07 January 2009

पछी !!!

वाल्ल परेर टोलाउनु सिबाये के छ र ?
गर्नेले नहुने काम गरे पछी ।
मुटुमै छुरा रोपे पनि सहनै पर्ने
नामर्द भई आँफै मरे पछी ।

मन बिसाउला भन्दै जुनी बित्यो
गर्न केही नहुने कोही पर सरे पछी ।
खोज्दा हराएको चीज कहाँ पाइने
त्यही चिज कसैले हरे पछी ।

बस्न नपाईने भो अब, अनेक नाममा
कसैले खाली ठाउँ भरे पछी ।
डर पो लाग्दो रहेछ, पाइला चाल्न
अनाहकमा पिर्लिक्क आँखा तरे पछी ।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼