10 August 2011

आंखाभरी आंशु हुंदा .....

















अनायाशै रुवाउने विश्वाशको घात थियो,
आंखाभरी आंशु हुंदा त्यो औंशीको रात थियो ।

सोचे मात्रै पुग्छ भन्थे मायामा, पुगेन खै त,
सांचो बाटोमा छार हाल्ने रोगको खात थियो ।

झाडिको फूल टिप्न चढ्नु पर्ने उकालिमा
पक्षघातले ग्रसित असमर्थ हात थियो ।

चौतारीको शान्त पत्केराहरु भएन माया,
सायद् पतेरा लागेका सिमलको पात थियो ।


भएन साथ कहिल्यै हमेशा गुज्रिने जिबनमा
कसम नखाएको अपुरो बाचाको बात थियो ।


सुकोमल हातहरुले सुम्सुम्याउने बेलामा,
कैदमा बज्रिने कठोर खालको लात थियो ।


लैला मजनुको कथाले थाकेको सत्यतामा
असफल प्रेमी हुनु नै कसैको जात थियो ।


अनायाशै रुवाउने विश्वाशको घात थियो,
आंखाभरी आंशु हुंदा त्यो औंशीको रात थियो ।




Read more >>