25 August 2009

नेपाली बालिका उपाधी जित्न सफल :


गोरखा जिल्लाबाट करिब चार बर्ष अगाडि बुवा ध्रुब घिमिरेको ग्रिन कार्डमा सुनौलो सपना बोकेर आफ्नी माता राधिका घिमिरे सँग अमेरिका छिरेकी नौ बर्षकी बालिका ओशिन घिमिरे म्यासाचुसेट्स राज्यमा 'नेशनलस, इन्क, प्रेजेन्ट्स' द्धारा आयोजित 'मिस जुनियर प्रि-टीन, बोस्टन - २००९', उपाधी जित्न सफल भएकी छिन् । अमेरिकाका प्रत्यक राज्यबाट छानिएर एक बिजेता लाइ आगामी डिसेम्बर महिनामा फ्लोरिडा राज्यको ओर्ल्यान्डओमा आयोजना गरिने 'मिस जुनियर प्रि-टीन, यू यस् ए - २००९' मा प्रतिस्पर्धा गराइने प्रतियोगितामा ओशिन म्यासाचुसेट्स राज्यको प्रतिनिधित्वको साथमा प्रतिस्पर्धा गर्नेछिन ।

कक्षा चारमा अध्यरनत समरभिल नगर निवासी ओशिन म्यासाच्युसेट्स राज्यका १३५ प्रतिस्पर्धिलाई उछिनेर उक्त उपाधी चुम्न सफल भएकी हुन । तीन बर्षको उमेरदेखी नेपालमा रहंदा आफ्ना समाजमा आयोजना हुने सांस्कृतिक कार्यक्रमदेखी सहभागिता जनाइरहेकी उनी अमेरिका आएदेखी बोस्टन क्षेत्रमा आयोजना गरिने र गरिएका हरेक कार्यक्रममा आफ्नो सभागिताले प्रतिभा प्रदर्शन गर्दै आएकी छिन् । यसै शिलशिलामा अर्की बालिका श्वेता तमाङले पनि उक्त कार्यक्रममा ओशिनसङै 'फोटोकेनिक' को उपाधी जितेकी छिन् ।

सात समुन्द्र पारी आएर आफ्नो कला र कौशलताले प्रख्यात परदेशी उपाधी हात पार्नु पक्कै तमाम नेपालीको इज्जत र गौरबको कुरो त छदैंछ, र फेरी अमेरिका भरिका प्रतिस्पर्धिलाई उछिनेर एक निश्चल नेपाली बालिका आगामी डिसेम्बरमा आयोजना हुने 'मिस जुनियर प्रि-टीन, यू एस् ए', मा सफल नहुने के नै कारण छ र ? त्यो गौरबमय उपाधिको लागि ओशिन घिमिरेलाई शुभकामना !!!

13 Comments:

Anonymous said...

Happy to know about the success story! congratulations and all the best to her for the upcoming contest.

B. J. Bantawa Rai said...

खुसीको कुरा पढ्न पाईयो गोकुलजी, मेरो तर्फ बाट पनि ति दुई बालिकाहरुलाई शुभकामना।

Unknown said...

Congrulation to Oshin Ghimire. And all the best for her future.

डीआर न्यौपाने'सूर्य' said...

घिमिरे र तामाङ परिवारलाई बधाई ।ओशिन र श्वेताको उच्च सफलताको कामना आगामि दिनमा पनि ।

Yumesh Pulami said...

मेरो पनि उनलाई सफलताको शुभकामना छ |

Dilip Acharya said...

ओशीनलाई हार्दिक शुभकामना र सानै भए पनि एउटा सु-समाचार दिनु भएकोमा तपाईमा पनि धेरै आभार ।

Unknown said...

ओशिनलाई बधाई तथा अझै सफलताको हार्दिक शुभकामना !

Asha said...

Congratulation to both shining stars along with it all the best wishes and prayers for their further steps .. GOD BLESS !

दूर्जेय चेतना said...

धेरै धेरै बधाई ओशिनलाई। बाकी प्रतियोगिता पनि यस्तै सफलता मिलोस।

कृष्णपक्ष said...

ओशिनको विजयको खबरले धेरै खुसि लाग्यो
साच्चै यस्ता घटनाहरुले परदेशमा हाम्रो परीचय र गौरव बढाउछ ।
उनलाई हार्दिक बधाई तथा आगामी प्रतियोगितामा सफलताको शुभकामना !

Nepalean said...

सफल भएकोमा ओशिनलाइ बधाइ।

हुन त म यस्ता प्रतियोगिताको बिरोधी होइन तर पनि ठुलाहरुको प्रतियोगिता मै प्रश्न उठिरहने गरे पनि साना नानीहरुको यस्ता प्रतियोगिता भने कत्ती पनि मन पर्दैन। यस्ता प्रतियोगिताले वुमेन आर अबजेक्ट भन्ने भनाइलाइ थप बल पुराउंछ। Jonbenet Ramsey को घटना पछी अमेरीकामा यस्ता नानीहरुको प्रतियोगितालाइ रोक्नुपर्छ भनेर निकै आबाज पनि उठेको छ।

दिनेश राज said...

सानी नानीलाई बधाई र शुभकामना अनि हामीलाई खबर बाड्नु भएकोमा गोकुल जी धन्यबाद ।

Anonymous said...

thank you for good news... congrats and wishes to her...

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼