घरमा धेरै जना बस्दा आपसमा कटुता हुनु ब्यक्तिगत कारण होलान् । तर यो ध्रुबसत्य हो कि, अपवाद बाहेक प्रवासमा नेपाली समुदाय 'एक' भएको उदाहरण ज्यादै न्युन छन । न्यूयोर्कमा सबैभन्दा पहिला आउने कुनै शेर्पा नेपाली हुन या बाल्टिमोरमा पहिला आउने कलाकार, सान्फ्रान्सिस्कोमा सबैभन्दा पहिला आउने कुनै राजनितिज्ञ होउन या लस एन्जलसमा पहिला आउने कुनै ब्यापारी, भर्जिनियामा सबैभन्दा पहिला आउने पत्रकार होउन वा कोलोराडोमा आउने साहित्यकार होस् या एटलान्टामा पहिला आउने खेलाडी नै किन नहुन्, ती सबैमा मेरा साथीका जस्तै 'याद्' र अहिले नेपाली समुदाय बीचको खिचातानीको कथा बराबरी होला ।

एएनए भन्ने संस्था जन्मियो, जसलाई धेरैले एमालेकरण भयो भने । करण र करणी जुन बिल्ला भिराए पनि प्रत्यक बर्ष 'जांडको झगडा' जस्तो बहु-चर्चित काम भन्दा त्यसले केही गर्न सकेको छैन । गत सालको 'बोस्टन कान्ड' अहिले पनि अदालतमा बिचाराधिन छ क्यार । ब्यक्तिगत लान्छाना र झगडाले एएनए कहिल्यै सफल हुन सकेको छैन । अहिले फेरि एउटा संस्था नबिकरण भै 'मान्यता प्राप्त पून:स्थापना' भएको समाचार हामीले छापेका छौं भने हिजो फेरि 'त्यसलाई सहयोग नगरिने' बक्तब्य आएको छ । धेरै कालदेखी सुनिआएको संस्थाको यो हबिगत छ भने हिजो जन्मेका र भोलि 'रिसमा' जन्मनेहरूको हालत के बताइरहनु पर्ला र ?


ए एन एस नामको अर्को संस्था छ, जसका अमेरिका भर शाखा छन रे ! तर शाखाको वरपर पद नपाएका 'बांकी'हरूलाई पद दिलाउने भन्दा त्यसले कुनै सिन्को भांचेको थाहा भए मरि जाम । अमेरिकामा जन्मेको सबैभन्दा पुरानो नेपाली संस्था रे । एउटा पाखो बारी नजोती बुढो भएको गोरुको के अर्थ ? होच्याएर कसैलाई केही भन्नुको अर्थ यो होईन कि, अमेरिकामा जन्मेर कुन चाहिं संस्थाले के गरेका छन् ?, यसको लेखाजोखा गर्न पनि कुनै संस्था शायद भोली जन्मिएला ! बाल्टिमोरमा जन्मेको संस्था होस् या कोलोराडोमा । टेक्सासमा जन्मेको होस् या क्यालिफोर्नियामा । जन्मे देखि को माथी जाने र कसलाई त्यसमा पदपुर्ती गर्ने भन्ने कार्य यो देशमा पदमा रहेका, मनोनित हुंदै गरेका, आश्वाशन पाएका वा पद पाउने सपना देखेका सबैलाई थाहा भाको कुरो हो । उता संस्थामा ११ जना कर्यसमितिका सदस्य हुन्छन भने त्यसमा ३५ जना बोर्ड अफ डाइरेक्टर । ती पनि नाता पर्ने वा ब्यक्तिको भोलिको फाइदाका लागि हिजो आएका नबिनतम बुद्धिजिबी !

संस्थाहरुमा ५० प्रतिशत सभापतीहरू स्वघोशित छन्, जुन संस्थाको जन्म भएदेखी आजसम्म कानुनत: अधिबेशन भएको छैन । त्यस्ता धेरै ससंस्थाहरू छन्, ती स्वघोशित सभापतीहरूले कसैलाई माथी जानै दिदैनन । अधिबेशनको कुरो गर्‍यो भने नयाँ सांस्क्रितिक कार्यक्रमको आयोजना गर्छन् र शम्भुजीतको गुणगान गाउंछन । जानी-नजानी अन्जु पन्त संग गजल गाउंछन त कर्णदाससंग स्वदेश गान । केही नपाए कुनै चलचित्र देखाइदिन्छन्, अनि बश बैधानिकता छांयामा । कसैको पालो आउंछ भनि नचिताए हुन्छ । त्यस्ता धेरै संस्थाहरू छन्, जसको अधिबेशन भैहाल्यो भने पनि सभापती को बन्ने सवालमा राजनीति शुरु हुन्छ । इमान्दार र काम गर्ने सधैं छांया परेको र चाकरीको गतिलो 'सुट' लगाउने माथी गएको कुरा बहुसंख्यक संस्थामा फस्टाएकै कुरो हो । मनोनयन पछि चुनाब हुने बखत आइलाग्ने राजनीति र खुडां हानाहान सबैले सुनेकै कुरो हो । ए एन ए को बोस्टन सम्मेलन, स्थगित टेक्सासको नेपाली समाज यसका अर्का उदाहरण हुन ।

जनसम्पर्क समिती नामको नेपाली कांग्रेसको भनिने संगठन, लापारबाहीको सबैभन्दा उत्तम नमुना हो । यसो भनिरहंदा, अमेरिका पत्रकारिता र 'असल राजनिति' गरिरहने सेवकहरुलाइ गार्हो पर्ला ! बिडम्बना, असल राजनीति गर्ने तो "टीके नेता' बिसंगती र चाकरीको बिरुद्धमा बोल्ने शाहस कहिल्यै गर्दैन । शुशिल, शेर बहादुर वा रामशरणहरू आउंदा त यो र त्यो रिसाउला भनेर बोल्दैन भने, डकार्न जाने कुनै भोजमा पनि आफ्नै संगठनको बैधानिकता र अस्सली कामको बात मार्ने हिम्मत गर्दैन । कसलाई छिर्कने हाल्ने, शाखामा कसको चाकरी गरे पद पाईन्छ भनि अंक गणित गर्ने, दाजुको चाकरी गरेर संगै काम गरेकाहरूलाई पछाडि धकेल्ने बिज गणितको खेस्रा गर्ने धेरै उदाहरणहरू छन् । फलस्वरुप, अमेरिकाभरीको बिबाद मिलाउने जिम्मा पाएका 'ती कानुनबीद्' जी सी ले राजिनामा दिंदा समेत नामको लागि फलानो समोतीको अध्यक्षको धाक भनि बेला-बेलामा सुन्नमा पाइछ । होईन भने, अमेरिकी कानुन जानेका टाउकाले राजिनामा दिएपछी बैधानिक बाटोका अलावा पैंजोरीका अनेकन भोजहरू किन ? यति हुंदा नि, अमेरिकामा राजनीति गर्ने पत्रकारहरु बोल्ने जमर्को गर्दैनन । बरु, टाइ लगाएर अबैधानिक भेलाहरुका 'लाइव्' अपडेट गर्छन्, फेसबूकमा त आफनै साइटमा ।

यसैले प्रवासमा नेपालीका नाममा धेरै संस्थाहरु उदेश्यले होइन, रहरले खुलेका छन् । अरुले खोलेको देखेर बिना दर्ता जम्मा भएका संस्थाहरूले जुनसुकै नारा दिए पनि गर्न सकेका केही होइनन । त्यसो त दीनबन्धु पोखरेलले न्यूयोर्कमा लगाएको पुराणमा बोलिएका असी हजार डलर खोइ ? बोस्टनमा गत बर्ष घोटला गरिएको १ लाख डलर खोइ ? नेपालमा सहयोग दिलाउने नाममा दाताहरूले दिएका डलरका अरु बिटाहरू खोइ ? ब्यक्तिले नेपालमा अस्पतालमा लगानी गरेको छ, आफ्नो मुनाफाको लागि बित्तिय संस्थामा लगानी गरेको छ, चितवनको प्लटमा संस्थाको नाममा उठेको पैसा लगानी भएका छन् । त्यो कुनै संस्थाको जिम्मेवार पदवाला बोल्न सक्छ ? त्यसैले, एउटा समाजमा एउटै संस्थाको नाममा धेरै राम्रा सामुदायिक कार्य हुन सक्ने अबस्थामा पनि संस्थाहरु 'रहर'ले खुलेका छन् । भर्जिनियामा खोलिएक तर बन्द हुन लागेको ? मन्दिर बचाउन कुन संस्थाले लगानी गरेको छ ? कति आशा लिएर परदेशको मन्दिरमा ढोग्न जाने सादु भक्तालुले मन्दिर बचाइदिने बाचा गरेको छ ?


यसैले राम्रा काम गर्ने केही संस्था नभएका होइनन । पंक्तिकार प्रवासको 'ज्योतिश' बन्न खोजेको होईन । एउटा नेपालिको नताले देखेका कुरा लेख्न खोजेको मात्र हो । तर यहां त्रासको राज छ । कुनै संस्थाको बिचल्ली कसैले लेखिदियो या बोलिदियो भने त्यसलाई बहिश्कार गर्ने चलन र उदाहरण पनि यी आँखाले देखेका छन् । राम्रा उदेश्यले अभिप्रेरित संस्थाहरू नभएका होइनन्, तर त्यो पुरै चोखो कदापी छैन । ती संस्थाका सदस्य हुनका लागि 'क्राइटेरिया' चाहिन्छ रे, धनी हुनुपर्छ रे । चन्दा दिन सक्नु पर्छ रे, अंरिकामा घर हुनु पर्छ रे वा दुई वा त्यो भन्दा बढी 'बिजनेश' हुनुपर्छ रे । त्यस्ता धेरै संस्था छन्, जहाँ ब्यक्ति ब्यक्ति बिचमा टकराव छा । उदेश्य बिशुद्ध भए पनि गराइमा पुर्णता छैन । नातावाद र राजनीति घुसेको छ । पहुंचवालाहरूको बोलवाला छ । पदमा कुनै लेखाजोखा छैन् । शक्तिवालाको सिफारिशमा नेपाली प्रमाण्-पत्रको भरमा नियुक्ती हुन्छ वा कसैलाई माथी आउन नदिने बाहानामा सधैं लात हानिन्छ । यी र यसरी बिक्रिती र अस्पस्ट पंठोजोरीले नेपालीका नाममा खुलेका संस्थाहरू सहि गन्तब्यतिर जना नसकेका जस्तो लाग्छ । त्यसो त कोहि केही पद नपाएपछी लेख्छन्, बोल्छन, सबैलाई भन्छन वा खोक्छन । कोहि सत्य यो हो भनेर किटान गर्न भन्छन् । कोही संस्थाहरुका भलो चिताउन गफ गर्छन् । संस्थाहरुका शुभ-इच्छाले लेखिएका यो हरफहरुमा कसैको बिमती नहोला । भए जय नेपाल ।
Read more >>

09 March 2012

एक टुक्रा

कर गरि मरिहत्ते बस्छु भन्दा मैले 'गो' भनिन,
रहर गरि मनले तिनका देखाउंदा 'भो' भनिन ।
पोल्टाभरी दिन्छु लिने भए भन्दा 'नो' भनिन,
तिम्रै हुं भनि कसम खांदा सदा तिमी 'को' भनिन ।
Read more >>

06 March 2012

रंग पर्वको शुभकामना !


रंगहरूको पर्ब "होली-फागु पुर्णिमा"को उपलक्ष्यमा यहांहरू सबैलाई मंगलमय शुभकामना !
सात बर्ष भैसकेछ, स्वदेशमा फागु नखेलेको । परदेश, परदेश र परदेश । खप्परमा परदेश लेखेपछी फागु लगायतका अनेकौं आफ्ना प्यारा चाडहरू छुटेका छन् ।

एक टुक्रा :

खप्परमा लेखिएको परदेशले धेरै कुरा छुटेका छन,
प्रश्नका खातहरूले बोदो दिमाग भुटेका छन ।
कमाउने आशमा हातहरूले यहां गिट्टि कुटेका छन,
सम्झनाका सिरानीले मीठा सपना लुटेका छन ।
केलाउंदा बिगत आफ्नै आंशुले दिल चुटेका छन,
प्राप्तिका अभिलाशामा मेरा भाग्य फुटेका छन ।

यस्तै छ जिन्दगी । पिर बोकी बाटामा हिड्दा छेवैमा फुलेको रंगिन फुलले मन नाई भुरुङ्ग हुन्छ । निद हरामको रातमा छेउको रेडियोमा बजेको गजल कति आनन्ददायक हुन्छ ! यसरी नै जहाँ हामी भए-रहे पनि यो रंगिन बसन्तले खुशी र उमंगको उल्लासमय रंगिन बहार ल्याओस, यहांहरू सम्पुर्णलाई मंगलमय शुभकामना !!!
Read more >>

01 March 2012

आहा मेरो देश !


संबिधान बन्ने लालशामा हाम्रो आश सपनामै बिलाइदिन्छ,
भ्रश्टाचारीलाई सफाइ दिन सरकार दाहिने हात मिलाइदिन्छ ।
जनतालाई राहत भनि देश अन्धकार लोडसेडिङ दिलाइदिन्छ,
बच्चा झिक्न जाने सुत्केरीको डाक्टर गुप्ताङै सिलाइदिन्छ ।
Read more >>

02 December 2011

अन्धकार अमेरिका








कृत्रिम शक्ति र सम्पन्नता प्रकृतिको अगाडि लाचार ठहरिन्छ । सर्बशक्तिमान भनिने अमेरिकामा केही साल पहिले आएको प्राक्रितिक प्रकोपले न्यू ओर्लियनस भनिने राज्य उठिबास लगाएको थियो । भीषण बर्षा र हुरीले सारा घरहरु उडाए, राज्य पुरै जलमग्न भयो । प्रकृतिले दिएको त्यो दु:ख र जनधनको पुननिर्माण अझै सकिएको छैन, न्यू ओर्लियनसमा । अमेरिकाको एस्ट कोस्ट भयानक हिमपात, आंधी र तुफानको कारणले दरलाग्दो मानिन्छ । सामुन्द्रिक सतहबाट नजिक प्रायश: राज्यहरु प्राक्रितिक डरले बेलाबेलामा "एलर्ट" रहने गर्दछ्न । समुन्द्रमा तेल चुहिएको गत सालको घटना, आर्थिक मन्दी र बेरोजगारले सर्लक्कै गांजेको छ, अहिले अमेरिकालाई । संसारको सर्बशक्तिमान भनिने अमेरिका जसो तसो बढ र ब्यबधानलाई छिचोलेर 'जिउने' गरेको छ, अहिले । उदांदो चीन र भारतको अकल्पित आर्थिक फडकोले अमेरिका झस्किएको र आफ्नो सम्पन्नता र रवाफमा आंच आउंने त्रासले झस्किएको पढ्न पाइन्छ ।
सपनाहरु सांचेर डलरको आशमा अमेरिका आउनेहरुको संख्या घटेको तथ्याङ्कहरुले बताउंछन रे । अमेरिका आउने नेपाली बिद्धार्थीहरुको संख्या एक्कासी घटेको समाचार पनि भर्करै सार्वजनिक भएको थियो । सोचे जस्तो छैन' अमेरिका । हरेक तप्कामा क्रियाशिल नेपालीहरुको निराशापनले यही बताउंछ । खैर, सम्पन्नताको यो देशमा जोडिएका बिजुलिका तारहरु एक्कासी लथालिङ भए, अस्ति बेलुकी । रात्को ९:३० देखि लस एन्जलस क्षेत्र वरपर आएको भीषण हुरीले सडक छेउ-छाउका धेरै रुखहरु ढले । घरका धुरीहरु चेपिए, पार्किङ्मा राखिएका सवारी साधनहरु कुच्चिए । ब्यस्त फ्री वे हरु जाम भए । बत्ति गयो । अन्धकार भयो, अमेरिकाको यो ब्यस्त शहर । बाटाका सडक बत्तिहरु काम गर्न छाडे । हतारमा दौडिने बानी परेकाहरु दुर्घटित भए । ब्यापार - ब्यबसाय बन्द भए । हिजो हाहाकार भयो । जसले ब्यबसाय खोले, ती स्टोरहरुले दोब्बर भाउमा सामान बेचे । जताततै हतार अनि अन्धकार र इमर्जेन्सी भ्यानका साइरनहरु, प्रहरीहरु कुदा-कुद । देखियो, अमेरिकाको स्टेट अफ ईमर्जेन्सी ।
सधैं बत्ति जाने नेपाल देशका हामी । बानी परिसकेका हामीलाइ त त्यति गार्हो भएन । समय काट्न गार्हो हुंदोरहेछ । २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे, नभन्दै हुन्छ की जस्तो पनि लाग्यो । ईन्टरनेट पनि नभएपछी ईंङ्लिश मात्रै बोलेर के गर्ने ? धन्न आज लाइन आयो । त्यसो त, प्राक्रितिक बिपत्तिका यी फोटाहरु ; साभार : ABC7.COM
Read more >>