30 September 2011

बडा-दशैंको शुभकामना !!!


बर्षमा एक चोटि आउने यो महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा यस ब्लग छिर्नुहुने महानुभावहरु लगायत संसारको कुनै पनि ठाउँमा रहनुभएका नेपालीजनमा हार्दिक मंगलमय शुभकामना !
Read more >>

04 September 2011

तराई, मुस्ताङ र छत्रे टोपी :

हिमालको चिसो पानीको बहावले पहाडको मल बगाउंदैं सिंचित हुने समथर भु-भाग, तराई । बाहुन, क्षेत्री, नेवार र जराइ लगायत सबैको बसोबासको सुन्दर सपना, तराई । राणा खान्दानलाई थोत्रो भोटो दिने कृष्णप्रसाद देखि जननिर्बाचित प्रधानमन्त्रीहरु मातृका र महामानब बी पी जन्माउने अनि बिराटनगर जुट मिलको आन्दोलनले गिरिजाप्रसाद र मनमोहनहरु जन्माउने, तराई । दाईजो कम ल्याएको झोंकमा छोरी-बुहारीको लाश अन्माउने, तराई । एउटा नेपालीलाई हिमालदेखी पहाड हुंदैं संगम हुन मन लाग्ने जग्गा, तराई । कृष्णप्रसाद र उनका तीन भाइ प्रधानमन्त्री छोराहरु मात्रै होईन, प्रथम कम्युनिस्ट प्रधान्मन्त्री मनमोहन अधिकारी, नेपाली कांग्रेसका नेता महेन्द्रनरायण निधी र मधेशका धरोहर गजेन्द्रनारायण सिंह जन्माउने गर्भ, तराई । तर आज तराई, तराई नभएर भारतको खिंचडि पाक्ने कराइ भएको छ । आफ्नै दाजुभाईलाई शत्रु देख्ने पराई भएको छ । एउटा गजेन्द्रनरायण देखि फुटेर दुगड हुदैं हराइरहेको छ । एन जी ओ को नाममा खुलेको जयप्रकाशको गुप्त योजना भ्रस्टाचारको खोल ओड्दै फोरम पार्टी बाट मन्त्रीको हलो अड्कदा आज हामीलाई 'सेन्सर्' लगाउन सक्ने पावरको संचारमन्त्री हुँदै जोतिन थालेको छ । टुक्रा-टुक्रामा बिभक्त मधेश र तराइका पार्टीहरुमाझ इमान्दार महन्थ ठाकुरको 'इमेज' हराइसकेको छ । महापन्च देखि महाकांग्रेसी भएका गणेश लामाका सिर्जक गच्छेदारको हातमा गृह मन्त्रालय छ । नेपाल सरकारको तथ्यांकमा सबैभन्दा 'धनि, खतरनाक र महाडन' रक्तचन्दन कम्पनीका मालिक लामाका आंखाले अब एउटा मात्रै आंखा देख्ने गृह मन्त्रीज्युको नजरले 'स्वच्छ प्रशाशन' मा के के देख्ने हो, हेर्न बाँकी छ । श्रीमती र आफन्त बरु नहोस्, सरकारैपिच्छे मन्त्री नभै नहुने, नत्र दोस्रो आंखा पनि नदेख्ने बिजय प्रब्रितीले गांजेको तराईबाट अब कति गांजाका बोराहरु बिदेशिने हुन्, त्यो त कि गांजा तान्ने निर्जिब पशुपतीनाथलाई थाहा होला, कि त गणेश लामा भगवानलाई । यी यस्ता भ्रस्टाचारीहरुलाई जन्माउने, हुर्काउने अनि आंखै फुटेपनि निर्बाचित गराउने जन्मभुमि, हाम्रो तराई । चिरन्जिवी वाग्लेसंगै जांड तानेका जयप्रकाश गुप्तालाई चोखो देख्ने आंखा नभा'को तराई । गोली र बन्दुकको भरमा राजनीति गर्ने 'सर्प कांचुले' गच्चदारलाई दुइ-दुइ क्षेत्रबाट निर्बाचित गराउने, बिशुद्ध भुभाग, तराई । गजेन्द्रनारायणको लाशमा कात्रो ओढाउन नपाउंदै आनन्ददेबीलाई थर्काएर 'मधेश एकता'मा २४ टुक्रा हुने पार्टीको कर्मभुमि, तराई । गद्दाफीले तेलको फुर्तीमा शाशन गरे जसरी धोती र कुर्ता लगाएर मन्त्रालयबाट भारतलाई तेल बेच्ने कागजमा रबर स्टाम्प लगाउने राजेन्द्र महतो जन्माउने, तराई । अबसरका लागि आफन्तको घांटी निमोठ्न पछि नपर्ने, रास्ट्रबादको नाममा 'पैसावाल' मन्त्रालयमा रजाइं गर्न पल्केका नव-भ्रस्टाचारी उत्पादन गर्ने थलो, तराई । सिमापारीको देश, मुस्ताङ । केन्द्रमा राजा हराएपनि मुस्ताङे राजाको अगाडि प्रचन्ड र बाबुराम त के गांजा उपहार लिएर गच्छेदार गए पनि गल्छन रे । स-शस्त्र युद्ध ताका माओवादीले 'जनसरकार' चलाए जस्तो । उनको आफ्नै खटन-पटन छ रे । मैले त देखेको छैन् त्यो देश । केही हप्ता भयो बरु, 'मुस्ताङ गाडी' देखेको । तर हामीलाई थाहा छ, मुस्ताङको स्याउले बजार पाएको छैन । दन्तलहरे तरिकाले फलेका ती सुन्दर स्याउका दाना उचित बजारमा पुर्याउन हुन त कसलाई पो फुर्शद छ र ? भारत र चाइनामै मात्र त्यो फलेको भए, प्रहरी र सेनाले बजार पुर्याउंथे । जनताको घरमा पुग्थ्यो । हामीकहां त्यस्तो भैदिएको भए, दिनभरी खेतमा काम गरेर फर्कदा बजारमा किन्न पाइन्थ्यो होला । कुटु-कुटु चपाउंदै लुदी खोला तरेर मास्केछापको उकालो चढ्न पाउंथे होलान्, किसानहरु । बस लागेर झ्यालबाट छाद्दै आउंदा मुग्लिनमा आफ्नै देशको मुस्ताङे स्याउ टोक्न पाइन्थ्यो होला । दिनभरी ज्यालामा काम गर्ने भरिया दाईहरुले काउली किन्न नसकेपनि बाल-बच्चालाई एक दानो स्याउ लिएर बासस्थानतिर बाटो तताउंथे होलान् । अरु केही नभए आन्दोलन र चक्काजामको बखत वाइ सी एल, यू फो र त द ले ढुङाको सट्टा स्याउले सरकारी गाडीको सिसामा बजार्न पाउंथे होला । तर यहाँ प्रहरीलाई डनहरुसंग हातेमालो गर्दैमा फुर्सद छैन । सेनालाई नागर्जुनहरुमा गरेका बलत्कारका घटनाहरुको फाइल मिलाउंदै फुर्सद छैन । सशस्त्रलाई बर्दीको लागि चाकरी गर्दैमा फुर्सद छैन । तीन लाख सेना र प्रहरीको संख्याबाट बीस हजार बललाई मात्र मुस्ताङको स्याउ ओसार्न लगाए हुदैंन ? तिघ्रा पिटेर भात बजाउनु भन्दा बढ्ता के काम छ तीनको ? सुडान घोटला खान सक्ने, एतिहासिक हतियार बिदेश पैठारी गर्न सक्ने, सर्ब-साधारण जनताको टाउकोमा कटबांसको लठ्ठी बजार्न सक्ने भूस्-तिघ्रेहरु के का लागि पाल्नु पर्‍यो त ? राजनैतिक पहुंचको भरमा तराई देखि पहाडका टाकुराबाट 'राजनैतिक चाकरीको बिरामी' बोक्न सक्ने हेलोकोप्टरले मुस्ताङको स्याउ बोक्न सक्दैन ? सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिशदको बैठक गरि आफन्त बोकेर सोल्टी होटेलको भात 'लन्च' गराउने खर्चले मुस्ताङ्बात स्याउ आउंदैन ? सपरिवार बिदेश भ्रमण गराउने र गोदावरिमा रक्सीले छोरा टिल्ल परि सोफामा लडेको ट्वाल्ल हेर्न सक्ने जनवादी नेताले वाइ सी एल लगाउन सक्दैन, मुस्ताङको स्याउ टिप्न ? महाराजाहरुको शालिक र दुर संचारको टावर हल्लाउन सक्नेहरुले जाबो हिउंमा फलेको स्याउको बुटा हल्लाउन सक्दैनन ? चार करोड खर्च गरेर राजधानीबाट गुन्डा ओसारेर बिराटनगरमा 'परशुराम बचाउ आम्-सभा' गर्न सक्ने यु फो ले मुस्ताङको स्याउ ल्याउन सक्दैन ? नारायण वाग्लेलाइ थर्काउनेले तनहुंको खैरेनी चोकमा स्याउ बांड्ने हिम्मत गरोस न ! कहिले खुम बहादुर त कहिले गोबिन्दराजको हत्केलामा नाच्ने तरुण दलले लछारेर ल्याओस न, मुस्ताङे स्याउको हांगा बाट, सुन्दर दाना । यहाँ तपाइ हामीले घोक्रो सुकाएर केही हुने वाला छैन । बिचरा प्रधानमन्त्री डा. सा'बको 'मुस्ताङ गाडी' त्यहां पुगेर फर्कदा बाटोमा मोहन बैदयका झांक्रीहरुको मशाल जुलुशले स्याउ बाटोमै कुहिने खतरा । जना सेनाका ब्यारेकमा पुर्याउदिउं, कुन पक्षलाई भाग लगाउने ? यसरी अलपत्र पारेको बेला हाम्रो साहारा को ? नेपाली जनताको संबिधानको लेखक को ? लाग्छ, मुस्ताङ गाडिमा चढाएर डा. सा'बले यी ६०१ लाई त्यहांका झाक्री लगाइ फुकाउनुको बिकल्प छैन । नाङ्गै राखेर त्यो चिसोमा, जब झांक्रीले प्रत्येक सभासदलाई पालैपालो अश्ठोत्तर सय (१०८) चोटि स्याउका गेडाले टाउकोमा हान्छन । अनि त्यो ठन्डिमा यिनका दिमागमा चिसो पस्ला । एस एल सी पास पनि नगरेका बायू सेवा निगमका जी एम साहेबलाई एउटा "मुस्ताङे हाजात" किन्न लगाएर हिमालपारीको त्यो देशमा झारफूक गर्न लागे कसो होला ? नत्र दुई चिराको नासपाती कांग्रेस, तीन चिराको बेलाउंती माओबादी, चार चिराको फर्सी एमाले र पांच चिराको कुभिण्डो मधेशीहरुबाट केही हुने वाला छैन । यो गर्मी र बर्शादले झाडा-पखाला लागेका पहाडेहरुलाई जीबन-जल दिलाउने, आगलागी र सर्पको टोकाइले ग्रसित तराइयाहरुलाई मल्हम दिलाउने र चिसोले कठाङ्रिएर चाउरिएका हिमालेहरुलाई कम्बल दिलाउने 'बहादुर' कुन आउंला, यो देशमा ? दश बर्शे आन्दोलनताका बाबुरामको अनुहार हेर्न सबै आतुर हुन्थे । रबिन्द्र मिश्रसंगको उनको 'लेखकीय जुहारी', शाही शाशन बारेको लेख र पार्टीको कारबाहीको स्पष्टिकरण । उनले लेखेका सम्पुर्ण लेखहरु 'हट केक' हुन्थे । बेला बेलामा सार्वजनिक हुने उनको शिरको 'छत्रे टोपी'मा सजिएको उनको अनुहार निकै प्रख्यात थियो । सबै बादीहरुका पत्रिकाहरुले बडा मजाले छाप्थे, उनको अनुहार । कुनै जमानामा टाउकोको मुल्य तोक्दा लाग्थ्यो, उनको टोपीको नै १६ लाख पर्दथ्यो । तर आज १६ लाख पर्ने टोपी बराबरको गाडी चद्छन्, प्रधानमन्त्री । नेपाली इतिहासको अलौकिक उदाहरण । डेढ लाखको पलङ्ग र लाखौंको उपहारे 'राडो' घडीलाई चुनौती । चमेलिया र मध्य मर्स्याङ्दीका करोडौं रुपैंयाका गाडीहरुको बे-वास्ता । 'छत्रे टोपी'ले त्यहि साधारणता देखाउंछ । कसैको बयान गाए जस्तो हुन्छ, भ्रम नपरोस्, नेपालीहरुका आशाका केन्द्र डा. सा'बको शेखी नझरोस । क्रान्तिकारिताको रेखी नमेटियोस । गाउंले हुनुको बिगतको 'देखि' नछुटोस । हिजोका दिनमा हिसिला यमिले नेपाल सरकारका भ्याएसम्मका संस्थानमा सासु, दिदि, बहिनि, नन्द, फूपु र भाउजुहरु भर्ती गरेको घटना नघटोस । नेपालका प्रत्यक भाग र प्रत्यक मौसममा ओडिने नेपालमा बनेको ? 'मुस्ताङे गाडी' जस्तै नेपाली हातले बनेको नेपाली छाता 'छत्री' को प्रतिक 'छत्रे टोपि'ले त्यहि नमुना जनाउंछ, जुन छत्रीले प्रत्यक गरीब नेपालीको घनघोर बर्षा र टन्टलापुर घामलाई सजिलै छेक्दछ । डा. सा'बको टोपिमा अल्झाउने डोरी थिएन होला, सायद् । त्यसैले उहाँको पार्टी टाइ र सुट लगाउंछ । उहांका पार्टिका प्रत्यक एरिया इन्चार्जहरुसंग मध्य-मर्स्याङ्दीका महंगा गाडीहरु छन् । तर प्रत्यक छत्रीमा घांटीमा अल्झाउने डोरी राखिएको हुन्छ । जत्रै ठुला बतासले पनि त्यसलाई उडाउंन सक्दैन, बरु हावाले किसानको घांटी नै किन नछिनालोस । अब डा. सा'बको छत्रे टोपीमा गणेश लामाले रक्तचन्दनको बोरा बांध्ने डोरी अल्झियो भने, गच्छेदारले लगाउने चश्माको तुनो अल्झियो भने, महतोले लगाउने सुरुवालको इंजार अल्झियो भने, यादबले लगाउने भारतीय कमिजको धागो अल्झियो भने, गुप्ताको टेलिफोनको तार अल्झियो भने, बैध्यको मशालको रांकोको झिल्का अल्झियो भने र टोपीमा दाहालको "राडो" घडीको पिन अल्झियो भने हिजोका कोइराला, देउबा, नेपाल र खनाल भन्दा भट्भटिन भट्टराइको पनि बेर लाग्दैन । एउटा "मुस्ताङे गाडी'मा आखिर के नै पो अट्न सक्छ र ?
Read more >>

10 August 2011

आंखाभरी आंशु हुंदा .....

















अनायाशै रुवाउने विश्वाशको घात थियो,
आंखाभरी आंशु हुंदा त्यो औंशीको रात थियो ।

सोचे मात्रै पुग्छ भन्थे मायामा, पुगेन खै त,
सांचो बाटोमा छार हाल्ने रोगको खात थियो ।

झाडिको फूल टिप्न चढ्नु पर्ने उकालिमा
पक्षघातले ग्रसित असमर्थ हात थियो ।

चौतारीको शान्त पत्केराहरु भएन माया,
सायद् पतेरा लागेका सिमलको पात थियो ।


भएन साथ कहिल्यै हमेशा गुज्रिने जिबनमा
कसम नखाएको अपुरो बाचाको बात थियो ।


सुकोमल हातहरुले सुम्सुम्याउने बेलामा,
कैदमा बज्रिने कठोर खालको लात थियो ।


लैला मजनुको कथाले थाकेको सत्यतामा
असफल प्रेमी हुनु नै कसैको जात थियो ।


अनायाशै रुवाउने विश्वाशको घात थियो,
आंखाभरी आंशु हुंदा त्यो औंशीको रात थियो ।




Read more >>

13 July 2011

प्रबासी संगठन, नामका लागि आफैंमा झगडा :


त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघ-संस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघ-संगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ । नेपालीहरुको जनसंख्या धेरै भएको न्यूयोर्कमा भनिन्छ, १५० भन्दा बढी संघहरु छन् । बाल्टिमोरमा कम होलान् । सान्फ्रान्सिस्कोमा त्यति नै छन् । कोलोराडो मौलाउदैछ र डी सि जस्ता लस एन्जलस पनि संगठनको रुखका हांगाले झांगिने क्रममा छ । जन्मेका संघहरु, चाहे तिनलाई जे सुकै नामाकरण गरिएको होस् । बाहुनको छुट्टै, नेवारको भिन्दै, गुरुङको अलग, शेर्पाको बेग्लै, मगरको फरक र छेत्रीको छुट्टै । आफैमा संगठन जन्मनु नराम्रो कुरो पक्कै होईन । समेटिन नसकेका प्रबासी नेपालीका समस्याहरुमा कसले बढी नजरअन्दाज तवरले प्रभाबकारी भूमिका खेलेको छ भन्ने सवाल सायद ठुलो हुनुपर्ने हो । तर यहाँ, समस्याहरुका सामाधानका उपायहरु भन्दा आफ्ना नामहरु मिडियामा अगाडि ल्याउने 'नराम्रो रोगले' सबैजना उत्तिकै आशक्त छ । कसैलाई यो कुरो पचोस् वा नपचोस्, ध्रुब सत्य चुरो त्यहि गएर अड्किएको छ, कि जसले पनि आफ्नै नामको लागि लड्डु-पेडा बांडेको छ अनी प्रचारको धूप बालेको छ ।

ए एन ए नामको संस्था त्यस्तो संस्था हो, जसको नाममा अमेरिकी बैभबशाली आलिशान होटेलको इतिहासमा सबैभन्दा बढी मदिरा बिकेको छ । जुन संगठनको भेलामा सहभागीहरुको आपसी झगडाले निम्तालुहरुका टाउका फोरिन्छन । मदिराका बोतल टाउकेहरुले खोले पनि फोरिएका टाउकाहरुका उपचार कुनै दुतावासले गरिदिएको उदाहरण हामीसंग छैन । लस एन्जलसमा केही साल पहिला आयोजित भेला ? मा टाउका फोरिएका मैले चिन्ने केही मित्रहरु अहिले खाटो कोट्याउदै छन् । गत साल बोस्टनमा भेला भयो, कलाकारहरुका चेकहरु बाउन्स भएका फोटोकपीहरु तपाईं हामीले देखेकै हो । र यहाँ भन्न मन लाग्छ, ए एन ए जन्मे देखि मान्छेका टाउकाहरु फुटाउनु बाहेक के गर्‍यो ? रक्सी पिउनु बाहेक के गर्‍यो ? पैसा नभएका झुटा चेक् बांड्नु बाहेक क गर्‍यो ? नेपालको लागि के गर्‍यो ? मेरा लागि के गर्यो ? तपाइका लागि के गर्‍यो ? बर्शेनी गरिने भेलाहरुले पास गरेका तथाकथीत एजेण्डाहरुले नेपालमा बिजुली बाल्यो ? हुम्लाको भोकमा चामल बांड्यो ? शहिदको चोकमा सान्त्वना बाड्यो ? रुकुमको टाउको दुखाइमा सिटामोल बाड्यो ? सिराहाको हैजामा जीबनजल बांड्यो ? केही लछार-पटार गरेन । यो केबल नामको लागि आयोजक समितिको नाम् प्रचार भन्दा केही नगरेको संस्था भन्नुमा केही पाप लाग्दैन । यसपालीको भेला ? नाफामा गएको भए "बाउन्स चेकको भुक्तानी मागिरहेका छन् क्यार रामप्रसादहरु !

जनसम्पर्क समिति नामको अर्को सगठन छ, अमेरिकामा । सबैलाई बिदितै छ, डी सी नेपालमा त्यसका टाउकेहरुका अन्तर्वार्ता आउनु बाहेक त्यसको प्रभाबकारिता संबिधान सभामा नेपाल परिवार दलको भन्दा कम छ । कांग्रेसी नेताहरु अमेरिका आएका बखत बिमानस्थलबाट 'पिक अप र ड्रप भन्दा' त्यसका पदाधिकारीहरुले माखो मार्न सकेका छैनन् । चाकरीले यही बसेर चुनाबको टिकट नपाउन्जेल सम्मको गुलामी रहेछ, प्रबासीहरुको राजनीति । अधिबेशन गराउंछु भनेर गमक्क फुलेका जी सी हरु राजिनामा दिएर 'समर टुर' लागेका छन् रे । अधिबेशन गराऊन रातभरी कारबाहिका "टेलिकन्फेरेन्स" गर्ने आयोजक समितिका महामहीमहरु चुपचाप छन्, आजकाल । अहिले खुलेका ५०० भन्दा बढी अन्लाईन पत्रिकाहरुमा भ्याए र सकेसम्म गुलामी गरि नाम छपाउनु र मरेका गिरिजा र भट्टराईको नाममा सम्झेको बेलामा 'जय नेपाल' भनि धूप बाल्नु मात्र रहेछ, तिनका कर्तब्य । मख्ख हुन्छन्, महान अंमेरिकी काग्रेसी अधिबेशन गराउन चाकरीको रातो टीका लगाएका नेताहरु, गणेशमान सम्झन्छन आफुलाइ, दोस्रो बी पि ठान्छन्, शिरै निहुर्याएर पाउ पर्छन जस्तो गर्छन् । कसले गन्छ, चाकरिवाललाई ? बाराक ओबामालाई नगनि नियममा हिंड्न सिकेका नेपालीहरुले गुलामीको नारा दिनेलाई कहिले पो दिमागमा राख्छ र ?

सबै संगठनहरुको बेलिबिस्तार गाउंदा कसैका नदुखेका टाउकाहरुमा भार पर्ला । मोफसेलका संगठनहरु, चाहे धर्मको नाममा खुलेका हुन या जातिका नाममा । राजनितिका नाममा खुलेका हुन या मानबाधिकारका नाममा । कुनै न कुनै रोगले पिल्सेका छन्, तिनीहरु । सुनिन्थ्यो, सानफ्रान्सिस्कोमा हिजो भएको 'पुराण' मा त्यहाका सक्रिया संघहरुको आपसी तालमेल थिएन रे । सात समुन्द्र पारीको देशमा आफ्नै आंगनमा झैं आयोजना भएको 'महायज्ञ' मा त हामि एक हुन सक्दैनौ भने समाज बनाउने बकम्फुसे नारा दिएर केबल जन्मेका संस्थाहरुको त के कुरो गर्नु र ? कोलोराडोमा ब्यक्तिहरुको आफ्नै मन्दिर छ, संगठन छ, तर नेपालीहरुको रोग न हो । मन अर्कै छ । जसरी भारतिय पन्जाबीहरु आपसमा जति बाजे पनि तिनीहरु बसेको सिटिमा "गुरुद्द्वार" हुन्छ । त्यहा उनिहरुको मन कहिल्यै बाझ्दैन । मिलेकै छन्, धोतीहरु । रास्ट्रलाई हामीले भन्दा बढी गरेका छन । आपसी बुझाई छ, सम्मन छ, उनिहरुमा । सेवेन एलेभेनमा कफी पिउंन हामी गयौं भने अग्रेजी बोल्छ, हाम्रो नेपाल । पैसा चार्ज गर्छ, जाबो एक कप कफीको । तर सोडा पिउन गएका तिनीहरु धोतीले ठ्याक्कै चिन्छ, दार्हिवाललाई र सोध्छ, "किथ्हें" ? एउटा कप नेपालीलाई फ्री दिएर कुनै पनि नेपाली कामदार बदनाम हुदैंन, तिनका साहु भोकले मर्दैन । भारतियहरुमा अङ्रेजिमा भनौं न 'उन्डर्स्ट्यान्डिङ' छ भने हामीमा नामका पछाडि दगुर्ने 'ओभरस्ट्यन्डिङ्' ।

अब आफू बसेको "कटेरो गाऊ" को कुरा गरौं । भन्नलाई यसलाई लस एन्जलस भन्छन् । संसारकै प्रतिस्ठित ब्यापारिक केन्द्र । प्रसंगमा आफ्नै गाऊ र घरको बखान गाएको जस्तो हुन्छ र भन्नै पर्छ कि राजनीति बाहेक यो क्षेत्रमा नेपालीहरु साँच्चै एकत्रित छन् । यो क्षेत्रको राजनीति किन घिन लाग्दो छ भनेर नलेखौं, तिनका टाउकेहरुलाई नै यसबारे अवगत छ । बढी भन्यो भने फेरि 'चिर्पट' लिएर यही कुट्न आउलान । जे भएपनि यस क्षेत्रमा नेपालीहरु एक छन् भन्ने ज्वलन्त उदाहरण हो, भर्खरै सम्पन्न 'श्रीमद भागवत महापुराण - सप्ताह महायज्ञ' । सात करोड रुपैया भन्दा बढी रकम उठेको, एकै ब्यक्तिले ८० लाख भन्दा बढी दिएको र ४० लाख भन्दा बढी दिने ब्यक्तिहरु १०/१२ जनै भएर एकताको फुर्ती लगाएको होईन । र पनि त्यो दान, महायज्ञ, ती दान दाताहरु साच्चिकै महान हुन र एकताका शुत्रहरु हुन । फुट्न लागेको कमल थापाको पार्टिमा को प्रबेश गर्छ ? मतलब, नेपालीहरु एक्जुट छन्, आपसमा बिबाद नभएको बिश्वाशले धर्मको नाममा दाताहरु झन एक भए । हुन पनि एक पेन्नी देखि एक लाख डलर सम्मको रकमलाई सम्मनका साथ प्रमाण्-पत्र दिलाए, आयोजकले । प्रफुल्ल भक्तजनले दिल खोलेर सेवा गरे, यज्ञको । 'बाचन प्रबिण' दीनबन्धु पोख्रेलको जादुमय वाचनशैलीको मुक्तकुन्ठाले गुणगान गाए । कार्यक्रम सफल भयो । आयोजक संस्था मख्ख नहुने कुरै भएन ।

संसारभर समाचार छायो । नेपालमा टेलिभिजनमा पनि आयो रे । अन्लाइन पत्रिकाहरुमा फोटाहरु छाप्पिए । फेसबूकका पानाहरु भरिए, कमेन्ट गड्गडाए, ट्याग भयो । कार्यक्रम समापन भयो । भक्तालुहरु खुशी भए, बाचन प्रबिण पण्डित पोख्रेल खुशी भए । सबी आ-आफ्ना आश्रममा लागे । भोलिपल्ट नागरिकमा एउटा समाचार आयो । समाचार कसले दियो कुन्नि, त्यो दिनेलाई मात्र थाहा होला या भगवानलाई, त्यो चासो कुरो भएन । र, चासोको कुरो पनि भयो किनकी एक जनाको नाम्को गुणगान गाउनु बाहेक त्यसमा संस्थाको बारेमा केही लेखिएको थिएन । रातमा पं पोख्रेलले फोन गर्नु भयो । कान्तिपुरका सम्पादक सुधिर शर्मासंग कुरा भएको जानकारी गराउनुभयो । आयोजक समितिका संयोजक र प्रबिण पोख्रेलले निश्पक्ष समाचार ड्राफ्र्ट गरि सम्पादक शर्मालाई पठाउन अनुरोध भयो । कान्तिपुरमा त्यहि ड्राफ्ट समाचार बनेर आयो । हामी एअरपोर्ट लाग्यौ, गुरुलाई पुर्याउन . । बिहान ५ बजे फेसबूकमा ट्याग भएको समाचार मेटिएर 'नाम चाहने' हरुको नाममा समाचार राखिएछ । एउटा सानो समाचार काटिएर त्यहि ठाउमा जसलाइअ मन लाग्यो, त्यसैको समाचार आउनु कसैलाई टाउको दुखाइको बिषय त भएन, यो त एउटा उदाहरण मात्र न हो । तर आफ्नो पहुंछको भरमा 'सम्पर्क देखाउन' 'बल बुझाउन' छापिएका समाचार चाकरीको भरमा काटिनु लस एन्जलस्मा मात्र होइन, डी सि मा पनि राम्रो हुदैंन र बाल्ट्मोरमा पनि राम्रो हुदैंन । डी सी नेपालमा मेरो चिनेको मान्छे छा भनेर मैले दाताहरुको नाम् छुटाएर आफ्नै भक्ति गान गाएर चाकरीको भजन गाएं भने संस्थाको लागि सायद् त्यो राम्रो नहोला । कुनै संस्थामा नरहेको र अन्जान अनी अरुले जे भन्यो त्यहि मान्ने 'घोसे' सिद्धान्तमा आधारित भएर अरुको नाम मात्र छपाउन कार्यक्रमको बिल्ल लगाउनु राम्रो हुंदोरहेनछ । बाहिरै बसेर भन्नुपर्दा, ६०० भन्दा बढी ओन्लाइन पत्रिकाहरुमा मेरा, तपाइका र उनिहरुका आफन्त पक्कै रहन्छन्, संचालकमा । तर देखिएका सत्य र लेखिएका मालहरु गलहत्याउनु पाप ठहरन्छ । हामिले पुराणमा सुनेका गीतका पाठहरुले 'सकेसम्म थप्नु भन्छ, काट्नु होइन' । यसर्थ: समाजका लागि केही गर्न कस्सिएका प्रबासी संगठनहरु ब्यक्तिबाजी प्रचारको खेलमा लागे भने केही गर्न नसक्ने ए एन ए र संपर्क समिति नहोला भन्न सकिन्न । श्री पशुपतिनाथले सबैलाई सद्बुद्धी दिउन । अस्तु !
Read more >>

08 June 2011

नेताहरु र पाहुनाहरुसंगको बिदेशमा भेट : मिठो भात, बकम्फुसे आश्वाशन वा कार्यक्रम ?


आ-आफ्ना क्षेत्रमा स्थापित भएपछि मान्छेहरुलाई बिदेशमा पनि त्यसको प्रचार गर्न मन लाग्छ । एउटा गायकको एल्बम प्रचार होस् वा नायकको चलचित्र । निर्देशकको डकुमेण्ट्रि होस् वा निर्माताको लगानी । प्रतिस्पर्धाको यो जमानामा उनिहरु त्यसको "मार्केटिङ्" खोज्न थाल्छन । फलस्वरुप स्वदेश छाडी बिदेशको बजार भेट्न र प्रबर्धनको खोजाइमा भौतारिन्छन । आफ्नो पसिनाको लागतले निर्मित सिर्जनाहरु नेपाली समाजको खोजी गर्दै 'शेयर्' गर्न लागिपर्नु कलाकारहरुको मानेमा यो साँच्चै सकरात्मक प्रयास हो । तर चारैतिर घिर्णित 'राजनिति' को उपमा जोडेर परदेशका नेपाली समाजमा बिचारको भाषण गर्न सपनाहरु पालि आएका राजनितिकर्मीहरु भने कहिल्यै सफल हुन सकेका छैनन् । कसैलाई पचोस् वा नपचोस्, घोचोस् वा दुखोस्, चिलाओस वा कनाओस्, हांसुन वा उडाउन्, नेताहरु परदेश आएर कसैको घरमा चरेशको थालिमा "मिठो भात र दर्जनौं प्याक' लगाइ सफा बिस्तारामा डकार्नु बाहेक केही सफलताहरु देखिएका छैनन्, हाम्रा अनुभबहरुले ।

कलाकारहरुका बिदेशी कार्यक्रम प्राय: बिफल हुंदैनन् । सुन्दर अभिनय र न्रित्य, गायन र ठट्टा, आदिले बिदेशमा रहेका नेपालीहरु माझ तिनीहरुको प्रस्तुती सफलाई भएको मानिन्छ । अमेरिकामा रहेका नेपाली समाजमाझ प्रस्तुत भएका कलाकार रामकृष्ण ढकाल, यमा बराल, अन्जु पन्त, शिबहरी पौडेल्, दिपक-दिपाश्री, नलिना चित्रकार, दिपक बज्राचार्य र राजु लामा लगायतका कलाकरहरुको कार्यक्रममा नेपाली समाजको उपस्थिति गर्ब गर्न लायकै हुन्छ । मीठास र सत्यतामा चुर्लुम्म डुबी प्रस्तुतिएका तिनका कला र गला थकानले मरेतुल्य परदेशी नेपाली ज्यानहरुलाई मनोरन्जनको 'क्षणभर्' आनन्द साबित हुने गरेको छ । जगदिश समालको गजल, कर्ण दासको गायकी, सन्जीब प्रधानको पुरानोपन, यमन श्रेष्ठको युवा जोश, पुजा चन्दको अभिनय, सरोज खनालको सक्रियता, प्रेमराजा महतको अभिभाकत्व र लोकशैलि, दिपेश किशोर भट्टराईको जोश, सारङ्गाको नाच, सपनाश्रीको गला, रबी लामिछानेको उद्घोशण, सरिश्माको पप र राजु लामाको प्रतिभा अहिले पनि अमेरिकामा रहेका नेपाली समाजले उत्तिकै रुचाएका पात्रहरु हुन । गत साल प्रस्तुत भएका महानायक राजेश हमालको उपस्थितीको बयान गरि साध्यै नहोला ।

तर 'राजनैतिक बिल्ला' भिरेर बिरालो झैं आइ बाघ झैं गर्जने नेताहरुको कुनै पनि उपस्थिती फलदायक भएनन । केही बर्ष पहिले राजनैतिक कर्यक्रममा अमेरिका आएकी कांग्रेस नेत्री चित्रलेखा यादबको भब्य स्वागत भयो, बोस्टनमा । आफ्नै कलहको क्यान्सरले ग्रसित नेपाली जनसम्पर्क समिति भन्ने काग्रेसको प्रबासी संगठनको आधिकारिकताको सवालमा 'भात खाउन्जेल' उनले निर्बाचित समितिलाई बधाई दिइन्, खुबै प्रशंशा गरिन । भोलिपल्ट न्यूयोर्क पुगेर 'डिक्याफ कफी पिउंदै' बिभाजित अर्कै समितिको गुणगान गाइन । शुशिल कोइराला आए, बाल्टिमोरमा बाल्टिमा पानी हालेर नुहाए, न्यूयोर्कमा चिया पिए, भर्जिनियामा भात खाए र सान्-फ्रान्सिस्कोमा गएर डकारे । उतैबाट नेपाल उडे । बिबादले अहिले सम्म बिभाजित समिति "डबल क्यान्सर्'ले प्रताडित हुँदै प्रख्यात वकिल खगेन्द्र जि सी को अस्पतालमा उपचार गराइरहेको छ । रामशरण महत आए, पुरानो अफिस यू एन गए । पुराना साथिहरु भेटे, हात मिलाए, कांग्रेसको भवन बनाउन पैसा उठाए, टन्सिलले ग्रस्त घांटीलाई लेमन टी पिउंदै नेपाल लागे । प्रकाशमान सिंह आए, सान्-फ्रान्सिसकोको गोल्डेन पुल हेरे फोटो खिचाए, उतै बाट बाटो तताए । गत महिना तारानाथ रानाभाट आए । अमेरिकामा पनि उनी "भटटट" भटभटे चढे । १० जना उपस्थित अन्तर्क्रिया कार्यक्रममा आफ्नै संगठनका अरु साथिहरुको अनुपस्थितीप्रति 'टेन्सन्' लिएनन । खट्टे चपाए र अहिले नेपालमा अनशन बस्दै छन् क्यार । तर ब्यक्तिबादको रोग लागेको, कोहि माथी गएको देख्न नचाहने इर्श्यालुहरुको जमातले कब्जा गरेको, परिवारबादको आशिर्बादले ग्रस्त, डाहा र क्रोधले लठ्ठीको साहारामा उभिएको कांग्रेसको समिति कहिल्यै बिबाद मुक्त हुन सकेन । चिरा चिरामा फुटेको फोरम, परिवार दल र चुरे भावर जस्तो भएर बसेको छ, यहाँको काग्रेस । सबै बाठा, सबै टाठा । नेपालमा राजनीतिको भाटा नउठाएकाहरु यहाँ आएर 'नेता' को गुलामी गर्ने बानीले असन्तोशमा अल्झिरहेको छ ।

नयाँ नेपालको सपना बाड्दै 'साम्रज्यबादी' अमेरिकामा शाखा सन्तानको गुल्म बोकेर आएका तत्कालिन प्रधानमन्त्री प्रचन्ड आफ्ना केही भुरे-भाउरेहरुलाई अघि-पछी लगाउन बाहेक केही लचार्न सकेनन । 'ब्रोकन एङ्लिश्'मा यू एन को उनको भाशणलाई प्रचन्डको पाइला-पाइलाको फोटो खिच्ने 'नागरिक पत्रकार्' हरुले यू टुब मा राख्नु बाहेक केही उन्नति भएन । करिब एघार बर्ष 'जनताको लागि' लडेका नेतालाई 'साम्राज्यबादीहरु' मन नपरे पनि यहाँको बिकाश र 'सिस्टम'ले त पक्कै छक्क पार्यो होला । पसिनाले अहोरात्र निर्मित ढलेका ती टावरहरुको याद् आयो होला । टोडिएका जल बिद्धुत कारखानाहरुको याद् आयो होला । छोडिएका आन्दोलनका संगीहरुको याद् आयो होला । उनले लगाएका 'नेपाली टोपी' खस्ने न्यूयोर्कका गगनचुम्बी घरहरुले बन्दै गर्दा बम पड्केका सन्चय कोशका भवनका याद् आए होलान् । 'मिठो भात संगै केही प्याग' लगाएर किचिएका फोटाहरु फेसबूकमा 'ट्याग' त भयो । नयाँ नेपाल बनाउन परदेशमा देखेका उनका बिकाशे आंखाहरुले केही त्याग गरेनन । कर्मठ कर्मचारी रामेश्वर खनाललाई घोक्रेठ्याक लाउने 'अर्थमन्त्री' भरतमोहन अधिकारी आए । दुताबासमा मज्जाले अन्तर्बार्ता दिए, आंखी भौं कनाउदै नेपाल लागे । अब हेर्नुछ, नेपालको ॠणी बजेटमा तिनका आंखाले बिकासका कस्ता खम्बा ठडाउने छन् ! सात बर्ष पहिले नेपाली फोरमका नायक उपेन्द्र यादब आएका थिए, ए न ए को सम्मेलनमा तीनले मज्जाले भाशण ठोके । लाग्थ्यो, यिनले चाँही केही गर्छन्, आज फुटेर उनी आफ्नै टाउको कनाउदैछन । गत साल भिम बहादुर तामाङ् आएका थिए, न्यू योर्क । एउटा जातिले उनलाई रातारात बोस्टन ल्याएछ, खादा ओडाएछन् । रामदेवलाई दिल्ली कटाएजस्तो त्यहांका काङ्रेसीहरुले थाहा पाउलान भनि एकबिहानै बोस्टन कटाउन लागेछन । सदा जीबनका धनी बिचारक उनलाई ब्यक्तिगत रुपमा केही पुस्तकहरु म र एक जना गैर राजनितिक दाजुले उपहार दिन किनेका थियौं । बल्ल भेटियो र दिन पाइयो । त्यहांका अरु काङ्रेसी देखेरे बुढा दंग । कुरो के भने, रंग जे पोते पनि नेपालबाटा आउने पाहुनाहरुलाई जातियताको पोतन गर्ने चलनले ग्रसित छ, यहाँको नेपाली समाज ।

गत साल क्यालिफोर्नियामा ढुङ्गाना थरका एक 'ज्योतिश्' आए । खुबै चर्चा भयो, उनको । धेरैका हात हेरे, तिनले । जसको ग्रीन कार्ड छ, तीनलाई उनले कागज बन्न धेरै संघर्श गर्नु पर्ने बताए । घरमा शान्ति ल्याउन सबैलाई उनले 'कुकुर पाल्न' अनुरोध् गरे । अली हुनेखानेहरुलाई त बिगारेर भनेपनि मिलिहाल्छ । त्यो त सबैलाई थाहा भएकै कुरो हो । जसको बढी जुहारत देखे, तिनलाई कम्प्युटरमा औंला घुमाउदैं 'भाग्यरेखा' पढाए, औंठी बिकाए । जो अलि दरिद्री लग्यो, तीनलाई हचुवाको भरमा भाग्य डराइदिए । लगत्तै, लोहनी थरका ज्योतिश आए । नेपालमा नाम चलेका भन्छन् क्यार ! मलाइ थाहा बहेनुसार कुनै जमानामा तिनी पी के कलेज अगाडि रक्सीको दोकान थापेर बस्दथे । बोल्दैमा हात् हेराउन आउने "कस्टमर्' भाग्लान जस्ता । तिनका पछाडि पनि भाग्य देखाउन लाइन लाग्यौं, हामीहरु । कसैलाई उनले क्यालिफोर्निया छाडेर भोलि नै 'क' बाट नाम् आउने अर्कै 'स्टेट' सर्न भने । यहाँ बसे काल आउने र जोगी हुने योग देखाए । कसैलाइ, 'स' बाट आउने नामको पत्रिका खोले चल्ने साध्य सिकाए । कसैलाइ राम्रै द्केह होला, राम्रै भने । ज-जसको मा बसे, तीनको राम्रो भने, जो हेराउन गए, हाइ-हाइ गर्दै निद्राको सुरमा हत्केलाहरु पढे । यसो त बिदेशमा जसले राम्रो खुवायो, जसले बिस्तारा अगाडि पंखा जडान गरिदियो, जसले हलिवूड घुमायो, जसले बिमानास्थलबाट 'पिक अप" गर्‍यो । तिनैका घरको, तिनैका राजनैतिक पार्टीको बेलिबिस्तारी बखन गाउने चलन छ, बिदेशका प्रत्येक नेपाली समाजमा ।
कसैको पक्ष नलिइ बोल्नु पर्दा भन्नै पर्छ, केही साल पहिले डा. बाबुराम भट्टराईको अमेरिकी भ्रमण सबैले अहिलेसम्म 'मिस' गरेका कार्यक्रमहरु हुन । नेपालको प्रख्यात ब्लग साइट 'माइसन्सार डट कम' मा खोज्यो भने अहिले पनि भेटिन्छ, पुराना पोस्टहरुमा कि उनी मन्त्री छदां बखत पनि आफ्नै खर्चमा परदेशको नेपाली समाजमाझ प्रस्तुत हुंदा नेपाली मन्त्रीको धमास दिएनन्, । शालिन तवरले हार्वर्ड बिश्वबिद्धालयको कार्यक्रममा उनले बोलेका प्रत्येक बचनहरु गाई चराउंदै एस एल सी को तयारी गरेको विद्यार्थी बोलेको भान हुन्थ्यो । आफ्ना अनुभबहरुको सरल 'शेयर्' र देश् बनाउन बचेका डलर नेपालमा लगानी गर्न नेपाली समाजमा उनले गरेको आग्रह सबैका मगजमा सदा ताजा रहन्थे । नेपाली समाजमा प्रख्यात 'साझा सवाल्' का प्रस्तोता तन्नेरी पत्रकार नारायण श्रेष्ठको अमेरिकी भ्रमण उनले उतार्न खोजेका 'परदेशिएका युवा शक्ति'को लेखाजोखा हामि आज पनि खोज्यौं भने हेर्न सक्छौं । हरेक पाइलाहरु परिवर्तनको लागि सदुपयोग गरिनुपर्छ भन्ने मान्यताका धनी पत्रकार श्रेष्ठको नेपाली समाज संगको भेट, प्रवल गुरुङ संगको भेट र एउटा कुनामा रहेर पनि यहाँ रहेका नेपाली बन्धुहरुको खोजी साँच्चै सोचनिय थियो । प्रसिद्ध बिद्धान डा. चिन्तामणि योगीको कयौं पटकको अमेरिकी भ्रमण नेपाली समाजसंग मात्रै बित्छ । आफूले जानेका कुरा र जिवनका अनुभवहरु, बच्चादेखी बुढाहरुसम्म सरल तरिकाले पढाउने उनको तरिका सबैका माझ प्रख्यात छ ।

परदेशिएर पनि एकता हुन नसक्नु नेपाली समाजको पुरानो रोगै हो । त्यसमाथीको राजनैतिक आबरण, जातिगत बिभाजन, पाहुने पाल्ने अस्वस्थ प्रतिस्पर्धा, फाइ-फिट्टिको नसुहांदो प्रदर्शन र डाहले ग्रस्त हुदा-हुदै पनि नेपालबाट परदेश आउने नेता, कलाकार र समाजकहरुको भ्रमण आसे-पासेहरुकै यताउती घुमुरहनु सकरात्मक हुदैंन । ईजरायल होस वा अरब, बेलायत होस् वा अमेरिका, अश्ट्रेलिया होस् वा स्पेन अनी जापान होस् वा जर्मनी, आफैमा बिभाजित नेपाली समाजमा ती नेता, कलाकार वा समाजकहरुको भ्रमण 'गुलामि' भन्दा 'गुलाफि' बने र बनाए राम्रो हुने न हो ।
Read more >>

13 April 2011

नयाँ बर्षको शुभकामना !!!


भ्रष्टाचारीहरुको 'लाश' बनेर आओस्, नयाँ बर्ष
संबिधान नलेख्नेहरुको 'उठिबाश' बनेर आओस, नयाँ बर्ष,
निमुखाहरुको 'उल्लास ' बनेर आओस, नयाँ बर्ष
नेपाल आमाको मुहार 'झकांस' बनेर आओस, नयाँ बर्ष ।

नयाँ आशा र प्रगती बोकेर आउने नयाँ बर्ष २०६८ सालको मंगलमय शुभकामना !!!
Read more >>

06 April 2011

सालाहरुको गोलिमा डराइमर्नु जिन्दगी :


सुन्दर सपनाहरु बोकेर बिदेशिनु सोचेजस्तो कहाँ सबल हुन्छ र ? धन कमाउंला, जस्ताको छानो छाउंला, साहुहरुको ॠण तिरौंला, केही बचेका सुकीहरु लागेर परिवार संगै बाँकी जिन्दगी मानो पाथिमा बिताउंला भन्ने सपना पनि सबैका कहाँ सफल हुंदा रहेछन् र ? सबल सपना सफल हुनु सजिलो रहेनछ । दशैंमा टीका लगाउन तयार निधार ॠणको पोको बोकेर धनको धोकोमा हिड्नु शायदै सहज होला । हाम्रा पसिना चुसेर पनि नपुगेर राश्ट्रको ढुकुटी लुट्ने भ्रश्टाचारीहरु, दिनभरी भारी बोकेर खाने कांधमा गोली ठोक्ने लठैतहरु, संबिधान बनाउने नाममा घरको छाक बचाएर संसद भवनमा लन्च र डिनर खान पल्केका बकम्फुसेहरुको जगजगीले अबसर गुमेपछी परदेश भासिएका लाखौं नेपाली युबक र चेलिहरुका सपना कहाँ साकार भएका छन र ? उपायनास्ती जिन्दगीलाई दुई पैसा कमाउने प्रलोभनले जब अरबको मरुभुमी पुर्याउंछ, ती नेपालाई चेली त्यहि बलात्क्रीत र हत्या भएका कयौं घटनाहरु ताजै छन्, हाम्रा सामु । धेरै कमाउने अशामा जायज्याथा बेचेर किनिएको हवाइ टिकेटको म्याद नसकिदैं कामको सट्टा जेलमा चिसिनुपर्ने बाध्यताहरु पनि हाम्रै दाजुभाईहरुले भोगेकै कुरा हो ।

गत बर्ष अमेरिकाको बोस्टनमा एउटा सन्कीले वहियातमा हाम्रा दाजुको हत्या गर्‍यो । अमेरिकाको टेक्सास पनि यस्ता हत्या बढी नै हुने स्थानमा गनिन्छ । बाल्टिमोरमा कन्चटमा पेस्तोल नतेर्स्याइएका कमै नेपाली होलान् । अबसरको खोजिमा यसरी परदेशिंदा आफ्नो कर्तब्य निर्बाहको क्रममा सित्तैमा यहाँका 'साला' अपराधीहरुको गोलिमा जिन्दगी जाने डराइमर्दो अवस्था छ । र हिजो, झापाका हाम्रा भाई रोशन भण्डारीको हत्या भएको छ । दर्दनाक यस्ता घटनाका पछाडि धेरै खेलहरु छन्, त्यो भन्दा बढी संसारमा आफूलाई सर्बेसर्बा ठान्ने कथित अमेरिकी कानुनको । आफूले काम गर्ने ठाउंमा कसैले डकैत (Robbery) गर्‍यो । आफ्नै आंखा अगाडि घटेका घटनाको बेलिबिस्तार स्थानिय प्रशाशनलाई जानकारी गराउनै पर्ने । प्रशाशनले चोर् देखेको थीइस् भन्छ, सांचो बोलुं - चोरको अगाडि अदालतमा साक्षी बस्न जानु पर्ने । नभनुं, साहुले चोरीले आफूलाई घाटा लागेको बहानामा जागिरबाट लात मारिदिने । जाबो सात डलरको लोभमा काम गर्नुपर्ने हाम्रो मजदुरी जिन्दगी, त्यो पनि सालाहरुको पेस्तोलको गोलीको डरमा । कर्तब्यवान रोशनले चोरको अगाडि प्रस्तुत हुन अदालत जानुपर्ने भो । साला अपराधीहरुले उनलाई अदालत जना लगेकै बखत रोशनले काम गर्ने स्टोरकै अगाडि उनकै कारभित्र गोली ठोके, उनी त्यहिं मरे । कानुनी राजको बखान गरि नथाक्ने अमेरिकी आडम्बरी नियम्, चोरको अगाडि 'हो, त्यहि हो अपराधि' भन्न जानु पर्ने । साहु हामीले जाबो पानी मिसाएको कोक पियौं कि भनेर घरमा बसेर भिडियो हेर्छ, हामी भने साहुको दोकानमा पानी मिसाएको कोक पनि खेर नजाओस भनेर ट्र्यासमा फ्यांकिएका कपहरु पनि धोइ पखाली राखिदिन्छौं । कसैले मात्रा भन्दा बढी पिएमा 'रिफिल चार्ज' भन्दै ९९ सेन्टस चार्ज लगाउछौं, झगडा गर्छौं, बिएर चोरेर भाग्न लागे भने आफ्नो अगाडि भएको स्टापलरले चोरको टाउकोमा हान्छौं । इमन्दारिताको त्यो प्रयास कहाँ लागु हुन्छ र ? कहाँ अमेरिकी जिससले देख्छन र ? बदालामा साला अपराधीहरुको गोली हामि नै खान्छौं । लस एन्जलसमा हिजो अपराधीहरुले 'साक्षि' बिचरा भाइ रोशनको जिन्दगी नै उडाइदिए, २ घन्टा पछि पुलिस आयो रे, अपराधी भग्यो । साहुले के गुमायो त ? मुला सात डलरे हाम्रो जिन्दगी त्यसै जान्छ । बेरोजगारीले डकैती बढेको छा अमेरिकाको कुनै पनि कुनामा । फेरि जहाँ कुनो, त्यहि ७-११ भने स्टोर । डकैतहरु त लुट्न कुनो खोइज्दै न आंउछन्, त्यहि कुनामा हामीहरु काम गरिराखेका हुन्छम्, अनाहकमा आफ्नै दुनो मासिरहेका हुन्छौं, त्यहां सिंगो अमेरिका हुन्छ, जहां अपराधीहरु धेरै हुन्छन् ।

त्यो सुन्दर जन्मभुमिमा बत्ति बल्दैन । यहाँ बत्ति बलिराखेकै बेलामा हामीलाई गोली ठोक्छन । चोर नेताहरुका सन्तान पजेरोमा सवार हुदैं भारतिय बोर्डिङ पढ्छन्, यहाँ हामि घन्टाको सात डलरमा काम गरेर, कलेजको शुल्क तिरेर बचेँको पैसाले एउटा खटारो किन्छम । रास्ट्रको ढुकुती डकैत गर्नेका सन्तानहरु सुरा र सुन्दरीको साथमा तिनका बाउका शेयर भएको क्यासिनोमा च्याखे थाप्छन्, यहाँ हामी थोत्रो फ्रिजरमा राखेको बासी पिज्जा टोक्दै साहुलाई अझै साहु बनाउन छातीमा गोली थाप्छम । जांदले लठ्ठ भ्रश्टाचारिका सन्तान लिन क्यासिनो र नाङ्गा बारमा गार्ड सहित पजेराहरु पुग्छन्, ती अर्धम्रित जाडका पोकाहरु उठाउन । यहाँ हाम्रो लाश उठाउने कोहि हुदैन । बियोग र बेदनामा बित्दो रहेछ, परदेशको जिन्दगी । कसलाई भनेर के नै पो मिल्दो रहेछ र ?

रामेश्वर खनाल जस्ता कर्मठ कर्मचारी अट्दैनन्, देशको काममा । कुलेखानी सुक्यो, मर्श्याङ्दी बग्दैन । कालिगन्डकी कहीले बनेर देश्ले बिजुली पाउने ? भारतबाट 'दो रुपये' लिएर नेपाल छिरेका धोतीहरुको भलाइका लागि झलनाथ खनाल र भरतमोहनहरुको लालमोहर लाग्छ । १० औं खर्ब रुपैया कर छल्ने चौधरी र गोल्छहरुको पन्जामा अडेको छ, मुलुक । रास्ट्र बनाउन खलाती खियाउने गोल्छेहरुको आरान बन्द, आवाज बन्द र आवास बन्द । ससुरालीको आडमा अबैध धन्दा गर्ने रुबेल चौधरीहरुको पेवा रहेछ, नेपाल । मामाघरमा मजाले फलेको मेवा रहेछ, नेपाल बिनोद चौधरीहरुको । यी देश् लुटुवाहरुलाई दिने पैसा नेपाल आमाले अरबको खाडिमा पसिना चुहाउने ज्यानहरुलाई दिएको भए, कति कुखुराहरु पालिन्थे होला ? काउली कति फल्दाहुन्, खोरियाहरुमा ? कोरियाहरुमा सपना सजाउन पासपोर्ट लिना पररास्ट्र मन्त्रालयमा तीन दिनदेखी लाइन लागेका 'शक्ति'लाई सक्छन भने झलनाथले लाइनमै कम्तिमा १० हजार रुपैया ॠण हातमा राखिदिने शाहस गरुन् । अनी हेरौं, कहाँ के फल्दोरहेछ ? त्यसो त, हाम्रो त न पेवा न मेवा ! आमाले पेवामा पाल्नुभाको रतौली बाख्रा र मामघरका हजुरबुवाले दिनुभाको खोरिया बेचेर परदेश आइयो । काम नगरौ, के खाने ? ॠणको त कुरै छाडौं, गरौं, सालाहरुको पेस्तोलको डराइमर्दो जिन्दगी ।


रोशन भण्डारीको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली तिमीलाई !!!
Read more >>