24 December 2009

हत्कडी !


पत्रकार महासङ्घ, गोरखाका सभापति किशोर थापा, टिका बिष्टलाई आक्रमण गर्ने अपराधी पक्रन, सरकारलाई "हतकडि" प्रदान गराउन,प्रमुख जिल्ला अधिकारीलाई "हतकडि" बुझाउदै,
फोटो साभार : अमेरिका दर्पण


हरे ! नेपालको कानुन,
र यो कसैको हातमा नबाधिंने हतकडि !
मनलाग्दि गर्यो, जेल गयो,
बाधिंदा-नबाधिंदै फुस्कने "आदेशी" हतकडि ।

उमा सिंह मरिन, मारीइन,
अपराधीको हातले देखेन त्यो हतकडि ।
'रणबीरहरु'का शेर ऋशिका हातले सलामी पाए,
महान ती पत्रकार ? ले हेर्नै परेन हत्कडि ।

जति बन्दुक छन्, त्यति त नहोलान,
हाम्रो मुलुकमा हतकडि ।
अशान्ती बन्दुकका नालहरु पड्किन्छन्,
तर खियाले खान्छ, त्यो हतकडि ।

नाबालकहरुको हातमा मज्जाले जेलिन्छ,
नयाँ नेपालको हतकडि ।
टिका बिष्ट कुट्नेहरुलाई,
किन चाहियो हतकडि ?

प्रयोगमा नआइ लोप हुने भो,
मोबाइल आए पछी, हतकडि ।
ब्वांसाहरुका सभामा, आहा कति मान्छे ?
खाली ताली र थपडि,
तिनैका भरौटे भए पछि,
के काम टिटानस सर्ने त्यो हतकडि ?

6 Comments:

Anonymous said...

nice one, super............
नेपालको कानुन दैब ले जानुन................

Anonymous said...

जति बन्दुक छन्, त्यति त नहोलान,
हाम्रो मुलुकमा हतकडि ।
अशान्ती बन्दुकका नालहरु पड्किन्छन्,
तर खियाले खान्छ, त्यो हतकडि ।

गोकुल जी कविता निकै राम्रो लाग्यो । विशेषगरी माथिको पंक्तीले यथार्थता बोकेजस्तो लाग्यो । टाँसोको लागी धन्यवाद । अबका दिनहरुमा पनि यस्तै टाँसो आश गरे है ।

रमेशमोहन अधिकारी said...

I like it and I love your site.



Please visit my site http://merasirjanharu.blogspot.com/
I am new to blog so I am waiting for valuable suggestions and supports.

Thank you

Dilip Acharya said...

एकदमै सशक्त कविता । वेहाल भएको देशको हाल एकदमै सन्तुलित र सहि ढंगमा प्रस्तुत गर्नु भएको छ । चोटिलो छ कविता !

pralad said...

nikaii ramro Kavita i like it

Yumesh Pulami said...

गोकुल दाइ – नेपाल मा यस्ता प्रवृति ले प्रसय पाउनु नै सबै भन्दा दु:खद कुरा हो |कामना गरौ यस्ता जात्र र नौटंकीहरुको छिटै अन्त्य होस् !

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼