06 March 2012

रंग पर्वको शुभकामना !


रंगहरूको पर्ब "होली-फागु पुर्णिमा"को उपलक्ष्यमा यहांहरू सबैलाई मंगलमय शुभकामना !
सात बर्ष भैसकेछ, स्वदेशमा फागु नखेलेको । परदेश, परदेश र परदेश । खप्परमा परदेश लेखेपछी फागु लगायतका अनेकौं आफ्ना प्यारा चाडहरू छुटेका छन् ।

एक टुक्रा :

खप्परमा लेखिएको परदेशले धेरै कुरा छुटेका छन,
प्रश्नका खातहरूले बोदो दिमाग भुटेका छन ।
कमाउने आशमा हातहरूले यहां गिट्टि कुटेका छन,
सम्झनाका सिरानीले मीठा सपना लुटेका छन ।
केलाउंदा बिगत आफ्नै आंशुले दिल चुटेका छन,
प्राप्तिका अभिलाशामा मेरा भाग्य फुटेका छन ।

यस्तै छ जिन्दगी । पिर बोकी बाटामा हिड्दा छेवैमा फुलेको रंगिन फुलले मन नाई भुरुङ्ग हुन्छ । निद हरामको रातमा छेउको रेडियोमा बजेको गजल कति आनन्ददायक हुन्छ ! यसरी नै जहाँ हामी भए-रहे पनि यो रंगिन बसन्तले खुशी र उमंगको उल्लासमय रंगिन बहार ल्याओस, यहांहरू सम्पुर्णलाई मंगलमय शुभकामना !!!

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼