15 July 2010

सुन्छ्यौ भने मेरा कथाहरु ....!


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।

हेर्यो, पढ्यो अनि थन्कायो, तिम्रा प्यारा सम्झनाहरु,
झुटो मायाका ठेलीहरु, त्यस्ता अनगिन्ती खातहरुका छन् ।

दुनियाँ हांस्ने त्यो कस्तो जाली माया भो हाम्रो,
तड्पाइ तड्पाइ तिमिले मलाई बजारेका लातहरुका छन् ।

संगै पानी हालेका सम्झनाका बोटहरु त मरी सके,
हावामा उड्न तयार तिनै फुस्रा पातहरुका छन् ।

कटक्क मन खानेको प्याला एउटै मात्र ओखती,
सडक पेटिमा छादिएका मेरा थुप्रै मातहरुका छन् ।

तिरस्कारले बोछोड खेप्दा मलाई लागेका रोगहरु,
कसैले छुट्याउनै नसक्ने अनौठो जातहरुका छन् ।


सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।

7 Comments:

Anonymous said...

सुन्छ्यौ भने मेरा कथाहरु अनेकन चिसा रातहरुका छन्,
पत्थरले मेरै खप्परमा हानेका तिम्रा कठोर घातहरुका छन् ।


मार्मिक कविता, मन छोयो मेरो । पीडीका कथाहरु जहिल्यै भयावह हुने गर्छन् । अति भए पछि थुपरिन्छन् यसरी शब्दका बान्कीहरुमा । धन्यवाद गोकुल जी यो कवितामय पोष्टका लागी ।

Shiva Prakash said...

अब्बल नै देखिन्छ तर काफिया मिलाउन प्रयोग गरिएका विषेशणमा जोडिएर अाएका "का" अावश्यक सायद हुदैन । त्यस्तै "सुन्छ्यौ भने मेरा कथाहरु" को सट्टा "मेरा कथा" मात्र भन्दा "धेरै कथा" भन्ने बुझिन्छ, गजलकार भाइ मित्रले लेख्न व्यक्त गर्न खोजेको पनि त्यही होला । हो भने मिलाउँदा अझ छरितो हुन सक्छ भन्ने मेरो राय हो । विष्मयवोधक विम्बहरूको संयोजन राम्रो छ । म पनि सिकारू नै हुँ है । धन्यवाद ।

Anonymous said...

Babaaaaaaal !!!!!!!!!!!
from pasadena

Yumesh Pulami said...

लेखाइ राम्रो छ गोकुल दाइ तर अलिक ... लामा लामा पंक्तिहरु भए !
अनि शिव दाइ को सुझाब लाइ पनि विचार गर्नु होला !धन्यबाद !!

डीआर न्यौपाने'सूर्य' said...

मिठो गजल गोकुल जी। निरन्तरताको कामना

Chaitanya said...

गजब प्रहार भयो है गोकुलजी यसपाली त | बडो आनन्द आएको हुनुपर्छ यो लेखिसकेपछि , बल्ल धोको पुग्नेगरी भन्न सकें भनेर | बेतोड-बेजोड छ, मार्मिक पनि |

sudip kuikel said...

damiz

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼