17 November 2011

गजल : सिरानी




















मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी,
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।

अन्धकारमा खोजी हिंड्दा लडबडिदैं कतै,
भेटें भने तिमीलाई त्यहि रातै सिरानी ।

तिर्खा लाग्यो भौतारिंए खोज्न पानीलाई,
थोपा नआउने कुवा भेट्ने मेरो आंतै सिरानी ।

पठाउन तिमिलाइ लेखें कत्ति पत्र,
भेटिएन हल्कारा चिट्ठीको खातै सिरानी ।

ओखलमा निदाउन के सख्थें र म त ?
छाम्दा भेटिए कुनाको त्यहि जांतै सिरानी ।

रुंदा-रुदा सुके मेरा आँखा भने पनि,
सम्झनामा आउने तिम्रा घातै सिरानी ।

कालो बादल मडारिदां झर्ने यत्रा असिना
नछेकिने हातमा भाको छातै सिरानी ।

लैला-मजनु, मुना-मदन कस्ता कस्ता कथा
नजोडिने तिम्रो मेरो अनौठो नातै सिरानी ।

मुक्का खाएं, धोका खाएं, के नै छ र बांकी ?
सडकमा सबले हान्ने कठोर लातै सिरानी ।

हल्लाउंदैं खुट्टा सडकमै हिंड्न कति मज्जा,
कुनो-काप्चो ठोक्काउने रक्सीको मातै सिरानी ।

प्रेम भनि कन्दमुल खोज्दै हिडें बनमा,
भेटिएका घसेटा र स्याउलाका पातै सिरानी ।

मायालुले खुशीले तेर्स्याए मलाई हातै सिरानी
गाली तितो पाए पनि त्यहि बातै सिरानी ।

1 Comments:

Basanta said...

सुन्दर भावना! सुन्दर गजल!

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼