05 November 2009

एउटा परदेशबाट :


सम्झना छ जलेको मुलुकलाई, ढलेको सगरमाथालाई
एउटा परदेशबाट !
सदैब दिन मात्र सक्ने, लिन कदापी नजान्ने आमालाई
सम्झना, एउटा परदेशबाट !

आमाको शरिरमा रातोदिन बलत्कार गर्नेहरुलाई
धिक्कार छ, एउटा परदेशबाट ।
आउने केही बांकी नहुंदा'नी, लाम्टो लुछिरहनेहरुलाई
पुछिदैं नपुछिने आशुंहरुलाई हर रात पुछिरहनेहरुलाई
सम्झना छ, एउटा परदेशबाट !


आफ्नै बस्तिमा अगुल्टो सल्काउनेहरुलाइ,
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !
आफ्नै घरमा शत्रु पल्काउनेहरुलाई
धिक्कार्दो रहेछ मन, एउटा परदेशबाट !

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !

6 Comments:

Asha said...

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !

Nice poem GOKUL jee the same feelings you have exposed after all we are far from our motherland but it is in our hearts always and its identification is ours .. thanks !

Prabesh said...

परदेशबाट मात्रै होइन दाइ स्वदेशबाटै पनि केहि गर्न सकिएन । तपाईँहरू परबाट हेर्नुहुन्छ हामी नजिकबाट हेर्छौँ, फरक त्यति हो ।

Dhruba Panthi said...

मन छुने कविता!

Anonymous said...

के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट
हुन पनि हो, खै अहिले सम्म केही गर्न सकिएको छैन,

कविता मा छुने लेख्नुभएछ, राम्रो लाग्यो

Anonymous said...

आमालाई ढांट्नेहरुलाइ,
भाइ लाई काट्नेहरुलाई
परदेशीको चाकरिमा
जुठो थाल चाट्नेहरुलाई,
के नै पो भन्न सक्दो रहेछ र मन
एउटा परदेशबाट !

गोकुल जी, कविता घतपूर्ण लाग्यो मलाई । माथिका पंंक्तिहरुमा भएका वेदनाहरुको मूल्य छैन यहाँ । सधैं कुडिँदै बाँच्नु छ यहाँ । कवितामय टाँसोका लागि धन्यवाद है ।

अनलाइन खसखस

Arjun said...

परदेशमा बसेर नेपालप्रती सहानुभुती, यसै गरी कबितामा कोरेरनै बुझानु पर्ने रहेछ।
साह्रै मिठो लेखको लागि धन्यवाद।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼