09 January 2009

यसमाथी छलफल गरौ न !

माइ संसारमा राखिएको कमेन्ट :
हामीलाई बिकास चाहिएको छ, गिरिजा, माधब र प्रचन्डले आफ्न भारदारहरु भर्ती गरेको कुरो गौण हो । धन्न गिरजाले त ट्रेड युनिएनको नेता पर्ने लाई सभासदमा सिफारिश गरेछन । तर झलनाथहरुले पार्टीमा योगदान दिनेहरुलाई लात हानेर आफ्नै ज्वाँई चेलाहरु भर्ती गरेको यहाँ कसले लेखेको छ ? प्रचन्ड एन्ड कम्पनीमा, र त्यसभित्रका बिभागहरुमा सम्मनानीय प्रचन्डका कती आफन्त हरु नियुक्त भएका छन, कसले देखेको छ ? जङलमा क्रान्ति र सत्तामा भ्रान्ती बोक्नेहरुले देश डुबाए साथीहरु हो ! अब नयाँ सोचले अगाडि बढ्ने बेला आएको छ । देखिहाल्नुभो, कांग्रेसले गरेको मेलम्चिको पानीको बाचा, एमले ले गरेको जबजको काहानी अनी माओवादीले गरेको नयाँ नेपालको पारीकल्पना । एक अध्ययन अनुसार नेपालमा ३५० सशस्त्र समुह हरु छन रे। मारेका छन त हाम्रै भाई भतिजा अनी केबल नेपाली चेलीहरु । कथा लामो बन्नेछ साथी हो ! ईतिहास त कालखन्ड भयो भयो अब देश नटुक्रियोस । पशुपती त राजनीति गरेर बिटुलो बनाए, अब स्वयम्भुनाथले हामी सबैको कल्यान गरुन नत्र बाबुराम सँगै पढेका डा कमल थापालाई देश दिए हुन्छ - चलाऊन ।

5 Comments:

Prabesh said...

दिएकै हो नि कमल थापालाई पनि । माओवादीले उधुम मच्चाइहाले । राष्ट्र बैँकबाट एक दिनमै ५ लाख निकालेर हामीलाई गोलि हानेको कुरा थाहा रहेनछ कमेन्ट लेख्‍ने साथीलाई । अमेरिकातिर बस्छन् होला, आन्दोलनमा गएर, नेपाललाई भोग्न पाका छैनन् होला साथीले अनि मनपरी भन्छन् नि ! यस्तो अविवेकी कुरामा छलफल नगरे नै हुन्छ जस्तो लाग्यो मलाई त ।

ThE KiRaT said...

We all want a secured life because of which all of the educated people are in foreign lands working petty jobs. The uneducated ones without vision are leading country, this will happen and continue to happen until and unless true leaders come forward. Politicians are working for their party not for the people and we the people are just hoping for a better tomorrow from the hand of jackal's running our country. The condition won't improve if we don't think about our country for one not by writing articles but coming forward.
A different kind of revolution is required to change the face of Nepal . And I think if theta happens there will be more blood and death. People working in foreign should return take the grip of what they are titled to not just abandon country for the sake of better life.

Unknown said...

उजेली जी, द किरात जी, कमेन्टको लागि धन्यवाद । उजेलिजी, जनवरी ९, २००९ मा माइ संसारमा प्रकाशित "गिरिजाको कुराले कांग्रेसमा कच्-कच" भन्ने लेखमा राखेको मेरो कमेन्ट मैले माथि छ्लफलको लागि भनेर आफ्नै ब्लगमा पेस्ट गरेको मात्रै हुँ । लोकतन्त्रको लडाईंमा कृष्ण पहाडी, खगेन्द्र सङ्रौला, नन्दक्रिश्ण जोशी, गगन थापा, रामकुमारी झाक्री अनी छायादेवी पराजुली लगयत असन्ख्य शाहीद हरु माथि गोली ठोक्ने कमल थापा बाट देश चाल्छ भन्ने मेरो मान्यता होइन । मेरो मतलब त बाबुराम सँगै अस्कलमा पढ्ने तर सधैं अन्तिम लहरमा बसेर केटी जिस्काउने कमल थापालाई देश दिय हुन्छ सुझाब हो नयाँ नेपालका सरकारवाला हरुलाई । किनकी अब क्रीतिनिधी बिष्टहरु दुला पसे कोही राजाबादी भए त कोही माओवादीका सल्लाहकार । तपाईं हाम्रो चाहना त नयाँ पुस्तकाको आगमन हो नि , होइन र ? अन्य अर्थमा बुझ्नु भएको मा माफि चाहन्छु ।

Unknown said...

साथीहरुले यस्तो लेखेछन :
http://www.mysansar.com/?p=3555

Unknown said...

एक जना साथीलाई उत्तर:
प्रकाशजी, धन्यवाद तपाईंको प्रतिकृयाको लागि, लोकतन्त्रमा कसैको सुझाबलाई पनि गाली ठान्नु हुन्न भन्ने मेरो मान्यता शायद बेठिक बिचार नहोला । चाहे, कोही बेलायतमा विद्यार्थी किन नहोस्, जर्मनीमा कलाकार भनेर किन नबसोस अथवा अमेरिकामा शरणार्थि भएर नै किन नहोस्, त्यो कुनै मान्छेको ब्यक्तिगत कुरो हो । सबैका आ-आफ्ना समस्या होलान, हुन्छन पनि । कोही संसारको कुनै कुनामा रहनु एउटा नेपालीको बाध्यता हुन सक्छ, तपाईं कतै, म कतै, हाम्रा बा-आमा कतै अनी हमरा भाई भतिजाहरु कतै । तर जतै भएपनी के नेपालको माया एउटा नेपालीलाई लाग्दैन र ? यसर्थ: माया लाग्ने नेपाली तपाईं हामीलाई थोरै भएपनी देशको बारेमा जानकारी हुनु जरुरी हो जस्तो लाग्छ । हामीलाई जुन नेता आएपनी केही लछार्-पटार लगएनन भन्ने मेरो भनाइ हो - सत्यताको लागि, चाहे गिरिजा वा माधव, उपेन्द्र वा प्रचन्डको भक्तिभाब गाउनु पर्छ भन्ने कुरो गलत हो । लाग्छ, तपाईंलाई माओवादी प्रती आस्था होला, मलाई नहोला । तर सहि मुल्याङ्कनको लागि हामीले कसैलाई धुप हाल्नु पर्छ भन्नु नेपालीको इज्जतले दिदैन ।

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼