06 March 2012

रंग पर्वको शुभकामना !


रंगहरूको पर्ब "होली-फागु पुर्णिमा"को उपलक्ष्यमा यहांहरू सबैलाई मंगलमय शुभकामना !
सात बर्ष भैसकेछ, स्वदेशमा फागु नखेलेको । परदेश, परदेश र परदेश । खप्परमा परदेश लेखेपछी फागु लगायतका अनेकौं आफ्ना प्यारा चाडहरू छुटेका छन् ।

एक टुक्रा :

खप्परमा लेखिएको परदेशले धेरै कुरा छुटेका छन,
प्रश्नका खातहरूले बोदो दिमाग भुटेका छन ।
कमाउने आशमा हातहरूले यहां गिट्टि कुटेका छन,
सम्झनाका सिरानीले मीठा सपना लुटेका छन ।
केलाउंदा बिगत आफ्नै आंशुले दिल चुटेका छन,
प्राप्तिका अभिलाशामा मेरा भाग्य फुटेका छन ।

यस्तै छ जिन्दगी । पिर बोकी बाटामा हिड्दा छेवैमा फुलेको रंगिन फुलले मन नाई भुरुङ्ग हुन्छ । निद हरामको रातमा छेउको रेडियोमा बजेको गजल कति आनन्ददायक हुन्छ ! यसरी नै जहाँ हामी भए-रहे पनि यो रंगिन बसन्तले खुशी र उमंगको उल्लासमय रंगिन बहार ल्याओस, यहांहरू सम्पुर्णलाई मंगलमय शुभकामना !!!
Read more >>

01 March 2012

आहा मेरो देश !


संबिधान बन्ने लालशामा हाम्रो आश सपनामै बिलाइदिन्छ,
भ्रश्टाचारीलाई सफाइ दिन सरकार दाहिने हात मिलाइदिन्छ ।
जनतालाई राहत भनि देश अन्धकार लोडसेडिङ दिलाइदिन्छ,
बच्चा झिक्न जाने सुत्केरीको डाक्टर गुप्ताङै सिलाइदिन्छ ।
Read more >>

02 December 2011

अन्धकार अमेरिका








कृत्रिम शक्ति र सम्पन्नता प्रकृतिको अगाडि लाचार ठहरिन्छ । सर्बशक्तिमान भनिने अमेरिकामा केही साल पहिले आएको प्राक्रितिक प्रकोपले न्यू ओर्लियनस भनिने राज्य उठिबास लगाएको थियो । भीषण बर्षा र हुरीले सारा घरहरु उडाए, राज्य पुरै जलमग्न भयो । प्रकृतिले दिएको त्यो दु:ख र जनधनको पुननिर्माण अझै सकिएको छैन, न्यू ओर्लियनसमा । अमेरिकाको एस्ट कोस्ट भयानक हिमपात, आंधी र तुफानको कारणले दरलाग्दो मानिन्छ । सामुन्द्रिक सतहबाट नजिक प्रायश: राज्यहरु प्राक्रितिक डरले बेलाबेलामा "एलर्ट" रहने गर्दछ्न । समुन्द्रमा तेल चुहिएको गत सालको घटना, आर्थिक मन्दी र बेरोजगारले सर्लक्कै गांजेको छ, अहिले अमेरिकालाई । संसारको सर्बशक्तिमान भनिने अमेरिका जसो तसो बढ र ब्यबधानलाई छिचोलेर 'जिउने' गरेको छ, अहिले । उदांदो चीन र भारतको अकल्पित आर्थिक फडकोले अमेरिका झस्किएको र आफ्नो सम्पन्नता र रवाफमा आंच आउंने त्रासले झस्किएको पढ्न पाइन्छ ।
सपनाहरु सांचेर डलरको आशमा अमेरिका आउनेहरुको संख्या घटेको तथ्याङ्कहरुले बताउंछन रे । अमेरिका आउने नेपाली बिद्धार्थीहरुको संख्या एक्कासी घटेको समाचार पनि भर्करै सार्वजनिक भएको थियो । सोचे जस्तो छैन' अमेरिका । हरेक तप्कामा क्रियाशिल नेपालीहरुको निराशापनले यही बताउंछ । खैर, सम्पन्नताको यो देशमा जोडिएका बिजुलिका तारहरु एक्कासी लथालिङ भए, अस्ति बेलुकी । रात्को ९:३० देखि लस एन्जलस क्षेत्र वरपर आएको भीषण हुरीले सडक छेउ-छाउका धेरै रुखहरु ढले । घरका धुरीहरु चेपिए, पार्किङ्मा राखिएका सवारी साधनहरु कुच्चिए । ब्यस्त फ्री वे हरु जाम भए । बत्ति गयो । अन्धकार भयो, अमेरिकाको यो ब्यस्त शहर । बाटाका सडक बत्तिहरु काम गर्न छाडे । हतारमा दौडिने बानी परेकाहरु दुर्घटित भए । ब्यापार - ब्यबसाय बन्द भए । हिजो हाहाकार भयो । जसले ब्यबसाय खोले, ती स्टोरहरुले दोब्बर भाउमा सामान बेचे । जताततै हतार अनि अन्धकार र इमर्जेन्सी भ्यानका साइरनहरु, प्रहरीहरु कुदा-कुद । देखियो, अमेरिकाको स्टेट अफ ईमर्जेन्सी ।
सधैं बत्ति जाने नेपाल देशका हामी । बानी परिसकेका हामीलाइ त त्यति गार्हो भएन । समय काट्न गार्हो हुंदोरहेछ । २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे, नभन्दै हुन्छ की जस्तो पनि लाग्यो । ईन्टरनेट पनि नभएपछी ईंङ्लिश मात्रै बोलेर के गर्ने ? धन्न आज लाइन आयो । त्यसो त, प्राक्रितिक बिपत्तिका यी फोटाहरु ; साभार : ABC7.COM
Read more >>

17 November 2011

गजल : सिरानी




















मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी,
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।

अन्धकारमा खोजी हिंड्दा लडबडिदैं कतै,
भेटें भने तिमीलाई त्यहि रातै सिरानी ।

तिर्खा लाग्यो भौतारिंए खोज्न पानीलाई,
थोपा नआउने कुवा भेट्ने मेरो आंतै सिरानी ।

पठाउन तिमिलाइ लेखें कत्ति पत्र,
भेटिएन हल्कारा चिट्ठीको खातै सिरानी ।

ओखलमा निदाउन के सख्थें र म त ?
छाम्दा भेटिए कुनाको त्यहि जांतै सिरानी ।

रुंदा-रुदा सुके मेरा आँखा भने पनि,
सम्झनामा आउने तिम्रा घातै सिरानी ।

कालो बादल मडारिदां झर्ने यत्रा असिना
नछेकिने हातमा भाको छातै सिरानी ।

लैला-मजनु, मुना-मदन कस्ता कस्ता कथा
नजोडिने तिम्रो मेरो अनौठो नातै सिरानी ।

मुक्का खाएं, धोका खाएं, के नै छ र बांकी ?
सडकमा सबले हान्ने कठोर लातै सिरानी ।

हल्लाउंदैं खुट्टा सडकमै हिंड्न कति मज्जा,
कुनो-काप्चो ठोक्काउने रक्सीको मातै सिरानी ।

प्रेम भनि कन्दमुल खोज्दै हिडें बनमा,
भेटिएका घसेटा र स्याउलाका पातै सिरानी ।

मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।
Read more >>

16 November 2011

World's Top 15 Blogs :


Top 15 Most Popular Blogs | November 2011
Here are the 15 Most Popular Blogs as derived from our eBizMBA Rank which is a constantly updated average of each website's Alexa Global Traffic Rank, and U.S. Traffic Rank from both Compete and Quantcast."*#*" Denotes an estimate for sites with limited Compete or Quantcast data. Last Updated: November 8, 2011

Source : www.ebizmba.com


1 | HuffingtonPost
67 - eBizMBA Rank | 54,000,000 - Estimated Unique Monthly Visitors | 53 - Compete Rank | 26 - Quantcast Rank | 122 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

2 | TMZ
228 - eBizMBA Rank | 19,000,000 - Estimated Unique Monthly Visitors | 220 - Compete Rank | 57 - Quantcast Rank | 407 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

3 | BusinessInsider
455 - eBizMBA Rank | 12,100,000 - Estimated Unique Monthly Visitors | 601 - Compete Rank | 217 - Quantcast Rank | 546 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

4 | engadget
479 - eBizMBA Rank | 11,500,000 - Estimated Unique Monthly Visitors | 808 - Compete Rank | *250* - Quantcast Rank | 378 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

5 | PerezHilton
570 - eBizMBA Rank | 10,200,000 - Estimated Unique Monthly Visitors | 882 - Compete Rank | 251 - Quantcast Rank | 577 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

6 | Gizmodo
575 - eBizMBA Rank | 10,100,000 - Estimated Unique Monthly Visitors | 1,103 - Compete Rank | 150 - Quantcast Rank | 472 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

7 | Mashable
579 - eBizMBA Rank | 10,000,000 - Estimated Unique Monthly Visitors | 803 - Compete Rank | 612 - Quantcast Rank | 323 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

8 | TechCrunch
615 - eBizMBA Rank | 7,500,000 - Estimated Unique Monthly Visitors | 607 - Compete Rank | *860* - Quantcast Rank | 377 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

9 | Gawker
776 - eBizMBA Rank | 6,000,000 - Estimated Unique Monthly Visitors | 1,005 - Compete Rank | 458 - Quantcast Rank | 866 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

10 | lifehacker
860 - eBizMBA Rank | 5,500,000 - Estimated Unique Monthly Visitors | 1,298 - Compete Rank | 463 - Quantcast Rank | 819 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

11 | The Daily Beast
928 - eBizMBA Rank | 5,000,000 - Estimated Unique Monthly Visitors | 851 - Compete Rank | 299 - Quantcast Rank | 1,633 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

12 | SmashingMagazine
967 - eBizMBA Rank | 4,600,000 - Estimated Unique Monthly Visitors | 1,142 - Compete Rank | *990* - Quantcast Rank | 768 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

13 | FailBlog
1,001 - eBizMBA Rank | 4,400,000 - Estimated Unique Monthly Visitors | 1,417 - Compete Rank | 549 - Quantcast Rank | 1,038 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

14 | Kotaku
1,217 - eBizMBA Rank | 4,100,000 - Estimated Unique Monthly Visitors | 1,875 - Compete Rank | 584 - Quantcast Rank | 1,192 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA

15 | boingboing
1,387 - eBizMBA Rank | 3,500,000 - Estimated Unique Monthly Visitors | 1,466 - Compete Rank | 911 - Quantcast Rank | 1,784 - Alexa Rank.
The Most Popular Blogs | Updated 11/8/2011 | eBizMBA
Read more >>

12 November 2011

लुटेराहरुको देश :


एउटी आमा घांस काट्न जान्छिन
अनाहकमा तातो गोली खान्छिन,
बाबुरामजीको घरको पल्लो बनमा पनि
यो घटना घटेको बाबुरामजीलाई थाहा छ ।

चुरे डांडांमा बस्तु चराउन एउटी बहिनी जान्छिन
नरपिपासुद्दारा रक्ताम्य बलात्‍कृत हुन्छिन्,
प्रचन्डजीको घरमाथीको डांडामा घटेको घटना
प्रचन्डजीलाई पनि राम्ररी थाहा छ ।

एउटा बच्चा स्कुल जान्छ
बाटोमा अपहरणमा पर्छ,
रौतहटको मैदानको यो अपहरण
माधबजीलाई मज्जाले हेक्का छ ।

पूजा गर्न मन्दिर हिडेकी कान्छीको
पूजा-थाली सहित गहना लुटिन्छ,
शुशिलजीले पूजा गर्ने मन्दिरको घटना
शुशिलदालाई सम्झाउनै नपर्ला ।

बिहान पसल खोल्न हिंडेको पसले
भारतीय गुन्डाको छुरी खान्छ,
गच्छदारले लेबी उठाउने बजारको कथा
हामी मुलाले के सम्झाउनु पर्ला र ?

बाटो बनाउन आयोजित गाऊको कचहरीमा
लठैतहरुले भाटाले टाउको फुटाउंछन,
झलनाथजीको गाउंको कथा
त्यहि गाउंलेहरुलाई सोधे मात्र थाहा हुन्छ ।

पूल बनाउने ठेक्कामा गुण्डाहरुको बोलवाला
परशुराम र चरीले लुटेका सम्पत्ती,
भारतीय नम्बर प्लेटको गाडी चढ्नुहुने
के पी दाईलाई थाहा होला ।

बी पी स्टाइलको दाह्री काटेर
मार्क्सबादी भ्रस्टाचार गर्नुहुने,
अबसरबादीका पर्याय हाम्रो कर लुट्नुहुने
जे पी दाईलाई के देलान शुशासन ?

बाहुनी बिहे गरेको बाहनामा कुनै श्रेष्ठले
बारीको कुनामा ढुंङ्गेलजीको गोली खान्छन,
भाइ मरेको लगत्तै दाई मारेका कथा थाहा होला
बर्षारामजीलाई पनि राम्रै सित ।

गोरखकालिकाको कसम खाने सेनाहरुले
गोरखनाथ गणमा गरेका हत्याका घटनाहरु,
ब्यारेकै छेउमा भल्भल्ती बगेका रगतका खोला
देखेकै थिए होलान्, छत्रमानजीले पनि ।

आज कमल थापाहरु गर्जिन्छन्, राजा चाहियो रे
कुरो पनि ठिकै होला आखिर,
राजा फालेर जनताले के पाए त ?
कोहि हुनु र नहुनुमा हामीले के पायौ ?

गुन्डाहरुको राज, भ्रश्टाचारीहरुको बिगबिगी
लठैतहरु पछि लगाउने नेताहरुले,
मुस्ताङ चढे'नी, डा. पढे'नी
बैध्य र झांक्रीहरुले झारफूक गर्ने हुन हामीलाइ ।

भुकम्पले ढलेकाहरुले कम्बल पाएनन्,
भोकाहरुले ढिंडो पा'का छैनन्,
झाडापखालावालाहरुले जीबनजल नदेखेको देशमा
नयाँ अनुहारमा जोगीको भेषमा आउनेहरुले के गरे ?
हत्यारा बचाए, आममाफी दिए, आफू मुस्ताङ चढे
प्रथम महिलालाई पजेरो दिए, अघोषित मन्त्रालयहरु दिए ।
हिजो कांग्रेसले, एमालेले जे गरेको थियो,
आज पनि त्यहि भयो ।

चिरिन्जिबी जेलमा, गच्छदार कार्यवाहक प्रधानमन्त्री
गुप्ता सरकारको प्रवक्ता, शरदसिंह मधेशी नेता !
प्रभु शाहहरुको हालिमुहालि, बादलको "र"
बिचरा एक्लो रमेश खरेलले के गरोस ?
खानु खाए देशलाइ, पिउनु पिए रगत
स्विस बैंकमा खाता, जनतालाई आश्वाशन
क्या गजबको देशमा जन्मिइएछ गांठे
लुटेरै-लुटेरा भातमाराहरुको देश,
लुटेराहरुको देश ।
Read more >>

04 November 2011

ब्लगको जन्मदिन :


मलाइ आमाले कटेरामा पाउनुभा'को रे । श्राबणको झरीको बेला थियो रे, त्यो । चिसो मौसम । मेरो ब्लगको जन्म चाँही अमेरिकाको पुष (जाडो) महिनामा भा'को । आजभन्दा तीन बर्ष अगाडी गूगल चलाउंदै गर्दा माउस संगको सहबासले एकै छिनमा जन्मिएको मोरो "खुल्लामन्च", तीन बर्ष लागेछ । नेपालबाट निर्यातित कम्बल ओढ्दै शायद अमेरिकाको सबैभन्दा चिसो ठाउं बोस्टनको जन्मभुमीको खुल्लामन्चले दुई बर्ष पूरा गरेछ । यसको जन्म खास गरेर अक्टोबर १३ तारिखका दिन तदानुसार रक्सीको मातमा जाडोको तिथिमा भएको हो । परदेशी जिन्दगी, अनाहकको चिन्ता र बेबारिसी तालले गर्दा नभ्याएर १३ तारिख मैले बिहानै यस्सलाई एउटा माउसको क्लिक्के केक खुवाएर आज जन्मदिनको पार्टी मनाउंदैछु ।

साझेदारी ब्लग दौंतरिको 'फलो लिन्क्'का अनुसार अहिले ३३१ जना नेपाली ब्लगरहरु प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सक्रिय हुनुहुन्छ । आज भन्दा तीन बर्ष अगाडि नवनिर्मित ब्लग दुई जनाले फलो गरिदिए "आहा !!!" हुन्थ्यो । ३६१ जनाको ब्लगिङ सक्रियताले साहित्य, संगित र सक्रियताका कम से कम सबै क्षेत्र र शिर्शकलाई समाबेश गरिरहेको छ । ३६१ जनामा ६१ जनाले मात्रै आ-आफ्नो क्षेत्र र जानेका रचना समाबेश गरि लेखेमा'नि जिबनचैर्याका हाम्रा दु:ख - सुख र भोगाइका हरेक पाटाहरु समाबेश हुनेछन । आखिर जुन मातमा बच्चा जन्माए पनि सहि संस्कार सिकाउनु र त्यसलाई भरण्-पोशण गराउनु त जन्मदाताको कर्तब्य भित्रै पर्ला । जन्मदाता ब्लगका माता-पिताहरुले पोस्ट देखाउन र रङ्याउन मात्र भन्दा पनि सन्देश, सूचना र शेयरका लागि लेखे भने आफैले जन्माएको ब्लग (बच्चा)को अर्थ रहला । हुन त रचनाका लागि सुझाब दिने हैसियत त ममा छैन, र म ठुलो लेखक पनि होईन । बतासे छोरो (ब्लग)को पिताजी हुं, म । बतासेको बाउले परिवार नियोजनको तरिका सिकाउन अलि नमिल्ला । फेरि, फुर्शदमा जन्मदिनको पार्टी खान आउनुहुने तपाइहरुलाई म बेसम्मान गर्न पनि चाहन्न । आफूलाई फेरि धेरै लेखिरहने जांगर पनि लाग्न छाड्यो, आजकाल त । बोदो दिमाग । लेखनीय शिर्शक र क्षमता नभएर होला वा अल्छिपना । त्यसो त, यसबिचमा माइसंसार जन्मेपछि सक्रिय प्रख्यात "सामुहिक चौतारी - दौंतरी" को सक्रियता, ब्लगर भेला आयोजनालाई ब्लगिङ्प्रतिको प्रगति र एकजुटता प्रशंशायोग्य छ ।

कपी र पेस्ट प्रब्रितीको बिरोधी हुं, म । आदरणीय दाजु दिलिप आचार्यज्यूको लेख चोरिएका घटनाहरु हाम्रा सामु ताजै छन् । अरु आदरिणीय अग्रज ब्लग्गरहरुका लेख चोरिएका पनि बेला-बेलामा देख्न-पढ्न पाईन्छ, त्यो ठीक पक्कै होईन । दौंतरीको ब्लगर भेलामा उठेका "कपीचोर्" तरिकालाई निरुत्साहित पार्ने प्रयास पनि उत्तम भएको ठान्दछु । अर्को कुरा, लेख लेखेपछि कमेन्टको आशा गर्ने बानीको पनि म सपोर्टर होईन । म दार्शनिक बन्न खोजेको होइन, तर देखाउनको लागि म झुटो बोल्न चाहन्न । ध्रुब सत्य कुरो के हो भने ब्लगरहरुले कमेन्टको आशैले लेख लेख्छन भन्ने कुरो चाँही सांचो होईन । अब हामी परिवर्तन हुनुपर्छ । भाशण गरेको होइन, अब हामीले कमेन्ट नआएपनि लेख्ने गर्नुपर्छ । म अल्छि भएपनी आजका आदरणीय पाहुनाहरुलाई मेरो लेख्न आग्रह छ । सक्रिय बसन्त दाजु, दिलिप दाजु, बेदनाथजी, जोतारेजी, आकारजी, दूर्जेयजी (नाम छुटेका साथीहरु - मन मस्तिष्कमा हुनुहुन्छ) लगायतका मित्रहरुको जागरुकताको प्रशंशा गर्नै पर्छ ।

तीन बर्षको यो दौरानमा मैले सोचे जति लेख्न त सकिन । पहिला शुरु गरें, तरिका र शुद्धता मिल्दैनथ्यो । अलि-अलि मिलाउन थालें, लेखिन्थ्यो । अहिले समय नै मिल्दैन । ब्यस्त भएको धमास त लगाएको होईन नै, तर पनि बच्चा हुर्कदैं गए पछि प्यार पनि कम हुंदोरहेछ कि क्या हो, 'यस्तै भैरहेछ' भनेर चल्नुपरेको छ । तीन बर्षमा लेखिएका लेखहरुमा "एउटा बिरामीको बिछोड प्रेम कथा" सबै भन्दा चर्चित भएर होला, 'धेरै पढिएको' लिस्टमा छ । परदेशमा गुजारा चलाउन दु:ख गर्नुहुने साथीलाई कालेहरुले गोली हानेको सत्य घटना "सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी" दोस्रो धेरै पडिएको दर्जामा छ । "तिमीलाई लेखेको चिट्ठी" तेस्रो र "कात्रोमा खल्ती नहुनेरहेछ" चौथो दर्जामा रहेको रहेछ । जे लेखे सबै सत्यमा आधरित लेखें, जे देखें, त्यो लेखें, जे भोगें, त्यो लेखें । भोगाइहरु धेरै थिए, एउटै शिर्शकमा सबै अटाउन खोजाएर सबै सकिए, त्यसैले लेख्ने धेरै कुराहरु छैनन । जे अब देखिन्छ, त्यो अबश्य अब लेख्ने नै छु । छोराको जन्मदिनमा यहि छ, बाचा ।

अन्तमा, सहानुभुति प्रदान गराउनुहुने, लेख पढिदिनुहुने, सल्लाह-सुझाब दिलाउनुहुने, माया गर्नुहुने, गाली गर्नुहुने र समय मिलाएर "खुल्लामन्च" छिर्नुहुने सबैप्रति आभारी छु । तीन बर्षको अबधिमा ११९६८ चोटि खुल्लामन्च छिर्नुहुने सबैप्रति साधुबाद ! खुल्लामन्च मन पराई जोडिनुहुने ८८ मित्रहरुप्रति धन्यबाद ! जय ब्लगिङ !!!
Read more >>