03 December 2008

के का लागि हो ???

{Edit} {Delete}
आफ्नै आमाको छातीमा ब्वाङ्-ब्वाङ लात बजारदै छौ हामी
आखिर कुन समयको पापको उत्तरको लागि हो ?
सुन्दर झुपडिमा झन्-झन आगो झोस्दै छौ हामी
फेरी को सँग बास मागी जिउनको लागि हो ?
भर्खरै फुटेको पानीको मूल पनि सुकाउदै छौ हामी
कुन स्रोतबाट आएको पानी पिउनको लागि हो ?
सम्पदा का सारा मन्दिरहरु धमाधम भात्काउदै छौ हामी
कुन लोकको तेत्तिस कोटी भगवानलाई पुज्नको लागि हो ?
कस्टले बना'को गाउ-गाउको पूलहरु एक्-एक भात्काउदै छौ हामी
नबुझिने देसभाक्तिको कुन कथालाई मजाले बुझ्नको लागि हो ?
शाहीदको योगदानले आएको "लोकतन्त्र" पनि बेच्दै छौ अब हामी
तानशाहले झम्-झम बर्षाएको गोलिमा निथ्रुक्क रुझ्नको लागि हो ?
आमाको आत्मा सुखले हास्ने कुनै प्रथा बसाउन सक्दैनौ हामी ?
तेही नेपाली आमाको छोरा भनी गर्ब गरेको के का लागि हो ?
गोर्खालिको सपुत भनी जताततै चिनिएको के का लागि हो ???

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼