10 September 2010

मलाई छाडि !


मलाई खोला पारी छाडि गै तिमीले के पायौ त,
एक्लै कुम्ल्याउन गएकि थ्यौ'नी, दर कति खायौ त ?

मैले त मुख छोप्ने टालो पनि पाइन नि यहाँ,
तिमी सिंगारिन कुन कम्पनिको सारी लायौ त ?

म त हारें, तिरस्कार तिम्रो, म जसरी बांचे'नी,
तिम्रो भु पु मायालु भेट्न तिमी कति धायौ त ?

मैले दे'का फूलहरु त पत्थर भए तिमीलाई,
तिम्रो 'मायालु' संग तिजको मन्दिर घुम्न आयौ त ?

चोखो माया मेरो बदनामी भयो तिमीलाई है,
तिम्रो गुणगान त कतै सुन्दिन, खै कता छायौ त ?

1 Comments:

Ddus said...

हैन एउटा कुरा यि तिजमा पत्नीहरू माइत जाँदा किन पतिहरू रिसाउने, ठुसाउने गर्छन , बर्षमा एक पटक स्वतन्त्र हुन पाइन्छ यो बेला हिहिहिहिहिह

महान चाड हरीतालीका तिज को उपलक्क्षयमा हार्दीक मंगलमय शुभकामना

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼