02 September 2009

मेरो देश बन्द :


निमुखाको मुख सदा बन्द
गरीबको गांसै बन्द,
रुकुम जाने बाटो बन्द
जाजरकोटमा जीबन जल बन्द ।

पाइपबाट आउने पानी बन्द
सुन पग्लने खानि बन्द,
खुन बग्ने शरीर किन हुँदैंन, मर्न बन्द ?
हामी केबल जन्मेका हौं र आमाको मुख, गर्न बन्द ?

झापामा चामलको डिपो बन्द
कुलेखानिको मुहानै बन्द,
अस्पताल बन्द,
मेलम्चिको आश अब बन्द,
त्यो गाउं बन्द, यो गाउं बन्द
सतिले सरापेको बुद्धभुमी बन्द !

यो युद्धभुमी सधैं हुने भो बन्द
यो रणभुमी नखुल्ने गरी हुने भो बन्द,
मेरो आँखाको आंशु नहुने भो बन्द
आशाको श्वास बरु हुने भो बन्द ।

हामीलाई ठग्नेहरुको काम नहुने भो बन्द
चुस्नेहरुको अभिलाषा पनि नहुने भो बन्द,
सिमामा गोरुले चर्न नगर्ने भो बन्द
राष्ट्रघातीले आश्वासन छर्न नगर्ने भो बन्द !!

त्यो ढोका बन्द, उनको गोठै बन्द,
बोल्नेको मुख बन्द, नबोल्नेको आस्था बन्द,
गांस बन्द, कपास बन्द, म बन्द, तिमी बन्द,
मेरो घर बन्द, गांउ बन्द, शहर बन्द
गरीबका ति कठोर रहर बन्द ।
सब चिज बन्द अनी सबथोक बन्द
कहीं नभएको मेरो मात्र देश किन बन्द ?
मेरो देश सधैं बन्द,
मेरो देश बन्द ।

8 Comments:

दूर्जेय चेतना said...

हो है गोकुलजी बन्द त हुने नै भयो।। बन्द हुने भए भ्रष्टाचार, अराजकता बन्द गरे हुन्थ्यो नी है? गर्नु पर्ने ठाउँमा बन्द भएन सायद।

डीआर न्यौपाने'सूर्य' said...

निकै उँचाइमा पुगेर लेख्नुभएछ गोकुल जी । देशको परिस्थिति अनि समयलाई।
आखिर कहिले सम्म?

सबै कुरा मन्द
देश चाँही बन्द बन्द

आशा said...

बस्तुस्थिती लाई मध्यनजर राख्दै बन्दको बाढी नै कवितामा उतार्नु भयो गोकुल जी
खुशीको साथसाथै देशको परिबेश सम्झेर कता कता मन धमिलो पनि हुन्छ...

Anonymous said...

बन्द बन्द बन्द, यो बन्द ले त हैरानै पार्यो ,
अब उक पटक हामिले पनि बन्द गर्नु पर्यो,??

Basanta said...

देशको पिडा ब्यक्त भएको छ गोकुल भाइको कवितामा!

Jotare Dhaiba said...

मुलुकबाहिरबाट कति सपाट तवरले नियाल्नुभएछ मुलुकभित्रको कोकोहोलो !
यस्तै छ यहाँ ।
यही नै त परिचय हो यो भूमिको भने झै भएको छ गोकुल जी ।

Unknown said...

सटिक र समसामयीक !!देशको यथार्त संग बगेको छ।

हो त है ! बन्द,हडताल जस्ता कुराहरु त नेपालको वास्तविक पहिचान नै हुन थालिसकेको छ।

Anonymous said...

an elegant drawing on cruel reality of our country.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼